Monday, June 11, 2012

सागर कुँवर, सल्लहाकार अखिल(छैठौं), बागलुङ
 नेपाली जनताको करिब ६ दशक लामो त्याग र तपश्याको परिणाम थियो संविधान सभा । संविधान सभाको काम थियो नया“ संविधान को निर्माण गर्नु तर विडम्वना देशले नया संविधान पाउन सकेन, यो राष्ट्रको लागि गम्भिर प्रकारको क्षति हो । अहिले कतिपय राजनितिक दल तथा विभिन्न व्यतीहरुले यसलाई सामान्य रुपमा लिएका छन तर यसको परिणाम अत्नतै धातक हुने कुरामा कुनै शंका छैन । सबै राजनितिक दलहरु जसले संविधान सभाको चुनावमा आफ्नो घोषणा पत्रका साथ चुनावमा गएका थिए र जनताहरु संग नया संविधान बनाउने सपनाहरु बडिरहेका थिए । तर आज उनिहरु संविधान बनाउन असफल भए्रका छन । पहिलो त के कुरा सत्य हो भने उनिहरुले जनताको अगाडि गरेको वाचा पुरा गर्न असमर्थ वा असक्षम नै भए भने देशलाई कुने प्रकारको राजनितिक  निकास दिन पनि सकेका छैनन् । सम्पूर्ण नेपाली जनताको चाहाना के थियो भने नया संविधान आउने छ , देशले अग्रगमनको बाटो लिनेछ, आफ्ना हक अधिकारहरु संविधानमा सुरक्षित हुनेछन , देशले विकाश निर्माणको बाटो लिनेछ, नेपाल एउटा समृद राष्ट्र बन्नेछ,  भन्ने जनताको जुन आशा र विश्वास थियो त्यो जनताको आशा र विश्वासमाथि गम्भिर कुठराधात भएको छ । नया संविधान संगेै गणतन्त्रको उत्सव मनाउन आतुर नेपाली जनताको आकाङक्षामाथि आफुलाई शिर्ष नेताको पगरी गुथाउनेहरु बाट नै भयानाक हमला भएको छ र देशलाई अधिनायकवादको बाटो तर्फ हिडाउने हर्कतहरु देखिएका छन । फेरी पनि जनतालाई ललिपप देखाएर जनतालाई भोट ब्याङकको रुपमा प्रयोग गर्ने अनि जनताको लागि निराशा भन्दा अरु केहि नदिने प्रपञ्चहरुको थालनि देशमा भैसकेको छ ।
    संसारका बिभिन्न देशहरुमा बिभिन्न किसिमले संविधानहरु ीनर्माण गरिएका छन  । नेपालमा ऐतिहासिक संविधान सभा बाट नै संविधान बनाउने संकल्प केवल देखावटी मात्र भयो । अन्तिम अवश्था सम्म कम्तिमा पनि गणतन्त्र संस्थागत गर्ने हिसावले पनि संविधान जारी गर्न सक्ने अवस्था थियो तर जातिवाद तथा क्षेत्रियतावादको हावा चर्को लाग्यो । विदेशी शक्तिकेन्द्रको अगाडि कथित नेताहरु नतमस्तक भए , जनताको माया, ममता, भावाना, ईच्छा आकाङक्षा, चाहाना भन्दा विदेशी शक्तिका डलर, यूरो र भारु नै प्यारो भयो र अन्तत संविधान सभाको दाहसंस्कार गरियो त्यो पनि संविधान सभालाई तडपाई तडपाई मारियो । नेपाली जनताको आशा माथि तुसरापात भयो ।
    नेपालमा संविधान नबन्नुमा प्रमुख दोषी भनेको माओवादी नै हो । माओावादीका साथसाथै जातिवादी तथा क्षेत्रियतावादीरु शक्तिहरुका क्रियाकलाप पनि संविधान बन्ने अन्तिम प्रक्रियामा ठुलो बाधक बने । एमाले र कांग्रस ले पनि सहि समयमा कुनै निर्णय गर्न सकेनन् । उनिहरुको पनि कम हात छैन संविधान नबन्नुमा । एकातिर मधेसवादी दलहरुलाई भारत ले उचालेर एक मधेस प्रदेश बाट विचलित हुन दिएन भने अर्का तर्फ बिभिन्न एन जि ओ तथा आई एन जि ओ हरुले बिभिन्न जातिवादी संघसंस्थालाई उचालेर त्यही संविधान निर्माणको प्रक्रियामा गम्भिर प्रकारको अवोरोध पराए । सरकार संग माग गर्नु नाजायज होईन तर माग कति बेला कुन प्रकारको माग गर्ने त्यो सामान्यता मागकर्तालाई हेक्का हुनुपर्ने हो तर नेपालको भोलीको भविष्य के होला कसैले सोचेन केवल मागहरु मत्र तेरसाईय । प्रत्येक नागरिकलाई यो हेक्का हुनु पर्यो कि माग गर्ने समयमा आफ्नो कर्तव्यको पनि पालाना गर्नु पर्छ ।
