
धादिङ जिल्लाको पत्रकारीता क्षेत्रमा निकै महत्वपूर्ण भूमीका निर्वाह गर्नुभएका खतिवडाको स्वास्थ्यलाभको कामना गर्दै आईतबार त्रकार महासंघ जिल्ला शाखा धादिङले नगद १० हजार रुपैयाँ सहयोग गरेको छ । शाखाको आइतबार बसेको बैठकले खतिवडाको उपचारार्थ आर्थिक सहयोग संकलनको लागि महासंघ धादिङ शाखाका उपाध्यक्ष नवराज छत्कुलीको संयोजकत्वमा, कोषाध्यक्ष नारायण सिलवाल, सदस्यहरु मुरारी अधिकारी, शिव सिलवाल, अर्जुनप्रसाद खतिवडा र पोषनाथ, अधिकारी, केशव अधिकारी, राजाराम सिलवाल, रहनुभएको सहयोग संकलन समिति समेत गठन गरेको हो । महासंघले सुदर्शन खतिवडाको श्रीमती प्रतिभा पराजुली र पत्रकार, नवराज छत्कुलीको नाममा किस्ट बैकमा तत्काल पत्रकार राहत संकलन खाता संचालन गर्ने निर्णय समेत गरेको छ ।
यसैबीच रेडियो बिहानकिा स्टेशन म्यानेजर खतिवडाको उपचारार्थ रेडियो बिहानीले रुपैयाँ ५० हजार आर्थिक सहयोग प्रदान गरेको रेडियो बिहानीका निमिक्त स्टेशन म्यानेजर नारायण सिलवालले जानकारी गराउनु भयो ।
0 comments:
Post a Comment