नारायण सिलवाल
दोश्रो पटक भएको संविधानसभाको निर्वाचनमा एमाओवादीले कल्पना नै नगरेको मत परिणम आयो ।
मतदान पक्रियामा धाँदली वा अन्य जे कारणले हारे पनि अन्ततः एमाओवादीलाई चुनावी पक्रियामा गईसके पछि मान्नै पथ्र्यो र दलहरु सँग छानविन गर्ने सहमति सहित माओवादीले आफ्नो हार स्वीका¥यो । लोकतन्त्रमा जनताले गर्ने फैसलालाई मान्दै अगाडी बढेको एमाओवादी समानुपातीक सभासदको सुचि बुझउँदा सम्म आउँदा विछिप्त जस्तै बन्या,े पार्टी केन्द्रमा विचारको मतभेदको चलिरहँदा धादिङमा भने धमिलो पानीमा माछामार्ने खेल खेलियो अन्ततः धमिलो पानीमा माछा मार्नेहरु नै क्षेणिक सफल भएको देखिएको छ । ०६४ सालमा प्रत्यक्ष ३ र समानुपातिक गरि ४ सभाषद पाएको धादिङले यस पटकको निर्वाचनमा प्रत्यक्ष त गुमायो तर सानुपातीक सभाषद समेत गुमाएको छ । पार्टीले तय गरेको समानुपातिक सभाषद छनौट मापदण्ड भित्र पर्दा पर्दै पनि धादिङले समानुपातीक सभासद गुमाएको हो ।
यसै विषयलाई लिएर धादिङमा एमाओवादी निकट युवाहरुले पार्टी निर्णयकोे विरुद्ध भन्दै धादिङबेसी स्थित पार्टी कार्यालयको फर्निचर समेत जलाए । युवाहरुले करिव साढें तीनवर्ष जेल जीवन पार गरेको हाल सम्म पनि राज्यपक्षबाट २ छोरा गुमाएका रामबहादुर भण्डारीलाई किन सभाषद बनाईएन निर्णय सच्याई रामबहादुर भण्डारीलाई समानुपातीक सभाषद बनाउन १०० जना भन्दा बढी जिल्ला कमिटि सदस्यहरुको हस्ताक्षर सहित केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका कार्यकर्ताहरु अन्ततः निराश बनेका छन् । ०५७ सालमा जेल हिरासदमा हुँदा नै राज्य कार्यालयमा भण्डारीलाई कार्वाहीको माग गर्दै पुष्पविक्रम मल्ल पुग्नु भएको थियो । त्यसपछि पटक–पटक विभिन्न बहानामा कार्वाहीको भागिदार बनाईएका भण्डारी माओवादी आन्दोलन प्रति निराश बनेको देखिएन । अन्तिम फैसला जनताले गर्ने र व्यक्तित रिसिविको प्रहार धेरै समय नटिक्ने अभिव्यक्ति दिने भण्डारी माथि फेरि अन्याय गरिएको छ । यतिबेला भने धादिङको पुरै पार्टी कमिटी जिल्ला संयोजक पुष्पविक्रम मल्लको विपक्षमा देखिएका छन् । विहिवार सदरमुकाम धादिङबेसीमा बसेको एमाओवादी अनौपचारिक वैठकमा समेत अधिकाँश नेताहरुले रामबहादुर भण्डारी सभाषद नबन्नु र जिल्लामा एमाओवादीको सभाषद संख्या शुन्यहुनुमा संयोजक मल्ले जिम्मा लिनु पर्ने बताएका थिए । पार्टी केन्द्रमा रामबहादुर भण्डारीलाई सभाषद बनाए आफु केन्द्रिय सदस्यबाट राजीनामा दिने दवाव दिदै आउनु भएका मल्लले यदि भण्डारी सभाषद बनाईए धादिङ नआउने समेत बताउँदै आउनु भएको थियो । फलस्वरुप रामबहादुर भण्डारी सभाषद नबन्ने पक्का भए पछि मल्लले विहिवार राज्य समिति स्तरका धादिङमा कार्यरत कार्यकताहरुको वैठक राख्नु भएको थियो । पार्टी कार्यलयमा तालाबन्दी भए पछि एमाओवादी निकट शिक्षक संगठनको कार्यालयमा भएको वैठकमा संयोजक मल्ललाई व्यक्तिगत अन्तरविरोधको आधारमा धादिङले पाउने समानुपातिक सभाषदको विरुद्धमा गरिएको क्रियाकलापको विरोध गर्दै उल्टै मल्ललाई माफि माग्न आग्रह गरिएको बुझिएको छ ।
जनयुद्धको हरेकक्षण शिक्षा वर्धक र स्मरण योग्य रहेको बताउनु हुने भण्डारीले २०५४ साल चैत्र महिनामा सामन्ती व्यवस्थाले रुढविादी संस्कार संस्कृति विरुद्ध महिलाहरुले हलो जोते अनिष्ठ हुन्छ भन्ने गलत संस्कारलाई चिर्न कुम्पुर सेराबेसीमा महिलाहरुलाई सामुहिकरुपमा हलो जोत्न लगाई चर्चामा आउनु भएको थियो । हाल भण्डारी धादिङबेसीमा सरकारी कार्यालयमा प्रत्यक्ष जनता सँगजोडिएर काम गर्दै आउनु भएको छ । कि सास चाहियो कि लास..को माग गर्दै राज्यसँग माग गर्दै आएका भण्डारीका दुई छोरा आन्दोलन कै क्रममा वेपत्ता छन् । हाल पारिवारीक पिडामा रहेका भण्डारीका माई छारा सुचन्द्र भण्डारी २०५८ साल चैत्र २९ गते जिल्लाकै बसेरी गाविसमा पार्टीको केन्द्रीकरण कार्यक्रममा जाँदा स्थानिय सुराकीको आधारमा गोरखा आरुघाटबाट आएका तत्कालिन कथित सुरक्षा कर्मीले बुढाथुमबाट पक्राउ गरेको थियो । २ छोरा गुमाएँ घाईते शरिर अजै पनि पार्टीमा लागेर मुक्तिको यात्रामा तल्लिन छु, कसैले व्यक्तिगत इगोमा मलाई सिध्याउन खोजिरहेछ तर म कदापी डराउने छैन हरेक घटनाले मेरो राजनितिक छवि बलियो बनाउँदै लगेको बताउनु हुन्छ भण्डारी ।
हिजो भण्डारीलाई कार्वाही गर्दा मौन रहने कार्यकताहरु यो पटक कार्वाहीको प्रस्ताव गर्दा नै जिल्ला संयोजक मल्ल माथि खनिएका छन् । चुनावीहारको सहि तथ्यहरु पहिचान गर्न छाडेर सहयोद्धा कमरेडलाई सभासद नबनाउन डौडधुप गर्ने कस्तो पार्टी बनेछ एमाओवादी अहिले ? हाँसीमजाक गनेहरुको चलखेलपनि उत्तिकै चल्न थालेको छ धादिङमा, चुनावी अभियानमा जिल्ला पार्टीले तय गरेको कार्यक्षेत्रमा काम गर्दै गर्दा जिल्ला संयोजक मल्लको गृह गाविस सल्यानकोट कार्की गाउँमा कार्तिक ४ गते लडेर भाँचिएको हातमा स्टील प्लेट सहित १० वटा काँटा गोपेको हात लिएर सेमजोङ, वसेरी, बुढाथम लगायत गाविसमा चुनावी सभामा भोट माग्दै हिडेका भण्डारीलाई विगत देखिको व्यक्तिगत टकरावको आधारमा अन्तरघातको विल्ला भिराई धादिङले पाउने सभाषद् समेत संयोजक मल्ले पाउन नदिए पछि धादिङमा पुष्विक्रम मल्ल विरुद्ध ठुलै मोर्चा बन्दी भएको देखिन्छ । हिजो गुट उपगुटले यहाँ सम्म आएको स्थितिलाई आत्म समिक्षा गर्नको सट्टा फेरि जिल्ला नेतृत्व टकरावले धादिङमा माओवादी कार्यकर्ता तथा सुभचिन्तकहरु निरास् भएका छन् । विगतको जस्तो सजिलै र सहजै पचाउन नसकिने यस घटनाले अझ उग्र रुप लिने निश्चित बन्दै गएको छ ।
एमाओवादी भित्र पदलोलुपता, अधिभुत र सामन्तवादी सोच र चाकरीवादले गुट मौलाए छ । एमाले काँग्रेस भन्दा केहि फरक नदेखिने अझै भन्ने हो भने आस्वासनको भारी बोकेर गुटको आधारमा नेतृत्व तय गर्ने परिपार्टीले अहिले धादिङमा मात्र होईन देशै भरि माओवादी आफै घर झगडामा रुमल्लेको देखिन्छ । सिधा सधा माओवादी कार्यकताहरुले धादिङ कार्यालय त्यतिकै तालाबन्दी गरेका होईनन् । २८ हजारको हाराहारीमा आएको समानुपातिक मत माथि अन्तरघात गरिएको छ । अब एमाओवादीले निर्मम बनी यो घटनाको तथ्य सत्य छानविन गरेन र गुटको आधारमा मुल्याङ्कन अगाडी बढायो भने धादिङमा माओवादीको अहिलेको पोजिसन पनि भारि हुनेछ । विगत देखिएको अस्वस्थ प्रतिस्पर्धालाई अझै पनि एमाओवादी धादिङका नेताहरुले बोकी राखे भने अझ यस भन्दा ठुला दुर्घटनाहरु घट्ने प्रश्ट छ । रामबहादुर भण्डारीलाई पुष्पविक्रम मल्ललाई पार्टी केन्द्रले कसरी बुझेको छ कुन्नी धादिङ्ग का जानताले राम्ररी बुझेका छन् हार जसरी भए पनि आखिर पुष्पविक्रम मल्ले हारेका थिए आखिर जितेका रामबहादुरलाई कन हराईयो धादिङ्गका माओवादी कार्यकर्ता शुभचिन्तकहरुको प्रश्न हो । हिजो उम्मेद्वार कस्लाई बनाउने भन्ने विषयमा माप दण्ड सहि नबनाउने संगठन नेताका पोल्टाका भएको भेक थाहा नपाउने अहिले हारको झोकमा समानुपातिक सभासदमा घात गर्न पाईन्छ ? यसको लेका जोखाको प्रतिक्षा बसेका छन् जनता ।
दोश्रो पटक भएको संविधानसभाको निर्वाचनमा एमाओवादीले कल्पना नै नगरेको मत परिणम आयो ।
जनयुद्धको बेला खिचिएको रामबहादुर भण्डारीको फोटो |

0 comments:
Post a Comment