कमल सापकोटा,गाउँ पर्यटन प्रवन्धन मञ्च महासचिव |
एउटा एकदम गरिब परिवारमा जन्मिएर खहरेको स्कुलमा स्कुल लेभल सिध्याई काठमाडौँ आउनुभएका कमल सापकोटाले काम गर्दै पढ्दै जाँदा भरिया, शेर्पा, किचेन व्वाई, असिस्टेन्ट गाइट ,गाइट भएर ८/९ वर्ष टे«किड्ड लाइनमा बिताउनु भएको हो । अहिले माउन्टेन डिलाइट ट्रेक्स, दिदिज ट्रेर्डस चलाउदै आउनु भएको छ र टुकी नेपाल समाजको अक्ष्यक्ष हुनुहुन्छ । हाल गाउँ पर्यटन प्रवन्धन मञ्चको महासचिव तथा क्यानोनिङ एसोसेसनको सल्लाकार हुनुहुन्छ । उहाँले एसिया तथा युरोप पन्ध्र देश भन्दा बढी भ्रमण गरीसक्नु भएको छ ।अन्र्तराष्ट्रिय मिडियामा पनि चर्चा कमाइसक्नृु भएको छ । आफैले टे«किड्ड व्यवसाय तथा सामाजिक संस्था चलाउदै आउनु भएको छ । २००५ युवा उद्याम शिलता अर्वाड हुँदै २०११ सामाजिक उद्यामशीलता अवार्ड हात पार्न सफल सापकोटा सँग गरिएको कुराकानी ।
धदिड्डमा जन्मिएर काठमाडौँमा एक पर्यटन व्यवसायी बन्नु भएको छ, कस्तो चलिरहेको छ यो व्यवसाय ?व्यवसाय अहिले राम्रै भन्नु पर्छ ।
धदिड्डमा जन्मिएर काठमाडौँमा एक पर्यटन व्यवसायी बन्नु भएको छ, कस्तो चलिरहेको छ यो व्यवसाय ?व्यवसाय अहिले राम्रै भन्नु पर्छ ।
अहिले टे«किड्ड व्यवसायको सिजन हो भन्छन नि ?
यो सिजन हो सिजन मध्यको एउटा सिजन हो ।
दशैमा घर जाने योजना बनाउनु भएको छ कि छैन नि ?
दशैँकै लागि भनेर त जादिन होला । तर दशैको अन्तिम पूर्णिमाको दिन चाही मेरो सामाजिक काम अन्तर्गत गाउँ जानु पर्नेछ । त्यतिखेर जान्छु ।
टे«किड्ड व्यवसाय सम्म तपाई कसरी आइपुग्नु भयो धादिड्ड देखि ?
अब यसलाई मैले सबै वयान गरे भने साह्रै लामो हुन्छ । त्यही भएर छोटकरीमा भन्छु । म एस.एल.सी गरिसकेपछि मेरो पढ्ने चाहना थियो त्यसै शिलशिलामा काठमाडाँै आउने सोच बनाए । पढ्न आफैले कमाउनु पर्ने स्थिति थियो त्यसोे हुनाले म कामको खोजिमा काठमाडौँ आए ।
टे«किड्ड व्यवसाय सँगै तपाई टुकि नेपाल समाज को अक्ष्यक्ष हुनुहुन्छ हो यो टुकि नेपाल भनेको के हो ?
हो म टे«किङ्ग गाइड हुनु भन्दा पहिले चाही मेरो पढाइको यात्रामा धेरै समस्या भोग्नुप¥यो । कहिले रोकिने कहिले काम गर्दै पढ्दै गरे । जब म टे«किङ्ग गाइड भइसकेपछि त्यसबाट कमाएको पैसाले पढ्थे बाकी भएका पैसा गाउँघरका विद्यार्थीहरूलाई पढ्न जान नसक्ने स्थितिका विद्यार्थीहरुलाइए वा २÷४ कक्षा पढेर रोकिनु परेको छ । त्यस्तो विद्यार्थीहरूलाई सहयोग गर्नु पर्छ भनेर मैले आफ्नै व्यक्तिगत पैसाबाट ज्यामरुङ्ग गा.वि.स वडा नं. ४ मा जनभावना प्राथमिक विद्यालय भन्ने स्कुलमा १० जना विद्यार्थीलाई सहयोग गरेर सुरुवात गरेको हुँ । त्यहाबाट मेरो सामाजिक कामको सुरुवात भयो । तर त्यो संस्थाको रुप लिएको थिएन । अलि पछि मैले आफ्नै टे«किङ्ग अफिस राख्ने मनसाय राखेर दर्ता गरिसकेपछि मैले त्यो टे«किङ्गबाट कमाएको नाफको केही प्रतिशत रकम गाउँको सामाजिक कार्यमा खर्च गर्ने गरे र अझ संस्था माफर्त सहयोग ग¥यो भने त्यो दिगो र विश्वासनिय हुन सक्छ भनेर टुकि नेपाल समाज भनेर एउटा संस्था दर्ता गरे ।
यसले संस्थाले शिक्षामा मात्र काम गरेको छ कि अन्य क्षेत्रमा पनि ?
शिक्षा ः स्कुल तर्फ छात्रावृद्धी २७०
कलेज तर्फ छात्रवृद्धी १०
स्वास्थ्य ः हेल्थ सेन्टर
हेल्थ फन्ड
खाद्यान्न ः दशैमा गरिव जनतालाई आवश्यक पर्ने सामग्रीहरु वितरण ।
कृषि ः आर्गानिक कार्य सम्वन्धि तालिम र अर्गानिक खेति शुरुवात, कृषि सडक निर्माण ।
विद्युत ः दलित बस्तीहरुलाई सोलार वितरण र १४० घरधुरीलाई लघुजलविद्युत बत्ति विवरण ।
शौचालय ः करिव ४० वटा शौचालय तयार भयो बाकी ३० वटा २०६९ भित्र सकेर ज्यामरुङ्ग गा.वि.स वडा नं. ४ लाई दिशामुक्त क्षेत्र घोषण गर्ने लक्ष छ ।
यसले अन्य क्षेत्रमा पनि काम गरेको छ । मेरो वा हाम्रो उद्देश्य भनेको ग्रामिण क्षेत्रको मानिसको जिवनस्तर उकास्नु हो हामीले शहर केन्द्रित केहि पनि गरेका छैनौँ । यस्तै गाउँमा हामीले शिक्षामा र स्वास्थ्य लगाएत थुप्रै ठाउँमा सहयोग गरेका छौं । शिक्षामा भ्मगअबतष्यल एचयवभअत भनेर विद्यार्थीहरूलाई निःशुल्क छात्रवृद्धि प्रदान गर्ने गरिएको र हाल यसको संख्या २६० जना छ । त्यस्तै कलेज स्तरमा १० जनालाई छात्रवृद्धि प्रदान गरिएको छ । जसअन्तर्गत ७ जना काठमाडौंमा पढ्छन र ३ जना धादिड्डमै पढ्छन ।
सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ हामीले के सोध्न चाहेउ भने कस्ता विद्यार्थीलाई चाहि यहाहरूले शैक्षिक छात्रबृद्धि दिनुहुन्छ ?
हामीले सहयोग गर्ने विद्यार्थी भनेको दलित त्यसमा पनि महिला हो । हाम्रो २६० जना विद्यार्थीहरू मध्य ९०% महिला छन् । निम्न स्तरको महिला लगाएत द्वन्द पिडित, घरबाट पैसा तिरेर पढ्न जान नसक्ने खालका विद्यार्थीहरू हामीले छान्ने गर्दछौँ ।
त्यस्ता विद्यार्थी जसलाई बाबुआमाले घरबाट पढाउन पठाउन सक्नुहुन्न त्यस्ता विद्यार्थी यहाँको संस्थामा कसरी आइपुग्ने त ?
हामीले के भनेका छौ भने जहा जहाँ हामीले सेवा विस्तार गरेका छौ त्यहाँ हामीले एउटा कमिटी बनाइदिने गरेका छौँ । ती कमिटीले हामीलाई यो यो विद्यार्थी स्कुल जान सक्दैन भनेर जानकारी गराउछन । कतिपय ठाउँमा हामीले कमिटी विस्तार नगरेको ठाउँमा त्यहाँका वुद्धिजीवि तथा स्थानिय सँगको जानकारीको माध्यमबाट उहाहरूको सिफरिस बाट दिइने गरिन्छ ।
हामीले के भनेका छौ भने जहा जहाँ हामीले सेवा विस्तार गरेका छौ त्यहाँ हामीले एउटा कमिटी बनाइदिने गरेका छौँ । ती कमिटीले हामीलाई यो यो विद्यार्थी स्कुल जान सक्दैन भनेर जानकारी गराउछन । कतिपय ठाउँमा हामीले कमिटी विस्तार नगरेको ठाउँमा त्यहाँका वुद्धिजीवि तथा स्थानिय सँगको जानकारीको माध्यमबाट उहाहरूको सिफरिस बाट दिइने गरिन्छ ।
अहिले नलाड्ड गा.वि.स.मा यस्ता छनोटका विद्यार्थी कति जना छन् ?
अहिले ६ जना विद्यार्थी पढिरहनु भाको छ । यस भन्दा पहिले ४ जनाले पढाई सकि सक्नु भको छ ।
नलाड्ड नि.मा.वि. चरिकोटमा अध्ययनरत विद्यार्थीहरूलाई यहाँले सहयोग गरिरहनु भएको छ । जसलाई बढाउनको लागि कुनै सोच गर्नुभएको छ ?
हामीले नयाँ शैक्षिक शत्र सुरुहुनुभन्दा पहिले नै डिसाईड गर्नु पर्ने हुन्छ । यसपालीलाई हामीले बढाउन मिल्दैन । यसको लागि हामीसँग आवश्यक पूर्वाधारको कमि छ । प्रत्यक वर्ष एस. एल. सि. लगतै त्यो स्थानामा खालि हुने हुनाले त्यसवेला मात्र थप्न सकिने हुन्छ । अर्कोपटकको लागि भने हामीले ६ जना बाट बढाएर १० जना पु¥याउने लक्ष्य छ ।
तँपाई सामाजिक उद्यमशील अर्वाड पनि पाउने व्यक्ति हुनुहुन्छ, यो कस्तो काम गरेबापत पाइने अवार्ड हो ?
जसले व्यवसाय गरेको छ तर व्यवसायबाट भएको आम्दानीको केही रकम सामाजिक कार्यमा खर्च गर्दा, र अर्को कुरा जसको व्यापारले व्यापार मात्र नगरेर समाजमा यसले सकरात्मक भूमिका खेल्छ भने त्यसता व्यक्तिलाई गरिने सम्मान हो ।
गरिब देशका हामी गरिब नागरिक यसबाट केही उन्मुक्तिका सम्भावाहरू छन कि ?
अब यो पूरै गरिबी निवारण गर्ने कार्य त सरकारको हो । हामी व्यक्ति र सामाजिक संस्थाले गरेर मात्र यसको सम्भव छैन । पुरै राज्यले गर्नु पर्ने हो , तै पनि अहिले राज्य निदाइ रहेको अवस्थामा सामाजिक संस्थाहरूको भूमिका चाही महत्वपूर्ण हुनसक्छ । हामीले हामीलाई गरिब भन्छौ तर साधन स्रोत ले हामी धनि नै छौ । राज्यले यसको सदुपयोग गर्न नसक्या मात्र हो । व्यक्ति वा संस्थाले त गरिराखेकै छन् । वास्तबमा पर्यटन विकासमा ठुलो सम्भावना बोकेको नेपालमा यसको राम्रो ढङ्गबाट विकास गर्न सकेमा देश विकास हुने थियो ।
अहिले तँपाई गाउँ पर्यटन पर्वदन मञ्च नेपालको महासचिव हुनुहुन्छ । १६ वर्ष भयो यो संस्था गठन भएको तर यो चर्चाामा आउन सकेको थिएन किन ? यो संस्था पर्दा पछाडिनै रहेर काम गर्ने संस्था हो ?
तँपाईले सही प्रश्न गर्नुभयो । हामीले १६ आँै वर्षगाठ पनि मनाइसक्या छौँ । तै पनि यो जति प्रचारमा आउनु पर्ने थियो र जति यसको महत्व थियो त्यति नआको रैछ । बास्तवमा भन्ने हो भने यहाँ टान, हान, नाटा लगाएत धेरै संघ संस्थाहरू छन् । यो गाउँ पर्यटन प्रर्वद्र्धन भनेको त सबैलाई समेटने संस्था हो । यति हुदा हुदै पनि अरू संस्था त बाहिर आयो यसले काम गर्न नसक्या रहेछ कि भन्ने पनि लाग्न सक्छ । केही विगतका ८÷१० वर्र्ष यो अलि अगाडि आउने क्रममा पनि छ । बास्तबमा यसको महत्व अलि नबुझिउको रैछ । अहिले हाम्रो नयाँ कार्यसमितिले पूर्ण नयाँ ढड्डले चलाउने भनेर लाग्या छौँ । हामीले निवार्चित भइसकेपछि तुरुन्त गाउँ पर्यटक सम्बन्धि काम पनि ग¥र्यौ । विश्व पर्यटन दिवसको दिन पारेर काठमाडौँको नजिकै तर लुकेर रहेको भिम ढुङ्गामा इको टुरिजम अध्ययन भ्रमण । अब अझ नयाँ ढड्डबाट यसलाई अगाडि बढाउने हाम्रो योजना छ ।
पर्यटनको कुरा गर्दै गर्दा नलाड्डमा पनि एउटा ऐतिहासिक महत्व बोकेको सिद्धलेक छ, पर्यटन विकासमा जोड दिन के गर्नु पर्ला ?
यो धादिड्डमा धेरै पर्यटकीय सम्भावनाहरू छन् । साच्चै भन्ने हो भने सोलुखुम्वु पछिको पर्यटनमा चाही दास्रो स्थानमा छन् । त्यति धेरै पर्यटन व्यवसायी भएर पनि हामीले हाम्रो जिल्लालाई विकास गर्न सक्या छैनौ । तर केही पर्यत्नहरू चाही भाको छ जस्तो मेरो कम्पनिले विगतको वर्ष देखि धादिड्डमा पर्यटन विकास गर्न पर्छ भनेर होम स्टे र टे«किड्डहरू चलाउने ग¥या छौ । अहिले पनि १०० जना विदेशीहरू मेरो कम्पनिबाट धादिड्डमा जान्छन तर त्यतिले मात्र त यो पर्याप्त हुदैन तर जुन नलाड्डको विषयमा कुरा गर्नुभयो नलाड्ड पनि पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । अब यसलाई चाही तँपाईले उजागर गरिदिनु भयो । मसँग सम्बन्धित संस्था वा मेरै कम्पनिले एक चोटी अध्ययन भ्रमण गराएर त्यहाँका सम्भावनाहरूलाई गहन अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
यहाँको प्रतिबद्धता पाए पछि हामीलाई पनि खुसि लाग्यो । यहाँको सिद्धलेकको विकासमा स्थानिय जनताको चाही भूमिका के हुन सक्ला ?
जहाँ पनि जुनै स्तरको काम गर्दा होस् त्यहाँ त्यो क्षेत्रको स्थानियको महत्वपूर्ण भूमिका हुन्छ । हामी व्यवसायीहरूले पनि व्यापार मात्र होइन त्यहाँ स्थानियबासीहरूलाई समेत फाइदा हुने काम गर्नु पर्छ । त्यही भएर हामी र स्थानिय स्तरको समन्वय हुन जरुरी छ । यसरी काम गर्दा सफल पनि हुन्छ । स्थानियबासीलाई म के भन्न चाहन्छु भने तपाइहरू पनि यसमा जागरुक हुन प¥यो । तँपाईहरूको सहयोगले हामी लगाएत राष्टलाई समेत फाइदा हुन्छ ।
हामीलाई तँपाईको अमूल्य समय दिनु भयो हामी त्यसको लागि धन्यवाद दिन चाहन्छौ ।
तपाईले पनि आÇना केही भनाईहरू पाठक समक्ष पु¥याउने जमर्को गरिदिनु भएकोमा हार्दिक धन्यवाद ।
0 comments:
Post a Comment