धादिङ, जेष्ठ २९ मलेखु ।
राजमार्ग सडक वरपरका होटल/ रेष्टुरेन्ट तथा भोजनायका खाद्य व्यावसायीलाई खाद्य स्वच्छता सम्बन्धी ३ दिने तालिम आजबाट मलेखुमा सुरु भएको छ । अखाद्य वस्तु विक्रि वितरण भएको जन गुनासो सुनिन थाले पछि माछाको प्रख्यात स्थल मलेखु बजारमा नेपाल सरकार कृषि विकास मन्त्रललय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो तालिम आयोजना गरेको हो । तालिममा बलेखु बजार का साना÷ठुला २० होटल/रेष्टुरेन्ट व्यावसायीहरु सहभागी रहेका छन् । तालिम उद्घाटन कार्यक्रमा बोल्दै वरिष्ठ जिल्ला कृषि विकास अधिकृत नीलकण्ठ पोखरेलले धादिङको विशेष राजमार्ग क्षेत्रका होटल व्यावसायीहरुले खाद्य प्रविधि र खाद्य सुरक्षालाई ध्यान दिनु पर्ने बताउननु भउको थियो । उहाँले काठमाडौ प्रवेस नाका धादिङ स्थित राजमार्ग आसपासका होटलहरुले जनविश्वास श्रृजन गर्न सके होटल व्यवसायको आम्दानीको राम्रो श्रोत भएको बताउनु भएको थियो । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मधुसुधन थापामगरले सर्वसाधरण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न खाद्य पदार्थमा अवान्छनीय मिसावट रोक्न तालिमको आयोजना गरिएको बताउनु भएको थियो । धादिङको सहयक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

0 comments:
Post a Comment