डा. टिकाराम पोखरेल |
राजनीति अर्थात् राज्यको नीति । राज्यले अवलम्बन गरेको नीतिहरुमा सबैभन्दा उत्कृष्ट नीति भएकाले राजनीति भनिएको । राजनीतिको शाब्दिक अर्थ यस्तै हुन्छ । तर व्यवहारमा राजनीतिको अर्थ अलि फरक भैसकेको छ । हाम्रो जस्तो देशमा त राजनीतिको अर्थ र राजनीतिक व्यवहार हेर्ने हो भने राजनीति शब्दको व्याख्या नै गलत ढंगले गरिएको हो कि भन्ने भान हुन्छ । देशको वर्तमान राजनीतिले राजनीतिक दर्शन र सिद्धान्तलाई नै चुनौती दिइरहेको छ । पुस्तकमा पढ्दा राजनीति भनेको राज्यको विशिष्ट नीति हो, व्यक्तिको तहमा आएर कुरा गर्दा राज्यले अवलम्बन गरेको विशिष्ट नीतिभित्र रहेर खेलिने खेल हो । तर व्यवहारमा हेर्दा राजनीति भनेको विचित्रको मैदानमा खेलिने नियमरहित विचित्रको
खेल हो । जहाँ हारजीत पनि विचित्रकै हुन्छ, नियममा बसेर खेल्नेले हार्छ तर फल्ट हान्नेले जित्छ ।
हाम्रो राजनीतिक खेल मैदानमा जे गर्नुपर्ने हो त्यो गर्नुपर्दैन । जे हुनुपर्ने हो त्यो पनि हँुँदैन । जनताले अगाडि बोलेको काम पनि नेताले गर्नु पर्दैन । गर्न नसक्ने कुरा किन बोलेको भनेर पनि कसैले नेताहरुलाई प्रश्न गर्दैन । बरु नेताहरुबाट नै राजनीतिमा बोलेको जति सबै कहाँ हुन्छ र भनेर जनतालाई नै बुझाउन थालिएको छ । त्यसैकारण बोलेको कुरा किन नगरेको भनेर नेतालाई प्रश्न सोध्ने काम नै अपराध ठानिन थालेको छ । यही बोली र व्यवहार फरक फरक भएकै कारण वर्तमान राजनीतिमा समस्या नै समस्याको चाङ छ । तर विचित्रको कुरा त यहाँँ समस्या समाधान गरेर राजनीति हुँदैन, बरु जति समस्या सिर्जना गर्न सक्यो त्यति समस्या सिर्जना गर्न सक्नेको राजनीतिक धरातल बलियो हुँदै जान्छ भन्ने भ्रमित मानसिकता बनिसकेको छ । त्यसैले यतिबेला राजनीतिक दल र नेताहरु समस्याको आगोमा पानी होइन घिऊ थप्ने काम गरिरहेका छन् । समस्याको आगोमा घिऊ थपेका कारण वर्तमान राजनीतिमा समस्या झनै बढिरहेका छन् ।
समस्या कहाँ छ ? सबैलाई थाहा छ । दलका नेताहरुले समस्या कहाँ छ भनेर बुझेकै छैनन् भनियो भने अलि बढी नै हुन्छ, सायद नेताको अवमूल्यन नै पनि होला । त्यसैले समस्या सबैले बुझेका छन् भन्नुपर्छ । तर बुझेर पनि नबुझे झैँ गरिरहेका छन् । अझ भनौँ समस्याको समाधानमा भन्दा व्यवधानमा नै आफ्नो विजय देखेकाले गर्दा सबै दलहरु समस्यामाथि समस्या थपिरहेका छन् । अझ अर्को विचित्र त यो छ कि एउटा दलले जे कुरालाई समाधान देख्छ अर्को दलले त्यही कुरालाई व्यवधान देख्छ । आफूले भनेको सबै ठीक अरुले भनेको सबै गलत । आफू मात्र साधक अरु सबै बाधक । यो कस्तो देखाई हेराई र बुझाई ?
