Sunday, August 19, 2012


काभ्रे, भदौ ३ नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले पार्टीका सभापति सुशील कोइरालाकै कारण पार्टीमा विवाद बढेको अरोप लगाएका छन् । उनले कोइरालाको तानाशाह प्रवृतिका कारण पार्टी एक हुन नसकेको बताए ।  कोइरालाले आफ्नो पक्षलाई पेलेर आफूअनुकूल निर्णय गराउँदै आएको देउवाको आरोप छ । 
आज धुलिखेलमा पत्रकारहरुसँग कुराकानी गर्दै देउवाले पार्टीभित्र उत्पन्न विवादको मूख्य जड सभापति कोइराला नै भएको आरोप लगाएका हुन् । सभापतिले हरेक निर्णय पार्टी विधि र विधानविपरीत एकलौटी रुपमा गरिरहेको दाबी पनि देउवाले गरे । ‘हामीले त्यसविरुद्ध आवाज उठाएका हौ । सभापतिले नै विधि र विधान नमाने अरु कसले मान्छ ?’ कोइरालाप्रति आक्रामक हुँदै देउवाले भने । सहमतिबाट मात्रै पार्टी एक ढिक्का हुने भएकाले पार्टीलाई एकढिक्का बनाउने काममा लाग्न पनि उनले कोइरालालाई आग्रह गरे । 
 
अर्को एक फरक प्रसंगमा उनले मुलुकलाई संकटबाट मुक्ति दिलाउन राष्ट्रिय सहमतिको विकल्पमा जोड पनि दिए । केही दिनका लागि भएपनि संसद पुर्नस्थापाना गरी कानुनमा आवश्यक संसोधन गरेर निर्वाचानमा जानुपर्ने देउवाको भनाइ छ । 

Related Posts:

  • ठेक्का नपरेपछि हुलाक कार्यालय समस्यामा श्रावण २० धादिङबेसी । आर्थिक वर्ष २०६९/७० को लागि डाँक ढुवानीमा ठेक्का नपरेपछि जिल्ला हुलाक कार्यालय धादिङलाई चिठ्ठीपत्र ओसार पसारमा समस्या भएको छ । रकम थोरै भएको भन्दै जिल्लाको कुनै पनि यातायात व्यावसायी सघं ठेक्कामा सहभ… Read More
  • यसपालिको गाईजात्रे गीतिनाटक गाइजात्रा हास्यव्यङ्ग्य सप्ताहका रुपमा सात दिन मनाउने चलन छ। यसपालिको गाइजात्रा सप्ताहको पूर्वसन्ध्यामा मनोज गजुरेलको कोसेली  (सिंगो मञ्च राता ध्वजा पतकाहरुद्धारा सजाइएको छ । … Read More
  • नेविसंघको एघारौं महाधिवेशन पुसमा काठमाडौ, श्रावण १९ - कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ११ औं केन्द्रीय महाधिवेशन पुसको २५ देखि २७ गते गर्ने प्रस्ताव पार्टीको केन्द्रीय नेतृत्व समक्ष गरेको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्णको अध्यक्षतामा … Read More
  • धादिङका मिलनको ‘नेताजीको म्याद’ विमोचन१९ साउन, काठमाडौं । पत्रकार मिलन तिमिल्सिनाको हास्यव्यंग्य संग्रह ‘नेताजीको म्याद’ सार्वजनिक भएको छ । गाईजात्राको अवसरमा रेडियो अडियो र सिस्नुपानी नेपालले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको ‘बानेश्वरको गाईजात्रा’ कार्यक्रममा… Read More
  • जनमुक्ति सेनाहरुको जिल्ला भेला सम्पन्नधादिङ श्रावण १६ घाटबेसी । एकीकृत नेकपा माओदीको पुर्व जनमुक्ति सेनाको जिल्ला भेला सोमबार पिडाको घाटबेसीमा सम्पन्न भएको छ  । जिल्लाको विभिन्न गाविसमा छरिएर रहेको पुर्व जनमुक्ति सेनाहरुलाई एकताबद्ध बनाई जिल्लाको विकास निमार… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts