Monday, October 1, 2012

धादिङ १६ आश्विन । जातीय छुवाछुतको घट्नलाई स्थानीय प्रहरी प्रशासनले चासो नदेखाएको धादिङबेसीमा आयोजीत एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को कार्यन्वयन विषक एकदिने अन्र्तक्रिया कार्यक्रमका सहभागिले यस्तो बताएका हुन् ।
उपेक्षित उत्पीडित तथा समन्वयन समिति धादिङका उपाध्यक्ष राममाया विकको अध्यक्षता र राष्टिूय दलित आयोगका सदस्य सचिव भुवन सुनाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक विकास खरेल,एकीकृत नेकपा माओवादीका जिल्ला सम्मेल आयोजक समितिका सदस्य राम बहादुर भण्डारी नेपाल पत्रकार महासंघ धादिङका सभापति सिताराम प्रसाद वर्मा, मानवअधिकारकर्मी विष्णुपुकार श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

जातीय छुवाछुतको कारण जिल्लामा भएको घट्नाको विषमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा युवा प्रतिनिधिहरु योङ कम्न्युष्ट लिग धादिङका अध्यक्ष एवं केन्द्रीय सदस्य मनराज भण्डारी, नेपाली कांग्रेस सम्बद्ध तरुण दलका अध्यक्ष गोपाल विक, नेपाल राष्टिूय दलित मुक्ति मोर्चा धादिङका अध्यक्ष दिपक विश्वकर्मा, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, मानवअधिकारकर्मीहरु लगायत जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
जिल्लामा जातियताको कारण गम्भिर प्रकारको घट्नाहुदाँ पनी स्थानीय प्रशासन मौन रहेको भन्दै मुलाखर्कको घट्नालाई प्रहरी प्रशासनले चासो नदेखाएकोे गुनासो गरेको थिए । जिल्लाका विभिन्न स्थानमा जातीयताको आधारमा घट्नाहरु बढ्दै जादा पनि स्थानिय प्रशासले चासो नदेखाएको भन्दै  घट्नाप्रति जिम्मेवार बन्न पनि सहभागिहरुले स्थानीय प्रहरी प्रशानसनलाई आग्रह गरेका थिए । सहभागिहरुको गुनासोको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले दलित छुवाछुत कार्यन्वयनमा राज्य निरन्तर लागिपरेको  भन्दै मुलाखर्कको घट्नालाई कार्यन्वयन गराउन स्थानीय  प्रहरी प्रशासनले गर्नुपर्ने कामको कुनै कसुर बाकी नराख्ने पनि कार्यक्रममा सहभागि सम्पुर्णलाई जानकारी गराउनुभएको थियो ।

Related Posts:

  • विद्याथीका लागि बन्यो छुट्टै नियम ३१ भदौ, काठमाडौं । उच्च माध्यमिक विद्यालयमा बढ्दै गएको विकृति रोक्न गठन भएको कार्यदलले कलेज पोशाकमा मोटरसाइकल चढ्न रोक लगाउने सिफारिस गरेको छ । यस्तै कलेजमा मोबाइल बोक्न पनि नपाइने भएको छ । पढाई भन्दा होहल्ला, मायाप्रेम… Read More
  • स्थानीय प्रहरी प्रशासनले चासो देखाएन धादिङ १६ आश्विन । जातीय छुवाछुतको घट्नलाई स्थानीय प्रहरी प्रशासनले चासो नदेखाएको धादिङबेसीमा आयोजीत एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को कार्यन्वयन विषक एकदिने अन्र्त… Read More
  • कसले राख्यो ? सगरमाथामा जासुसी क्यामेराहरु सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा यस्ता स्वचालित क्यामेरा र अन्य उपकरणहरु छ्याप्पछ्याप्ती भेटिन थालेको धेरै भएछ । नेपालको नास्टदेखि अमेरिकी विश्वविद्यालयको हिमनदि अध्ययन केन्द्रसम्मका परियोजना भनेर राखिएको बोर्डहरु प… Read More
  • दसैं मनाउने आ-आफ्नै शैली नेपालीहरुको महान् चाड बडादसैं हाम्रो घर आँगनमा आइसकेको छ । रोजगारी, व्यवसाय र अध्ययनका लागि परिवारबाट बाहिरिएकाहरु घर फर्केका छन् । परदेशिएका परिवारजनको स्वदेश आगमनले गाउँ-सहरमा विशेष चहलपहल छ । चाडपर्वका कारण चलायमान … Read More
  • यस्तो छ नेकपा–माओवादीको ७० बुँदे धादिङ २१ भाद्र  । नेकपा-माओवादीले विभिन्न ७० बुँदे माग सरकारलाई बुझाउने भएको छ । माओवादीले सशस्त्र युद्ध थाल्नुअघि बाबुराम भट्टराईले तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदे माग … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts