Saturday, August 11, 2012

सुवास श्रेष्ठ
धादिङबेसी श्रावण २८ । जिल्ला भरि छरिएर विभिन्न विद्यालयमा गणित विषय अध्यापन गराउँदै आएका शिक्षकहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ संचालन भएको २ दिने तालिम शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । गणित विषय अध्यापन गराउदा आईपर्ने समस्या र समाधानका उपायहरुको बारेमा जानकारी दिने उदेश्यको साथ आयोजना गरिएको तालिममा जिल्ला भरका करिब ८० जना शिक्षक÷शिक्षिकाहरुकोे सहभागिता रहेको थियो । युनाइटेड नेसनल पव्लिकेशन काठमाडौँको आयोजना र प्याब्सन तथा एन–प्याब्सन धादिङको सहयोगमा सञ्चालन गरिएको तालिममा गणित विषयलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल भएको थियो । तालिममा सहभागि शिक्षकहरुलाई प्रशिक्षकहरु गुमप्रसाद दाहाल ,युनाईटेड नेसनल पव्लिकेसन काठमाडौका प्रमुख जिवन श्रेष्ठ र जनार्दन रिजालले विषय बस्तु माथि जानकारी गराउनु भएको थियो  ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts