Saturday, June 2, 2012

धादिङबेसी जेष्ठ २० गते । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जातजातिको मुद्धाकै आधारमा एकिकृत नेकपा माओवादीले २ तिहाईको आशा राख्दै गैर कानुनी ढंगबाट संविधान सभा निर्वाचनको को मिति तय गरेकोले नेकपा एमालेलाई मान्य नभएको बताउनु भएको छ । उहाँले  संविधानसभाको निर्वाचन एक युगमा एक पटक मात्रै हुने भन्दै गौतमले अब राजनीतिक सहमति र गोलमेच सम्मेलन गरेर अघि बढ्नुपर्ने बताउँदै बाबुराम सरकारले तत्काल बाटो खुल्ला गर्नु पर्ने बताउनु भएको थियो  ।
प्रेस चौतारी नेपाल धादिङले आज धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गौतमले एमाले समेत माओवादीको भुलभुलैयामा पर्दा संविधानसभाको विघटन भएको बताउनुभयो । माओवादीले सर्वसत्तावाद लाद्नको लागि संविधानसभा विघटन गरेको आरोप लगाउनु भएका गौतमले ‘सहमति बाहेक अर्काे कुनै विकल्प छैन’ भन्नुभयो ।    
एमालेका आदिवासी जनजाति नेताहरुले पार्टी परित्याग गर्न लागेको स्विकार्दै उहाँले जनजाति नेताहरुले पार्टी कमिटिमा आफ्नो स्पष्ट कुरा नराखेको बताउनुभयो । देशमा कस्तो संघीय प्रणाली अपनाउने भन्ने विषयमा बहस भैराखेको अवस्थामा एमाले बहुजातीय साझा पहिचानको पक्षमा रहेको उहाँको भनाई थियो । ‘हामी बहुजातीय साझा पहिचानको पक्षमा छौं, गौतमले भन्नुभयो–एकल जातीय पहिचानमा जाँदा जातीय सद्भाव भड्कीने खतरा छ ।’
माओवादीले एकल जातीय कुरा उठाएर एमालेमा संकट ल्याएको आरोप लगाउँदै गौतमले त्यो रोग विस्तारै माओवादीमा पनि सर्ने बताउनुभयो । गौतम एमाले धादिङ अन्तर्गत तीन नम्वर इलाकाको आमसभामा सहभागीहुन धादिङ आउनुभएको हो ।

Related Posts:

  • नेविसंघको एघारौं महाधिवेशन पुसमा काठमाडौ, श्रावण १९ - कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ११ औं केन्द्रीय महाधिवेशन पुसको २५ देखि २७ गते गर्ने प्रस्ताव पार्टीको केन्द्रीय नेतृत्व समक्ष गरेको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्णको अध्यक्षतामा … Read More
  • ओलम्पिकमा नेपालको प्रतिस्पर्धा बुधबारबाटएजेन्सी/ सुटिङकी खेलाडी स्नेहा राणा बाहिरिएपछि अन्य नेपाली खेलाडीले आगामी बुधबारबाट लन्डन ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । आगामी अगस्ट १ मा बेलायतको लण्डनमा स्थानिय समयअनुसार बिहान १० बजे पौडीकी श्रेया धितालले प्रतिस्पर्ध… Read More
  • धादिङका मिलनको ‘नेताजीको म्याद’ विमोचन१९ साउन, काठमाडौं । पत्रकार मिलन तिमिल्सिनाको हास्यव्यंग्य संग्रह ‘नेताजीको म्याद’ सार्वजनिक भएको छ । गाईजात्राको अवसरमा रेडियो अडियो र सिस्नुपानी नेपालले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको ‘बानेश्वरको गाईजात्रा’ कार्यक्रममा… Read More
  • जनमुक्ति सेनाहरुको जिल्ला भेला सम्पन्नधादिङ श्रावण १६ घाटबेसी । एकीकृत नेकपा माओदीको पुर्व जनमुक्ति सेनाको जिल्ला भेला सोमबार पिडाको घाटबेसीमा सम्पन्न भएको छ  । जिल्लाको विभिन्न गाविसमा छरिएर रहेको पुर्व जनमुक्ति सेनाहरुलाई एकताबद्ध बनाई जिल्लाको विकास निमार… Read More
  • ठेक्का नपरेपछि हुलाक कार्यालय समस्यामा श्रावण २० धादिङबेसी । आर्थिक वर्ष २०६९/७० को लागि डाँक ढुवानीमा ठेक्का नपरेपछि जिल्ला हुलाक कार्यालय धादिङलाई चिठ्ठीपत्र ओसार पसारमा समस्या भएको छ । रकम थोरै भएको भन्दै जिल्लाको कुनै पनि यातायात व्यावसायी सघं ठेक्कामा सहभ… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts