मुना सिंखडा |
हामी नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म यो लैङिगक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान मनाउदै छा,ै यो अभियान नेपालमा पनि बिबिध कार्यक्रम का साथ मनाईदै छ ।
सन् १९९१ सेन्टर फर ओमन ग्लोबल लिडरसीप (ऋध्न्ी) को सहयोगमा बिभिन्न २० देशका २३ जना महिलारुको एक समुहले लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान सुरुवात गर्दै यस अभियानमा सहभागी हुन बिश्व समुदायलाई आब्हान गरेका थिए । सोहि अनुरुप हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म यो अभियान मनाउने प्रचलन छ । महिला अधिकारको बिश्व आन्दोलन तथा अभियानको क्षेत्रमा नोभेम्बर २५ र डिसेम्बर ६ का दिनलाई बिशेष रुपमा सम्झिने गरिन्छ ।
सन १९६० नोभेम्बर २५ का दिन डोमोकिन रिपब्लिकका तीन साहसिक मिरावल दिीि बहिनीहरु ( पाटिया, मनिर्भा र मारिया) को तत्कालिन तानाशाह राफेल त्रुजिलो सरकार बिरुद्ध सशक्त आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा यी दिदी बहिनीहरुले निकै यातना सहनुको साथै पटक पटक जेल नेल भोग्नुपरेको थियो ।यस आन्दोलनमा साथ दिने उनिहरुको श्रिमान लाई समेत बन्दी बनाईएको थियो । यसै क्रममा १९६० नोभेम्बर २५ का दिन तिन दिदी बहिनीहरु बन्दी बनाईएका आपm्ना श्रिमानहरुलाई भेटेर जेलबाट फर्कने क्रममा बिच बाटोमा हत्या गरिएको थियो र त्यस हत्याकाण्डलाई तत्कालीन सरकारले कार दुर्घट्ना भएको भनेर सार्बजनिक गरेको थियो । त्यसपछि सरकारको कदम बिरुद्ध को आन्देलन चरम उत्कर्षमा पुगेको थियो । सोहि अनुरुप ती तीन साहसी दिदी बहिनीहरुको बलिदानी र उच्च साहस को सम्मान गर्दै नोभेम्बर २५ लाई ल्याटिन अमेरिकी देशहरुमा महिला हिंसा बिरुद्धको दिबसको रुपमा मनाउन थालियो । सन् १९९१ सेन्टर फर ओमन ग्लोबल लिडरसीप (ऋध्न्ी) को सहयोगमा बिभिन्न २० देशका २३ जना महिलारुको एक समुहले लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान सुरुवात गर्दै यस अभियानमा सहभागी हुन बिश्व समुदायलाई आब्हान गरेका थिए । सोहि अनुरुप हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म यो अभियान मनाउने प्रचलन छ । महिला अधिकारको बिश्व आन्दोलन तथा अभियानको क्षेत्रमा नोभेम्बर २५ र डिसेम्बर ६ का दिनलाई बिशेष रुपमा सम्झिने गरिन्छ ।
त्यसको ३ दशक पछि १७ डिसेम्बर १९९९ मा संयुक्त राष्ट संघ को साधारण सभाले त्यसै दिनलाई अन्तराष्ट्रिय महिला हिंसा बिरुद्धको दिबसको रुपमा घोषणा गरेको हो । सोहि अनुरुप प्रत्यक बर्ष नेपालमा पनि अन्तराष्ट्रिय महिला हिंसा बिरुद्धको १६ दिने अभियानमा बिशेष कार्यक्रका साथ मनाईदै आईएको छ । यसबर्ष पनि घर शान्ति बिश्व शान्ति शैनिकीकरणलाई चूनौती दिऔ महिला बिरुद्ध हुने हिंसा अन्त्य गरौं भन्ने बिश्वब्यापी नाराका साथ लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान मनाईदै छ । भने नेपालमा भने घर शान्ति नै बिश्व शान्ति को आधार दमनको प्रतिकाररु गरौं महिला हिंसा अन्त्य गरौं भन्ने नारा तय गरि यो दिबस मनाईदै छ । महिलाहरुको समसामायिक अबस्था नियाल्दा निकै दयनिय छ यो अभियानकै अबधिमा पनि कती दिदी बहिनीहरुको हत्या भईरहेको छ भने कतीपय दिदी बहिनीहरु बोक्सीको आरोपमा पिडित भईरहेका छन् आरेक नेपालले सार्बजनिक गरेको तथ्याँङ्क अनुसार यस बर्ष मात्र १२५ जना महिलाहरुको हत्याभएको छ, २११ जना महिलाहरु बलत्कृत भएका छन् १२ जनाले आत्महत्या गरेका छन् त्यसैगरि २३ जना महिलाहरु आफ्नै परिबारबाट बलत्कृत भएका छन र ७५ जना महिलाहरुलाई बोक्सीको आरोपमा पिडित बनाईएको छ । यी घट्ना जो हामी महिला अधिकारको क्षेत्रमा काम गरिरहेका छौ उनिहरुको लागि यो काम चुनैतीको रुपमा खडा भएको छ जस कारण उत्साहित भएर सेबा गर्नको लागि समेत पछाडी हट्नुपर्ने अबस्थाको सृजना हुन सक्छ ।
महिला हिंसा हुने जिल्लाहरुमध्य धादिङको नाम पनि अगाडि आउछ जिल्ला प्रहरी कार्यलय धादिङमा एक दिनमा पाँच वटा सम्म निबेदन पर्ने गर्दछ तर अधिकांस निबेदनहरु माथी छलफल गरि मेलमिलाप टुङग्याईन्छ कतीपय बलत्कार र घरेलु हिंसा जस्ता जघन्य अपराधका घट्ना मा समेत मुद्धा दर्ता गर्न नसकिएको अबस्था छ । पिडक पक्ष जहिलेपनि बलियो हुनु र राजनितीक दल उसको साथमा हुनु नै अहिलेको परिबेशमा महिला हिंसा न्युनीकरण हुन नसक्नुको मुख्य कारण बनेको छ । मानौ एउट पिडक जब जेलमा रहन्छ उसले पाउने सजाय ६ बर्षको हुन्छ तर ५ महिना पुग्न नपाउदै उसलाई राजनितीक संरक्षणमा जेलमुक्त गरिन्छ तत्पश्चात फेरी ६ महिनाको अबधिमा अर्को ६ वटा हिंसा उत्पन्न हुन्छ । कहीलेकाहीं स्थानिय निकायका अधिकारी हरु समेत राजनीतिक दलको दबाबमा परेर पिडकमुखी न्याय प्रदान गर्न बाध्य हुन्छन् यो समस्या ले देशभरि नै जरो गाडेको अबस्था छ । केहि समय यता महिला हिंसाका घट्नाहरु केहि बढि मात्रामा बाहिर आएपनि पिडितमुखी न्याय नहुनु र स्थानिय निकायको नम्र ब्यबहारको अभाबमा पनि महिलाहरु निरुत्साहित भएका छन् जसकारण अन्य महिलाहरु समेत पिडा लुकाएर बसिरहेका छन् । महिलाहरु कमजोर हुन्छन् भन्ने कमजोर मानसिकता र परम्पराबादी सोच मा जबसम्म परिबर्तन हुदैन तबसम्म समस्या ले निरन्तरता पाईरहनेछ । घर शान्ति नै बिश्व शान्ति को आधार दमनको प्रतिकाररु गरौं महिला हिंसा अन्त्य गरौं भन्ने नारालाई सार्थकता दिने हो भने घरघरमा श्रिमान ले श्रीमती माथि गर्ने हिंसा र सवारी साधनमा हुने हिंसा , कार्यालयमा महिला कर्मचारीमाथी हुने हिंसा नेतृत्व तहका महिला माथि हुने हिंसा लाई जरै देखि उखाल्नु पर्ने देखिन्छ । तब मात्र महिलाहरु ले हरेक स्थान र तहमा आफ्नो भुमिका निर्बाह गर्न सक्ने छन् र उनिहरुको उनिहरुको योग्यता काम र भुमिकाको पनि कदर हुने छ । यसको लागि महिला र पुरुष एक रथका दुई पाङग्रा हुन् भन्ने भनाई लाई पछ्याउदै महिला को सकारत्मक काममा पुरुषले र पुरुषको काममा महिलाले साथ दिने हो भने महिला हिंसा न्युनिकरण मात्र नभई यसको अन्त्य नै हुने थियो ।
0 comments:
Post a Comment