Monday, October 8, 2012

नारायण सिलवाल
‘आयो दशै ढोल बजाइ, गयो दशैं ऋण बोकाइ’ । यो उक्ति पुरानो होइन र जव दशै आउँछ तव यो  यथार्ततामा निरन्तर आईरहेको छ । जब दशै नजिकन्छ ठुला साना, धनी गरिब सबैको अनुहारमा एक प्रकारको चमक त आउँछ । सिद्धिएको भोलीपल्ट देखि साहुको ऋणले घरछोड्नु पर्ने पिडा छोडेर जान्छ दशैले । यसैले त दशैलाई गरिबका लागि दशा भनिन्छ । हुनेखानेका लागी एैस आराम, मोज, मस्ती र गरिबका लागि .. । यसो हुनुमा समाजमा विध्यमान सामन्तवादी सोचका कारण हो । सामन्तहरुले दशैंलगाएत विभिन्न चाड पर्वबाट अकुत सम्पती विभिन्न माध्यमबनाएर कमाउने गर्छन् ।
र यहि सोचमा तमाम गरिब समुदाय पनि लादियका छन् । जसका कारण महंगो
व्याजमा साहुमहाजनबाट ऋण लिएर भएपनि दशै खर्च टार्न गरिब नेपालीहरु वाध्य छन् ।
यो सम्झदा  नआएनी हुन्थ्यो गरिबको आत्मा जलाउन लालावालाहरुको मन रुवाउन दशै जस्तो लाग्छ । ओल्लो घर पल्लो घर, आफन्तहरुको घर–घरमा दशैं भित्रीएको देखेर खुसी हुदै सानो छोरीले हात समाएर भन्छे बाबा मलाई लुगा ल्याईदिनु है । बाबा पल्लो गोपी र बलरामदाईको घरमा कत्रो खसी ल्याएका हाम्रो पनि ल्याउने होईन ? आहा गोपी दाई बलराम दाईको भन्दा ठुलो ल्याउनु है ? उनीहरुलाई खिस्सि गर्नुपर्छ ।  श्रीमती शुुसिलालाई पनि बिहे गरेर ल्याए देखि एकजोर लाज छोप्ने कपडा दिन पनि सकेको छैन, उसको अनुहार हेर्दा दयालागेर आउँछ । अनुहारले केहि मागे जस्तो तर विचरा बोल्न सक्दिन ।  श्रीमतीको अनुहार, छोरीको टिठ लाग्दो शब्दले मुटु भक्कानिन्छ र चोके व्याजमा ऋणको खोजीमा भौतारिनु सिवाय केहि हुँदैन ।
काकाको छोराले कति राम्रो जिन्स पाइन्ट लगाएको छ, उसले मलाई जिस्क्याउछ र खिस्याउछ तेरो बाबा पनि कतारमा गएको भए नयाँ–नयाँ नाना, मिठो–मिठो खानेकुरा लिएर आउनु हुन्थ्यो नि ? छोरी रुँदै आउँछे र भन्छे बाबा तपाई किन कतार नगाको..... यो चाडवाडमा साना नानीबाबुहरुलाई कत्ति कुरा आउने ! सुनेर पनि नसुने जस्तो गर्न बाध्य छन् म जस्तै गरिब परिवार ।
यस्तै कन्त विजोग लिएर दशैं आउँनुभन्दा न आएनी हुन्थ्यो । श्रीमती, छोरी÷छोरामा खुसी लहर आउन सकेन भने म बाबुको औचित्य के, मन भकानिन्छ । गरिवीले आक्रान्त बनेको हाम्रो जस्तो मुलुकले नत अहिले सम्म राजनीतिले कुनै ठोस रुप लिन सकेको छ । जव राजनीति अस्थिरता कायम रहन्छ तव मुलुक गरिबीको छटपटाहटमा परिरहन्छ अलि–अलि बुझेको पनि छु । म आफु राजनीतिलाई अलि–अलि बुझ्ने मान्छे, त्यसमा पनि श्रमजीवी वर्गको पक्षपोषण गर्ने आन्दोलनलाई नियाल्ने गर्छु । जव चाड पर्व आउँछ तव हिरामणि दुखिकोे एउटा लेखले झक झक्याउने गर्छ मलाई “धर्म, चाडपर्व, रीति, परम्परा जस्ता आध्यात्मिक अन्धसंस्कार र संस्कृतिहरूलार्ई जनताले छोडेका छैनन्, समाजलाई चित्त बुझाउन पनि मानिदिनुपर्छ वा अर्को विकल्प दिन नसक्दासम्म त्यसलाई प्रगतिशीलकरण गरेर मान्नुपर्छ भनेर कतिपय कम्युनिस्ट क्रान्तिकारी नेता कार्यकर्ताहरूले तर्क गर्छन । यस्तो तर्क गर्नु अवसरवादी प्रवृत्ति हो” । हिरामणि दुखिले भने जस्तै कठोर बनेर जस्तो छ त्यसमै चित्त बझाउनु पर्छ भनेर श्रीमती, छोरी÷छोरालाई आफ्नो हैसियत अनुसार दशै मनाऔं भनेर हामी भन्न सकिरहेका छैनौ ।  