२८ श्रावण धादिङबेसी । १८ औ विश्व आदिवासी दिबसको अवसरमा शनिवार धादिङबेशीमा झाँकी सहित ¥यालीले बजार परिक्रमा गर्दै मनाईएको छ । धादिङबेशीको पुछारबजारदेखि सुरु भएको ¥याली धादिङ उद्योग वाणिज्य संघको सभाहलमा गएर सभामा परिणत भएको थियो । ¥्यालीमा आदिवासी जनजातीका समुदायको कला र संस्कृति झल्कने विभिन्न झाँकि समेत प्रस्तुत गरिएको थियो ।
नेपाल आदिवासि जनजाती महासंघ धादिङका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षता र नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष कुमार योन्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व सभासद विरबहादुर तामाङ, एकीकृत नेकपा माओवादी रामबहादुर भण्डारी, प्रहरी निरिक्षक राजकुमार थिङ, आदिवासि जनजाती जिल्ला समन्वय समिति धादिङका उपाध्यक्ष ठाकुर गुरुङ, राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, आदिवासि जनजाती संघ संगठनका प्रमुख एवम् प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । आदिवासी दिवस मनाउन थालिएको १८ वर्ष पुग्दा पनि नेपालमा रहेका आदिवासी समुदायका नागरिकको आर्थिक, सामाजिक स्तर वृद्वि सोचे अनुरुप हुन नसकेको आदिवासी अगुवाहरुले बताएका थिए ।

0 comments:
Post a Comment