Sunday, September 30, 2012

धादिङ १५ आश्विन नलाङ ।  एकीकृत नेकपा माओवादी नलाङ गाउँ पार्टी कार्यलयमा भएको तोडफोडको घट्ना प्रति एकीकृत नेकपा माओावादी धादिङले  भन्र्सना गरेको छ । नलाङ गाविस वडा नं ४ का दिपक गुरुङ, हरी गुरुङ र सुजित विश्वकर्माको समुहले कार्यलयमा तोडफोड गरेर कार्यलयमा क्षती पु¥याएको एकीकृत नेकपा माओवादीले जनाएको छ । बर्तमान संक्रमणकालीन अवस्थाको फाईदा उठाउदै प्रतिगामि तत्वहरुले  उक्त घट्ना घटाएको भन्दै घट्नाको घोर भत्र्सना गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।
 एकीकृत नेकपा माओवादी केन्द्रीय महाधिबेसन आयोजक समितिका सदस्य एवं जिल्ला सम्मेलन आयोजक समितका संयोजक पुष्प विक्रम मल्ल द्धारा हस्ताक्षरीत विज्ञप्तीमा धमिलो पानीमा माछा मार्ने खेल
भएको भन्दै घट्नाको दोषीलाई कानुनी दायरामा ल्याई कारबाहिको लागि सम्बन्धीत निकायसंग माग गरिन्छ विज्ञप्तीमा भनिएको छ । यता एनेकपा (माओवादी) धादिङले घटनाका दोषीहरुले यसअघि पनि गाउँमा आतंक मच्चाउँदै गुण्डागर्दीमा संलग्न रहँदै आएको जनाएको छ । दोषीहरुविरुद्ध एमाओवादीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेका कार्यालय सचिव बिनोदबावु रिमालका जानकारी दिनुभएको छ ।  कार्यालय तोडफोडमा संलग्न दोषीहरु मध्ये घटनाको नाइके भनिएका हरि गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको र अन्यको खाजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यसैबीच घट्नाको विरोध र दोषिलाई कारबाहीको माग राख्दै नलाङ गाउँ पार्टीले पनि विरोध जनाएको छ । नलाङ गाउँ भेला सम्मेलन आयोजक समितिका संयोजक शालिकराम अर्यालको अध्यक्षतामा सम्पन्न भएको विरोध कार्यक्रममा योङ कम्युनिष्ट लिग नेपालका केन्द्रीय सदस्य एवम जिल्ला अध्यक्ष मनराज भण्डारी शैलेश, ९ न इलाका संयोजक दिपक विश्वकर्मा लगायत, जिल्ला आयोजक समितिका सदस्य झम्क परियार, गाउँ पार्टी सदस्यहरु, भातृसंघ संस्थाका प्रतिनिधि लगायत माओवादी शुभ चिन्तकहरुको सहभागिता रहेको थियो । विरोध सभामा बोल्दै अतिथिहरुले घट्नाको दोषिहरुलाई तुरुन्तकारबाही गर्न माग गर्नु भएको छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts