२० कार्तिक धादिङबेसी । एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठकले निर्णय गरे अनुरुप महादिवेशनको तयारीमा लागेको छ । जनवादको उच्च अभ्यास भएको भनिएको उक्त विस्तारित वैठकले गुटको अन्य भएको घोषणा गर्दै आगामी माघ १४ गते पार्टीको महादिवेशन गर्ने निर्णय गरेको थियो । उसले त्यस विस्तारित बैठकलाई संघर्र्ष, रूपान्तरण, एकता र विजयको बैठक समेत भनेको छ ।
यतिखेर माओवादी नेताहरु पार्टीको विस्तारित वैठकको मर्म अनुरुप वडा, गाउँ, जिल्ला, राज्य सम्मेलन हुँदै महादिवेशन सम्पन्न गर्ने योजनाका साथ अगाडी बढेको देखिन्छ । यहि अनुरुप धादिङ जिल्लामा पनि एकीकृत नेकपा माओवादीले गाउँ सम्मेलन मंसिर महिनाभरमा सक्ने लक्ष्यका साथ गाउँ सम्मेलन गर्न थालेको छ । कार्तिक १६ गते जिल्लाको उत्तरी क्षत्रमा पर्ने सेर्तुङको सम्मेलन सकेको छ, सम्मेलनले करीमान तामाङ अध्यक्ष र सेक्रेटरी चे लामा रहने गरी १५ सदस्यीय गाउँ समिति बनाएको एकीकृत माओवादी धादिङका कार्यालय सचिव विनोदबाबु रिमालले जानकारी दिनु भयो । गाउँ भेलालाई मर्यादित बनाउन क्षेत्र नं १ को लागी ताम्सालिङ राज्य सम्मेलन आयोजक समति सदस्य रामबहादुर भण्डारी संयोजक र ताम्सालिङ राज्य सम्मेलन आयोजक समिति सदस्य राजु नेपाल, क्षेत्र नं २ को लागी संयोजक राष्ट्रिय महादिवेशन आयोजक समिति सदस्य कल्पना धमला र ताम्सालिङ राज्य सम्मेलन आयोजक समति सदस्य धनबहादुर वुर्लाकोटी, क्षेत्र नं ३ को लागी ताम्सालिङ राज्य सम्मेलन आयोजक समिति सदस्य उत्तम कडेल संयोजक भए अनुसार उहाँहरु कार्य क्षेत्र पुगिसकेको पनि रिमालले बताउनु भयो । धादिङमा क्षेत्र नं.१ मा १५००, क्षेत्र नं.२ मा १२०० र क्षेत्र नं.३ मा १३०० गरी ४,००० पाटी सदस्य रहेको माओवादीले जनाएको छ । गाउँ भेला सकेर जिल्ला सम्मेलन गर्ने तयारीमा रहेको एमाओवादी राष्ट्रिय महादिवेशन सकेर मात्र जिल्ला सम्मेलन गर्ने स्थितिमा पुगेको छ ।

0 comments:
Post a Comment