किनकी समाजमा सवैले ऋण गरेर भएपनि श्रीमती बालबच्चालाई हाँसी खुसी नै राखेकै छन् । फेरी पनि हामी  निम्न पुजीँवादी समाजमा हुर्केको मान्छे हो हिरामणी दुखिको जायज र यथार्त परक विचार पढ्दा पढ्दै पनि जसरी हुन्छ छोरीको लागी लुगार खसीको बन्दबस्त नगरी हुन्न भन्ने अवसरवादी सोचबाट मुक्ति पाउन सकिरहेका छैनौ । कमसेकम देशले अस्थिरताबाट मुक्ति पाएको भए  दैनिक उपभोग्य बस्तुको मुल्यले आकाश छुने थिएन । नेपाली काँग्रेस एमाले लगाएतका दलहरु त सामन्तवादी सोचबाटै अगाडी बढेका पार्टीहरु हुन् । यीनीहरुबाट गरिबी उन्मुक्तिको के आशा राख्नु । आशा राख्ने भनेको १० वर्ष सम्म देश र जनताका लागि लड्ने श्रमजीवीहरुको पार्टी एकीकृत माओवादी पार्टीबाटै हो । यो भन्दै गर्दा एकीकृत माओवादी पार्टीका नेताहरु पनि एमाले÷काँग्रेसका नेता जस्तै सुखसयल मोजमस्ती र भ्रष्टचारी बन्ने खतरा बढेर गएको देखिन्छ । उनीहरु पनि कमाउनकै लागी राजनीतिमा लागेका त छैनन् ? जनतालाई लाग्न थालेको छ । यसो हुनुको पछाडी चाकरी चाप्लुसीको भरमा टिके पार्टी हैसियत पाउनेहरु नै दोषी छन् । 
अब महादिवेशनबाट टिकेहरु पाखालाग्ने र सच्चा क्रान्तिकारीहरु नेतृत्वमा आउने आशा गर्न सकिन्छ । यसो भयो भने वर्गिय मुक्ति आन्दोलनका साथ अगाडी बढेको एकिकृत माओवादीलाई जनताले साथ दिने छन्  नत्र एकीकृत माओवार्दी पनि काँग्रेस एमालेको हालतमा हुनेछ । यस्तो स्थितिमा देश झनै दर्दनाक तर्फ धकलिने छ त्यस पछि अहिलेकै जस्तो दशै मान्न पनि नेपालीहरुले वर्षै कुर्नु पर्ने हुन सक्छ । त्यसैले श्रमजीवीहरुको ध्यान माओवादीको महादिवेशन तर्फ गएको देखिन्छ ।
 अब कुरा गरौ दशैं अहिले पछिल्लो पुस्ताले थोेरै भए पनि दशैलाई केहि प्रगतिशिल बनाउँदै लगेका छन् । उदाहरणको  लागि नलाङका युवाहरुलाई लिन सकिन्छ । धादिङ–काठमाडौ गणतान्त्रिक मञ्च समन्वय समिति नलाङमा आवद्ध रहेर काठमाडौमा रहेका युवाहरुले विगत ३ वर्ष देखि ‘गरिबका लागी दशैं’ विशेष कार्यक्रम गर्दै आएका छन् । गरिब तथा जेष्ठ नागरिकहरुलाई दोसल्लाह ओडाएर सम्मान गर्ने, दशै खर्च वितरण गर्ने नलाङ डाडाँगाउँमा जम्मा हुने र आपसी मेलमिलाप र विविध साँस्किृतक कार्यक्रमका साथ दशै मनाउँदै आएको छ । यस्ता देशै भरिका गणतान्त्रिक मञ्चहरुले दशै विशेष कार्यक्रम गर्ने गर्छन् । उनीहरुको लक्ष्य र विचार ऋण गरेरै भए पनि  दशै मान्नु पर्छ भन्ने परम्पराको अन्त्य, आपसी मेलमिलाप र सदभावमा जे छ जस्तो छ त्यसैमा मनाऔं दशै भन्ने हो । यो लक्ष्यले पूर्णता पाओस् साहुका लागि दशै र गरिवका लागी दशा नबनोस दशै शुभकामना ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts