Sunday, November 4, 2012

 इन्द्रकुमारी श्रेष्ठ/
२० कार्तिक धादिङ ।  नलाङ गाउँविकास समिति मा १ करोड ३५लाख भन्दा बढी लगानीमा व्यावसायीक रुपमा गाईपालन व्यावसाय सुरु गरिउको छ । हाल देशभरका करीब १० लाख किसानहरू दुध तथा दुधजन्य व्यवसायमा आश्रित रहेको अनुमान छ । प्रशस्त बजार सम्भावना भएकै कारण नेपालका किसानहरु व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका हुन् । पशुपालनमा पनि गाई पालनमा अहिले पछिल्लो समयमा किसानहरुको ध्यान जान थालेको छ । परम्परागत शैलीलाई छाड्दै आधुनिक तरिका अपनाउँदा फाइदा हुन थाले पछि किसानहरु पशुपालन व्यावसाय तर्फ आकर्षित बनेका हुन ।
”विदेश गएर गर्ने श्रम यहि गरे  दोब्बर कमाउन सकिन्छ । ”साउदी अरब गएर ११ वर्ष बिताएका लीला तामाङको भनाई हो यो । साउदी अरब स्थित अल्साफी डेरी फारममा कामगरि नेपाल फर्केका धादिङ सत्यदेवि घरभएका लिलाबहादुर तामाङ अहिले नलाङ पाउनेटार स्थित लाप्साङ कर्पो एग्रिकल्चर एण्ड लाइभस्टक डेब्लभमेन्ट प्रालिमा काम गछन् । यस प्रालिले विगत एक वर्ष देखि ३४ वटा उन्नत जातका गाईहरु पालन गर्दै आएको छ । धादिङ सत्यदेविका रणबहादुर तामाङ अध्यक्ष, सिता ढकाल सितापाईला काठमाडौ उपाध्यक्ष, नरबहादुर तामाङ नुवाकोट सचिव, अशोक अधिकारी काठमाडौ कोषाध्यक्ष लगाएत २५ जना मिलेर  संचालनमा ल्याइएको संस्थाले नलाङ पाउनेटार मा १ सय रोपनी जग्गा खरिद गरि गाई फारम संचालनमा ल्याएको हो । संस्थाले फारम सम्म जाने २ किलोमिटार मोटरबाटो, जग्गा खरीद, गाई खरीद, फारम निर्माणमा १ करोड ३५ लाख खर्च गरि सकेको अध्यक्ष रणहादुर तामाङ बताउनु हुन्छ । अर्गानिक तरकारी खेती, उनन्नत जातका बाख्रा पाल्न तयारी गरि रहेको यस संस्थाले संचालनमा ल्याएको गाई फारममा अहिले १६ वटा गाईले दैनिक ८० लिटर दुध दिन्छ । भने ४ वटा व्याउने तयारीमा र १४ वटा आगामी वर्षको लागि तयार हुने तवरले पालिएको छ । ९ जना कामदार राखिएको यस फारमको सम्पूर्ण रेखदेख वैदेशिक अनुभव संगालेका लिलाबहादुरले गर्छन् । उनले गाईमा देखा पर्ने अधिकाँस रोगहरुको उपचार आफै गर्छन जटिल समस्या  अहिले सम्म नआएको र आएका जिल्ला पशुसेवा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि लिलाले बताए ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts