काठमाडौं, साउन ३० । सर्वोच्च अदालतले
पूर्व मन्त्री तथा कङ्ग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै
डेढ वर्ष कैद र ९४ लाख ७४ हजार रुपियाँ जरिवानाको सँजाय फैसला गरेको छ ।
साथै स्रोत नखुलेको सम्पति जफत गर्ने आदेश समेत दिएको छ ।
न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले ७४
पृष्ठको फैसला सुनाउँदै खड्काले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर
गरेका हुन् । भ्रष्टाचारी ठहर भएपछि खड्काको राजनीतिक जीवनमा औपचारिक
रुपमा विराम लागेको छ । नैतिक पतन देखिने फौजदारी अभियोग प्रमाणित भएको
हुनाले उनले अब न निर्वाचनमा उम्मेदवार बन्न पाउनेछन्, न अरु कुनै
सार्वजनिक पदमा नै बस्न पाउने छन् । अन्तिम अदालतको फैसला हुनाले उनले
यसबारे पुनरावलोकन पनि गर्न पाउने छैनन् ।
पटक(पटक मन्त्री हुँदा पदीय दुरुपयोग गरी २ करोड ३६ लाख सम्पत्ति कमाएको
भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध विशेष अदालतमा
मुद्दा दायर गरेको थियो । विशेषका तत्कालीन न्यायाधीश भूपध्वज अधिकारी,
कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले खड्काको १२ लाख रुपैयाँको
मात्र स्रोत नखुलेको र त्यो रकमलाई अवैध भन्नु नपर्ने भन्दै २०६३ साल
कात्तिक २९ मा सफाइ दिएको थियो ।
पाँच वर्षदेखि सर्वोच्चमा विचाराधीन खड्काको मुद्दामा लामो बहसपछि फैसला
हुने मिति तोकिएको थियो । विशेषको फैसला नियोजितरूपमा खड्कालाई उन्मुक्ति
दिने खालको भनी अख्तियारले २०६३ साल चैत १५ मा सर्वोच्चमा पुनरावेदन दिएपछि
पाँच वर्षपछि मुद्दा फैसला भएको हो । खड्कालगायत तीन दर्जन भ्रष्टाचार
मुद्दा २०६३ सालमा दर्ता भए पनि सर्वोच्चमा सुनुवाइ नभई थन्किएका थिए । डेढ
वर्षअघि पूर्वप्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र न्यायाधीश सुशिला
कार्कीले खड्काको मुद्दामा विपक्षी ुझगडिया झिकाउनेु आदेश दिएपछि सुनुवाइ
सुरु भएको थियो।
फैसलापछि खड्का समर्थकहरुले झण्डासहित नाराबाजी गरेका कारण तनाव भएको छ । सर्वोच्च परिसरमा आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो । सर्वोच्च परिसरमा लागेको भीडका कारण फैसला सुनाउन माइक र लाउड स्पिकरको समेत व्यवस्था गरिएको थियो । तरुण दलले खड्काको विपक्षमा फैसला आए देशैभर आन्दोलन चर्काउने चेतावनी शनिबार आयोजित कार्यक्रममा सार्वजनिक रुपमै दिएका थिए ।
फैसलापछि खड्का समर्थकहरुले झण्डासहित नाराबाजी गरेका कारण तनाव भएको छ । सर्वोच्च परिसरमा आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो । सर्वोच्च परिसरमा लागेको भीडका कारण फैसला सुनाउन माइक र लाउड स्पिकरको समेत व्यवस्था गरिएको थियो । तरुण दलले खड्काको विपक्षमा फैसला आए देशैभर आन्दोलन चर्काउने चेतावनी शनिबार आयोजित कार्यक्रममा सार्वजनिक रुपमै दिएका थिए ।
फैसलाको विरोध गर्दै खुमबहादुरका समर्थकले सर्वोच्च अदालत अगाडि दुई
ट्याक्सी तोडफोड गरेका छन् । यसै क्रममा तरुण दलका कार्यकर्ताले समाचार
दैनिकको एउटा मोटरसाइकलामा समेत तोडफोड गरी क्षति पु¥याएको छ । तोडफोडमा
संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
0 comments:
Post a Comment