डा. टिकाराम पोखरेल |
हामीले नाट्यसम्राट भनेर बालकृष्ण समको नाम पढेका छौँ, त्यसैगरी स्वरसम्राट भनेर नारायण गोपाललाई पनि चिनेका छौँ । हाम्रो भाग्यले होला आख्यान सम्राट, हाँस्यसम्राट, गीतसम्राट, मीतसम्राट जस्ता सिजनल सम्राटहरुको नाम पनि कहिलेकाहिँ सुनेका छौँ । तर हाम्रो दुर्भाग्य, हामीले हाम्रै वरिपरिका पिर्केसम्राट, बिर्केसम्राट, रुन्चेसम्राट, गालीसम्राट, तालीसम्राट, हालीमुहालीसम्राट, फर्कसम्राट र तर्कसम्राटहरुलाई चिनेका छैनौँ । नचिनेकै कारण औपचारिक रुपमा तिनीहरुको सम्मान गर्न पनि पाएका छैनौँ । त्यतिमात्र कहाँ हो र, यी सम्राटहरुको चिनारी नपाउँदा एकातिर जनताको सु–सूचित हुने अधिकारको हनन भएको छ
भने अर्कोतिर उनीहरुले त्यत्रो अथक परिश्रमका बाबजुद प्राप्त गरेको उपाधिको गाथा जनताको जिब्रा–जिब्रामा नझुण्डिँदा ती सम्राटहरुको अपमान भएको छ । त्यसो त हामी आध्यात्मादी हौँ भने समाजलाई योगदान पु¥याएका त्यस्ता साक्षात देवरुपी सम्राटहरुको नाम हाम्रो कानमा नपर्दा हाम्रो कान पवित्र हुनबाट बञ्चित भएको छ । यो पनि त अधिकारको हनन् हो नि ।
त्यसो भए अब आजैदेखि आफ्नो अधिकारको उपभोग गरौँ र त्यस्ता देवरुपी सम्राटहरुको गाथा गाउन सुरु गरौँ । पत्रपत्रिकामा कुनै आख्यान प्रकाशित नभए पनि दिमागभित्रै आख्यानको खानी भएको आख्यानसम्राट, अर्कालाई हँसाउन नसके पनि आपूm धेरै हाँस्ने हाँस्यसम्राट, चलचित्रमा गीत लेख्न नसके पनि बाथरुममा गीतका शब्द गुन्गुनाउने गीतसम्राट र एकजना पनि हितैसी मित्र नभएको मीतसम्राट हुन् । यसो भन्दा तपार्इँलाई अचम्म लाग्ला तर अचम्म नमान्नुस्, सिजनल सम्राटहरु यस्तै हुन्छन् ।
यी त अलि अलि सुनिएकै सम्राट हुन् तर अरु यी रुन्चेसम्राट, गालीसम्राट, तालीसम्राट, हाली मुहाली सम्राट, फर्कसम्राट र तर्कसम्राट जस्ता कहिल्यै नसुनेका सम्राट कहाँबाट आए भन्नुहोला । कुरा के भने यी सम्राटहरु आज मात्र घोषणा भएका हुन् । ल सुन्नुस्, जता पुग्दा आफ्नो स्वार्थसिद्ध हुन्छ आफू बसेको पिर्का त्यतै सार्ने पिर्केसम्राट, अरुबेलामा खासै नबोल्ने तर अलिकति खोयाबिर्के लगाएपछि दर्शन छाँट्न सुरु गरिहाल्ने बिर्केसम्राट, सत्ता नपाएर रुने रुञ्चेसम्राट, अरुलाई धेरै गाली गर्ने गालीसम्राट, मञ्चमा आफ्नो नेताले विपक्षी नेतालाई धेरै गाली गरेको सुनेर आफ्नै हात झम्झमाउने गरी ताली पड्काउने तालीसम्राट, सत्तामा बसेर हालीमुहाली गर्नेहरु हालीमुहालीसम्राट, जो सत्तामा पुग्छ उतैतिर फर्की कम्मरै भाँचिने गरी चाकरीमा जदौ गर्ने फर्कसम्राट र बेतुकका तर्क गरेर आफैँ रमाउनेहरु तर्कसम्राट हुन् । त्यसो भए फेरि यतिमात्र सम्राट हुन त भन्नु होला, तर त्यसो भने होइन, यहाँ धेरै सम्राटहरु छन् । यी सबै सम्राटको नाम त हजार जिब्रा भएका शेष नागले त वर्णन गर्न सकेनन् भने म मानवले कसरी सकुँला र ? जति सम्राटहरु छन् त्यति नै सम्राट पुराण पनि चाहिन्छ भन्ने मेरो मान्यता छ । तर सबै सम्राटको पुराण लेख्दै जाने हो भने एउटा दुइटा जीन्दगी होइन सयौँ जिन्दगीले पनि पुग्दैन । तैपनि एकबारको जुनीमा एउटा सम्राटको भए पनि पुराण लेखेर व्यास किन नकहलिने त, भन्ने मलाई रहर लाग्यो । आफैँलाई सोधेँ कुन सम्राटको पुराण लेखौँ । सबै सम्राटका गुणहरु सोच्दै जाँदा सबैभन्दा बढी म तर्कसम्राटबाट प्रभावित भएँ । आहा ! तर्कसम्राट, हृदयदेखि नै फुरुङ्ग भएँ । अनि तुरुन्तै निर्णय भैहाल्यो, तर्कसम्राट पुराण लेख्ने । लेख्न सुरु पनि गरिहालेँ । श्रीतर्कसम्राटाय नमः बाट सुरु गरेको मेरो तर्क पुराण अगाडि बढ्दैछ । भन्नुहोला तर्कसम्राट कस्तो सम्राट हो । त्यसो भए थाहा पाइहाल्नुस्, यो तर्कसम्राट सम्राटहरुको पनि सम्राट हो ।
अरु सबै सम्राटहरु तर्कसम्राटलाई महासम्राट पनि मान्छन् । अंग्रेजीमा लजिक भन्छन् नि, हो त्यसको ठेक्का नेपालीमा यही तर्कसम्राटले पाएको छ । तर नेपाली तर्कसम्राटलाई तर्क गर्दा के छुट छ भने उसले नेपाली हावा, पानी र माटो सुहाँउँदो गरी तर्कगर्न पाउँछ । उसले जनताका दिमाग चाट्न पनि पाउँछ, आँखामा छारो हाल्ने छुट पनि छ, आप्mनो तर्कमा अरु सहमत भएनन् भने सहमत नहुनेहरुको कान निमोठे पनि केही फरक पर्दैन । किन छुट भएको त भन्नुहोला, किनभने यो तर्कसाम्राज्य हो । आफ्नो साम्राज्यमा आफूखुशी गर्न त पाउनु प¥यो नि ।
त्यसो त एक्काइसौँ शताब्दी तर्कहरुको शताब्दी हो । अब तर्क याने कि लजिक दिनेहरुको जमाना छ । त्यसैले धेरैले यो पेशा अपनाएका छन् । फेरि तर्क गर्न जस्तो सजिलो केही छैन किनभने तर्क कसैले बुझ्नुपर्दैन । यहाँको हावापानी नै यस्तो छ कि तर्क गर्नेहरुलाई एकदमै शक्ति दिन्छ, तर तर्क बुझ्ने शक्ति दिँदैन । अरे नबुझ्ने हावापानी छ त तर्कसम्राटको तर्क कसरी बुझ्दछन् त ? नबुझुन्, केही फरक पर्दैन, दिनभरि सभा, सम्मेलन, वैठकहरुमा तर्क ग¥यो बेलुका घर फक्र्यो अनि आफ्ना सबै तर्क आपैmँले कोठैमा बसेर बुझ्यो । अरुले बुझोस् वा नबुझोस् त्यो त नबुझ्नेको कमजोरी हो, तर्क गर्नेलाई के मतलब ! हुन त तर्कवादीहरुका पनि आ–आफ्नै मत छन् । केही तर्कवादीहरु भन्छन् “प्रमाण मुख्य हो तर्क त तथाकथित हो” तर्कवादीहरुको यो भनाइमा सहमत हुने हो भने हाम्रा तर्कसम्राटहरुले तर्कशास्त्रको सिद्धान्तलाई अक्षरशः पालना गरेको ठहर्छ किनभने तथाकथित तर्क अरुले बुझेर वा नबुझेर के फरक पर्छ र ? तपाईँ भन्नुहोला अरुले नबुझ्ने तर्कहरु बेतर्क हुन्, आफू असहमत भए कुतर्क पनि भन्नुहोला तर म त भन्छु, अरुले नबुझ्ने तर्क गर्नेहरुका तर्क बेतर्क वा कुतर्क होइनन् बरु नबुझ्नेहरु नै बेढङ्गी हुन् । कि कसो ? त्यसैले तर्कश्रोतागण हो ! तपार्इँहरुलाई पनि मेरो एउटा सुझाव छ, सुझाव के भने तपाईँलाई कसैले गरेको तर्क चित्त बुझेन भने वा कसैको तर्क बुझ्नु भएन भने “कस्तो तर्क गरेको ?” भनेर आफ्नो बेढङ्गी प्रदर्शन नगर्नु होला, बरु घरमा गएर ऐनामा आफ्नो टाउको हेर्र्नुहोला ? कतै तपाईँको टाउकोमा तर्क बुझ्न सक्ने दिमाग पो छैन कि ? हुन त तर्कले विसंगतिलाई ठाडो प्रहार गर्नुपर्छ भन्ने तर्कशास्त्रीहरु पनि छन् ।
त्यसो त तर्क कानले सुन्ने होइन मनले सुन्ने हुनुपर्दछ भन्नेहरु पनि नभएका होइनन् तर यी सबै तर्कमाथि मेरो विमति छ किनभने तर्क गर्नेको काम तर्क गर्ने हो विसंगति, विकृति, समाज सुधार, राजनीति जस्ता विषयसँग तर्कको के मतलब । एकले अर्काको काम किन गर्ने ? । त्यसो भए तर्कको विषय नि भन्नुहोला, म भन्छु , विषय किन चाहियो ? तर्कशास्त्रले भनेको छ, “तर्क विज्ञान होइन, न त यो प्रमाण हो”, त्यसैले न विज्ञान हुने न प्रमाण हुने तर्कलाई विषयको पुष्ट्याइँसँग के मतलब !
वास्तवमा एकैजनाले धेरै विषयमा हात हाल्यो भने त्यो मानिस अद्र्धज्ञानी हुन्छ त्यसैले तपाइँ पनि ज्ञानी तर्कशास्त्री बन्ने हो भने तर्क गर्नुहोस् । तर्क के विषयमा गर्ने तपार्इँ चिन्ता नगर्नुहोस् । यहाँ तर्कका लागि कुनै विषय चाहिन्छ भन्ने छैन किन कि यो तर्कसाम्राज्य हो । चाहे कसैले तपाईँका तर्कलाई बेतर्क भनोस् वा कूतर्क केही फरक पर्दैन । तर्क दिइरहनुस्, सडकमा, गल्लीमा, चोकमा, घरमा, किचेनमा, बाथरुममा, बेडरुममा । वा ! तपार्इँ पनि तर्कसम्राट हुनुहुनेछ ।

0 comments:
Post a Comment