दिलिप आचार्य |
(एम.ए. सम्मको अध्ययन पुरा गर्नु भएका दिलिप आचार्यको कर्मथलो र जन्मथलो दुबै काठमाडौ हो । फुर्सदको समयमा कथा कविता देखि कम्प्यु६र र प्रविधिको बारेमा www.dacharya.blogspot.com मा लेख्ने गर्नु हुन्छ जो मानिस समयको माग स“गै अघि बढछ उ निश्चय पनि सफल हुन्छ भन्नु हुने दिलिप आचार्य सँग गरिएको कुराकानी ।)
ब्लग के हो ?
ब्लग आफूलाई अभिव्यक्त गर्ने एउटा अत्याधुनिक र परिष्कृत माध्यम हो । जसमा जो–कसैले पनि निःशुल्क रूपमा खाता खोली आफ्नो विचार, रचना वा अन्य सूचनाहरू बाँड्न सक्छन् ।
यहाँ आफ्नो विचार वा मत जाहेर गर्दा कसैको ‘वाद’, ‘नियम’ वा निर्दिष्ट दायरा भित्र बसेर गर्नु पर्ने वाध्यता रहँदैन र मानिस ब्लगको माध्यमबाट परम स्वतन्त्र अभिव्यक्ति दिन सक्षम हुन्छ । जहाँ ब्लगर स्वयं लेखक, सम्पादक र प्रकाशक हुन्छ । यो नै ब्लगको सुन्दरता पनि हो ।ब्लग के हो ?
ब्लग आफूलाई अभिव्यक्त गर्ने एउटा अत्याधुनिक र परिष्कृत माध्यम हो । जसमा जो–कसैले पनि निःशुल्क रूपमा खाता खोली आफ्नो विचार, रचना वा अन्य सूचनाहरू बाँड्न सक्छन् ।
वेब र ब्लगमा के फरक छ ?
वेब र ब्लगको फरक भनेर ब्लग र अन्य समाचार साइट वा अफिसियल वा व्यक्तिगत साइटको कुरा गर्नु भएको हो भने ब्लगमा प्राय ः नितान्त व्यक्तिगत विचार वा अभिव्यक्ति हुन्छन्
जव इन्टरनेटको पहुँच हुन्छ तव मान्छे किन ब्लग बनाउन थाल्छ ?
किनकी आफ्नो विचार बाँडन र पृथक प्रतिभाको प्रेषण गर्न यो नै सर्व सुलभ र सर्वोत्कृष्ट माध्यम हो ।
ब्लगको प्रभावकारीतालाई अझ प्रष्ट्याई दिनुन ?
यसको प्रभावकारिताको कुरा गर्ने हो भने मैले माथि भनेजस्तै कुनै पनि सूचना र सामाग्री यसमा राख्न सकिन्छ । कसैसँग लेख्ने (लेख्ने मात्रै हैन फोटोग्राफि, गाएन, चित्रकारी आदि अन्य कुनै) प्रतिभा छन् भने त्यसलाई पनि यसको माध्यमद्वारा आफ्नो प्रतिभा संसार भर फैलाउन सकिन्छ । अनि संसारभरका पाठक, श्रोेता र दर्शकसँग सिधै अन्तरक्रिया गर्न सकिन्छ (त्यो पनि निःशुल्क समेत) । त्यसैले यसको प्रभावकारितालाई उच्च मुल्यङकन गर्नै पर्छ ।
तपाईले कहिलेबाट ब्लग चलाउन थाल्नु भयो ?
मैले ब्लग चलाउन थालेको ५ वर्ष बढि भयो ।
विज्ञापनको लागि पनि ब्लग संचालनमा ल्याईन्छ रे हो ?
हो, त्यस्तो पनि हुन्छ ।
तपाईको ब्लगले विज्ञापन बापत पैसा कमाउँछ कि कमाउँदैन ? कमाउँछ भने कहाँ कसरी खर्च गर्न हुन्छ ?
मैले अहिलेसम्म ब्लगमा विज्ञापन राखेको छैन् । त्यसैले पैसा कमाउने पनि कुरा भएन ।
तपाई ब्लग बनाउन पनि सिकाई दिनु हुन्छ अनलाईनमा होईन ?
सिकाउने भनेर अनलाईन कक्षा नै लीने भने होइन, तर नयाँ ब्लगरहरूलाई ब्लग खोल्न र चलाउन सजिलो होस भनेर आफ्नो ब्लगमा, ब्लग खोल्न र चलाउन सिकाउने केही पोस्टहरू भने आफ्नो ब्लग www.dacharya.blogspot.com मा लेख्ने गरेको छु ।
नेपालमा सरदर कति मान्छेहरुले ब्लग चलाउँछन् ?
ठ्याक्कै सङख्या बताउन गाह्रो छ । दर्ता मात्रै भएको वा एउटा दुईटा पोस्ट लेखेर बन्द भएकालाई पनि गन्ने हो भने ४–५ हजारको सङख्यामा होलान तर नियमित ब्लग लेख्नेहरू पनि करिब २००–३०० को हाराहारीमा होलान जस्तो लाग्छ ।
अहिले सम्मको तपाईको नजरको राम्रो ब्लगर कुन हो ?
धेरैजना छन् । साँच्चै भन्ने हो भने मूलधारका मानिने पत्रिकामा लेख्ने भन्दा उत्कृष्ट लेख्ने र विना कुनै लोभ–लालसा र आथिर्क लाभका बाबजूद लेख्ने अध्ययनशील बलगरहरू धेरै जना छन् । कुनै १÷२ जनाको नाम लिएर यसको उत्तर पूर्ण नहोला ।
अन्त्यमा ब्लग कर्ता एवं पाठकहरुलाई के भन्न चाहनु हुन्छ ?
आजको युग सुचना र प्रविधीको युग हो । ईन्टरनेटको माध्यमबाट सूचना र मनोरञ्जन सजिलै प्राप्त गर्न सकिन्छ । ब्लग इन्टरनेटको दुनियाँमा उपलब्ध आफूलाई अभिव्यक्त गर्ने एउटा उत्कृष्ट र सशक्त माध्यम हो । त्यसैले म केही लेख्ने वा व्यक्त गर्ने खुवी भएका तर उपयक्त ‘प्लेटफार्म’ नपाएर अलमलिएका प्रतिभाहरूलाई इन्टरनेटको उपलब्धता छ भने रचनात्मक ब्लग गर्न सल्लाह दिन्छु । कागजी छापामा आउने जस्तै र त्यो भन्दा गतिला (माफ गर्नुस छापाको मान मर्दन गर्ने अभिप्राय होइन यो) लेख रचना र सूचनाहरू पनि ब्लगमा पाइन्छन् ।
नेपाली युनिकोडको विकासका कारण नेपाली भाषामै पनि शिक्षा, स्वास्थ्य, साहित्य, संगीत, प्रविधि लगायत विविध विषयका लेख रचनाहरू ब्लगमा हेर्न सकिने भएकोले इन्टरनेटको पहुँच भएको अवस्थामा सबैलाई ब्लग हेर्न र ब्लग संचालन गर्न सल्लाह र आग्रह दुबै गर्छु ।
0 comments:
Post a Comment