समस्याको साधक र वाधकको प्रसङ्ग कोट्याउँदा प्रधानमन्त्रीको राजिनामा वर्तमान राजनीतिमा सबैभन्दा बहसको विषय बनेको छ । विपक्षी दलहरु वर्तमान राजनीतिक गतिरोधको एकमात्र कारण प्रधानमन्त्री देखिरहेका छन् भने प्रधानमन्त्रीको पार्टी लगायतका सत्ताधारी दलहरु भने प्रधानमन्त्रीको राजिनामाले झनै समस्या बल्झिने दाबी गर्दै यही सरकारले सम्पूर्ण समस्या समाधान गर्ने दाबी गरिरहेका छन् । एउटाले समस्या एउटा भन्छ अर्कोले त्यसको ठीक उल्टो कुरालाई समस्या दाबी गर्छ । त्यसो भए आखिर समस्या के हो त ? समस्या प्रधानमन्त्री कि सोचाई ? विगतमा माधव नेपाल वा झलनाथ खनालको सरकार हुँदा वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई माधव नेपाल र झलनाथको राजिनामा नै सम्पूर्ण समस्या समाधानको अचुक औषधी ठान्थे । आज ठीक त्यसैगरी झलनाथ खनाल र माधव नेपालहरु बाबुराम भट्टराईकोे राजिनामालाई नै वर्तमान गतिरोधको निकासका लागि अचुक औषधी ठानिरहेका छन् । तर न त हिजो नेपाल र खनालले राजिनामा दिएर निकास निस्क्यो न त आज भट्टराईले राजिनामा दिएर निकास निस्कन्छ । भट्टराईले राजिनामा दिए पनि मात्र प्रधानमन्त्रीको अनुहार परिवर्तन हुन्छ तर समस्या समाधानमा परिवर्तन हुँदैन । हिजो जस्तो थियो आज पनि त्यस्तै छ र दलहरुको यस्तै मानसिकता रहिरहे यो समस्या भोलिका दिनमा पनि यस्तै रहिरहने छ ।
नेपाली राजनीतिमा मौसमी खेती ज्यादै मौलाउने गरेको छ । आफ्नो पदीय हैसियत परिवर्तन हुनेवित्तिकै बोली फेर्नु राजनीतिक दल र तिनका नेताहरुको प्रमुख विशेषता नै हो । सत्तामा बस्दा एउटा भाषा बोल्ने र विपक्षमा बस्दा त्यसको ठीक उल्टो देख्ने दृष्टिदोष हाम्रा नेताहरुमा छ । यस्तो उल्टोपाल्टो देखिरहने एउटा विषय विदेशी हस्तक्षेप पनि हो । विगतमा माधव नेपाल प्रधानमन्त्री हुँदा आजका प्रधानमन्त्री बाबुराम भट्टराई माधव नेपाललाई विदेशीको कठपुतली सररकार भन्थे, माधव नेपाल त्यसको बचाउ गर्थे ।
आज परिस्थिति त्यसको ठीक उल्टो छ । माधव नेपाल भट्टराईलाई विदेशीको आडमा बनेको सरकारको आरोप लगाइरहेका छन् भने भट्टराई चाहिँ त्यो आरोपबाट आफूलाई बचाऊ गरिरहेका छन् । आफू सत्तामा बस्नेवित्तिकै दिल्लीलाई मित्र देख्ने र समस्या समाधानको साधक ठान्ने अनि आफू सत्ता बाहिर हुनेवित्तिकै दिल्ली समस्या समाधानको बाधक देख्ने यी कस्ता दृष्टिहरु हुुन् ? आखिर समस्या को हो ? समस्या दिल्ली कि हामी ? हस्तक्षेप गर्ने को ? विदेशीले हस्तक्षेप गरेको हो कि हामीले नै हामीमाथि हस्तक्षेप गरिदेउ भनेर अनुनय विनय गरेको हो ? बाह्रबुँदे समझदारी नै यसका लागि पर्याप्त उत्तर होइन र ? समस्याकै समस्याको भुँमरीमा समस्यामाथि समस्या थप्ने काम नेपाल बन्द जस्ता गैरजिम्मेवारपूर्ण क्रियाकलापले गरिरहेको छ । मूल्यवृद्धिको विरोधमा गरिएको भनिएको पछिल्लो बन्दलाई नै हेर्ने हो भने पनि मूल्यवृद्धिले जनतालाई त्यसै मर्का परिरहेको छ त्यसमाथि झन् बन्द गरेर काम गरी रोजीरोटी जोहो गर्नबाट समेत बञ्चित हुँदा खासगरी निम्नवर्गको पीडामाथि अर्को पीडा थप्ने काम भैरहेको छ । अहिलेसम्मको बन्दले जनतालाई कुनै राहत दिएको छैन । बन्द आह्वानकर्ताको राजनीतिक स्वार्थपूर्तिबाहेक बन्दको कुनै उपलब्धि छैन । सत्तामा हुँदा बन्दको विरोध गर्ने र विपक्षमा हुँदा फेरि आफैँ बन्द आह्वान गर्ने मौसमी शैलीले आम जनतलाई आहत बनाएको छ । तर गर्न पर्ने काम नगर्ने र नगर्नपर्ने काम गरेर समस्या थप्ने बानी परेका दलका नेताहरुलाई जनताको पीडा मर्काले केही फरक पारेको छैन । काग कराउँदैछ पिना सुक्दैछ भने झैँ जनता बन्ददेखि वाक्कदिक्क मानिरहेका छन् दलहरु बन्द गरिरहेका छन् ।
यी केही जबर्जस्त सिर्जना गरिएका कृत्रिम समस्याहरु हुन्, स्वतस्फूर्त समस्या यहाँ केही पनि छैन । कृत्रिम समस्या मात्र भएकाले यथार्थमा यहाँ समस्या नै छैन । झिना मसिना समस्या नै छन् भने पनि जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि हुन्छ । समस्या आफैँमा समस्या होइन, समस्या मान्छेमा हुन्छ । वर्तमानमा जति पनि सममस्या देखिएका छन् ती सबै दलहरुबाट सिर्जित समस्या हुन् । सबै समस्या दलहरुको मानसिकताबाट निस्केका हुन् । त्यसैले यतिबेलाको समस्या भनेकै दलहरुको मानसिकता हो, अरु केही होइन । प्रधानमन्त्रीको राजिनामा होस् वा राष्ट्रियताका नारा हुन् अथवा बन्द खेती नै किन नहोस् यी सबै दलहरुको उच्चतारतिग्रन्थी र हिनताबोधीग्रन्थीका उपज हुन् । सबै सत्ताका छटपटाहा हुन् र त्यही छट्पटाहट नै समस्या बनेर सिर्जना भैरहेका छन् । यसकारण दलहरुले वर्तमान गतिरोधबाट अगाडि बढ्ने हो भने आ(आफ्नो मानसिकतामा परिवर्तन गर्नुपर्छ, निकास टाढा छैन । तर आफ्ना पूर्वअडान र पूर्वमानसिकता नत्याग्ने हो भने समस्याको समाधान निस्कन्न बरु समस्या झनै बल्झिँदै जान्छ ।
त्यसैले यसबेला दलहरुले राजनीतिलाई आफ्नो निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्ने होइन कि राज्यको विशिष्ट नीति हो भन्ने बुझेर राजनीति गर्नुपर्दछ । अनि मात्र राजनीति स्वच्छ हुन्छ, नेताहरु जनताका आँखामा निष्ठावान् हुन्छन् र समस्या पनि स्वतस्फूर्त समाधान हुन्छ ।

0 comments:
Post a Comment