    अहिले राजनितिक दलहरु एक आपासमा दोषारेपण गरेर आत्मसन्तुष्ट हुने र कार्यकर्ताहरुलाई यो त्यो प्रकारले भ्रम छर्ने काम गरेका छन । अहिलेको परिस्थिती जटिल छ, समयमा सहि प्रकारको निर्णय नगर्दा देश गम्भिर दुर्घटनामा परेको यथार्थलाई प्रत्येक राजनैतिक दलहरुका कार्यकर्ताहरु ले समयमा नै बुझ्नु पर्दछ अन्यथा देशमा लामो समय सम्म पनि संकटको समाधान हुनेछैन । यहा“ सबैले बुझ्न अनिवार्य यो छ कि संघीयताको कारण नै संविधान बनेन । संघीयतामा पनि जनतालाई कति अधिकार दिने भन्ने सम्म कुराहरु नगरेर केवल जातजातिलाई उचाल्ने काम मात्र गर्यो संघीयताले । संघीयतावादीहरुलाई के हेक्का हुनु जरुर छ भने जनतालाई भोट ब्याङकको रुपमा प्रयोग गर्नु क्षणिक रुपमा त उनिहरुलाई फाईदा होला तर त्यसको दिर्धकालिन राजनीतिक क्षति कति हुनेछ ? ४÷४ वर्ष सम्म पनि संविधान जनतालाई नदिई ०६९ जेठ १४ गते मध्यरातमा प्रधानमन्त्रि वाबुराम भटराई ले अन्तरीम संविधानको मर्म र भावाना विपरीत सहमतिय राजनीतिलाई भंग गरेर असंवैधानिक प्रकारले सम्पूर्ण कार्यकारी अधिकार मन्त्रिपरिषदमा निहित रहने भन्दै मंसिर ७ गते पुन संविधान सभाको निर्वाचनको मिति तोकेका छन त्यो माओवादी भित्र मौलाउदै गएको अधिनायकवादी सोच चिन्तनको पराकाष्ठ हो । त्यसको हेक्का अहिले नै हुनुपर्दछ । 
    नया“ संविधान मार्फत गणतन्त्रको सुदृढीकरण, राष्ट्रियताको रक्षा गर्नको सट्टा आज सत्तासिनहरु  गणतन्त्रलाई धरापमा पारेका छन ।  राष्ट्रियतामाथि सौदावाजी गर्दै नेपाली आमालाई पोईल पठाएर जारी बुझ्न तल्लीन छन । हामी यस्ता राष्ट्रघाती गलत क्रियाकलापका विरुद्ध खबरदारी गर्न आम युवा विद्यार्थी वर्ग सचेत र संगठित हुदै विखण्डनवादको विरुद्धमा पुन सडकमा जानु पर्ने अवस्था सृजना भएको छ । यदि हामी यो सन्र्दभमा हाम्रो का“धमा आएको जिम्मेवारीबाट उम्कन खाज्यौ भने इतिहा“सले हामीलाई माफी दिने छैन ।  संघीयताका विरुद्धको आन्दोलन पछि पर्यो भने मुलुक टुक्रा टुक्रा हुनेछ । मुलुकले नया“ संविधान अझै पाउने छैन र प्रतिगामीहरु यहा“ हालीमुहाली गर्नेछन । त्यो प्रतिगमन ले फेरी टाउको उठायो भने त्यसका विरुद्धमा संघर्ष गर्न , जनतालाई सचृत बनाउन लामो समय लाग्ने छ ।
    जनतालाई त नया संविधान चाहिएको हो न कि एक आपासमा कुर्तकहरुको बेमौसमी वाजा । आज माओवादी अब देशमा एक प्रकारको अधिनायकवादी (ब्यवस्था जुन फासिस्ट ब्यवस्था हुनेछ ) ब्यवस्थाको अभ्यास गर्न खोज्दैछ तर माओवादी लाई राम्रो संग हेक्का रहोस कि त्यो केवल दिवा सपना मात्र हुनेछ । आफुलाई संविधान सभाको ठेक्दार बताउने तर आफैले संविधान सभाको घा“टी अठाएर मार्ने , यस प्रकारको नौटङकी नाटकलाई एउटा सामान्य राजनीतिक कार्यकर्ताले अवश्य बुझ्छ । तर कसैलाई देवत्वकरण गरेर गलत बिचारको पछाडि दौडने हो भने त्यो कार्यकताको पनि कुनै अर्थ छैन । कार्यकर्ताहरुले आफ्नो दलले गलत गर्दा गलत भन्न नसक्ने हो भने हाम्रो देशको मुहार फेरीने आशा आशा मात्र हुनेछ । जनतालाई संविधान दिने बाचा गरेर संविधान दिन नसक्ने असक्षमहरु लाई जनताको अगाडि अब मत माग्ने कुनै अधिकार छैन । जनताको संविधान बनाउन गएका सभासदहरुलाई उनिहरुको अधिकार बाट वञ्चित गरेर देशलाई द्धन्द्ध र संकटमा फसाउने कथित शिर्ष नेताहरुलाई त अब खास भन्ने हो भने राजनीति गर्ने नैतिक अधिकार छैन । खोई हाम्रो संविधान ? खोई जनताको अधिकार ? संविधान नै बनाउन नसक्ने असक्षमहरुले अब फेरी संविधान सभाको नाटक नगर्दा नै उत्तम हुनेछ ।   revoltnepal@gmail.com

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts