Monday, August 13, 2012

नारायण सिलवाल धादिङबेसी, श्रावण २९ ।  जिल्ला सदरमुकाम धादिङबेसी स्थित बसपार्क यतिखेर कुरुप बन्दै गइरहेको छ । अहिले बसपार्कमा गाँजा र फोहरको दुर्गन्ध आउन थालेको छ ।
बसपार्क सरसफाई कार्य रोकिएको पनि २ महिना भन्दा बढी भैसक्यो । बसपार्क बिग्रिएका गाडी राख्ने ग्यारेज जस्तो भएको छ । किन यसो भइरहेको छ ? किन सरोकारवाला निकाय मौन छन् ? बसपार्क व्यवस्थापन गर्न, हुन त बसपार्क व्यवस्थापन समिति पनि नभएको होईन । किन काम गरिरहेको छैन समितिले वि.स.०५४ सालमा (हालको मुल्य ८ करोड रुपैयाँ बराबरको) ६ रोपनी ११ आना क्षेत्रफल भएको जग्गा ९ जना स्थानीयवासीले बसपार्क निर्माण गर्न निःशुल्क  उपलब्ध थिए । स्थानीयवासी किन चुप छन् ? यस विषयमा जनमुक्तिमार्गले राखेको जिज्ञासामा स्थानिय टेकबहादुर ठकुरीले बसपार्क व्यवस्थित गर्न पटक–पटक आन्दोलन गर्दै आएको तर जिल्ला प्रशासनले विगतमा भएका सहमतिलाई कार्यान्वयनमा लैजान नसकेका कारण बसपार्कको  अवस्था विग्रदै गएको बताउँछन् ।
०५४ सालमा ८० लाख खर्च गरेर नगर समितिले प्रयोगमा ल्याएको धादिङबेसी पुछारबजार स्थित बसपार्क किन कुरुप बन्दै छ बसपार्क व्यवस्थापन समितिका अध्यक्ष ललित बहादुर श्रेष्ठ जिल्ला प्रशासनले गर्दा बसपार्क कुरुप बन्दै गहिरहेको बताउँछन् । टिकट काउण्टर बसपार्कमा हुनु पर्ने, जिल्ला सदरमुकाम  प्रवेश गर्ने हरेक गाडिहरु बसपार्कमा जानुपर्ने गाडिको चलानी बसपार्कबाट दिनु पर्ने लगायतका विगतका भएको सहमतिलाई कार्यान्वयन गराउन स्थानीय स्तरबाट जति पहल भयो त्यतिनै जिल्ला प्रशासनबाट हुन नसक्दा बसपार्क कुरुप बन्दै गएको अध्यक्ष श्रेष्ठ बताउछन् । उनको भनाई अनुसार २ वर्ष पहिले देखि सुरज वैद्यले फाइनाइन्सले समातेको गाडी राख्ने ग्यारेज बनाएका छन् बसपार्कलाई हटाउन अनुरोध गर्दा उल्टै अपशब्द प्रयोग गर्छन गाडि हटाउन जिल्ला प्रशासनमा निवेदन  दिएको तर प्रशासनले पनि वास्था नगरेका कारण बसपार्क अव्यवस्थित बन्दै गएको हो  । ०६८ सालमा गठन भएको बसपार्क व्यवस्थापन समितिले बसपार्क सरसफाई र कर संकलनका लागि दुई जना कर्मचारी राख्ने काम गरेका थिए । तलव नपाएको भन्दै सरसफाई गर्ने कर्मचारीले सरसफाई गर्न छाडे पछि बसपार्क अव्यवस्थित भएको हो । प्रति गाडि प्रतिटिप रु.२०को दरले  बसपार्क व्यवस्थित गर्न रकम संकलन गर्दा मासिक ४० देखि ५० हजार सम्म संकलन हुनेगर्छ  यो रकम सहि ढंगले प्रयोग भए नभएको अनुगमन गर्ने निकाए कुन हो किन मौन छ स्थानियवासी तथा गाडी व्यावसायिहरु आफुले दिएको रकम खै कहाँ के भएको छ प्रश्न गर्दछन् ।  यस विषयमा बसपार्क मर्मत खर्चमै सकिने गरेको बताउँछन् व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठ ।
जे होस् धादिङबेसी सदरमुकाम स्थित बसपार्कमा न त प्रशासन न त सरोकारवालाहरुको ध्यान गएको देखिन्छ । वसपार्कमा यात्रु प्रतिक्षालय जिर्ण बन्दै गएका छन् । बत्तिको व्यवस्था नहुँदा साँझ परे पनि हिडडुल गर्न समेत नसकिने अवस्थामा छ । सदरमुकामलाई सुन्दर राख्न सहयो पु¥याउने बसपार्क व्यवस्थित पार्न सरोकारवाला–हरुको ध्यान जाओस उठाईएको रकम कहाँ कति खर्च त्यो सार्वजनिक गरियोस् ।  स्थानीयवासीले जुन उतसाहले बसपार्क प्रयोजनको लागि निशुल्क जग्गा उपलब्ध गराए । बसपार्क व्यवस्थापन समितिले प्रशासनिक निकायलाई दोष दिने र प्रशासन पनि मौन नै रहँदा व्यवस्थापनको आवाज उठाएर पनि समस्या समाधान नगरिएको स्थानीयको गुनासो रहेको छ । मासिक रुपमा नियमित रुपमा संकलन भैरहेको हिसावको पारदर्शीताको विषयमा समेत कसैले ध्यान नदिएको भन्दै स्थानीय आक्रोसित भएका छन् ।

Related Posts:

  • जनमुक्ति सेनाहरुको जिल्ला भेला सम्पन्नधादिङ श्रावण १६ घाटबेसी । एकीकृत नेकपा माओदीको पुर्व जनमुक्ति सेनाको जिल्ला भेला सोमबार पिडाको घाटबेसीमा सम्पन्न भएको छ  । जिल्लाको विभिन्न गाविसमा छरिएर रहेको पुर्व जनमुक्ति सेनाहरुलाई एकताबद्ध बनाई जिल्लाको विकास निमार… Read More
  • धादिङका मिलनको ‘नेताजीको म्याद’ विमोचन१९ साउन, काठमाडौं । पत्रकार मिलन तिमिल्सिनाको हास्यव्यंग्य संग्रह ‘नेताजीको म्याद’ सार्वजनिक भएको छ । गाईजात्राको अवसरमा रेडियो अडियो र सिस्नुपानी नेपालले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको ‘बानेश्वरको गाईजात्रा’ कार्यक्रममा… Read More
  • रोकिएला जिविसको अनियमिता ?धादिङबेसी ,श्रावण १५/ जिल्ला विकास समिति धादिङमा हुने गरेका हरेक अनियमितिाहरुलाई बाहिर ल्याएरै छाड्ने जिल्लामा क्रियाशिल ६ दलका प्रतिनिधिहरुले आइतवार घोषणा गरेको छन् । यसले केहि हदसम्म धादिङका जनतालाई शान्तोना मिलेको छ । करो… Read More
  • नेविसंघको एघारौं महाधिवेशन पुसमा काठमाडौ, श्रावण १९ - कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ११ औं केन्द्रीय महाधिवेशन पुसको २५ देखि २७ गते गर्ने प्रस्ताव पार्टीको केन्द्रीय नेतृत्व समक्ष गरेको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्णको अध्यक्षतामा … Read More
  • ओलम्पिकमा नेपालको प्रतिस्पर्धा बुधबारबाटएजेन्सी/ सुटिङकी खेलाडी स्नेहा राणा बाहिरिएपछि अन्य नेपाली खेलाडीले आगामी बुधबारबाट लन्डन ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । आगामी अगस्ट १ मा बेलायतको लण्डनमा स्थानिय समयअनुसार बिहान १० बजे पौडीकी श्रेया धितालले प्रतिस्पर्ध… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts