Monday, August 13, 2012

सागर कुँवर
क्रान्तिको नाममा इमान्दार सोझा कार्यकर्ताहरुको भावानामा खेलवाड गर्दै देशको वस्तुगत तथा पार्टीको आत्मगत परिस्थितीको कुनै ठोस मुल्याङ्कन नगरिकन राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिती लाई आँखा चिम्लेर जनयुद्धको नाममा ०५२ सालमा माओवादी समुह द्वारा संचालित हिंसात्मक युद्धमा भारतीय विस्तारवादको साथ र सहयोग भएको कुराहरु बाहिर आइरहेका छन । व्यक्तिगत स्वार्थलाई पुरा गर्नको लागि सबै सिद्धान्तहरु तथा राजनीतिक मुल्य मान्यता र आचरणलाई  त्यागेर वा तिलाञ्जली दिएर, भावानात्मक आधारमा माओवादीले उठाएको बनदुक नया जनवादी क्रान्तिको लागि नभएर भारतीय विस्तारवादको अगाडि लम्पसार पर्दै, त्यही भारती विस्तारवादको टिका र आर्सिवादमा देशलाई कंगाल बनाउनु रहेछ भन्ने प्रमाणीत भएको छ ।
सामन्तवादलाई नेपालबाट अन्त्य गरेर वा सामन्तवादको समुल नष्ट गर्ने प्र्रचारवाजीमा उठाएको हतियार बताएको माओवादी समुह आज आएर  फेरी त्यही सामन्तवाद विरुद्धको संघर्षलाई कमजोर बनाउने, नया सामन्तहरु जन्माउने जातीय राजनीतिमा रोमलिएको छ । यसले के स्पस्ट गर्दछ भने माओवादी आन्दोलन त्यसको नेतृत्वको चरम व्यक्तिगत महत्वकांक्षालाई पुरा गर्नको लागि थियो भन्ने नै हो ।
    न्यूनतम पनि पुजिवादी मुल्य र मान्यताहरुको समेत हेक्का राख्न नसक्ने माओवादी समुहहरु जनवादी संस्कृतिको कुरा गर्नु वा समाजवादी राज्य व्यवस्थाको कुरा गर्नु पनि नया र नौलो होइन । देशको वस्तुगत धरातलिय यथार्थतालाई ध्यान नदिईकन तय गर्ने कार्यनिति सफल भएको  इतिहास हाम्रा अगाडि छैन । परिस्थितीको सहि मुल्याङ्कन नगरिकन अगाडि बढ्ने शक्तिहरुको विजय भएको इतिहास पनि हाम्रो सामु छैन नै । साथै द्वन्दात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादले  ठोस परिस्थितीको ठोस विश्लेषणको आधारमा नै निति निर्णयहरु तय गरिनु पर्ने दार्शनिक वैज्ञानिक मान्यता राख्दछ । तर त्यो सम्पूर्ण द्वन्दात्मक भोतिकवादी बाटोलाई प्रचारवाजी गरेर वा त्यसको शाब्दीक उपयोग गरेर माओवादीहरु आज समाज परिवर्तनको बाधक बनिरहेका छन तर देशको आवश्यकता माओवादी समुह परिवर्तनको साधक बन्नु पर्ने छ । मनमोहक नाराको आडमा नेतृत्वको अवसरवादी उद्देश्य पुर्तिको लागि उद्देलित माओवादीहरु मानवीय मुल्य मान्यता र मानव जीवनमा देखिएका समस्याहरु सँग आँखा चिम्लेका छन जुन नेपालको तत्कालिक राजनीतिक परिस्थितीमा गम्भिर समस्याको विषय बनेको छ ।
    सत्तालाई प्रधान केन्द्रविन्दु बनाएर मानवतालाई पुरा अस्विकार गर्दै अगाडि बढेका माओवादीहरु माक्र्सवादी लेनिनवादी सिद्धन्त अनुसार नचलेको सत्य हो । दुःखको कुरा त अझ यो हो कि उनिहरुले सामान्य पुजिवादी दलहरुले सम्म अपनाउने नैतिक राजनीतिको बाटो अपनाउन सकेनन् । अब यो सामान्य राजनीतिक कायैकर्तालाई पनि बुझ्न ग्राहो पर्दैन कि माओवादी समुहहरु माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई तिलाञ्जली दिइरहेका छन ।
कहिले सामन्तवाद सँग त कहिले भारतीय विस्तारवाद सँग लम्पसार पर्दै सत्ताको भिख माग्दै हिड्ने माओवादीको एउटा समुह आज पुनः सामन्तवाद सँग नजिक हुदै गएको छ वा प्रतिगमनकारीहरु लाई हौसला दिने कर्यनिति अपनाइरहेको छ भने अर्को समुह प्रचण्ड एण्ड बाबुराम कम्पनी भारतीय विस्तारवाद सँग चुचे घाँटी जोडेर नेपालको राष्ट्रिय अस्मिता माथी गम्भिर प्रकारको क्षती पुराइरहेको छ ।
    राष्ट्रियताको आन्दोलनलाई हेर्ने सवालमा राजनीतिक दलहरुका बिचमा फरक फरक बिचारहरु छन । तर माओवादी नेता हालका कामचलाउ असंवैधानिक सरकारका प्रधानमन्त्री जसले भारतीय विस्तारवादको इशारामा नेपाली  नेपाली राष्ट्रियता माथी गम्भिर क्षती पुराइरहेका छन, डा. बाबुराम भटराईले संघीयताको अवधारणा सँगसँगै नेपाल बहुराष्ट्रिय राज्य भएको कुरा बताएका थिए । जुन नेपालको तत्कालिन र तत्कालिक अवस्थासँग मेल नखाने बिचार हो । त्यस प्रकारको बिचार उनले बारम्वार प्रकट गर्दै आएका छन र लगातार रुपमा त्यसमा जोड दिदै आएका छन । तर यो स्पस्ट छ कि नेपाल विभिन्न जात जाति, भाषा भाषी, धर्मालम्वीहरु तथा संस्कृतिहरुको समिश्रण तथा एक अर्कामा अन्तरघुलित हुदै विकास भैरहेको बहुजातीय, बहुधार्मीक, बहुसास्कृतिक तथा बहुभाषिक देश वा राष्ट्र हो बहु्राष्ट्रिय राज्य होइन ।
आन्तरिक राष्ट्रियताको सावाललाई व्यक्तिगत तथा दलथत स्वार्थको लागि उपयोग गर्नको लागि बाबुरामले बहुराष्ट्रिय राज्यको चुनावी जालो फ्याकेको प्रस्ट हुन्छ । माओवादीले ०५२ सालमा युद्ध सुरु गर्ने समयमा राष्ट्रियताको सवालमा थुप्रै मागहरु उठाएका थिए र त्यस पछाडि पनि उनीहरुले भारतीय विस्तारवादका विरुद्धमा सुरुङ युद्ध गर्ने प्रचार तथा हल्लाहरुको सनसनी फैलाएका थिए जतिवेला प्रचण्ड एण्ड बाबुराम कम्पनीले भारतीय विस्तारवादको अगाडि विन्ती पत्र चढाइसकेका थिए त्यो पनि भारतको सुरक्षाको मामलामा कुनै प्रकारको असर नपार्ने भनेर जुन कुरा भर्खर सार्वजनिक भैसकेको छ ।
    यसरी स्खलीत भैरहेको माओवादी राजनीतिमा क्रमभंगता हुन सकेन । राष्ट्रघातको कार्यकलापलाई अगाडि बढाइरहेको माओवादी कार्यनितिमा आइस ब्रेक हुन कसेको छैन । माओवादीलाई फाइदा पुग्ने सवालमा चाहे त्यो राष्ट्रघात नै होस, उनीहरुको भाषामा त्यो “देश र जनता” को लागि हुने गर्दछ तर जुन कुरा देश र जनताको लागि हुन्छ त्यो माओवादीको लागि अमान्य हुन्छ । यो माओवादीमा विकास हुदै गैरहेको कुसंस्कारले देश र जनताको हित होइन विनास गर्ने कुरामा कुनै शंका नै छैन ।  यसरी देश र जनताको नाममा राजनीतिलाई व्यापारको रुपमा उपयोग गर्न छाडेको छैनन् माओवादीहरु । नोक संग होइन सिंधै मालिक संग वार्ताको नाममा ज्ञानेन्द्रको पाउ मोल्न सम्म तयार भएको माओवादीहरु ज्ञानेन्द्रको लात खाए पछि मात्र सात राजनीतिक दलहरु संग कार्यगत एकता गर्न आएका थिए । वास्तवमा भन्ने हो माओवादीहरु उनीहरुको दललाई नाफा नोक्सानको विल भौचरमा नै राजनीतिलाई सिमति बनाएका छन र उनीहरुले त्यही आधारमा नै आफ्ना निति निर्णयहरु पनि गर्ने गरेका छन ।
देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर होइन कि माओवादी समुहलाई के कति नाफा हुन्छ भन्ने कुरालाई केन्द्रमा राखेर नै उनीहरुलृे कार्यक्रम सार्वजनीक गर्ने गर्दछन जसको पछिल्ले उदाहरण प्याकेजको सहमतिको कुराले पनि प्रस्ट पार्दछ । प्याकेजको सहमतिको अर्थ यो हो कि जातीय संघीयतालाई सबैले स्वीकार्न पदर्छ भन्नु नै हो । जुन देश र जनताको लागि खतरनाक तथा आत्मघाती छ ।
    कहिले अक्टोवर क्रान्तिको नाममा  त कहिले नया जनवादी क्रान्तिको सृजनसिलताको नाममा इमान्दार कार्यकर्ताहरुलाई कथित क्रान्तिको डम्फू बजाउन लगाएर नाच्न माहिर माओवादी अवसरवादी नेतृत्वबाट देश र जनताको लागि अपेक्षा गर्ने ठाउ कम छ । माओवादीको २७ वर्षको इतिहासमा उनीहरु दम्भको राजनीतिमा नै तल्लिन छन । बिचार भन्दा पनि जाल झेलमा राजनीति गर्न रमाउने, परिस्थितीको आंकलन नगरी भावानात्मक आवेग र उत्तेजनामा अगाडि बढ्ने माओवादी संस्कार कायम भयो जुन निरन्तर छ ।
कहिले भारतीय विस्तारवादलाई प्रधान शत्रु देख्ने त कहिले सामन्तवादलाई प्रधान शत्रु देख्ने ढुलमुल अवसरवादी माओवादीको निति इतिहासमा सफल भएको छैन । यथार्थता त यो हो कि भारतीय विस्तारवाद र नेपाली सामन्तवादलाई एउटै अचानोमा राखेर एउटै खुकुरीले एकै समयमा नै प्रहार गर्नु पर्दछ । आज देशमा राष्ट्रिय सहमतिबाट नै राजनीतिक निकास निकाल्न सकिन्छ भन्ने आम सत्यता हुदा हुदै माओवादी त्यस प्रकारको सहमतिको राजनीतिलाई पछाडि धकेल्नको लागि कसरत गर्दै आएको छ जसमा माओवादी सच्चिनु पर्दछ । यदी माओवादी सच्चिएन भने मोओवादीको पनि भिरमा लड्ने गोरुको जस्तै अवस्था हुनेमा कुनै शंका छैन ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts