Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Friday, January 3, 2014

नारायण सिलवाल
दोश्रो पटक भएको संविधानसभाको निर्वाचनमा एमाओवादीले कल्पना नै नगरेको मत परिणम आयो ।
जनयुद्धको बेला खिचिएको रामबहादुर भण्डारीको फोटो
मतदान पक्रियामा धाँदली वा अन्य जे कारणले हारे पनि अन्ततः एमाओवादीलाई चुनावी पक्रियामा गईसके पछि मान्नै पथ्र्यो र दलहरु सँग छानविन गर्ने सहमति सहित माओवादीले आफ्नो हार स्वीका¥यो । लोकतन्त्रमा जनताले गर्ने फैसलालाई मान्दै अगाडी बढेको एमाओवादी समानुपातीक सभासदको सुचि बुझउँदा सम्म आउँदा विछिप्त जस्तै बन्या,े पार्टी केन्द्रमा विचारको मतभेदको चलिरहँदा धादिङमा भने धमिलो पानीमा माछामार्ने खेल खेलियो अन्ततः धमिलो पानीमा माछा मार्नेहरु नै क्षेणिक सफल भएको देखिएको छ ।

Wednesday, January 9, 2013

सृजना रिजाल अनेमसंघ (क्रान्तिकारी) धादिङ
२३ पुस। आजभोलि दैनिकजसो महिलामाथि भएका हिंसाका बर्बरतापूर्ण खबरहरु सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका छन् । दिनदिनैको महिला हिंसाको घटनाले मानव सभ्यतालाई चुनौति दिएको छ भने सिङ्गो समाजलाई लज्जित बनाएको छ । वर्षाैँदेखि महिलामाथि आर्थिक, सामाजिक, धार्मिक रुपमा शोषण र विभेद हुँदै आएका सत्य हामीसामु छर्लङ्ग नै छन् । यतिखेर बाहिर यस्ता घटनाहरु श्रृंखलाबद्धरुपमा बाहिर आइरहेका छन् । प्रत्येक दिन देशको कुनै न कुनै भु–भागमा नेपाली चेलीहरु बलात्कार र हत्या गरिएका खबरहरु आइरहेका छन् । यस्ता कहालीलाग्दा घटनाहरु आफ्नै परिवार, छर–छिमेकबाट बढी घटाइरहेको पाइएको छ । घटनाका प्रकृतिहरु फरक–फरक रुपमा प्रकट भैरहेका छन् । हुन त, महिला हिंसाको विषयलाई लिएर वर्षाैपिच्छे त्यसको विरुद्धमा अभियान चालेका छन् । महिला हिंसालाई लिएर विभिन्न संघ–संस्थामार्फत धेरै अभियान संचालन भएका छन् ।

Monday, December 31, 2012

मोहनविक्रम सिंह
राष्ट्रिय सहमतिको सरकारको गठनको प्रश्न आज वास्तवमा एउटा भूलभूलैया, एक प्रकारको भंवरी वा गोलचक्रमा फँसेको छ । अहिलेको अवस्था यथावत रहँदासम्म वर्तमान अवस्थामा निकास वा राष्ट्रिय सहमतिको सरकारको गठनको कुनै सम्भावना देखिन्न ।
सत्ता पक्षले राष्ट्रिय सहमतिका लागि ‘प्याकेज’मा सहमतिमा निकै जोड दिइरहेको छ । प्याकेजमा सहमतिको मुख्य पक्ष हो – संविधानका विवादित प्रश्नहरुमा सहमति ।

Wednesday, December 12, 2012

डा. टिकाराम पोखरेल
हामीले नाट्यसम्राट भनेर बालकृष्ण समको नाम पढेका छौँ, त्यसैगरी स्वरसम्राट भनेर  नारायण गोपाललाई पनि चिनेका छौँ । हाम्रो भाग्यले होला आख्यान सम्राट, हाँस्यसम्राट, गीतसम्राट, मीतसम्राट जस्ता सिजनल सम्राटहरुको नाम पनि कहिलेकाहिँ सुनेका छौँ । तर हाम्रो दुर्भाग्य, हामीले हाम्रै वरिपरिका पिर्केसम्राट, बिर्केसम्राट, रुन्चेसम्राट, गालीसम्राट, तालीसम्राट, हालीमुहालीसम्राट, फर्कसम्राट र तर्कसम्राटहरुलाई चिनेका छैनौँ । नचिनेकै       कारण औपचारिक रुपमा तिनीहरुको सम्मान गर्न पनि पाएका छैनौँ । त्यतिमात्र कहाँ हो र, यी सम्राटहरुको चिनारी नपाउँदा एकातिर जनताको सु–सूचित हुने अधिकारको हनन भएको छ

Friday, November 9, 2012

लेनिनको अतिप्रिय लेखक जोड रिडको भाषामा भन्ने हो भने मजदुरवर्गले संसारलाई हल्लाएको र कम्युनिष्ट सत्ता स्थापना गरेको दिन नोभेम्बर ७ हो । यो महान दिन अक्टोबर क्रान्तिका नामले प्रशिद्ध छ । सोभियत संघको पतन भएको झण्डै दुई दशक हुन लागिसक्यो । यस अवधिमा रुसमा चारवटा त संसदीय सरकार परिवर्तन भैसक्यो । निर्वाचनवाट सोभियत सत्ता फर्किने कुनै संभावना पनि देखिएको छैन कल्पना पनि गर्न सकिदैन । सोभियत सत्ताको स्थापना सन १९१७ को अक्टोबर २५ (नया क्यालेण्डर अनुसार नोभेम्बर ७) का दिन श्रमजीविवर्गका महान नेता लेनिन—स्टालिन लगायतको सामूहिक नेतृत्वले संसारमा पहिलोपटक श्रमजीविवर्गको राज्यसत्ता आम शसस्त्र विद्रोहद्धारा स्थापना गरेको थियो ।
संसारको एक तिहाई भूभागमा समाजवादी सत्ता स्थापना भएको झण्डै ७५ वर्षपछि सोभियत संघ टुक्रा टुक्रा भएर विभाजित भई समाप्त भएको थियो । क्रान्तिकारीहरुले जतिसुकै सटिक विश्लेषण गरेर सोभियत संघको विघटन भएको होइन, सुधारवादीहरुको अन्त्य भएको हो, सच्चा कम्युनिष्ट सत्ताको त स्टालिनको देहान्तसंगै समाप्त भएको थियो भन्ने निष्कर्ष निकाले पनि भौतिक एवं विधिवतरुपमा श्रमजीविवर्गको समाजवादी सत्ताको अन्त्य सन १९९१ मा मात्रैै भएको हो ।
सोभियत संघको पतनसंगै संसारभरि साम्राज्यवादीहरुको एकछत्र साम्राज्य खडा भएपछि यो संसारको राजनैतिक भूगोलको नक्सा छिन्नभिन्न पारेर रेखांकन गरिएको छ । इराक, अफगानिस्तान, युगोस्लाभिया, चेकोस्लोभाकिया, जर्मनी, इण्डोनेसिया, सुडान लगायतको राजनैतिक नक्सा परिवर्तन गरिएको छ । पछिल्लो सिकार लिविया, सिरिया र यमन लगायतका देशहरु अमेरिकी  साम्राज्यवादीको पंजामा जकडिन पुगेका छन् ।
सन १९९० को दशकपछि नवउदारवाद, भुमण्डलीकरण, निजीकरण र युनिपोलरका नाममा राष्ट्रिय मुक्ति आन्दोलन एवं कम्युनिष्ट आन्दोलन अत्यन्त कम्जोर भएर गएको मात्र छैन क्रमिकरुपमा नोष्टालजिया र युटोपिया बन्दै गएको छ । नेपाल, भारत, फिलिपिन्स, टर्की र कोलम्बियामा संचालित हतियारबन्द आन्दोलनहरु फिका पर्दै गएका छन् ।
सुधारवादी कम्युनिष्टदेखि क्रान्तिकारी कम्युनिष्टहरुको एउटै निष्कर्ष छ । अव कम्युनिष्ट सत्ता माक्र्स, लेनिन, स्टालिन र माओले प्रतिपादन गरेको विश्वव्यापी सिद्धान्तमा आधारित रहन सक्दैन । २१ औं शताब्दीको जनवादभन्दै साम्राज्यावादलाई हानी नहुने र श्रमजीवी वर्गको सत्ता पनि स्थापना सहि अर्थमा नहुने हाइब्रिड समाजवादको परिकल्पना गर्न थालिएको छ । शसस्त्र युद्ध र आमसशस्त्र विद्रोहवाट सत्ता कब्जा गर्ने विषयलाई  नै पुंजिवादी राजनैतिक प्रणालीले अस्वीकार गर्दछ ।
  तर उसको मतलाई अस्वीकार गर्ने राजनैतिक लाइनभन्दा वाहिर गएर सत्ता संचालन गर्न खोज्यो भने डेमोक्रयसी र मानवअधिकारको रक्षाको खोल ओढेर अरु देशहरुमाथि उदाहरणको लागि लिबिया, इराक र अफगानिस्तान  जस्ता देशहरुमा जसरी साम्राज्यवादीहरुले मोर्चावन्दी निर्माण गरेर ध्वस्त पार्ने र आफु अनुकुलको कठपुतली सरकार गठन गरी सम्पुर्णरुपले सो देशको शोषण र दमन गर्ने गरेको छ । आतंकवादलाई निर्मुल गर्ने वाहानवाजी गरेर साम्राज्यवादको विरुद्धमा उत्रेका पाकिस्तानी र अफगानी, यमनी तथा कुर्दिस  निर्दोष जनतामाथि स्वचालित युद्धक विमान म्चयलभ द्धारा आक्रमण गरी दिनहुं जसो सखाप पारिरहेको छ । त्यो साम्राज्यावादी नरसंहारकारीका विरुद्धमा आवाज उठाउन सक्ने शक्तिशाली राष्ट्रहरुको उदय हुन सकिरहेको छैन । चीन र रुसले साम्राज्यवादी कदम विरोध गरिटोपल्छन् तर भौतिकरुपमा प्रत्याक्रमणमा उत्रने हिम्मत गरेका छैनन् ।
यसको मतलव अव साम्राज्यवादीहरुको यो संसारमा एक छत्र राज भयो त भन्दा त्यो कुरामा पनि कुनै सत्यता भने छैन । सिंगो संसारलाई साम्राज्यवादीहरुले कब्जामा लिएकै हुन   त ? त्यसो पनि होइन । किनकी पुंजीवादी देशहरुका वीचमा आपसी अन्तरविरोध झनझन तीव्र भएर गएको छ त्यसैगरी बिकसित देशहरुमा मजदुर र पुंजिपति तथा सरकारवीच तीव्र अन्तरविरोध वढ्दै गएर वर्गसंघर्षमा रुपान्तरण हुंदैछ ।
तर संसारभरिका श्रमजीवीको वर्गको राज्यसत्ताको भने खडेरी परेकै हो । समाजवादी तथा कम्युनिष्ट सत्ताको अभाव यतिखेर संसारभरिका श्रमिकवर्गले गरिरहेका छन् । हरेक देशमा उठेका मजदुर आन्दोलनमाथि व्यापक दमन गरिएको छ । मजदुर आन्दोलनमा कहिं कतै पनि कमि आएको छैन । साम्राज्यवादी अमेरिकामा नै सवैभन्दा ठुलो मजदुर आन्दोलन वालस्ट्रिट कब्जा आन्दोलनको नाममा उठ्यो त्यो आन्दोलन झण्डै ६ महिनासम्म चल्यो र त्यसले संसारभरिका दमित शोषित वर्गलाई पुन झकझक्याउने काम ग¥यो । हामी ९९ प्रतिशत, तिमीहरु मात्र एकप्रतिशत भनि पुंजीवादको केन्द्रमा अमेरिकन आन्दोलनकारीहरुले स्थापित गरिछाडे । यद्यपि त्यो आन्दोलन जारी नै छ र विश्वव्यापी त्यसको असर परिरहेको छ । युरोप अहिले पनि मजदुर आन्दोलनको भयंकर चपेटामा परिरहेको छ । ग्रीसवाट सल्केको मजदुर आन्दोलन आजका मितिसम्ममा बेलायत, इटाली, स्पेन, फ्रान्स, जर्मनी, हंगेरी र पोर्चुगालसम्म फैलिएको छ । अरब मुलुकहरुमा अरब स्प्रिङ्गको आन्दोलनले विश्राम लिन सकेको छैन । इजिप्ट र टयुनिसियाको आन्दोलन अरु मुलुकमा फैलिन खोज्दै छ । उनीहरु सवैको प्रमुख निचोड एउटै छ पुंजिवादको संकटको भुक्तानी मजदुरलाई वेरोजगार वनाएर परिपूर्ति गर्न पाइदैन । पुंजिवादको विकल्प पुंिजवाद हुनसक्दैन, समाजवादले मात्र समश्याको समाधान गर्नसक्छ जस्ता नाराहरु अहिले पनि एक पछि आर्को गरी उठ्ने समुद्री छाल खासगरी सुनामी र सुपरस्टर्म स्याण्डी जसरी उर्लिरहेका छन् । पुंजीवादका नाइके र टेक्नोक्रयाटहरु पुंजीवादभित्र गहिरिदै गएको संकट समाधानको उपाय केही नपाएर अत्तालिईरहेका छन् । पुंजिवादभित्र देखापरेका समश्या समाधानका लागि साम्यवादका महान शिक्षक तथा सर्वहारावर्गका महान नेता कार्ल माक्सर्, लेनिन, स्टालिन र माओको संकलित रचनाहरु खोजी खोजी अध्ययन गरिरहेका छन्  र अरुलाई पनि पढ्न सुझाव दिइरहेका छन् । जबकी कुनै वेला यिनीहरुको मुखमा एउटै गाली झुण्डिन्थ्यो त्यो हो माक्र्सवाद मरिसक्यो ।
अतः संक्षिप्तमा के भन्न सकिन्छ भने श्रमिकवर्गको समश्या समाधान संसारको सही किसिमको विकास खातिर, राष्ट्रिय मुक्ति तथा उपनिबेसवादको अन्त्यको लागि समाजवादको विकल्प छैन । श्रमजीवीवर्गको मुक्तिको खातिर २१ औं शताब्दीमा झनै माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधाराको अझ अपरिहार्यता वढेर गएको पुष्टि भएको छ । किनकी पुंजिवादको चरम उत्कर्षमा पुगेका मुलुकहरुवाटै समाजवादी व्यवस्थाको माग उठिरहेको छ । ल्याटिन अमेरिकी देशहरुमा एक पछि आर्को देशमा वामपंथीहरुको सरकार स्थापना भैरहेको छ  र ती देशका जनताहरुले सदिऔंदेखिको अमेरिकी र युरोपेली उपनिवेसवादवाट मुक्ति पाइरहेका छन् । कुनै समयको दरिद्र र अस्थिर ल्याटिन अमेरिका यतिखेर संसारको ध्यान खिच्न सफल भएको छ । साम्राज्यवादको सैनिक हस्तक्षेप, प्राकृतिक श्रोत र साधनमाथिको आधिपत्य अन्त्यको लागि एक जुट भएका छन् । त्याहांका जनता ऐले पनि राष्ट्रिय प्रतिरोध आन्दोलनमा जुटिरहेका छन् । एशिया र युरोपको समाजवाद बल्ल ल्याटिन अमेरिका र अफ्रिका महादेशमा पुगेको छ । संसाभरिका मजदुर आन्दोलनले फेरी नयां तथा क्रान्तिकारी  मोड लिने शुरसार कसिरहेको छ । महान सर्वहारा क्रान्ति अर्थात अक्टोबर क्रान्ति सर्वहारावर्गीय  आन्दोलनको दर्शन हो सर्वहारावर्गको मुक्ति सवैभन्दा गहकिलो अश्त्र हो । महान अक्टोबर क्रान्ति अजेय छ ९५औं महान् सर्वहारा क्रान्ति जिन्दावाद । सम्पादित –जय कार्की

Sunday, November 4, 2012

डा. टीकाराम पोखरेल
एककाइसौँ शताब्दीको आधुनिक संसारले हरेक मानिसका धर्म, संस्कृति र परम्परालाई मानव समुदायका पहिचानको रुपमा स्वीकार गरेको छ । जातजाति, भाषा, धर्म, भेषभूषा, राष्टिूयता, संस्कृति, परम्परा, वंशज र भौगोलिक सीमाकै कारण हरेक मानिसको अर्को मानिसको भन्दा फरक पहिचान छ । हिमाली, पहाडी, नेपाली, भारतीय, युरोपियन, अमेरिकी, अफ्रिकी, हिन्दू, मुस्लिम, क्रिश्चियन, बुद्धिष्ट, तामाङ, शेर्पा, बाहुन, क्षेत्री आदि यस्तै विविध पहिचान हुन् । हरेक मान्छे यस्ता कुनै न कुनै पहिचानसँग जोडिएर आफ्नो चिनारी प्रस्तुत गर्दछन् ।
यस्ता पहिचानहरु हरेक व्यक्तिको अस्तित्वसँग जोडिएर आउने गर्दछ । हरेक मानिसको आस्था, विश्वास र विचार फरक फरक हुन्छ । आधुनिक मान्यता यो छ कि  हरेक मानिस आफ्नो आस्था, विश्वास र विचार बमोजिम आफूले चाहेको धर्म, आस्था र संस्कृतिसँग जोडिन स्वतन्त्र छ । तर पनि सामान्यतया मानिस आफ्नो परम्परागत धर्म, आस्था र संस्कृतिमै आफ्नो पहिचान बनाउँछ । शहरी सभ्यतामा केही हदसम्म आफ्नो परम्परागत धर्म, संस्कृतिबाट आफूलाई मन परेको अर्को कुनै धर्म वा संस्कृतिमा प्रवेश गरे पनि ग्रामीण र पिछडिएको समाजमा परम्परागत धर्म, संस्कृतिबाट अन्यत्र प्रवेश गर्नु संभव पनि छैन । धर्म, संस्कृति परम्परा सबै मानव समुदायका हितका लागि हुन् । मानवको भौतिक उन्नति र आध्यात्मिक आनन्दका लागि हुन् । धर्म, संस्कृति मानवीय पीडाका द्योतक हुन सक्तैनन् । मान्छेले जति धरै आफूलाई दुःख दिएर धर्म, संस्कृतिमा एकाग्र हुन्छ त्यति नै ईश्वर खुसी हुन्छन् भन्ने मान्यता अन्धविश्वास मात्र हो । मानवको उन्नति, हित र आनन्दका विपरीत त्यस्ता कुनै रीतिरिवाज, धर्म संस्कृति र परम्परा हुन सक्तैनन् । छन् भने ती सबै कुधर्म, कुसंस्कृति र कुपरम्परा हुन् ।
परापूर्वदेखि चलि आएका धर्म, संस्कृति र परम्परा त्याग्नुहुन्न भन्ने कुरा ठीकै हो तर समयसापेक्ष उदार र परिष्कृत भने हुनैपर्दछ । आज एक्कासौँ शताब्दीमा आइपुग्दा पनि कतिपय धर्मभीरुहरुबाट धर्मान्ध भई सर्वसाधारणलाई समेत भ्रममा पारेर धर्मका नाममा थुप्रै अधर्म गरिएका छन् । धर्मान्ध भएकै कारण युद्धहरु भएका छन् । अहिले पनि क्रिश्चियन र मुस्लिम वा मुस्लिम र हिन्दु बीच ठूलो खाडल छ । धर्मकै कारण भारत र पाकिस्तान दुई फरक फरक राज्य बन्न पुगेको इतिहास छ । अमेरिकी ट्वीनटावरको घटना पनि कुनै न कुनै रुपमा धार्मिक अन्धविश्वाससँग जोडिएका छन् । धर्मभीरु भएकै कारण मध्य युगमा युरोप सुतेको उदाहरण छ । बाबरी मस्जिद भत्काइएका घटना छन् । बोक्सीको आरोपमा हत्या गरिएका घटना छन् ।
 मानवबलि नै दिइएका उदाहरणहरु पनि यदाकदा नभएका होइनन् । धर्म, सस्कृति र परम्पराका नाममा मानव समुदायलाई दुखित बनाउने यस्ता घटना प्रसस्तै घटेका छन् । अन्धभक्तहरुले कुधर्म, कुसंस्कृति र कुपरम्परालाई नै आफ्नो धर्म, संस्कृति र परम्परा ठानेका कारण यस्ता घटना भएका हुन् ।  नेपालमा पनि परापूर्वकालदेखि नै धर्म, संस्कृति र परम्पराका नाममा धेरै कुसंस्कारहरु विद्यमान छन् । धार्मिक एवम् साम्प्रदायिक दंगाहरु नेपालमा कमै भए तापनि सामाजिक रुपमा धर्म, संस्कृतिको नाममा मानव अधिकार हनन भने भैरहेको छ । मूलतः हिन्दू संस्कृति र परम्परा महिला अधिकारमैत्री छैनन् । पौराणिक कालमा महिलाहरुलाई उच्चस्थान दिइएको भए तापनि पौराणिक कालपछि भने पुरुष र महिला बीच ठूलो विभेदको रेखा कोरिएकोे पाइन्छ । पितृसत्तात्मक समाजका कारण महिलालाई अधिकारको चेतना होइन कर्तव्यको बोध मात्र गराइएको छ । कुलधर्मको नाममा पुरुष अधिकार प्रयोग गर्छ महिला कर्तव्य निर्वाह गर्दछन् ।
पतिको दीर्र्घायुको लागि व्रत नारीले बस्नुपर्दछ । तर जसको दीर्घायुको लागि व्रत बसिएको छ उसले भने जति खाए पनि हुने मात्र होइन कि टिल्ल रक्सी नै खाएर हिँडे पनि अन्यथा मानिन्न ।  सुत्केरी हुँदा महिलाले अरु कसैलाई छुन नहुने तर सुत्केरी गराउनमा प्रमुख भूमिका निर्वाह गर्ने पुरुष भने चोखै रहने जस्तो अव्यवहारिक पद्धति महिलाहरुमाथि लादिएको छ । छाउपडीमा अरुले महिलालाई छुन नहुने भन्दै गोठमा राखिने वा अरुबाट टाढै बस्नुपर्ने नियम बाँधिएको छ । घरपरिवारको सुख, शान्ति र सम्वृद्धि र आरोग्यका लागि भन्दै महिलाले नै व्रत वस्नुपर्ने तर घरको मूल मालिक चाहिँ पुरुष नै हुने परम्परा चलिआएको छ । पतिको मृत्यु भए नारी विधवा हुन्छे, पत्नीको मृत्यु भएमा पति विधुर । विधावाले आजन्म विवाह गर्न नहुने तर विधुर पुरुषले भने विवाह गर्नैपर्ने सामाजिक मान्यता छ । मनोवैज्ञानिक रुपमा पनि धर्म, संस्कृति परम्परामा महिलाभन्दा पुरुषलाई विशेष दर्जा दिइएको छ । यो पुरुषप्रधान समाजको द्योतक हो ।
अधिकांश महिलाको लागि चाडबाड पीडाको पर्व हुने गरेको छ । तर पनि महिलाहरु चाडपर्वमा आफ्नो पीडा भित्रभित्रै लुकाएर आफ्नो कर्तव्य ठानी सबै जिम्मेवारी पूरा गरिरहेका हुन्छन् । पूजापाठ गर्नेदेखि घरको सम्पूर्ण काम धान्ने र अतिथिको स्वागत सत्कारदेखि बालबच्चाको हेरविचार गर्नेसम्मका सबै काम महिलाकै भागमा पर्छ । यी काम महिलाले मात्र गर्नुपर्ने किन ? पुरुषले गरे पनि हुने हो । तर पुरुषले यी काम गर्नुपर्दैन । गरे पनि ऐच्छिक छन् तर महिलाका लागि अनिवार्य छन् । महिला भनेका परिवारको धर्म, संस्कृति र परम्परा धान्न हुर्केका हुन् तर पुरुष चाहिँ संसार जित्न जन्मेका हुन् भन्ने मनोवैज्ञानिक सोच अहिले पनि विद्यमान छ । पछिल्लो समयमा शहरबजारमा यस्ता सोचमा केही परिवर्तन आए तापनि ग्रामीण समाजमा यो सोचाईले जरा गाडेको छ ।
कानुनले बन्देज गरेका बोक्सी, दाइजो, देउकी, बालविवाह, बहुविवाह जस्ता विभिन्न कुप्रथाहरु पनि हाम्रो समाजमा अझै विद्यमान छन् । तर यी कुप्रथाहरुबाट पीडित हुने भनेका महिला नै हुन् । थोपरिएका यस्ता कुप्रथाहरुका कारण हाम्रो समाज कुरुप बनिरहेको छ । तर ग्रामीण समाजका केही कट्टरपन्थीहरु चाहिँ यो ठानिरहेका छन् कि यी संस्कारहरु हटेमा चाहिँ समाज कुरुप बन्छ ।
ग्रामीण र पिछडिएको समाजमा यस्ता कुप्रथाहरुलाई ईश्वरको कृपादृष्टिसँग जोडेर अझै पनि ठूलाठालू र टाठाबाठाहरुले फाइदा उठाइरहेका छन् ।  एकातिर पुरुषप्रधान समाज र ठूलाठालूको छायाँका कारण हाम्रो समाज र पुरुषहरुले नै धर्म, संस्कृति र परम्पराका नाममा महिलाहरु माथि विभेद गरिरहेका छन् भने अर्कोतर्फ महिलाहरु पनि चेतनाको अभावले गर्दा जानी नजानी यस्ता कुसंस्कारमा बाँधिन बाध्य भएका छन् । नारीधर्मको नाममा महिलाहरु यस्ता नारी विरोधी संस्कारको शिकार भैरहेका छन् । विरोध गरे समाजबाट मात्र होइन ईश्वरको ढोकाबाट समेत आफू बहिष्कृत हुने डरले महिलाहरु पनि यस्ता कुसंस्कारको कुनै न कुनै रुपमा समर्थक हुने गरेको महिला अधिकारको अनुगमनको दौडान कतिपय दुर्गम भेगमा भेटिन्छन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि, १९७९ लगायत संयुक्त राष्ट्र संघद्वारा जारी अन्य दस्तावेजले महिलाहरुमाथि कुनै पनि बहानामा भेदभाव गर्न नहुने कुरा उल्लेख गरेको छ । नेपालको अन्तरिम संविधान, २०६३ ले पनि महिलामाथि हुने भेदभावलाई बन्देज लगाएको छ । तर हाम्रै समाजमा धर्म, संस्कृति र परम्परालाई धान्ने नाममा महिलाहरु माथि समाजले विभेद गरेको छ । यो कानुनको खिल्ली उडाउने काम मात्र होइन धर्म, संस्कृति र परम्परामाथि पनि उपहास हो किनभने धर्म संस्कृति र परम्परालाई मानव समुदायमा घाउको मलमको रुपमा प्रयोग गरिनुपर्दछ न कि मानवीय पीडाको रुपमा । तर पुरुषको लागि मलम भए पनि महिलाका लागि पीडा नै भएको छ । यस्तै विभेदका कारणले कतिपय आधुनिक मान्यता राख्नेहरुले धर्म, संस्कृति र परम्पराको विरोध गर्ने गर्दछन् । कानुनी सवालसँग मात्र नभएर मानिसका मान्यता र परम्परासँग समेत जोडिएकोले यस्ता कुप्रथालाई  जरैदेखि उखेलेर फाल्न पनि कठिन छ । त्यसैले धर्म संस्कृति परम्परालाई गरिमायुक्त बनाउने हो भने यसलाई महिलामैत्री बनाउनुपर्छ, समयसापेक्ष परिष्कृत गर्दै जानुपर्छ । त्यसो गरिएन भने चाहिँ यस्ता मानवअधिकार विरोधी धर्म, संस्कृति र परम्परा कालान्तरमा इतिहास मात्र बन्न नजालान् भन्न सकिन्न ।  तष्पबचबm।उयपजबचभ२िनmबष्।िअयm

Monday, October 15, 2012

लेखनाथ ढकाल

बर्तमानकै चेतनाको अवस्थामा उभिएर बर्तमानको समस्यासमाधान हुन सक्दैन । आजका समस्याको समाधान आजभन्दा विकसित चेतनाले मात्र गर्न सक्छ भन्ने अल्बर्ट आइन्स्टाइनको विचार आधुनिक चेतनाको आधारमा भएको अभिब्यक्ति हो । पुरानो अवस्था आजको जग हो,  बर्तमानमा उभिएर भोलिको चेतनाबाट समाधान खोज्नु  आधुनिक मानव चेतनाको सिद्धान्त हो– यही माओवाद हो ।

“सहकारी आन्दोलनको महान विश्वव्यापी महत्व रहने छ, यसलाई अझ सक्रिय र उत्साही बनाउनुपर्छ । नेतृत्ववर्गले आम जनसमुहको सहकारी आन्दोलनमा कहिलै पछाडि पर्नु हुन्न, सहकारी जनसमुदायको आन्दोलन हो यो अगाडि बढिरहन्छ । यो आन्दोलनको गतिलाई नेतृत्वले भेट्टाउन सकेन भने राज्यको गति पछाडि पर्दछ । “–माओ त्सेतुङ 

Monday, October 8, 2012

नारायण सिलवाल
‘आयो दशै ढोल बजाइ, गयो दशैं ऋण बोकाइ’ । यो उक्ति पुरानो होइन र जव दशै आउँछ तव यो  यथार्ततामा निरन्तर आईरहेको छ । जब दशै नजिकन्छ ठुला साना, धनी गरिब सबैको अनुहारमा एक प्रकारको चमक त आउँछ । सिद्धिएको भोलीपल्ट देखि साहुको ऋणले घरछोड्नु पर्ने पिडा छोडेर जान्छ दशैले । यसैले त दशैलाई गरिबका लागि दशा भनिन्छ । हुनेखानेका लागी एैस आराम, मोज, मस्ती र गरिबका लागि .. । यसो हुनुमा समाजमा विध्यमान सामन्तवादी सोचका कारण हो । सामन्तहरुले दशैंलगाएत विभिन्न चाड पर्वबाट अकुत सम्पती विभिन्न माध्यमबनाएर कमाउने गर्छन् ।
र यहि सोचमा तमाम गरिब समुदाय पनि लादियका छन् । जसका कारण महंगो

Sunday, September 23, 2012

डा. टिकाराम पोखरेल
राजनीति अर्थात् राज्यको नीति । राज्यले अवलम्बन गरेको नीतिहरुमा सबैभन्दा उत्कृष्ट नीति भएकाले राजनीति भनिएको । राजनीतिको शाब्दिक अर्थ यस्तै हुन्छ । तर व्यवहारमा राजनीतिको अर्थ अलि फरक भैसकेको छ । हाम्रो जस्तो देशमा त राजनीतिको अर्थ र राजनीतिक व्यवहार हेर्ने हो भने राजनीति शब्दको व्याख्या नै गलत ढंगले गरिएको हो कि भन्ने भान हुन्छ । देशको वर्तमान राजनीतिले राजनीतिक दर्शन र सिद्धान्तलाई नै चुनौती दिइरहेको छ । पुस्तकमा पढ्दा राजनीति भनेको राज्यको विशिष्ट नीति हो, व्यक्तिको तहमा आएर कुरा गर्दा राज्यले अवलम्बन गरेको विशिष्ट नीतिभित्र रहेर खेलिने खेल हो । तर व्यवहारमा हेर्दा राजनीति भनेको विचित्रको मैदानमा खेलिने नियमरहित विचित्रको

Sunday, September 16, 2012

प्रमोद धिताल
आज साहित्य, कला, मानवीय मूल्य, बौद्धिक सम्पदादेखि लिएर मानवसंस्कृतिका हरेक पक्षहरु बजारको कब्जाभित्र कैद हुँदै गएका छन् । साम्राज्यवादको अमोघ अस्त्रको रुपमा मानिसका दिमागहरु उपभोक्तावादी संस्कृतिका औपनिवेशिक आश्रयस्थल बन्दै गएका छन् । ठीक र बेठीक, अश्लील र श्लील, नैतिक र अनैतिक, उन्नत र निचको बीचमा अब कुनै भेद बाँकी रहेजस्तो लाग्दैन । यो विकृत पूँजीवादको उपभोक्तावादी अस्त्रको कमाल हो । बिस्तार–बिस्तारै भीड संस्कृति मौलाउँदै गइरहेको छ । यस्तो भ्रम सृजना गर्न खोजिंदैछ या त्यसले ठाउँ लिन खोज्दैछ कि मानौं भीड संस्कृति नै जनसंस्कृति या अबको राष्ट्रिय संस्कृति हो । जब कि भीड संस्कृति र जनसंस्कृति एउटै हुनै सक्दैनन् । जनसंस्कृतिभित्र जनताको हितमा असल पक्षहरुको समावेश भएको हुन्छ । त्यसमा स्वाभाविकता हुन्छ, त्यसमा जनजीवनकासंघर्ष, सहकार्य, आशा, आकांक्षा र सपनाहरु सन्निहित हुन्छन् । जब कि भीड संस्कृतिमा विकृतिलाई नै संस्कृतिको रुपमा बजारले आफू खुशी उत्पादन गर्छ र स्थापित गर्दछ । नकारात्मक रुचीलाई सकारात्मक रुचीको रुपमा जबर्जस्ती खाए खा नखाए घिच गरेर  जनतामाथि थोपर्छ ।
बजारको उपभोक्तावादी निरंकुशतालाई एकचोटी गीतसंगीतको समसामयिक विषयसँग जोडेर हेरौं । त्यसो त गीत संगीतसँग जोडिएका सबै पक्षहरु वगीर्य हुँदैन नै । त्यसका कतिपय पक्षहरु निर्वर्गीय हुन्छन् । जस्तो कि संगीत, बाजा र मानिसका स्वरहरु प्राविधिक पक्ष हुन् । तर गीतसंगीतको माध्यमबाट जे जस्ता शब्द एवं शब्दहरु मार्फत् अर्थहरु सम्प्रेषित गरिन्छ ती कुराहरु वर्गीय हुन्छन् । तिनीहरुले प्रदान गर्ने सन्देशले कुन वर्गको, कुन संस्कृतिको अनि कुन कुराको पक्षपोषण गर्छन् त्यो महत्वपूर्ण कुरा हो ।
आजभोलि तीजका गीतहरुले बजार गरम भएको छ । यातायातका साधनहरु, होटल, पसल, गाउँदेखि लिएर शहरका विद्यालय, क्लब, संघसंस्था, राजनीतिक दल निकटका महिला संगठनहरुसम्म सबैतिर तीज कार्यक्रम अन्तर्गत मुलतः नाचगानतिर मानिसको ध्यान आकर्षित गरेको छ । हिजो कुनै बेला हिन्दु सामन्तवादको दह्रो पक्षपोषण गर्दै आइरहेको तीज पर्वले समाजमा केही निश्चित मूल्य र मान्यताहरुको प्रतिविम्बन गथ्र्यो । तर आज तीज पर्वलाई उपभोक्तावादी बजारले खर्लप्पै निलिदिएको छ । यो पर्व अब मानिसको विशुद्ध धार्मिक आस्थामा बाँच्ने अवस्थाको अन्त्य भएको छ । यो र यस्तै अन्य परम्परागत, धार्मिक मूल्य मान्यताहरुलाई बजारले आफ्नो कब्जामा लिएर एउटा ठिमाहा संस्कृतिको निर्माण गरेको छ । अब यो टिक्ने भनेको ऐयाशीपूर्ण खानपान, खर्चिलो र तडकभडकपूर्ण पहिरन, उत्ताउला र अश्लील गीत नृत्यहरुको प्रस्तुतिभन्दा अरु केही होइन ।
अन्य चाडपर्वहरुको हकमा पनि यही नियम लागू हुन्छ । तर महिलासँग सम्बन्धित पर्व मानिएकोले उनीहरुलाई उृपभोक्तावादी बजारको श्रृगारिक मालको विषयवस्तुको रुपमा प्रस्तुत गर्न झनै सजिलो बनाइदिएको छ । यतिखेर तीज गीतको नाउँमा जेजस्ता  गीतहरुको निर्माण भएको छ, मानवीय मूल्य, महिला अस्मिता, उन्नत जनसंस्कृतिको निर्माणको कोणबाट हेर्दा कहिनेर पनि योगदान गर्दैनन् । केही अपवादलाई छोडेर यिनीहरुले बजारको माग र आवश्यक्तालाई पूर्ति गर्ने काम गर्छन् । व्यावसायिक कलाकारिताको नाउँमा गीतका सर्जक तथ गायकहरुले मानवीय मूल्य, सामाजिक दायित्व र अस्मितालाई केन्द्रमा राखेर होइन तत्काल के बिक्छ भन्ने मनसायले वा आफ्नो रुचिलाई नै जनताको रुचि बनाएर पस्किरहेका छन् । व्यावसायिकताको नाममा यो अश्लीलता, विकृति र रुग्णताको व्यापार हो र भीड संस्कृतिको पक्षपोषण हो ।
बजारको मान्यता यही हुन्छ कि सकेसम्म हरेक चीजलाई आकर्षक मालमा परिणत गर, अकूत नाफा कमाऊ । जुन चीज नाफाको वस्तु बन्न सक्दैन त्यसलाई रछ्यानमा मिल्काइदेउ । यतिखेरको अवस्था त्यही हो । जोकरलाई महान बनाएर पेश गर्नु अनि महानलाई जोकर बनाएर पेश गर्नु यसको विशेषता हो । त्यसैगरी उत्कृष्टलाई निकृष्ट बनाएर उपेक्षाको बिषय बनाउनु अनि निकृष्टलाई उत्कृष्ट बनाएर विकाउ मालमा बदल्नु नै यसको आदर्श हो ।
बजारको नजरमा अहिले त्यही व्यक्ति उत्कृष्ट हो जसले महंगो गाडी चढ्न सक्छ, महंगो मोबाइल प्रयोग गर्न सक्छ, महंगो सुट प्रयोग गर्न सक्छ, महंगा र आकर्षक गहनाहरु लगाउन सक्छ, महंगो रक्सी पिउन सक्छ । जसले सस्ता बजारिया मालहरु प्रयोग गर्छ उसको कद त्यति नै होंचो हुन्छ । जसलाई बजारका आधुनिक उपभोग्य बस्तुहरु सस्तो दाममा पनि प्रयोग गर्न र्नै सुिवधा प्राप्त छनै ऊ कुनै पनि मूल्यको हुँदैन । उसको अगाडि हिनताबोधले ग्रस्त हुनुसिवाय अर्को विकल्प हुँदैन । अहिलेको मानिसको मूल्याङ्गनको आधार यही हो । त्यसको लागि जस्तासुकै नैतिक, अनैतिक कर्तुतहरु पनि जायज भएका छन् । किनकी बजारले अब नैतिक र अनैतिकताको  बीचमा पनि भदे समाप्त पार्दै लगेको छ । सक्छौ लुट सक्दैनौ लुटिन तयार भएर बस । यस्तो मान्यतालाई स्थापित गरेको छ उपभाक्तावादी बजारले ।
त्यसको लागि आम्दानीका जस्तासुकै जायज नाजायज धन्दाहरुले आज प्रश्रय पाउन थालेका छन् समाजमा । नैतिक अर्धपतनको डलाग्दो यात्राले तीव्रता पाउँदै गएको छ । यसर्थ हामी के निष्कर्ष निकाल्न सक्छौं भने अब पूँजीवादी उपभोक्तावादको आदर्श कुनै उन्नत सामाजिक चेतनाले युक्त नवमानवको निर्माण गर्नु होइन बरु उपभोगको संसारमा आजीवन भौतारिरहने निर्जीव कठपुतली तयार गर्नु हो, जसले पुँजीवादको नाफको अधिकार यात्रालाई सुरक्षित बनाउन सकोस् । बजारले निर्माण गरेका उपभोग्य वस्तुहरुको उपभोग मात्र मानिसको पतनको कारक होइन । बरु बजारले जुन मनशायका साथ संस्कृतिलाई आफ्नो नाफा उद्योगको हतियार बनाउन खोज्दैछ त्यही मिशन मनुष्यका लागि खतरनाक बन्दै गएको छ । उसले मानिसको मन, मस्तिष्क र बौद्धिकतालाई पनि आफ्नो उपनिवेश बनाएर मालको उपभोक्ता मानिसलाई होइन मानिसको उपभोक्ता माललाई बनाइरहेको छ । जसले गर्दा भयानक पतनशील संस्कृतिको आधार तयार गरेको छ ।
साभारः जनउभार साप्ताहिक

Monday, September 10, 2012


नारायण सिलवाल । नयाँ नेपालको सङ्खघोस गर्दै गणतन्त्र स्थापना भएपछि गरिबीको छटपटाहटमा परेका नेपाली जनताहरूले स्वास्थ शिक्षा र रोजगारीको ग्यारेन्टी हुने आशा राखेका थिए । राणाहरूको अवसानपछि प्रजातन्त्रको सपना देखेका नेपाली जनताले पञ्चायतको निरङ्कुशताको अन्त्य गर्न १० वर्षको जनयुद्ध र १९ दिनको आन्दोलनबाट हजारौ बलिदानी र त्याग गर्नुपरेको थियो । तर अफसोचः अहिलेसम्म पनि पूर्णरूपले नयाँ गणतान्त्रिक नेपालको महसुस गर्न पाएका छैनन्  । जबसम्म स्वास्थ, शिक्षा र रोजगारीको गयारेण्टी हुँदैन तबसम्म नयाँ नेपाल भन्नुको अर्थ रहँदैन । त्यसो त, नेपालको अन्तरिम संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारी नागरिकको मौलिक अधिकारको रूपमा लिपिबद्ध भएपनि व्यवहारिक रूपमा नेपाली युवाहरू यतिबेला आफ्नो युवा जोश, जाँगर र उत्साह विदेशी भूमिमा लगानी गर्न बाध्य भइरहेका छन् ।
अहिले नेपाली युवापंक्तिलाई राजनीति दलहरूको नाम सुन्दा पनि एलर्जी हुने अवस्था सृजना भएको छ । नहोस् पनि किन ? नत कलकारखाना खुले नत संविधान नै बनाए राजनीतिक नेतृत्वले । महंगीले आकाश छोइसक्यो, रोजगारीको लागि विदेश भौतारिनु बाहेकको विकल्प हामीसँग केहि पनि छैन । दिननानुदिन युवाहरू विदेश पलायन भइरहेका छन् । राजनीतिक स्थिरता र यसले गर्दा मुलुकमै रोजगारीको अवसर सृजना हुनु नसक्नु र भएका रोजगारीका अवसर पनि बिस्तारै गुम्दै जानुले विदेसिनेको संख्यामा यस्तो वृद्धि भएको हो ।
 नेपालमा गणतन्त्र स्थापना भएपछि रोजगारीमा विदेश जाने कामदारको सङख्या झण्डै चार गुणाले बढेर गएको सरकारी तथ्याङ्कमा देखिन्छ । २०५८ सालदेखि २०६२ सालसम्मको अवधिमा ४ लाख ३६ हजार ७ सय कामदार विदेशिएका थिए । तर, आर्थिक वर्र्ष २०६४÷०६५ देखि २०६८÷०६९ सम्म आई पुग्दा ३५ लाखभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएको पाईन्छ । बाध्यताले विदेशी भुमिमा जानुपर्ने युवा पुस्ता गत असारमा सबैभन्दा बढी कामदारको रूपमा बिदेसिएको तथ्यांकलाई साउनको तथ्यांकले तोडेको हो । वैशाखमा २९ हजार २ सय ७१, जेठमा ४० हजार ४ सय ६१ र असारमा ४४ हजार ७ सय १५ जना बिदेसिएका थिए । गत आथिर्क वर्षमा पनि बिदेसिनेको कामदारको संख्या उच्च थियो । अघिल्लो आर्थिक वर्षमा २ लाख ९४ हजार कामदार बिदेसिएकामा गत आवमा यो बढेर ३ लाख ५४ हजार पुगेको थियो । वैदेशिक रोजगारीमा रहेकाबाट वर्र्षको दुई खर्ब १० अर्ब रूपैयाँ देशमा भित्रिने गरेको र यसले देशको गरिबी ४२ प्रतिशतबाट ३१ प्रतिशतमा झरेकोे पाइन्छ ।
 बाह्य मुलुक पुगेर रोजगारी गर्न त्यति सहज हुँदैन जाने प्रक्रिया पुरा गर्दा नै लाखौं सिद्धयाएका उदाहरणहरू प्रसस्तै भटिन्छन् । त्यति मात्र होइन,  दुर्गम गाउँबाट राजधानी आउने युवाहरू एजेन्टका झुटा आश्वासनका कारण ठगिनेहरूको संख्या पनि ठुलै छ । ठगी गर्नेहरूमाथि कारबाही नहँुदा त्यस्ता काम गर्नेको मनोबल उच्च बन्दै गएको छ । ठगहरूले राजनीतिक दलहरूको भातृ संगठनमा रहेर ठग्ने कामलाई निरन्तरता दिइरहेका छन् । तपाई हामी जो कोही पनि विभागमा पुग्दा ठगी गर्ने दलालहरू तानातान गर्न आँउछन् ।
विभिन्न म्यान पावरहरूले कामदारलाई स्वदेश र विदेशमा अलपत्र पार्ने, बढी रकम लिने, एउटा  काम वा कम्पनी  भनी अर्कोमा पठाउने र सम्झौता बमोजिक क्षतिपूर्ति नदिने उदाहरण त नयाँ होइन । यसमा पनि यूएई, कुवेत, कतार, साउदी अरब, मलेसिया, लगायतका देशमा पुरूष भन्दा कार्यरत महिलाहरू संख्या बढी रहेको पाइन्छ । दलालद्वारा डलरको सपना देखाई युएईमा ल्याइ करिब ५ महिना अलपत्र पारी राखिएका धादिङ मुरलीभञ्ज्याङ(८ का भानुभक्त लम्सालले  आफु ठगिएको कुरा शार्जहा एरपोर्ट टूाभल एजेन्सीले कालो सुचीमा राखेपछि मात्र थाहा पाएका थिए ।  
त्यहाँ रहेका नेपाली कामदारले हर्जना तिरी उनलाई सुरक्षित रूपमा नेपाल पठाउनु परेको थियो ।
ठगिएर आफुले भनेजस्तो काम नभए पछि होस या घरेलु हिंसामा परेर होस् या यौन शोषणमा परेर ज्यान गुमाउने नेपालीहरूको संख्या पनि दिनानुदिन बढेर गएको छ । केहीको मृत्यू नै रहस्यमय बन्ने गरेको छ । रोजगारको शिलशिलामा नेपालबाट यूएई छिरेकी तातोपानी– ६ सिन्धुपाल्चोककी सुकु तामाङले आफु कार्यरत घरमै आफ्नै सलको पासो लगाएर आत्महत्या       गरेकी थिइन । केकति कारण आत्महत्या गरेकी हुन् भन्ने बिषय भने अहिलेसम्म खुलेको छैन ।
यसै गरी साउदी अरबमा कृष्णबहादुर तामाङ बिगत १३ वर्षदेखि र बलबहादुर गुरूङ १० वर्र्ष देखि बन्धक जस्तै जीवन बिताउन बाध्य छन् । स्वदेश फर्किने तिब्र चाहना हुँदाहुँदै पनि आफ्नोे कानुनी हैसियत गुमाउन पुग्दा उनीहरू नेपाल फर्कन नसकेको खबर बिभिन्न सञ्चारमाध्यमहरूमा आइरहेको छ  । यस्ता सयौ खवर मध्य २ वर्ष अगाडी कतारमा ज्यान गुमाएका दैलेखका बखत बहादुरको परिवारले सव अहिले सम्म प्राप्ीत गर्न सकेका छैनन् । 
कामदार ठगिएका कुरा अब नत तपाई हामीलाई नौलो न त सरकारले नै चासो राख्छ । दिनहुँ हुने नियमित प्रक्रिया जस्तो भैसक्यो । अबतः वैदेशिक रोजगार ऐन पनि कसका लागि बनाइयो र कुन कुनामा थन्किएको छ, कसैलाई प्रवाह हुँदैन । किनकि त्यो ऐनलाई पुर्णतया नत म्यानपावर कम्पनी नत र बैदेशिक रोजगार विभाग नत तपाई–हामी बैदेशिक रोजगारीमा जानेहरूले कार्यान्वयन गरेका छौँ । बैदेशिक रोजगार विभागले खाडीका कुनैपनि मुलुकहरूमा कुनैपनि काममा जाँदा जम्मा रू. ७० हजार भन्दा बढी रकम कामदारहरूबाट लिनु हुँदैन भनी तोकेको छ र ऐनको दफा २१ (३)मा उक्त रकमको भर्पाई समेत कामदारलाई दिनु पर्दछ भन्ने उल्लेख छ । एैनकै अर्को दफा १४ (३) (क) मा कामदारको योग्यता मुताविकको सेवा, शर्त र सुविधा नभएमा बिभागले श्रम स्वीकृति दिने छैन पनि भनिएको छ र झुठ्ठा कागजात पेश गरी अनियमितता गरी ऐनको उल्लंघन गरेमा आर्थिक जरिवाना सहित इजाजत रद्ध हुने र म्यानपावर सञ्चालकलाई लागि लड्न सिकाएको छ । परिवर्तन आफैबाट हुन सिकाएको छ । हिजो परिवार पाल्न कै लागि हलिया बस्नु पर्ने बाध्यताको आवाज बुलन्द गर्न सक्ने बनाएको छ । निरङ्कुश राजतन्त्रबाट मुक्त भएका छौँ । मुलुकमा आमुल परिवर्तन हुने कुरा एक्कै पटक सम्भव हुने कुरा पनि होइन तर नेपाली राजनीतिक दलहरू जनउत्तरदायी भएनन् । यो चाहि सत्य हो । अन्ततः मुलुकको विकास र परिवर्तन राजनीतिक निकासबिना सम्भव नहुने हुँदा पछिल्लो पुस्ता राजनीतिबाट निराशा भन्दा आशावादी भएर लाग्न आवश्यकता छ । त्यसका लागि मुलुकलाई राजनीतिक निकास दिन दलहरूलाई ताजा जनादेश लिन दवाव दिनुपर्छ । जबसम्म संविधान बन्न सक्दैन तबसम्म वैदेशिक रोजगारीका तनावहरू यथास्थानमै रहने निश्चित छ । भाद्र २५ गते जनमुक्तिमार्ग साप्ताहिका प्रकाशित

Monday, August 27, 2012

हिरामणि दुःखि
सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलनकै एउटा महत्वपूर्ण पक्ष भएकाले राजनीतिक आन्दोलनमा देखापर्ने विचलनहरू नै सांस्कृतिक आन्दोलनका विचलनहरू हुन्छन् । राजनीतिक र सांस्कृतिक दुवै कुरा निश्चित विचारधाराबाट सञ्चालन हुन्छन् । यसकारण विचारधारात्मक सघर्ष कुन रूपमा कसरी सञ्चालन भएको छ भन्ने कुराले सांस्कृतिक आन्दोलनमा देखापर्ने विचलनहरूको निर्धारण गर्दछ । प्रवृत्तिगत हिसाबले तीनवटा वैचारिक धारामा सांस्कृतिक आन्दोलनमा विचलनहरू देखा परिरहेका छन् । ती हुन् अवसरवाद, सुधारवाद र संशोधनवाद । यी तिनवटै विचारधाराको केन्द्रमा रहेर सांस्कृतिक विचलनका पक्षहरू देखा परिरहेका हुन्छन् । यी सर्वहारा सांस्कृतिक आन्दोलनका मुख्य समस्याहरू हुन् ।
विचलनका बारेमा वरिष्ट माक्र्सवादी संस्कृतिकर्मी ऋषिराज बराल भन्नुहुन्छ ‘विचलन स्थान छोड्नु हो र हाम्रो अर्थमा क्रान्तिकारी धार, विन्दु वा केन्द्रवाट यताउति, दायाँवायाँ हुनु नै विचलन हो । विचलनको प्रमुख कारण नै मनोगतता हो । यो खुला र सचेत रूपमा, छद्म वा थाहै नपाई पनि हुने गर्छ ।क्रान्तिका आधारभूत मुल्य मान्यता, नियम र पद्धति, समयको आवश्यकता र यथार्थबोधबाट विमुख भई आफ्नो चाहना, इच्छा, भावनात्मक तरङग र सनकका आधारमा जब समय र वस्तु परिस्थिति आदिको विश्लेष्ण, व्याख्या र निश्कर्ष निकाल्न थालिन्छ । अनि विचलनका प्रारूपहरू देखापर्न थाल्दछन् ।’ यहाँ विचलनको श्रोेत मनोगतवाद बताइएको छ । वास्तवमा मनोगतवाद वर्गसङर्ष उत्कर्षतिर गएको बेला दुस्साहसवादी प्रवृत्तिर्फ उन्मुख भइरहेको हुन्छ भने शान्तिकालमा अकर्मन्यतावाद, सुधारवाद र आत्मसमर्पणवादी प्रवत्तितर्फ उन्मुख भइरहेको हुन्छ । यस्तो प्रवृत्तिले क्रान्ति उत्कर्र्षमा पुगेको बेला कहिलेकाहीँ देखा पर्ने साँच्चिकै बाघको रूपमा आएको दुश्मनलाई कागजी बाघ नै देख्न पुग्दछ । जसले गर्दा दुस्साहसिक योजना बनाउने र भिड्ने गर्दछ, त्यसले क्रान्ति, पार्टी र जनतालाई फाइदा भन्दा नोक्सान पु¥याएको हुन्छ । त्यसैगरी शान्पिूण कालमा कागजीबाघको रूपमा आउने दुश्मनलाई साँच्चिकै बाघ ठानेर त्यससँग सम्झौतापरस्त दृष्टिकोण अपनाउँछ र सुधारवादी कार्ययोजना बनाउँछ । त्यतिबेला उसले जनताको ताकत, सैन्यकृत कार्यकर्ताहरूको ताकतलाई गौण ठान्न पुग्दछ । नेपाली कम्युनिष्ट आन्दोलन यही गतिबाट अघि बढेको छ ।
जहाँसम्म एकीकृत नेकपा माओवादी र उसको नेतृत्वमा भएको जनयुद्ध र शान्तिपूर्णअवधिका चारवर्षका वैचारिक एवम् राजनीतिक संघर्षको समिक्षा तथा उसका नेता कार्यकर्ताहरूको जीवन व्यवहारको प्रश्न छ, त्याहाँ केहि भिन्न प्रकारले विचलनका लक्षणहरू देखा परेका छन् । जस्तो  जनयुद्धमा निर्माण गरिएका उपलब्धि, संस्कार, संस्कृति, रहनसहन, जीवनशैली, कार्यप्रणाली, जनतासँगको सहकार्य, जनतामा भर पर्ने र सादा जीवनशैली अपनाउने, खानपान, प्रेम, यौन, विवाह, चाडपर्व र धर्मप्रतिको दृष्टिकोण, मदिराजन्य पदार्थको सेवन आदिजस्ता कुराहरूमा जसरी जनयुद्धकालमा नयाँ संस्कृतिको विकास गरिएको थियो, आज ती कुराहरू क्रमशः बिसंर्दै जाने र छोड्दै जान थालेको पाइन्छ । नेताहरूले निर्माण गरेको उच्च आदर्श अहिले आफैले भत्काउन थालेको देखिन्छ । यद्यपि यी र यस्ता कमजोरीहरू अंशगत हुन् । समग्रमा मूल्याङकन गर्दा एकीकृत नेकपा माओवादी नै नेपालको मूलधारको क्रान्तिकारी विचारधारा, योजना, लक्ष्य एवम् उद्धेश्य बोकेको कम्युनिष्ट पार्टी हो । नेपालको जनवादी आन्दोलनको ध्वजावाहक शक्ति पनि यही हो ।
अवसरवादी प्रवृक्ति रूपमा क्रान्तिकारी आवरणमा देखा पर्दछ तर सारमा त्यो दक्षिणपन्थी विचलनतिर वा उग्रवामपन्थी संकीर्णतातर्फ विचलित भएको हुन्छ । यो सारसंग्रहवादका रूपमा पनि देखा परेको हुन्छ । धर्म, चाडपर्व, रीति, परम्पराजस्ता आध्यात्मिक अन्धसंस्कार र संस्कृतिहरूलार्ई जनताले छोडेका छैनन्, समाजलाई चित्त बुझाउन पनि मानिदिनुपर्छ वा अर्को विकल्प दिन नसक्दासम्म त्यसलाई प्रगतिशीलकरण गरेर मान्नुपर्छ भनेर कतिपय कम्युनिस्ट क्रान्तिकारी नेता कार्यकर्ताहरूले तर्क गर्छन् । यस्तो तर्क गर्नु अवसरवादी प्रवृत्ति हो । जस्तो क्रान्तिकारी गीत नृत्य गरेर तीज मनाउनु, क्रान्तिकारी देउसी भैलो भन्नु, दसैंमा सबैसँग भेटघाट हुने भएकाले पनि घरमा जानुपर्छ भन्दै बुढाबुढी बाबा आमाहरूबाट टीका जमरा लगाउनु आदि कुराहरू अवसरवादी विचलनहरू नै हुन् । पुरानो चाडपर्वहरूको विकल्प तयार नभएकाले धेरै भड्किलो र खर्चिलो नगरिकन मनाउँदा हुन्छ भनेर तर्क गर्नु गैरमाक्र्सवादी चिन्तन हो । जनयुद्धका क्रममा परम्परागत चाडपर्व, धर्मकर्म, पूजापाठ नगर्ने, विवाहमा जनवादी संस्कार गर्ने गराउने, महिलाहरूले चुरापोते र गरगहना त्यागेकाहरूले अहिले शान्तिकालमा चाडपर्व मनाउने, यज्ञ होडमा सहभागी भएर चन्दा सङकलन गर्ने, चुरापोते र गहनाले सजिसजाउ हुने, मदिरा सेवन गर्ने आदि कैयौँ आचार व्यवहारका संस्कारहरूमा विचलन आएको छ । यही हो नाङगो अवसरवाद ।
त्यसैगरी सुधारवादी चिन्तन पनि सांस्कृतिक आन्दोलनको अर्को वैचारिक विचलन हो । यसले पार्टी, संगठनका नीति, विचारधारा, व्यवहार, कार्यदिशा र कार्यशैलीमा समयानुकूल परिवर्तन हुनुपर्छ भनेर सुधारवादी नीति, विचार र संस्कृति अपनाउन पुग्दछ । अन्तरविरोधहरूको समाधान वर्गसमन्वयबाट खोज्छ । जनपक्षिय विचारको कुरा गर्नु आफैमा सुधारवादी दृष्टिकोण हो । यसले जनकल्याण वा कल्याणकारी राज्यको स्थापना चाहन्छ । समाजमा चल्ने गरेका परम्परावादी संस्कार, संस्कृति, धर्म, चाडपर्व, नैतिकता, मूल्य आदिलाई सुधार गरेर प्रगतिशील संस्कारको रूपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्नु सुधारवाद हो । सुधारवादको सम्बन्ध संशोधनवादसँग हुन्छ । सुधारवाद सांस्कृतिक क्षेत्रमा देखा पर्दा यो मात्रात्मक सुधारबाट क्रमशः समयक्रमसँगै परिवर्तन गर्नुपर्छ भन्ने दृष्टिकोण हो । यो संसदवादी चेतना पनि हो ।
यसले क्रमभङग र छलाङमा फड्को हान्नु गलत ठान्दछ । तेश्रोे विचलनको प्रवृत्ति भनेको संशोधनवाद हो । यो अवसरवादकै अन्तिम रूप हो । यसले मालेमावादी विचार, दर्शन र सांस्कृतिक मूल्यहरूलाई समायानुकूल सिर्जनशील ढङगले लागु गर्नुपर्छ र विकास गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।
अन्ततः सिर्जनशीलताको नाममा माक्र्सवादका आधारभूत कुराहरूलाई नै परित्याग गर्न पुग्दछ । पछि गएर यसले द्वन्दात्मक भौतिकवादको होइन कि आध्यात्मिक आदर्शवादको सहारा लिन पुग्दछ । यो वर्गसमन्वयवादी धारा हो । अहिले नेपालको सन्दर्भमा संविधान बनाउनु पर्छ भन्ने नाममा काँग्रेस, एमाले र अति दक्षिणपन्थी विचारलाई पनि समेटेर लैजानुपर्छ भन्ने र सेना समायोजन गर्ने नाममा कुनै न कुनै रूपले विघटन गराई संसदीय निर्वाचनबाट बहुमत हाँसिल गरेर शान्तिपूर्ण तरिकाले परिवर्तन गर्नु पर्छ भन्ने चिन्तनधारा नै संशोधनवाद हो । यसले वर्गसंघर्षलाई तिखो र धारिलो बनाउने भन्दा पनि बोधो बनाउने र अन्ततः सहमतिको कुरामा बढि जोड दिन्छ । यो विचारधाराको रूपमा माक्र्सवादका मूलभूत विषयलाई जड्सुत्रवादी बताउँदै आउँछ भने सांस्कृतिक रूपमा जनताको संस्कृति, देश, काल परिस्थितिअनुसार आफ्नो पहिचान छोड्नु हुदैन भनेर आउँछ । जस्तो कि जनयुद्धकै क्रममा भएका सर्वहारा जीवन पद्धती, आचार–विचार, व्यवहार, धर्म, चाडपर्व आदिमा आएको परिवर्तनलाई अहिले क्रमशः छोड्ने काम भएको छ । आथिर्क रूपमा भ्रष्ट बन्नु आवश्यकताको नाममा भड्किलो जीवन पद्धती अङगाल्नु, वर्गउत्थानतर्फ आकर्षित  हुनु, कुटनीतिक भेटघाट, सम्बन्ध आदिका नाममा मदिराजन्य पदार्थमा लिप्त बन्नु आदि कुरा संशोधनवादी संस्कृतिका उपज हुन् ।

Monday, August 13, 2012

सागर कुँवर
क्रान्तिको नाममा इमान्दार सोझा कार्यकर्ताहरुको भावानामा खेलवाड गर्दै देशको वस्तुगत तथा पार्टीको आत्मगत परिस्थितीको कुनै ठोस मुल्याङ्कन नगरिकन राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिती लाई आँखा चिम्लेर जनयुद्धको नाममा ०५२ सालमा माओवादी समुह द्वारा संचालित हिंसात्मक युद्धमा भारतीय विस्तारवादको साथ र सहयोग भएको कुराहरु बाहिर आइरहेका छन । व्यक्तिगत स्वार्थलाई पुरा गर्नको लागि सबै सिद्धान्तहरु तथा राजनीतिक मुल्य मान्यता र आचरणलाई  त्यागेर वा तिलाञ्जली दिएर, भावानात्मक आधारमा माओवादीले उठाएको बनदुक नया जनवादी क्रान्तिको लागि नभएर भारतीय विस्तारवादको अगाडि लम्पसार पर्दै, त्यही भारती विस्तारवादको टिका र आर्सिवादमा देशलाई कंगाल बनाउनु रहेछ भन्ने प्रमाणीत भएको छ ।
सामन्तवादलाई नेपालबाट अन्त्य गरेर वा सामन्तवादको समुल नष्ट गर्ने प्र्रचारवाजीमा उठाएको हतियार बताएको माओवादी समुह आज आएर  फेरी त्यही सामन्तवाद विरुद्धको संघर्षलाई कमजोर बनाउने, नया सामन्तहरु जन्माउने जातीय राजनीतिमा रोमलिएको छ । यसले के स्पस्ट गर्दछ भने माओवादी आन्दोलन त्यसको नेतृत्वको चरम व्यक्तिगत महत्वकांक्षालाई पुरा गर्नको लागि थियो भन्ने नै हो ।
    न्यूनतम पनि पुजिवादी मुल्य र मान्यताहरुको समेत हेक्का राख्न नसक्ने माओवादी समुहहरु जनवादी संस्कृतिको कुरा गर्नु वा समाजवादी राज्य व्यवस्थाको कुरा गर्नु पनि नया र नौलो होइन । देशको वस्तुगत धरातलिय यथार्थतालाई ध्यान नदिईकन तय गर्ने कार्यनिति सफल भएको  इतिहास हाम्रा अगाडि छैन । परिस्थितीको सहि मुल्याङ्कन नगरिकन अगाडि बढ्ने शक्तिहरुको विजय भएको इतिहास पनि हाम्रो सामु छैन नै । साथै द्वन्दात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादले  ठोस परिस्थितीको ठोस विश्लेषणको आधारमा नै निति निर्णयहरु तय गरिनु पर्ने दार्शनिक वैज्ञानिक मान्यता राख्दछ । तर त्यो सम्पूर्ण द्वन्दात्मक भोतिकवादी बाटोलाई प्रचारवाजी गरेर वा त्यसको शाब्दीक उपयोग गरेर माओवादीहरु आज समाज परिवर्तनको बाधक बनिरहेका छन तर देशको आवश्यकता माओवादी समुह परिवर्तनको साधक बन्नु पर्ने छ । मनमोहक नाराको आडमा नेतृत्वको अवसरवादी उद्देश्य पुर्तिको लागि उद्देलित माओवादीहरु मानवीय मुल्य मान्यता र मानव जीवनमा देखिएका समस्याहरु सँग आँखा चिम्लेका छन जुन नेपालको तत्कालिक राजनीतिक परिस्थितीमा गम्भिर समस्याको विषय बनेको छ ।
    सत्तालाई प्रधान केन्द्रविन्दु बनाएर मानवतालाई पुरा अस्विकार गर्दै अगाडि बढेका माओवादीहरु माक्र्सवादी लेनिनवादी सिद्धन्त अनुसार नचलेको सत्य हो । दुःखको कुरा त अझ यो हो कि उनिहरुले सामान्य पुजिवादी दलहरुले सम्म अपनाउने नैतिक राजनीतिको बाटो अपनाउन सकेनन् । अब यो सामान्य राजनीतिक कायैकर्तालाई पनि बुझ्न ग्राहो पर्दैन कि माओवादी समुहहरु माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई तिलाञ्जली दिइरहेका छन ।
कहिले सामन्तवाद सँग त कहिले भारतीय विस्तारवाद सँग लम्पसार पर्दै सत्ताको भिख माग्दै हिड्ने माओवादीको एउटा समुह आज पुनः सामन्तवाद सँग नजिक हुदै गएको छ वा प्रतिगमनकारीहरु लाई हौसला दिने कर्यनिति अपनाइरहेको छ भने अर्को समुह प्रचण्ड एण्ड बाबुराम कम्पनी भारतीय विस्तारवाद सँग चुचे घाँटी जोडेर नेपालको राष्ट्रिय अस्मिता माथी गम्भिर प्रकारको क्षती पुराइरहेको छ ।
    राष्ट्रियताको आन्दोलनलाई हेर्ने सवालमा राजनीतिक दलहरुका बिचमा फरक फरक बिचारहरु छन । तर माओवादी नेता हालका कामचलाउ असंवैधानिक सरकारका प्रधानमन्त्री जसले भारतीय विस्तारवादको इशारामा नेपाली  नेपाली राष्ट्रियता माथी गम्भिर क्षती पुराइरहेका छन, डा. बाबुराम भटराईले संघीयताको अवधारणा सँगसँगै नेपाल बहुराष्ट्रिय राज्य भएको कुरा बताएका थिए । जुन नेपालको तत्कालिन र तत्कालिक अवस्थासँग मेल नखाने बिचार हो । त्यस प्रकारको बिचार उनले बारम्वार प्रकट गर्दै आएका छन र लगातार रुपमा त्यसमा जोड दिदै आएका छन । तर यो स्पस्ट छ कि नेपाल विभिन्न जात जाति, भाषा भाषी, धर्मालम्वीहरु तथा संस्कृतिहरुको समिश्रण तथा एक अर्कामा अन्तरघुलित हुदै विकास भैरहेको बहुजातीय, बहुधार्मीक, बहुसास्कृतिक तथा बहुभाषिक देश वा राष्ट्र हो बहु्राष्ट्रिय राज्य होइन ।
आन्तरिक राष्ट्रियताको सावाललाई व्यक्तिगत तथा दलथत स्वार्थको लागि उपयोग गर्नको लागि बाबुरामले बहुराष्ट्रिय राज्यको चुनावी जालो फ्याकेको प्रस्ट हुन्छ । माओवादीले ०५२ सालमा युद्ध सुरु गर्ने समयमा राष्ट्रियताको सवालमा थुप्रै मागहरु उठाएका थिए र त्यस पछाडि पनि उनीहरुले भारतीय विस्तारवादका विरुद्धमा सुरुङ युद्ध गर्ने प्रचार तथा हल्लाहरुको सनसनी फैलाएका थिए जतिवेला प्रचण्ड एण्ड बाबुराम कम्पनीले भारतीय विस्तारवादको अगाडि विन्ती पत्र चढाइसकेका थिए त्यो पनि भारतको सुरक्षाको मामलामा कुनै प्रकारको असर नपार्ने भनेर जुन कुरा भर्खर सार्वजनिक भैसकेको छ ।
    यसरी स्खलीत भैरहेको माओवादी राजनीतिमा क्रमभंगता हुन सकेन । राष्ट्रघातको कार्यकलापलाई अगाडि बढाइरहेको माओवादी कार्यनितिमा आइस ब्रेक हुन कसेको छैन । माओवादीलाई फाइदा पुग्ने सवालमा चाहे त्यो राष्ट्रघात नै होस, उनीहरुको भाषामा त्यो “देश र जनता” को लागि हुने गर्दछ तर जुन कुरा देश र जनताको लागि हुन्छ त्यो माओवादीको लागि अमान्य हुन्छ । यो माओवादीमा विकास हुदै गैरहेको कुसंस्कारले देश र जनताको हित होइन विनास गर्ने कुरामा कुनै शंका नै छैन ।  यसरी देश र जनताको नाममा राजनीतिलाई व्यापारको रुपमा उपयोग गर्न छाडेको छैनन् माओवादीहरु । नोक संग होइन सिंधै मालिक संग वार्ताको नाममा ज्ञानेन्द्रको पाउ मोल्न सम्म तयार भएको माओवादीहरु ज्ञानेन्द्रको लात खाए पछि मात्र सात राजनीतिक दलहरु संग कार्यगत एकता गर्न आएका थिए । वास्तवमा भन्ने हो माओवादीहरु उनीहरुको दललाई नाफा नोक्सानको विल भौचरमा नै राजनीतिलाई सिमति बनाएका छन र उनीहरुले त्यही आधारमा नै आफ्ना निति निर्णयहरु पनि गर्ने गरेका छन ।
देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर होइन कि माओवादी समुहलाई के कति नाफा हुन्छ भन्ने कुरालाई केन्द्रमा राखेर नै उनीहरुलृे कार्यक्रम सार्वजनीक गर्ने गर्दछन जसको पछिल्ले उदाहरण प्याकेजको सहमतिको कुराले पनि प्रस्ट पार्दछ । प्याकेजको सहमतिको अर्थ यो हो कि जातीय संघीयतालाई सबैले स्वीकार्न पदर्छ भन्नु नै हो । जुन देश र जनताको लागि खतरनाक तथा आत्मघाती छ ।
    कहिले अक्टोवर क्रान्तिको नाममा  त कहिले नया जनवादी क्रान्तिको सृजनसिलताको नाममा इमान्दार कार्यकर्ताहरुलाई कथित क्रान्तिको डम्फू बजाउन लगाएर नाच्न माहिर माओवादी अवसरवादी नेतृत्वबाट देश र जनताको लागि अपेक्षा गर्ने ठाउ कम छ । माओवादीको २७ वर्षको इतिहासमा उनीहरु दम्भको राजनीतिमा नै तल्लिन छन । बिचार भन्दा पनि जाल झेलमा राजनीति गर्न रमाउने, परिस्थितीको आंकलन नगरी भावानात्मक आवेग र उत्तेजनामा अगाडि बढ्ने माओवादी संस्कार कायम भयो जुन निरन्तर छ ।
कहिले भारतीय विस्तारवादलाई प्रधान शत्रु देख्ने त कहिले सामन्तवादलाई प्रधान शत्रु देख्ने ढुलमुल अवसरवादी माओवादीको निति इतिहासमा सफल भएको छैन । यथार्थता त यो हो कि भारतीय विस्तारवाद र नेपाली सामन्तवादलाई एउटै अचानोमा राखेर एउटै खुकुरीले एकै समयमा नै प्रहार गर्नु पर्दछ । आज देशमा राष्ट्रिय सहमतिबाट नै राजनीतिक निकास निकाल्न सकिन्छ भन्ने आम सत्यता हुदा हुदै माओवादी त्यस प्रकारको सहमतिको राजनीतिलाई पछाडि धकेल्नको लागि कसरत गर्दै आएको छ जसमा माओवादी सच्चिनु पर्दछ । यदी माओवादी सच्चिएन भने मोओवादीको पनि भिरमा लड्ने गोरुको जस्तै अवस्था हुनेमा कुनै शंका छैन ।

Friday, July 27, 2012

पुष्पविक्रम मल्ल/
क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा एकीकृत माओवादीको केन्द्रीय समितिको सातौं विस्तारित बैठक निरन्तरतामा क्रमभंग भयो । विस्तारित बैठकमा सहमभागी हुन आउने क्रममा राज्यसमितिका सदस्यहरूको बस दुर्घटनामा परी निधन भएको हँुदा साउन १ गतेको बैठक स्थगित हुन पुग्यो र साउन २ गतेदेखि सुरु भई ६ गते बेलुकी भव्यताकासाथ सम्पन्न भयो ।
सातौं विस्तारित बैठक साउन २ गते अध्यक्ष कमरेड प्रचण्डले उद्घाटन गर्नुभयो । उद्घाटनसत्रमा अध्यक्ष कमरेड प्रचण्ड, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पार्टीको विचारहरू राख्ने काम भएपछि उद्घाटनसत्र समापन गरियो । बन्दसत्रमा अध्यक्ष कमरेड प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन पेस गर्नुभएपछि छलफलको अध्यययन गर्न दिने काम भयो र ३ गते प्रत्येक समूहले रिपोटिङ पेस गर्ने योजना तय भएको थियो तर ३ गते पूर्वजनमुक्ति सेनाका कमरेडहरूले जनमुक्ति सेना र पार्टीमा भएको आर्थिक आयव्ययको हिसाब पेस नगर्ने हो र भ्रष्टाचारीलाई कार्बाही नगर्ने हो भने बैठक सञ्चालन गर्न नदिने भनेपछि अध्यक्ष कमरेड प्रचण्डले कमरेडहरूले उठाउनुभएको विषयको सम्बोधन नगरी बैठक सञ्चालन गर्न उचित नुहुने हुँदा बैठक स्थगित गर्नुभयो । साउन ४ गते स्थगित बैठक सुरु गर्दै बैठकका अध्यक्ष प्रचण्डले जनमुक्ति सेना र पार्टीको आयव्यय छानबिन गर्न दुई वटा आयोग गठनको जानकारी गरेपछि बैठक सुरु भयो । ५ गते फेरि भोजपुरा राज्यसमितिको तर्फबाट रिपोटिङ गर्ने क्रममा सामान्य विवाद भएर केही समय बैठक स्थगित गरेपछि फेरि बैठकको रिपोटिङ सुरु गरियो ।
यसरी २ गतेदेखि सुरु भएको बैठक समूहगत छलफलको रिपोटिङ सकिएपछि छलफलमा उठेका प्रश्नहरूको जवाफ उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले दिनुभयो । त्यसपछि अन्तिममा अध्यक्ष प्रचण्डले विस्तारित बैठकका बारेमा उठेका प्रश्नहरूको जवाफ दिुनभयो र संश्लेषण पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले सातौं विस्तारित बैठकलाई संघर्ष, रूपान्तरण, एकता र विजयको रूपमा बुझ्न आग्रह गर्नुभयो र हरेक दृष्टिबाट सातौं विस्तारित बैठक निरन्तरतामा क्रमभंगको बैठकको रूपमा भव्यताका साथ सम्पन्न भयो ।
बृहत् शान्तिसम्झौताको सात वर्ष तीन महिनाको अवधिमा पार्टीको उपलब्धिहरू र कमी–कमजोरीहरूको समीक्षा गरी पार्टीको विचारको विकास गर्न र नेपाली क्रान्तिको रणनीति, कार्यनीति, कार्यदिशा र विकास गर्नको लागि सातौं विस्तारित बैठकको आयोजना गरेको कुरा सबैलाई थाहा नै छ । अध्यक्ष प्रचण्डले पेस गर्नुभएको दस्तावेजको निरन्तरतामा क्रमभंग गरिएको छ । तसर्थ, यो विषयले नेपाली कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलमा नयाँ बहसको थालनी गर्नेछ । त्यसैले सातौँ विस्तारित बैठक निरन्तरतामा क्रमभंग भएको छ । नेपाली नयाँ जनवादी क्रान्तिको पुरानो रणनीतिक कार्यदिशा कार्यनीतिको थप विकास गर्न खोजिएको हुँदा विचारको विकासको लागि यो बैठक निरन्तरतामा क्रमभंग हो । नेपालको जनवादी क्रान्तिको रणनीति र कार्यदिशा कार्यनीतिको बुझाइमा क्रमभंग गरिदिएको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक क्रान्तिकारी हो कि सुधारवादी हो ? यो पुरानो सत्ताको आंशिक ध्वस्तको रूपमा बुझ्नुपर्दछ । अक यी उपलब्धिहरूलाई संविधानसभाबाट नै संस्थागत गर्न प्रयास गर्नुपर्दछ । संविधानसभाबाट संस्थागत गर्ने सम्भव अद्यापि छ । यही उपलब्धिहरूलाई संस्थागत गर्न संघीयताको पक्षधर सबैलाई एकताबद्ध गरी आमजनतामा जाने, यदि संविधानसभाबाट संस्थागत गर्न प्रतिक्रियावादीहरूले नमानेको खण्डमा नयाँ शक्तिशाली आन्दोलनको सृष्टि गरी जनताको आन्दोलनको बलबाट जनताको सत्ता स्थापना गर्न सफल भइनेछ ।
नेपाली जनवादी क्रान्तिको रणनीतिक कार्यदिशा कार्यनीतिको बहसको थालनी बैठकले गरेको छ । यो बहसको थालनी मात्र हो । यो अन्तिम होइन । यस विषयमा नयाँ बहसको थालनी हुनेछ ।
दोस्रो, सातौं विस्तारित बैठकमा सहभागी कमरेडहरूले पार्टीभित्रको आर्थिक अनियमितताको विषयमा स्पष्ट नपार्ने र आर्थिक, सांस्कृतिक अनियमितता गर्नेहरूलाई कार्बाही नगर्ने हो भने बैठक सञ्चालन गर्न नदिने अडान लिने जनवादी केन्द्रीयताको संगठनात्मक पद्धतिभित्रको विषय हो । पूर्वजनमुक्ति सेनाका कमरेडहरूको अडानका कारण पार्टी केन्द्रले दुई आयोग गठन गर्न बाध्य भयो र पार्टीको इतिहासमा पार्टी पंक्ति र आमजनसमुदायबाट पार्टीको नेताहरूको सवालमा उठेका विषयमा स्पष्ट जवाफ दिनेछ । सातौं विस्तारित बैठकलाई नै स्थगित गरी दुई वटा आयोग गठन गर्न पार्टी केन्द्रलाई बाध्य पार्ने, यो पनि निरन्तरतामा क्रमभंग थियो । कतिपयले यसलाई गाईजात्रा पनि भनेको सुनियो । यो सातौं विस्तारित बैठकमा भएको बहस अनिवार्य संघर्ष थियो । यो महान् संघर्ष गाईजात्रा थिएन । जनवादको उच्च अभ्यास गर्ने करिब पाँच हजार नेताहरूको जमघट थियो । तसर्थ, सातौं विस्तारित बैठकमा भएको बहस छलफल बैठक स्थगित गर्न बाध्य पारिएको कारणबाट नै रूपान्तरण हुन बाध्य भयो । त्यसैले सातौं विस्तारित बैठक संघर्ष, रूपान्तरण, एकता र विजयको बैठक भयो ।
विचार र नेतृत्वबीचको अन्तर्सम्बन्धमा पनि बहस भयो । विचार एउटाको, नेतृत्व अर्काको भन्ने कुरा पार्टीभित्र र बाहिर गम्भीर रूपबाट बहस हुँदै आएको छ । तसर्थ, यस बैठकमा विचार एउटाको, नेतृत्व अर्काको हुन सकेन । क्रान्तिकारी कम्युनिस्ट नयाँ विचारको विकास गर्न सबै नेताहरू, जनता, कार्यकर्ताको भूमिका रहने गर्दछ र ती सबै नेता, कार्यकर्ता, जनता र सहिदहरूको योगदानबाट पैदा भएको सामूहिक नेतृत्वको अभिव्यक्ति पार्टीको मुख्य नेताहरूबाट हुने गर्दछ । त्यसैले विचार एउटा व्यक्तिको, सांगठनिक नेतृत्व अर्काे व्यक्तिको हुन सक्दैन । सामूहिक विचारको अभिव्यक्ति पार्टी संगठनको मुख्य नेताबाट हुने गर्दछ ।
अब माघमा हुने महाधिवेशन पार्टीको विचार संश्लेषण गर्ने तर पार्टीको मुख्य नेताको नामबाट पदावलीमा बहस गरियो भने गल्ती हुने कुरा अध्यक्ष कमरेड प्रचण्डले प्रस्ताव गर्नुभयो । मालेमाको जगबाट नयाँ विचारको विकास नगरी आजको २१ औं शताब्दीमा क्रान्ति असम्भव हुन्छ । तसर्थ, सातौं विस्तारित बैठक मुख्य कुरा विचारको विकास गर्ने र पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नु नै महान् उपलब्धि रहेको छ । अत: यो बैठक संघर्ष, रूपान्तरण, एकता र विजयको बैठक भएको छ । बृहत् शान्तिसम्झौताको छ वर्षको अवधिमा देखापरेका नेपाली क्रान्तिका समस्याहरू रणनीति कार्यदिशाको निरन्तरतामा विकास गर्न यो बैठकले क्रमभंगता गरिदिएको छ । तसर्थ, यो बैठक सबै दृष्टिमा निरन्तरतामा क्रमभंग भएको छ ।

Sunday, July 15, 2012

धनबहादुर वुर्लाकोटी ‘विजय’
सर्वहारा वर्गले आफ्नै वर्ग संघर्षको अनुभवबाट शंष्लेषण गरेको विज्ञान मालेमावादमा आधारित नेपाली क्रान्तिको विचारलाई समृद्ध गर्दै नयाँ उचाईमा शंस्लेषण गर्र्नु पर्ने आवश्यकता छ । गतिशिल समाजमा विचारको निरन्तर विकासले मात्र जनताका भावना अर्थात वस्तुगत आवश्यकताहरुको सहि प्रतिनीधित्व गर्न सक्दछ ।  जनता प्रतिको विश्वासले नै क्रान्ति प्रतिको विश्वस जन्माउछ, जनता प्रतिको निष्ठाले नै वलिदानको विश्वास यर्थातमा विज्ञान प्रतिको विश्वास हो । विज्ञानलाई यहि धरातलमा उभिएर हेर्दा समाजको वर्गिय स्वरुपलाई स्पष्ट देख्न सकिन्छ , हाम्रो सफलताको आधार जनयुद्ध विचार र क्रान्ति नै हो । हामी स्थापित भएको आधार पनि विचार हो, भने विस्थापित हुनु पर्ने आधार पनि विचार नै हो संकिर्ण र फुट पनि यसैको उपज हो । विचारलाई स्थापित गर्र्ने सवालमा हामी सहिद भयौ, घाइते भयौ, वेपत्ता भयौ, हजारौ दुःखकष्ठ भोग्यौ ।
    देश भित्र र वाहिरका मोर्चाहरु प्रतिबन्ध लागे त्यसको सामना गर्दै अगाडी बड्यौ भने अर्को तिर अराजकतावादी व्यक्तिवादले विचारलाई न्यूनिकरणको रुपमा बुझ्ने कोसिस गरे फलस्वरुप आलोक, रविन्द्र, मोहनविक्रम, मणि मातिृका, हुँदै वैद्य समुह इतिहासको पानामा सिमित हुन पुगे । क्रान्ति निरन्तर सहि र गलतको शंस्लेषण गर्दै अगाडी बड्ने छ । कम्युनिष्ट कार्यकर्ताहरु औपचारि पद प्राप्त गर्नको लागि नभएर क्रान्ति गर्ने कोसिस गर्नु पर्छ । हामीमा हरेक गतिविधि क्रान्तिकारी हुनु पर्छ र हरेक क्षण हामी जनताबाट अलग हुनु हँदैन । कुनै यूद्ध हारेर जित्न सकिन्छ कुनै यूद्ध जितेर पनि हार्न सकिन्छ मुख्य कुरात यूद्ध न्याय पूर्ण छकि छैन भन्ने नै हो ।
    सन् १९४० मा हिटलरको सेना सामुन्ने फ्रान्सको सेना ११ दिनमै धरासायी भएको थियो यसको अर्थ हिटलर सत्यवादी र वस्तुवादी भनेर निष्कर्ष त निकालिएन यदि त्यस्तो निष्कर्ष निकालिन्थ्यो भने हिटलर मार्गीकै जगजगी हुने थियो हारेर पनि पेरिस कम्युनिन शास्वत कायमै छ । त्यसैले कुनै लडाई यूद्ध सामग्री कब्जा गर्न सकियो कि सकिएन भनेर समग्र यूद्धको मुल्याङ्कन हुन सकिदैन । कसैले तत्काल युद्ध जित्दैमा त्यसको सत्यता पुष्टि हुन सक्दैन ।
     वैद्यहरुले माक्र्सवाद, माक्र्सवादीहरुबाट सिकेनन् नेपालका अवसरवादीहरुबाट सिके मोहनविक्रम सिंह, निर्मललामा जस्ताबाट सिके र त्यसलाई जीवन व्यवहारमा लागु गर्दै हुनुहुन्छ । चेतनामा विज्ञानको प्रयोग नहँुदा त्यसले विज्ञानको विरोध गर्दछ र अतिभुतवादीलाई सर्वोपरि देख्छ । क्रान्तिले कुतर्क र पुर्वाग्रही होइनन क्रान्तिकारी व्यवहार र मित्रताको माग गर्दछ । सर्वहारा वर्गको रक्षा गर्ने प्रश्न नै महत्वपूर्ण हो । यसको रक्षा जडसुत्रवादी, यान्त्रिक र परम्परावादी भएर हुँदैन सर्वहारा वर्गको रक्षा क्रान्तिसँग जोडिएको हुनाले जे गर्दा क्रान्ति सफल हुन्छ त्यो नै सर्वहारावर्गको रक्षा अर्थात माक्र्सवाद हो ड्यास माओवादी अर्थात वैद्यसमुहले कितावी दर्शनलाई व्यावहारी बुझाइमा बुझ्ने र जीवनी दर्शनलाई इतिहासको शंस्लेषणको रुपमा बुझ्ने समस्याले गर्दा इतिहासमा सिमित रहन पुगेका छन् ।     त्यसैले किताबी दर्शन इतिहासको शंस्लेसणता हो भने जीवनी दर्शन व्यवहारीक बुझाई हुन जरुरी छ । कम्युनिष्ट पार्टीकोे आफ्नो, सिमा, कमजोरी, गुटवादी, अन्तराष्ट्रिय सिमा भत्तकाउन सक्नुपर्दछ । त्यो स्तालिनले सकेनन् । चाङ्गछाओ माओभन्दा पनि माथि सम्झन्थ्यो र अन्तमा च्याङ्गकाईसेक सँग मिल्यो त्यस्तै प्रवृति वैद्य समुहको पनि भयो । उनीहरु क.प्रचण्ड भन्दा माथि सम्झने र अन्तमा राजावादीहरु सँग मिल्दै गोलमेच सम्मेलन संवैधानिक आयोग र सर्वपक्षिय सरकार गठनको चरित्रले उनिहरुको क्रान्तिकारीताको मुकुण्डो च्यातिएको छ । भौतिकवादीहरु विषय वस्तु उठाउँदा भौतिकवादी भएर उठाउनु पर्छ नकि एउटा उठाउँदा अर्को भुल्ने गर्नु हुँदैन । क्रान्ति भित्रका भवनाको कुरालाई उठाएर राजनीतिलाई विर्सने कुराले वैद्यहरु मुक्तिको राजनीति भन्दा अंशको राजनीति गर्दै हुुनुहुन्छ । अन्तरविरोध साम्यवादी र साम्राज्यवादी विचारवाट पैदा हुन्छ यसको हल जसले उत्पीडित वर्गको नेतृत्व गर्छ उसले मात्र गर्न सक्तछ । जुन मालेमावादबाट मात्र सम्भव छ । लेनिनको पालामा वैज्ञानिक आइन्सटाइनले जसले सापेक्षको सिद्धान्त प्रतिपादन गरेर क. लेनिनलाई सहयोग पु¥याएका थिए भने अहिले वैज्ञानि हकजी ले दुनियाँलाई जहाँ जसरी हेरे पनि अन्ततः एकै ठाउँमा पुग्दछ भन्ने निष्कर्ष निकालेका हुन् त्यो नै अहिलेको अवस्थाको वैज्ञानिक निष्कर्ष हो । यहि स्पिडबाट हाम्रो पार्टी र नेतृत्वले समग्र अन्तर विरोधहरुको हल गर्दै विचारको विकास गर्दै क्रान्तिलाई हाम्रो विशेषतामा नै सफल पार्ने छ भनेर बुझ्न जरुरी छ ।
    त्यसको लागि हामीले पार्टी भित्र वोल्सेभिक स्पिडकका साथ काम गर्न अवश्यक छ । नयाँ चेतना, विधि र कार्यशैलीमा केन्द्रीत रहनु पर्दछ । यसको लागि मोर्चाले अहिलेको पार्टीको भुमिका निर्वाह गर्ने र पार्टीलाई नयाँ पार्टीमा निर्माण गर्ने प्रकृयामा अगाडी बड्न जरुरी छ । साथै हार्नलाग्दा जित्ने र जित्न लाग्दा हार्ने कोणबाट युद्ध अगाडी बढि रहेको हुनाले छिनछिनमा बदलिने निर्णयलाई लागु गर्ने क्याडर तयार गर्नू पनि उक्तिकै आवश्यक छ । आज क्रान्तिकारी पार्टी निर्माणको निम्ति पथप्रदर्शन सिद्धान्त एवं प्राथमिक सर्त हो ।
 हामीले २०५७ को दोश्रो राष्ट्रिय सम्मेलनबाट शस्लेषण गएिको विचार प्रचण्डपथलाई जव हामीले आन्तरीक छलफल र वहसमा राख्ने निर्णय गर्यौ त्यहाँबाट समस्यहरु सुरु भयो । प्रचण्डपथलाई हामीले सर्वहारावर्गको हितमा आधारित रहेर योजना कार्यदिशा र राजनीतिक बहस केन्द्रित गर्नु भन्दा पनि त्यसलाई आत्मकेन्द्रित ढंगबाट अराजकता, मनोगत, संकिर्ण, पद, प्रतिष्ठा, षड्यण्त्र र वहुकेन्द्रको रुपमा बुझ्ने प्रयत्न गरियो । पार्टी भित्र अधिकतम जनवादी केन्द्रियताको मापदण्ड निर्धारण भयो जसले पार्टी नेतृत्व र विचारमा केन्द्रित भन्दा महत्वकांक्षा प्रवृति हावी बन्दै शंस्लेषण भएका उपलब्धी समेतलाई तिलान्जली दिदै न्यूनिकरण र बहुकेन्द्र बनाउने प्रवृति समस्याको रुपमा देखियो ।
    पार्टीको विचारलाई जवसम्मअगाडी बढेर शंस्लेषण गर्न सक्दैनौ तव सम्म नयाँ पार्टी निर्माण गर्न सक्दैनौ त्यसैले हामीले क्रान्तिबाट संस्लेषण गरेको विचारधाराको नयाँ पार्टी निर्माण गर्न आवश्यक छ त्यस्तो नगरी २१ औं शताब्दीको नयाँ जनवादी क्रान्ति पुरा गर्न सक्दैनौ र विश्वमा देखिएका उथलपुथल वा साम्राज्यवादी एकिकरणको नितिलाई परास्त गर्न पनि सक्ने छैनौ । यतिखेर हामी क्रान्तिको क्षमता बदलिएको परिस्थिति अनुसार बदलिदै इतिहास बनाउँदै अगाडी बड्ने कि प्रतिक्रान्तिको क्ष्मता विचलन, कायर, पलायन, पद प्रतिष्ठाको इतिहासमा मात्र सिमित रहने ? अवसरवादीलाई क्रान्ति गर्नु छैन । पार्टी अन्तर संघर्षका विरुद्धभएका धोविघाट प्रकरणले पुष्टि गर्दछ किप्रतिक्रियावदीहरु रणनैतिकहिसावले कागजी बाघ हुन भने व्यवहारीक रुपमा सांच्चिकै बाघ हुन नेतृत्व र विचारलाई व्यवहारिक हिसावले साँचिकै बाघ कै रुपमा हमला ग¥यो र अन्ततः रणनैतिक हिसावले कागजी बाघ हुन भन्ने पुष्टि भयो त्यसैले सच्चा क्रान्तिकारीहरु सदैव पार्टी हेडक्वाटर वरीपरी गोलवन्द हुन जरुरी छ किनकी क्रान्तिकारीहरुले नै बदलिएको स्थििति हेर्दै क्रान्ति गर्ने हो त्यसको लागि जस्तो सुकै जोखिम मोल्न तयार रहनु पर्दछ । आज कार्यकर्ताहरुद्वारा जनताको बिचमा घुलमिल हुने समस्या एक  प्रकारको समस्या हुने गरेको छ । अन्ततः यो सैद्धान्तिक राजनैतिक एवं प्रतिष्ठाकै प्रश्न हो जनतामा निर्भर हुने कुरा जनताका लागि बोझ हुने भन्ने होईन जनताले पार्टीको कार्यदिशा अनुसार नेतृत्वलाई पाउन सकेन भने जनता सँग पानी र माछाको सम्बन्ध रहेको हुँदा त्यहा जनतामा असिम उर्जाका कारण ठुला ठुला कामहरु संम्भव हुन्छ । जनता सँगको घुलमिल र माछा र पानीको संबन्ध भनेको अन्ततः ३ गर र ३ नगर भन्ने सिद्धान्त लागु गर्नु भन्ने नै हो ।
    अहिले क्रान्तिका चर्का शब्द प्रयोग गर्नेहरु जतिबेला वर्गसंघर्षको आँधिवेहरी र्सजना गर्दै क्रान्तिकारीहरु माथि दमन हत्याको श्रृखला प्रतिक्रियावदीहरुले चलाई रहेका थिए हजारौ कार्यकर्ताा, जनता लामबद्ध बन्दै आफ्ना जिम्वेवारी र भुमिकालाई अनुशासन पूर्ण तरिकाले बहन गरि रहँदा धेरै शहयोद्धाहरुको शहादतको खवर, जिउँदै आँखा झिकिएको खवर सामुहिक बलत्कारको खवर, हजारौ बेपत्ताको खवर आइृ रहँदा अहिले क्रान्तिका प्रवक्ता भन्नेहरु क्रान्तिकारी आनन्दको महसुस मजमस्ती मा रमाउने लिन प्योहरु, दुश्मनको कब्जाबाट छुटाउन पार्टीको एकसुत्रिय मागलाई लत्याउदै दुवै हात उठाएर आत्मसमर्पण गर्दै गद्धार बहादुरहरु आज महान क्रान्तिकारी बन्ने आँट गर्दैछन् । तिनीहरुको हर्कत क्रान्तिलाई दिएको धोका इतिहासको पानामा सुरक्षित छ ।
    क्रान्ति भन्न सुन्नमा मीठो र प्यारो हुन्छ क्रान्तिका कुरा गर्न आनन्द आउँछ तर व्यवहारमा भने त्यो एकदमै कठिन र जठिल हुन्छ त्यहि जटिलतालाई सामाना गर्दै अगाडी बड्ने हो । हामीलाई विश्वास छ हामी जित्ने छौ रसियामा अक्टोवर क्रान्तिको तयारी भैरहेको बेला प्रश्न उठ्ने गथ्र्यो । तिमीहरु जित्छौ कि मेन्शेविकहरु जित्छन ? जवाफमा सुनिन्थ्यो हामी धेरै कुरा गर्दै गरौला तर हामी आत्म विश्वास छ हामी ( वोल्शेविकहरु) ले जित्छौ । आगामी सातौ विस्तारीत वैठक क्रान्ति सम्पन्न गर्ने इतिहाँसको अपरिहार्य आवश्यकता सँग जोडिएको हुनाले यस वैठकबाट पार्टीको विचार नीति, योजना, विभि र नेतृत्वमा केन्द्रित रहेर वहस गर्दै छ , त्यो वहसले एकीकृत र केन्द्रिकृत विचार निर्माण र शंस्लेषण गर्ने आधार बनाउने छ ।
                                        

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts