अनिल शर्मा ‘विरही’ |
Showing posts with label विचार. Show all posts

Wednesday, September 10, 2014
- 10:53 PM
- newsdhading
- विचार
- No comments
Friday, November 9, 2012
- 11:39 PM
- newsdhading
- विचार
- No comments
|
नेपाली कांगे्रसभित्र सुवर्ण शमशेरको योगदान बिस्तारै अेाझेलमा पर्दै गएको
छ । समकालीन अवस्थामा सुवर्ण शमशेरको योगदान निकै सान्दर्भिक छ । राजनीतिक
चेतना र सुझबुझका कारण राजनीतिक संगठन बिना निरंकुश राणाशासनको अन्त गरी
प्रजातन्त्र स्थापना गर्न सकिंदैन भन्ने उनको बुझाइ थियो । त्यसकारण उनले
२००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसमा सहभागी नभई सशस्त्र
संघर्षको मूल उद्देश्य लिई २००५ सालमा नेपाल प्रजातन्त्र कांग्रेसको
स्थापना गरेका थिए । उनकै दलले जनमुक्ति सेना गठन गर्ने र हतियार संकलन
गर्ने कार्यलाई प्राथमिकता दिएको थियो ।
राणातन्त्रलाई समाप्त पारेर देशमा प्रजातन्त्र स्थापना गर्न सशस्त्र क्रान्ति आवश्यक रहेको ठहरमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस नजिक हुँदै गए । अन्ततः २००६ को चैत २७ गतेदेखि कलकत्तामा दुबै दलको संयुक्त अधिवेशन बोलाइयो । त्यही अधिवेशनले दुई दलको एकीकरण गरी विधिवत रूपमा नेपाली कांग्रेसको गठन गर्यो । अनि नेपाली कांग्रेस पूर्णरूपले सशस्त्र क्रान्तिको तयारीमा जुट्यो । २००७ असोज १० र ११ गते भारतको बैरगनियामा सम्पन्न नेपाली कांग्रेसको सम्मेलनले सशस्त्र क्रान्ति गर्ने निर्णयलाई विधिवत अनुमोदन गर्यो । २००७ कात्तिक ५ र ६ गतेको मध्यरातमा जनमुक्ति सेनाले वीरगन्ज कब्जा गर्यो । २००७ फागुन ७ गते देशमा प्रजातन्त्रको घोषणासंँगै गठन भएको संयुक्त सरकारमा सुवर्ण शमशेर अर्थमन्त्री थिए । प्रजातन्त्रको स्थापनापछि सर्वप्रथम २००८ माघमा अर्थमन्त्रीको हैसियतले उनले नै पहिलो बजेट प्रस्तुत गरेका थिए ।
२०१२ माघमा वीरगन्जमा सम्पन्न महाधिवेशनले सुवर्ण शमशेेरलाई सभापतिमा निर्वाचित गर्यो । २०१५ सालको पहिलो आमचुनावमा १०९ स्थानमध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल गरेको थियो । त्यसमा सुवर्णले बाराको मध्यउत्तर क्षेत्र नं. ५२, पर्साको पूर्व क्षेत्र नंं. ५३ र गुल्मीको दक्षिण-पश्चिम क्षेत्र नंं. ९१ समेत तीन ठाउँबाट चुनाव जितेका थिए । चुनावपछि राजा महेन्द्र सुवर्ण शमशेर प्रधानमन्त्री बनुन् भन्ने चाहन्थे । यस्तो चर्चा चलिरहँदा बीपी कोइरालाले उनलाई प्रधानमन्त्रीका लागि 'अफर' पनि गरे, तर सुवर्णले उक्त प्रस्ताव स्विकारेनन् । २०१६ बैसाख १ गते सुवर्ण शमशेरकै ललिता निवासमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति, संसदीय समिति र प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको संयुक्त बैठक बस्यो । बैठकमा सुवर्ण शमशेरले संसदीय दलको नेतामा बीपी कोइरालाको नाम प्रस्ताव गरेपछि गणेशमान सिंहले त्यसको समर्थन गरे । त्यसपछि संसदीय दलको उपनेतामा गणेशमान सिंहले सुवर्ण शमशेरको नाम प्रस्ताव गरे । २०१६ जेठ १३ गते बीपीले पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा सपथ लिने अवसर पाए । उक्त मन्त्रीमण्डलमा सुवर्ण शमशेरले उपप्रधानमन्त्रीका साथै अर्थ, आयकर र योजना विकास मन्त्रीको कार्यभार सम्हालेका थिए । सोही साउन २५ गते उनले वाषिर्क बजेट पेस गरे । २०१६ चैत ३० देखि सुवर्णले नै भारु १०० को नेरु १६० विनिमय दर कायम गराएका थिए । नेपाली कांग्रेसको जननिर्वाचित सरकारको गठनपश्चात २०१६ असार २७ गते त्रिभुवन विश्वविद्यालय ऐनको तर्जुमापश्चात सुवर्ण शमशेर उक्त विश्वविद्यालयको पहिलो उपकुलपति बने ।
२०१७ पुस १ गते राजा महेन्द्रले सैन्यबलका आधारमा शासन हत्याउँदा उनी देशबाहिर थिए । सोही माघमा भारतको पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाएका थिए । सम्मेलनले 'यो तुफान आउनुभन्दा अघिको शान्तिमात्र हो' भन्ने निष्कर्ष निकाल्दै प्रजातन्त्र पुनःस्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो । महेन्द्र नेतृत्वको निर्दलीय सरकारले सुवर्णको भव्य ललिता निवास जफत गर्यो । बालुवाटारस्थित उक्त निवासमा अहिले राष्ट्रबैंक रहेको छ । राजाको तानाशाही बढेपछि कांग्रेसका धेरै कार्यकर्ता भारत प्रवासमा जान बाध्य भए । तिनको विदेशी भूमिमा बिचल्ली हुनथालेपछि सुवर्णको काँधमा फेरि तिनको भरणपोषणको थप दायित्व पनि पर्यो । तर त्यसलाई उनले राम्रैसँग व्यवस्थापन गरे । त्यतिमात्र होइन, २०१८ सालको सशस्त्र क्रान्तिका लागि उनले कलकत्ताको आफ्नो निजी सम्पत्ति र घरसमेत बिक्री गर्नुपर्यो । ८ वर्षको निर्वासित जीवनपश्चात २०२५ सालमा उनी स्वदेश फर्के । जुन बेला बीपी, गणेशमान लगायत नेता/कार्यकर्ता पनि मेलमिलापको नीति अन्तर्गत नेपाल फर्केका थिए ।
२००७ सालमा प्रजातन्त्र स्थापना र २०१८ सालमा राजाद्वारा अपहरित प्रजातन्त्र पुनःस्थापनाका निम्ति उनी सशस्त्र क्रान्तिको नेतृत्व तहमा रहेर भूमिका निर्वाह गरेका थिए । त्यसपछि बीपी र उनीबीच पार्टी सञ्चालनबारे छलफल भयो र २०३४ कात्तिकमा पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाइयो । त्यही सम्मेलनले किसुनजीलाई सभापतिमा चयन गर्यो । त्यसै महिनाको २४ गते सुवर्ण शमशेर जबराको कलकत्तामा निधन भयो ।
खान्दानी सुखसयललाई त्यागी प्रजातन्त्रका लागि संघर्षशील सुवर्ण शमशेरले जीवनको अन्त्यसम्म सिद्धान्त र निष्ठाको राजनीति गरे । उनले राष्ट्र र पार्टीलाई जतिसक्दो मन-धन दुवै दिए, तर पार्टीले भने आफ्नै सभापतिलाई सम्झनेसम्म गरेन । कांग्रेसको इतिहासमै अति महत्व राख्ने वीरगन्ज महाधिवेशनले समाजवादी सिद्धान्तलाई अनुमोदन गर्दा सुवर्ण शमशेर सभापतिमा चुनिएका थिए । तर आज तिनै पार्टीका पूर्व सभापतिलाई भुल्नु भनेको कांग्रेसले आफैंलाई भुल्नु हो । (धादिङ नलाङ बलदेविथान निवासी दिनेश चन्द्र थपलिया हाल काठमाडौ बस्छन् । उनी नेपाली काँग्रस पार्टीका सक्रिय कार्यकर्ता हुन्)

Tuesday, June 26, 2012
- 6:36 PM
- newsdhading
- विचार
- No comments
विजय बुर्लाकोटी |
एकीकृत नेकपा माओवादी यतिखेर फुटेको छ । फुट आफैंमा पीडादायक हुन्छ । यो फुटको राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा चर्चा हुनु स्वभाविक हो । हामीले क्रान्तिको अभिभारा पूरा गर्न धेरै बाँकी छ । किनकी क्रान्ति सम्पन्न भएको छैन । मुक्ति र मृत्यूको कात्रो बाँधी वर्ग संघर्षको भट्टीबाट खारिएर जनता र राष्ट्रको नाममा खाएको कसम हजारौं नेता कार्यकर्ता, सहिद, बेपत्ता, घाइते, शुभचिन्तकहरुले क्रान्तिको लागि चुक्ता गरेको कोटा र जिम्मेवारी के विचलन, फुट र विसर्जनको मार्ग बन्न सक्छ ? अहिले बहस जुनसुकै कोण र रुपबाट व्यक्त भए पनि यो विचार र कार्यदिशा विकासको ऐतिहासिक आवश्यकतासँग जोडिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनले हाम्रै मौलिकतामा विचारको रक्षा, प्रयोग र विकास गर्न नसक्दा यी समस्या बेहोर्नुपरेको छ । नेपाली इतिहासमा जनयुद्धको तयारी र विकासको प्रक्रियामा भएका संघर्ष अनुभववाद र उदारवादसँग सम्बन्धित थिए भने शान्ति सम्झौता गणतन्त्रको घोषणापछि वर्तमानसम्म चलेको संघर्ष जडसुत्रवाद र संकिर्णवादसँग सम्बन्धित छन् । जडसुत्रवादीहरुले गतिशील र लचिलोपनाको विरोध गर्दछ । माक्र्सवाद भनेको लेख्ने, पढ्ने र दराजमा थन्कने चिज होइन । क्रान्ति सिद्धान्तलाई कण्ठ गरेर हुँदैन । आफूलाई बुज्रुक देखाएर अरुको सत्तोसराप गरेर पनि हुँदैन । क्रान्ति त माक्र्सवादको आधारभूत कुरालाई पक्रेर देशको परिस्थिति र अन्तरविरोधहरुलाई देशको राजनीतिक स्थिति र देखा परेका अन्तरविरोधहरुमा आधारित रहेर क्रान्तिको प्रक्रियालाई आफ्नो विशिष्टतामा लैजाने हो । संघर्षको बेला अनुभववादसँग संघर्ष हुनु र सम्झौताको बेला जडसुत्रवादसँग संघर्ष हुनु स्वभाविक प्रक्रिया हो । जहिले पनि विचार, कार्यदिशा र नेतृत्व विकास अनुभववाद र जडसुत्रवादसँग संघर्ष गर्दा नै सम्भव हुने गरेको छ । जनयुद्धको तयारी, घोषणादेखि यहाँसम्म आइपुग्दा गरिएको निर्णय, संघर्ष र कार्यान्वयन प्रक्रियाले पुष्टि गरिसकेको छ ।
लामो समयदेखि एनेकपा माओवादीभित्र अन्तसंघर्ष तिव्र बन्दै आएको थियो । आरोप–प्रत्यारोपले सिमा नाघिसकेको थियो । त्यो राजनीतिमा भन्दा पनि बार्गेनिङ, ईष्या र धम्कीपूर्ण आधारमा थियो । त्यसको परिणाम फुट घोषणा भएको छ ।
आज देश संविधानसभाको विघटनपश्चात ध्रुवीकृत बन्दै गइरहेको छ । पहिचानसहितको संघीयता र पहिचानबिनाको संघीयता, यसमा राजनीतिक हिसाबले मुद्दा हाम्रो सूचिमा छ । किरण समूहको बुझाई पनि समान नै छन् । तर पनि पार्टी किन फुटाउनु प¥यो ? अहिले पार्टीभित्र फुट्नुपर्ने कुनै वस्तुगत आधार छैन । विचार राजनीति र संगठनको हिसाबले पनि माक्र्सवादको सामान्य मर्यादालाई उल्लंघन गरेर जुन फुटको घोषणा भयो, यसबाट किरण समूह सिद्धान्त र व्यवहारबीचमा गम्भीर विचलन भएको पुष्टि गर्दछ ।
अध्यक्ष क.प्रचण्डबाट पार्टी एकताको प्रस्ताव आउँदा आउँदै बहस र छलफलबाट भागेर जनवादको अधिकतम् प्रयोग फुटको पक्षमा उभिन पुग्नुभयो । त्यो गम्भीर गल्ती थियो । अहिले फुटको कारण कार्यदिशा बनाइएको छ । पालुङटार बिस्तारित बैठकले तय गरेको कार्यदिशा कार्यान्वयनकै प्रक्रियामा पार्टी छ । त्यस मानेमा उनीहरुले लगाउँदै आएको आरोप गलत छ । कार्यान्वयनको प्रक्रियामा सामान्य कमीकमजोरी हुनसक्छन् । छलफल बहसद्वारा हल गर्न सकिन्छ । कार्यनीति र कार्यशैलीको श्रृंखलालाई रणनीतिक उद्देश्यसँग जोड्नु र नेतृत्वलाई आरोप लगाएर उम्कन खोज्नु क्रान्तिको पुनरावृत्तितिर लाग्नु हो । क्रान्तिको पुनरावृत्ति हुँदैन । क्रान्तिको विकास हुन्छ तर वैद्यजीहरु पुनरावृत्तितिर जाँदै हुनुहुन्छ । त्यसबाट उहाँहरु पेरु, बर्मा र मलाया बन्नेतिर जानुभएको छ । त्यसले अन्ततः विसर्जन हुने निश्चित छ ।
क्रान्ति आफैंमा मुक्ति र मृत्यूको द्वन्दात्मक सम्बन्ध हो । जब हामी मृत्यूलाई जित्दै जान्छौं, तब क्रान्तिकारी बन्दै जान्छौं । जब मुक्तिलाई जित्ने प्रयत्न गर्छौ, तब मृत्यूको छट्पटाहटमा रहन्छौं र अन्ततः विचारमा विचलित बन्छौं । जसरी मातृका, मणि र रविन्द्रको लाइनमा बैद्य समूह पुगेको छ ।
क.लेनीन भन्नुहुन्छ– ‘क्रान्तिको जमानामा सबभन्दा बढी लचिलोपनाको आवश्यकता हुन्छ । सिद्धान्तमा दृढता र व्यवहारमा लचकता क्रान्तिको विशेषता हो ।’ हामीलाई थाहा छ, संघर्षतिर जाँदा सिद्धान्तमा जोड दिनेहरुको कुरालाई प्राथमिकता दिनु र सम्झौतातिर जाँदा व्यवहारमा जोड दिनेहरुको कुरालाई प्राथमिकता दिनु वैज्ञानिक र वस्तुवादी अभ्यास हो । वैद्य विचार–समूहमा लामो समयदेखि बजारमा क्रान्ति खोज्ने मनोविज्ञान हावी बन्दै गएको थियो । पार्टी र नेतृत्वलाई खुइल्याउने र आफ्नो छटपटी ओकल्ने प्रवृत्ति थियो । त्यसले फुटमा विसर्जन ग¥यो । यो क्रान्तिको इतिहासमा थप गद्दारी हो । वहाँहरु जनयुद्ध र जनविद्रोहको कुरा गर्दै हुनुहुन्छ । ठोस योजना केही छैन । त्यसैले न त जनयुद्ध गर्न सक्नुहुन्छ । न त जनताको चाहना अनुसार शान्ति र संविधान निर्माणमा भूमिका निर्वाह गर्न सक्नुहुनेछ । मात्र यो झुण्डले प्रतिक्रान्तिकारी षड्यन्त्र र वितण्डा मच्चाएर नै सिद्धान्तको रक्षा र जनविद्रोहको पुष्टि गर्न सक्नुहुनेछ ।
क्रान्ति गर्न परम्परावादी चिन्तनबाट मुक्त हुन जरुरी छ । २१औं शताब्दीमा क्रान्ति सम्पन्न गर्न क्रान्तिका दस्तावेजहरु कण्ठ गरेर, संकिर्ण, जडसुत्रवादी बनेर के सम्भव छ ? रुसमा लेनिनले गर्नुभएको ब्रेस्तो सन्धी र चीनमा माओले गर्नुभएको छुङकिङ वार्ताबाट पाठ सिक्न जरुरी छ । जसले संविधानसभा विघटनमा षड्यन्त्र देख्छ, जसले शान्ति प्रक्रियालाई सहज बनाउन गरिएको सेना समायोजनलाई आत्मसमर्पण र विघटन देख्छ, जसले यो उपलब्धिसम्म ल्याइपु¥याउने १२ बुँदे सम्झौतालाई राष्ट्रिय आत्मसमर्पणको रुपमा देख्ने गरेको छ । वैद्य समूहले भुल्नु हुँदैन । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी र समानता प्राप्तिका आधार जनयुद्ध र कार्यान्वयनका आधार १२ बुँदे समझदारी नै हो । आज पार्टी र हामी शहर बजारमा स्रोत साधनको प्रयोग र परिचालन गर्न कसरी सम्भव भयो ? ठोस वस्तुको ठोस विश्लेषण गर्न नसक्दा आज वैद्य समूहले एनेकपा माओवादी र क.प्रचण्डलाई नवसंशोधनवादी, दक्षिणपन्थी र आत्मसमर्पणवादीको आरोप लगाउँदैछन् । त्यो नितान्त पूर्वाग्रही छ, तथ्यमा आधारित छैन । दिगो शान्ति र नयाँ संविधान निर्माण प्रक्रियालाई केही पनि होइन भन्ने र बेमौसमी जनविद्रोहको कुरा गर्ने रुसी लफ्फाजी बुखारिन, ट्राटस्की र रादेक भन्दा के फरक छ वैद्य समूह ?
त्यसैले उपलब्धिको विरोधी प्रवृत्ति एउटै हुनेछ । परिवर्तित वस्तुस्थिति नबुझीकन कण्ठ सिद्धान्तको कुरा गर्नेहरु क्रान्तिकारी जफ्फाजहरु हुन् । तिनीहरु वास्तवमा व्यवहारिक जीवनबाट भाग्न चाहने भगौडाहरुको झुण्ड हो । रुपमा क्रान्तिकारी देखाउने सारमा क्रान्तिबाट थाकिसकेको अभिव्यक्ति पनि हो । वैद्य पक्ष जीवनशील पक्षको विरोधी र मरणशील पक्षको समर्थक भएको कुरा इतिहासले पुष्टि गर्दछ । मोहनविक्रमको पिछलग्गु बन्नु नै उहाँहरुको नियति हो । किनभने वैद्य रुपमा द्वन्दात्मक भौतिकवादीको रुपमा स्थापित भए पनि सारमा अधिभूतवादी जडसुत्रवादको शिकार बन्दै आउनुभएको छ । २०४७ सालमा नेपालमा क्रान्तिकारी कम्युनिष्टहरुको एकताको प्रस्ताव आउँदा अस्वीकार गरेर होस् या २०४८ सालको चुनावमा भाग लिने कुरालाई अस्वीकार गरेर होस्, या २०५२ मा जनयुद्ध शुरु गर्ने बेला पनि अकर्मण्यता जाहेर गरेर होस्, यी परिघटनाले वहाँलाई जडसुत्रीय दार्शनिक सावित गरिदिएको छ । त्यसको पुष्टि अहिले बिनाकारण पार्टी फुटाएर गर्नुभएको छ ।
पार्टी निर्माण र फुट वस्तुगत आवश्यकता अनुरुप अगाडि बढ्ने हो । अहिले राजनीतिक आवश्यकता हामीले के गर्दा वस्तुगत रुपले क्रान्ति पूरा हुनसक्छ, हामी रुपान्तरण भएर कसरी अगाडि बढ्न सक्छौं ? यो महत्वपूर्ण कुरा हो । राजनीतिक दृष्टिकोणबाट हेर्दा पार्टी विभाजनको दोष आम जनसमुदाय र सहिद बेपत्ता परिवार, घाइते, आम कार्यकर्ताले वहाँहरुलाई दिनेछन् । क.लेनिन भन्नुहुन्छ– ‘पेट धेरै पचाउन योग्य छ, हामीले जे खाए पनि पच्छ । हामीले हाम्रो दिमागलाई पनि पेटकै रुपमा बुझ्न आवश्यक छ ।’ कम्युनिष्ट आन्दोलनभित्र यस्ता थुप्रै टुट फुटको अवस्था आउन सक्छन् । यसबाट धेरै किसिमका तर्क–वितर्क, आरोप–प्रत्यारोप लाग्न सक्छन्, त्यसलाई पचाउनुपर्छ । आगामी दिन सम्भावना र चुनौतीपूर्ण छ । पार्टीभित्र देखिएका समस्याहरुलाई राजनीतिक, वैचारिक, सांगठनिक, आर्थिक सबै हिसाबले पारदर्शिता र केन्द्रीकृत गर्न आवश्यक छ । पार्टीभित्र देखिने तमाम् प्रकारका गलत प्रवृत्तिलाई दण्ड र पुरस्कारको विधि अपनाउन पनि जरुरी छ । साथै, हामी भित्रको टुक्रे प्रवृत्तिलाई ध्वस्त पार्न र एकीकृत नेकपा माओवादीको गरिमालाई अझै माथि उठाउन भ्रममा पर्नुभएका सबै इमान्दार र क्रान्तिकारीहरु एकताबद्ध हुन आवश्यक छ । क्रान्तिको बाँकी अभिभारा पूरा गर्न आगामी विस्तारित बैठकले विचलन, फुट र विसर्जनवादीहरुलाई नांगेझार गर्दै सबै राष्ट्रवादी, देशभक्त, प्रगतिशील आदरणीय जनसमुदायलाई गोलबन्द गर्ने योजनासहित आफ्नो अभिभारा पूरा गर्न सफल हुनेछ ।

Sunday, June 17, 2012
- 6:13 PM
- newsdhading
- विचार
- No comments
– लेखनाथ ढकाल |
माओत्सेतुङ र उनले गरेको योगदानको विषयमा समकालीम अवस्थामा विश्वले त्यति ध्यान नदिएको जस्तो देखिए पनि पछिल्लो समयमा यो विषयमा धेरै अध्इयन हुने गरेका छन् । माअेत्सेतुहङको समयमा विज्ञान–प्रविधि र खास गरी सञ्चार क्षेत्र पश्चिमा पुजीवादीहरूको कब्जामा थियो । पुजीवादी खेमा उनलाई बदनाम गर्ने प्रयत्न गर्दथे । सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक क्षेत्रको अध्ययनमा माओत्सेतुङको योगदान ठूलो रहेको तथ्यलाई आज विश्वले स्वकार गरेको छ । समाज विज्ञानमा र दर्शनशास्त्रमा माओत्सेतुङको योगदानको विषयमा अझै जोज अनुसन्धान हुन आवश्यक छ । नेपालका कम्इुनिस्टहरूले माओ विचारधारा र माओवाद भन्ने गरेकोले यो पङ्तिकारले पनि माओत्सेतुङको बारेमा विभिन्न विद्वानको विश्लेषणहरूलाई ध्इानपूर्वक अध्ययन गरी रहेको स्मरण गराउनु शान्दर्भिक लागेको छ । वास्तवमा समाज विज्ञानलाई माओत्सेतुङले आधुनिक ज्ञानको प्रकाशमा हेर्न सक्नु भएको छ, धनी बनाउनु भएको छ । राज्य, राज्यसत्ता र समाज परिबर्तनको सिद्धान्तको आधुनिक संस्करण माओत्सेतुङको योगदान हो भन्न सकिन्छ, यसको प्रत्यक्ष प्रमाण हालको चीन हो ।
प्रोफेसर एडवार्ड फ्रेडमेनले आप्mनो पुस्तक “आइन्स्टाइन एण्ड माओ ः मेटाफर्स अफ रिभोलुसन” मा सन् १९५५ देखि माओत्सेतुङले आइन्स्टानीयन चेतनाको आधारमा उनका क्रान्तिका घटना र चिनीया राजनीतिलाई विश्लेषण गर्न थालेको कुरा उल्लेख गरेका छन् । मानव चेतनाको विकासमा क्रान्तिकारी परिवर्तन आएको र यसका लागि अल्बर्ट आइन्स्टाइनको योगदानलाई कदर गर्दै आइन्स्टानीयन युग भनिएको हो । प्रकृतिमा निरपेक्ष मानिएको समय पनि सापेक्ष रहेको रहश्य खुलेपछि सम्पूर्ण प्रकृति बोधगम्य हुन सकेको युगलाई आइन्स्टानीयन काल भनिएको हो, पहिलो युगलाई न्युटनीयन काल भनिन्छ । दार्शनिक ज्ञानको सिद्धान्तको आधारमा न्युटनीयन युगलाई क्लासिकल युग र पछिल्लोलाई आधुनिक युग पनि भन्ने गरिएको छ । कार्ल माक्र्स, एङ्गेल्स, लेनिन आदि न्युटनीयन कालका दार्शनिक हुन । अल्बर्ट आइन्स्टाइन, मैक्स प्लेङ्क, माओत्सेतुङ आदि आइन्स्टानीयन कालका आधुनिक दार्शनिक हुन । सम्पूर्ण प्रकृति, विश्व ब्रम्हाण्ड, मानव समाजको गति, परिबर्तन आदि कुरालाई नयाँ चेतनाबाट अध्ययन र विश्लेषण गर्न सम्भव हुन थालेकोले आइन्स्टानीयन चेतनाले मानवलाई प्रकृति विजयको दिशामा पु¥यायो । अन्तरिक्ष प्रविधि, आधुनिक सञ्चार प्रविधि, आणविक शक्तिको पहिचान र उपयोग, उच्च गतिको मेकानिक्स आदि आइन्स्टानीयन चेतनाका उपज हुन । ज्ञानको विकासमा आएको क्रान्तिले मानव चेतनालाई चरम उत्कर्षमा पु¥यायो । अधिल्ला उपलब्धीलाई आधार मानेर अगाडिको नयाँ क्षितिजमा पुग्ने बाटो तय गर्नु आइन्स्टानीयन बाटो हो । सामाजिक क्रान्तिमा माओत्सेतुङ र ज्ञानको क्रान्तिमा आइन्स्टाइनले यही बाटोको उपयोग गरेको प्रोफेसर फ्रेडमेनको पुस्तकको निश्कर्ष हो, यद्यपि उहाँले घटनाका विविध आयामका विश्लेषण गरेका छन् ।
विश्व ब्रम्हाण्ड र प्रकृतिलाई न्युटनीयन स्तरको चेतनाले पूर्णरूपमा बोधगम्यतामा लिन सकेको थिएन । प्रकृतिका धेरै घटनाहरूलाई व्याख्या गर्न सकिएको थिएन । बैज्ञानिकहरूले नयाँ तथ्यहरूको आविश्कार गरी रहेका थिए । निल बोरले आणविक संरचनाको नयाँ सिद्धान्त प्रकासमा ल्याए । हिजेनवर्गको अनिश्चितताको सिद्धान्त, लरेन्ज र मिन्कोभ्स्कीको चार आयामिक गणितीय सिद्धान्त र अन्य बैज्ञानिकका योगदानबाट प्रकृतिका नयाँ रहश्यको बोधगम्यता नजिकिदै थिए । विद्युत शक्तिको रहश्यलाई व्याख्या गर्न नसकिएको अवस्थामा नै लेनिनको मृत्यु भयो । विद्युत–चुम्बकीय शक्तिलाई गणितीय भाषामा अभिव्यक्त गरिएका मैक्सवेलका सिद्धान्तको तथ्यपरक अभिव्यक्तिको भेद खुल्ने अवस्था रहेको थियो । विद्युत शक्तिको बारेमा बैज्ञानिकका तर्कलाई लेनिनले “विज्ञान साहित्य” भनेर आलोचना गर्नु भएको थियो(क्रिटिसिज्म अफ डाइलेक्टिक मटेरियलिज्म, मास्को) । दुर्भाग्यः अल्पआयुमा लेनिनको मृत्यु भएको दुई वर्षमा नै विद्युत शक्तिको बारेमा बैज्ञानिकहरूले अघि सारेका तथ्यहरूको यथार्थता प्रमाणित भयो । दार्शनिक क्रान्तिको नयाँ चरण यहीबाट सुरू भएको थियो । यदि लेनिन दशवर्ष बढी बाच्नु भएको भए, दर्शनलाई समृद्ध बनाउन लेनिनले ठूलो योगदान गर्नु हुने थियो भन्ने विश्वास लिन सकिन्छ । लेनिनले जुन योगदान पु¥याउनु हुन्थ्यो, कतिपय कुरा आजसम्म पनि पुरा हुन सकेका छैनन् भन्न सकिन्छ । एउटा दार्शनिकका रूपमा लेनिनले समकालीन बैज्ञानिकका आविश्कारहरूमाथि गहन चिन्तन–मनन गरी आप्mनो प्रतिक्रिया व्यक्त गर्ने विलक्षण प्रतिभाको फलस्वरूप नै दर्शन शास्त्रको विकासमा योगदान पु¥याउन सकेको सहजै बुभ्mन सकिन्छ । सन् साठीको दशकपछि युरोपका विश्व विद्यालयबाट चीनको अध्ययन मिसनमा स्कलरहरू लगातार चीनमा आउन थाले । इजराइलका नोवेल बैज्ञानिकको नेतृत्वमा आएको समुहले आधुनिक क्वाण्टम सिद्धान्तको आधारमा प्रकृति, विश्व ब्रमाण्ड र मानव समाजको गतिशीलतालाई विश्लेषण गर्ने क्षमता माओत्सेतुङमा रहेको अनुभूति गरेको थियो । बैज्ञानिक तथा प्राज्ञहरूको सो समुहले बीसौ सताब्दीका महान दार्शनिक भनेर माओत्सेतुङलाई सम्मान गरेको थियो । माओत्सेतुङ एक कुशल र शक्तिशाली नेता मात्र नभएर आधुनिक दर्शनका ज्ञाता रहेको कुरा “आइन्स्टाइन एण्ड माओ ः मेटाफर्स अफ रिभोलुसन” मा प्रोफेसर एडवार्ड फ्रेडमेनले धेरै तथ्यहरू उजागर गरेका छन् । स्मरणीय छ कि प्रोफेसर फ्रेडमेन चीनीया अध्ययन मिसनमा लामो समय अनुसन्धान कर्ता रहेका थिए ।
मानव चेतनाको समग्र अवस्थालाई संस्कार र संस्कृतिको रूपमा लिने आधुनिक मानवशास्त्रले आइन्स्टानीयन युगमा उच्च विकास गरेको छ । सभ्यता, संस्कृति, आर्थिक गतिविधि, प्रविधिको उपयोग यी प्रक्रियाहरूलाई एकअर्कासंग छुट्याएर हेर्न नसकिने तथ्यलाई गहिरोसंग मनन नगरी यथार्थबाट स्वयं मानव समाजलाई पनि बुभ्mन सकिदैन । लामो अध्ययन, गहिरो चिन्तन–मनन, यथार्थ ज्ञानको बोध गर्ने विषयमा मिहेनत नगरीकन सामान्य र सतही ज्ञानको भरमा नयाँ सिद्धान्त पस्कने कुरा वास्तवमा अग्रगामी हुन सक्दैन । चार आयामिक फ्रेमले कुनै घटनाको ठिक अवस्थाको जानकारी दिने आधुनिक गणितको वास्तविकताले नै प्रकृतिलाई बोधगम्य बनाएको हो । सिद्धान्त र व्याख्या एउटा हुने तर घटना अन्यन्त्र नै रहने कुरालाई बैज्ञानिक मान्न सकिदैन । अतः प्राप्त मानव चेतना र प्रविधिको उचित उपयोग गरेर समस्याको पहिचान तथा उचित दिशा निर्देश पहिल्याउनु माओवाद हो भन्न सकिन्छ ।
माओवाद माक्र्सवादको आधुनिक अभिव्यक्ति हो । समाजको संरचना, सामाजिक गति र परिबर्तनका बारेमा आधुनिक चेतनाको सापेक्षमा व्याख्या गर्नु माओवाद हो । काल्र्स माक्र्स र लेनिनले आप्mनो कालमा प्रस्तुत गरेका प्रस्तावनाहरूलाई माओत्सेतुङले आधुनिक कालमा परिस्कृत पार्न सक्नुलाई प्रोफेसर फ्रेडमेनले आइन्स्टाइनसंग तुलना गरेका हुन । हुन त माओ र आइन्स्टाइनको बीचमा भेटघाट र कुराकानी भएका कुरालाई पनि उनले आप्mनो पुस्तकमा उल्लेख गरेका छन । “बन्दुकको नालबाट राज्यसत्ताको जन्म हुन्छ” भन्ने भनाई राज्यसत्ता समाजको शक्ति केन्द्र रहेको र यसको हस्तान्तरणको रहश्यको सिद्धान्त हो । यो दार्शनिक सिद्धान्तको अभिव्यक्तिलाई केवल बन्दुक र आतङ्कको प्रसङगले मात्र हेर्ने गरिएको जस्तो देखिन्छ । वास्तवमा माओले बजारमा लिइने यस्तै हल्का र सतही अर्थको कुरा मात्र गरेका हुन त । गहन चिन्तन मनन गरेर मात्र माओवाद र यसले दिशानिर्देश गरेको यथार्थ बुभ्mन सकिन्छ ।

Monday, June 11, 2012
- 5:29 AM
- newsdhading
- विचार
- No comments
सागर कुँवर, सल्लहाकार अखिल(छैठौं), बागलुङ |
नेपाली जनताको करिब ६ दशक लामो त्याग र तपश्याको परिणाम थियो संविधान सभा । संविधान सभाको काम थियो नया“ संविधान को निर्माण गर्नु तर विडम्वना देशले नया संविधान पाउन सकेन, यो राष्ट्रको लागि गम्भिर प्रकारको क्षति हो । अहिले कतिपय राजनितिक दल तथा विभिन्न व्यतीहरुले यसलाई सामान्य रुपमा लिएका छन तर यसको परिणाम अत्नतै धातक हुने कुरामा कुनै शंका छैन । सबै राजनितिक दलहरु जसले संविधान सभाको चुनावमा आफ्नो घोषणा पत्रका साथ चुनावमा गएका थिए र जनताहरु संग नया संविधान बनाउने सपनाहरु बडिरहेका थिए । तर आज उनिहरु संविधान बनाउन असफल भए्रका छन । पहिलो त के कुरा सत्य हो भने उनिहरुले जनताको अगाडि गरेको वाचा पुरा गर्न असमर्थ वा असक्षम नै भए भने देशलाई कुने प्रकारको राजनितिक निकास दिन पनि सकेका छैनन् । सम्पूर्ण नेपाली जनताको चाहाना के थियो भने नया संविधान आउने छ , देशले अग्रगमनको बाटो लिनेछ, आफ्ना हक अधिकारहरु संविधानमा सुरक्षित हुनेछन , देशले विकाश निर्माणको बाटो लिनेछ, नेपाल एउटा समृद राष्ट्र बन्नेछ, भन्ने जनताको जुन आशा र विश्वास थियो त्यो जनताको आशा र विश्वासमाथि गम्भिर कुठराधात भएको छ । नया संविधान संगेै गणतन्त्रको उत्सव मनाउन आतुर नेपाली जनताको आकाङक्षामाथि आफुलाई शिर्ष नेताको पगरी गुथाउनेहरु बाट नै भयानाक हमला भएको छ र देशलाई अधिनायकवादको बाटो तर्फ हिडाउने हर्कतहरु देखिएका छन । फेरी पनि जनतालाई ललिपप देखाएर जनतालाई भोट ब्याङकको रुपमा प्रयोग गर्ने अनि जनताको लागि निराशा भन्दा अरु केहि नदिने प्रपञ्चहरुको थालनि देशमा भैसकेको छ ।
संसारका बिभिन्न देशहरुमा बिभिन्न किसिमले संविधानहरु ीनर्माण गरिएका छन । नेपालमा ऐतिहासिक संविधान सभा बाट नै संविधान बनाउने संकल्प केवल देखावटी मात्र भयो । अन्तिम अवश्था सम्म कम्तिमा पनि गणतन्त्र संस्थागत गर्ने हिसावले पनि संविधान जारी गर्न सक्ने अवस्था थियो तर जातिवाद तथा क्षेत्रियतावादको हावा चर्को लाग्यो । विदेशी शक्तिकेन्द्रको अगाडि कथित नेताहरु नतमस्तक भए , जनताको माया, ममता, भावाना, ईच्छा आकाङक्षा, चाहाना भन्दा विदेशी शक्तिका डलर, यूरो र भारु नै प्यारो भयो र अन्तत संविधान सभाको दाहसंस्कार गरियो त्यो पनि संविधान सभालाई तडपाई तडपाई मारियो । नेपाली जनताको आशा माथि तुसरापात भयो ।
नेपालमा संविधान नबन्नुमा प्रमुख दोषी भनेको माओवादी नै हो । माओावादीका साथसाथै जातिवादी तथा क्षेत्रियतावादीरु शक्तिहरुका क्रियाकलाप पनि संविधान बन्ने अन्तिम प्रक्रियामा ठुलो बाधक बने । एमाले र कांग्रस ले पनि सहि समयमा कुनै निर्णय गर्न सकेनन् । उनिहरुको पनि कम हात छैन संविधान नबन्नुमा । एकातिर मधेसवादी दलहरुलाई भारत ले उचालेर एक मधेस प्रदेश बाट विचलित हुन दिएन भने अर्का तर्फ बिभिन्न एन जि ओ तथा आई एन जि ओ हरुले बिभिन्न जातिवादी संघसंस्थालाई उचालेर त्यही संविधान निर्माणको प्रक्रियामा गम्भिर प्रकारको अवोरोध पराए । सरकार संग माग गर्नु नाजायज होईन तर माग कति बेला कुन प्रकारको माग गर्ने त्यो सामान्यता मागकर्तालाई हेक्का हुनुपर्ने हो तर नेपालको भोलीको भविष्य के होला कसैले सोचेन केवल मागहरु मत्र तेरसाईय । प्रत्येक नागरिकलाई यो हेक्का हुनु पर्यो कि माग गर्ने समयमा आफ्नो कर्तव्यको पनि पालाना गर्नु पर्छ ।
अहिले राजनितिक दलहरु एक आपासमा दोषारेपण गरेर आत्मसन्तुष्ट हुने र कार्यकर्ताहरुलाई यो त्यो प्रकारले भ्रम छर्ने काम गरेका छन । अहिलेको परिस्थिती जटिल छ, समयमा सहि प्रकारको निर्णय नगर्दा देश गम्भिर दुर्घटनामा परेको यथार्थलाई प्रत्येक राजनैतिक दलहरुका कार्यकर्ताहरु ले समयमा नै बुझ्नु पर्दछ अन्यथा देशमा लामो समय सम्म पनि संकटको समाधान हुनेछैन । यहा“ सबैले बुझ्न अनिवार्य यो छ कि संघीयताको कारण नै संविधान बनेन । संघीयतामा पनि जनतालाई कति अधिकार दिने भन्ने सम्म कुराहरु नगरेर केवल जातजातिलाई उचाल्ने काम मात्र गर्यो संघीयताले । संघीयतावादीहरुलाई के हेक्का हुनु जरुर छ भने जनतालाई भोट ब्याङकको रुपमा प्रयोग गर्नु क्षणिक रुपमा त उनिहरुलाई फाईदा होला तर त्यसको दिर्धकालिन राजनीतिक क्षति कति हुनेछ ? ४÷४ वर्ष सम्म पनि संविधान जनतालाई नदिई ०६९ जेठ १४ गते मध्यरातमा प्रधानमन्त्रि वाबुराम भटराई ले अन्तरीम संविधानको मर्म र भावाना विपरीत सहमतिय राजनीतिलाई भंग गरेर असंवैधानिक प्रकारले सम्पूर्ण कार्यकारी अधिकार मन्त्रिपरिषदमा निहित रहने भन्दै मंसिर ७ गते पुन संविधान सभाको निर्वाचनको मिति तोकेका छन त्यो माओवादी भित्र मौलाउदै गएको अधिनायकवादी सोच चिन्तनको पराकाष्ठ हो । त्यसको हेक्का अहिले नै हुनुपर्दछ ।
नया“ संविधान मार्फत गणतन्त्रको सुदृढीकरण, राष्ट्रियताको रक्षा गर्नको सट्टा आज सत्तासिनहरु गणतन्त्रलाई धरापमा पारेका छन । राष्ट्रियतामाथि सौदावाजी गर्दै नेपाली आमालाई पोईल पठाएर जारी बुझ्न तल्लीन छन । हामी यस्ता राष्ट्रघाती गलत क्रियाकलापका विरुद्ध खबरदारी गर्न आम युवा विद्यार्थी वर्ग सचेत र संगठित हुदै विखण्डनवादको विरुद्धमा पुन सडकमा जानु पर्ने अवस्था सृजना भएको छ । यदि हामी यो सन्र्दभमा हाम्रो का“धमा आएको जिम्मेवारीबाट उम्कन खाज्यौ भने इतिहा“सले हामीलाई माफी दिने छैन । संघीयताका विरुद्धको आन्दोलन पछि पर्यो भने मुलुक टुक्रा टुक्रा हुनेछ । मुलुकले नया“ संविधान अझै पाउने छैन र प्रतिगामीहरु यहा“ हालीमुहाली गर्नेछन । त्यो प्रतिगमन ले फेरी टाउको उठायो भने त्यसका विरुद्धमा संघर्ष गर्न , जनतालाई सचृत बनाउन लामो समय लाग्ने छ ।
जनतालाई त नया संविधान चाहिएको हो न कि एक आपासमा कुर्तकहरुको बेमौसमी वाजा । आज माओवादी अब देशमा एक प्रकारको अधिनायकवादी (ब्यवस्था जुन फासिस्ट ब्यवस्था हुनेछ ) ब्यवस्थाको अभ्यास गर्न खोज्दैछ तर माओवादी लाई राम्रो संग हेक्का रहोस कि त्यो केवल दिवा सपना मात्र हुनेछ । आफुलाई संविधान सभाको ठेक्दार बताउने तर आफैले संविधान सभाको घा“टी अठाएर मार्ने , यस प्रकारको नौटङकी नाटकलाई एउटा सामान्य राजनीतिक कार्यकर्ताले अवश्य बुझ्छ । तर कसैलाई देवत्वकरण गरेर गलत बिचारको पछाडि दौडने हो भने त्यो कार्यकताको पनि कुनै अर्थ छैन । कार्यकर्ताहरुले आफ्नो दलले गलत गर्दा गलत भन्न नसक्ने हो भने हाम्रो देशको मुहार फेरीने आशा आशा मात्र हुनेछ । जनतालाई संविधान दिने बाचा गरेर संविधान दिन नसक्ने असक्षमहरु लाई जनताको अगाडि अब मत माग्ने कुनै अधिकार छैन । जनताको संविधान बनाउन गएका सभासदहरुलाई उनिहरुको अधिकार बाट वञ्चित गरेर देशलाई द्धन्द्ध र संकटमा फसाउने कथित शिर्ष नेताहरुलाई त अब खास भन्ने हो भने राजनीति गर्ने नैतिक अधिकार छैन । खोई हाम्रो संविधान ? खोई जनताको अधिकार ? संविधान नै बनाउन नसक्ने असक्षमहरुले अब फेरी संविधान सभाको नाटक नगर्दा नै उत्तम हुनेछ । revoltnepal@gmail.com

Wednesday, May 23, 2012
- 11:31 PM
- newsdhading
- विचार
- No comments
संविधान घोषणा हुने दिन जति नजिकिँदो छ त्यति नै राजनीतिक सारगर्मी बढिरहेको छ । संविधान बन्छ कि बन्दैन भन्ने अन्यौलमा यतिबेला सबैको ध्यान जेठ १४ मा केन्द्रित हुन पुगको छ । आगामी जेठ १४ मा संविधान घोषणा गर्नुको अर्को विकल्प छैन । विकल्पविहीन जेठ १४ संघारमै आइपुगेको छ । त्यसैले यतिबेला दिन र घण्टाको मात्र होइन मिनेट र सेकेन्डको पनि उत्तिकै महत्व छ । विगत चारवर्षदेखि संविधान निर्माणमा दलहरु बीच देखिएको उदासिनताले जनतामा देखिएको निराशा पछिल्लो चरणमा दलहरु बीच भएका आपसी सहमति र संविधान निर्माणमा देखिएको सक्रियताले गर्दा केही आसामा परिणत भएको थियो तर विभिन्न समूहले गरेको बन्द राजनीतिको दबाबसँगै सहमति भैसकेका कुराहरुमा फेरि सुरु भएका विवादले गर्दा नयाँ संविधान गर्भमै रहने संभावना पनि त्यत्तिकै बढ्दै छ ।
दलहरु बीच भएका पछिल्ला सहमतिमाथि भाँजो हाल्ने काम बन्द राजनीतिले गरिहेको छ । यतिबेला बन्द राजनीतिले सम्पूर्ण संविधान निर्माण प्रक्रियालाई बाधा पुर्याइरहेको छ । विभिन्न माग तेस्र्याउने र पूरा नभए बन्द गरिहाल्ने गैरजिम्मेवार काम विभिन्न समूह उपसमूहबाट हुन थालेको छ । लोकतन्त्रमा माग राख्ने अधिकार सबैलाई छ तर माग वैधानिक बाटोबाट राखिनुपर्छ । माग राख्ने तरिका विधिसम्मत हुनुपर्दछ । मूढेबलकै भरमा आफ्ना मागहरु पूरा गराउँछु भन्ने दुस्साहस कसैले पनि देखाउनुहुन्न । यस्तो मूढेबलको प्रदर्शनीले सुखद परिणति पनि दिँदैन । मात्र अनिष्ट निम्त्याउँछ ।
हरेक कुराको एउटा समय हुन्छ र सीमा हुन्छ । समय घड्किएर वा सीमा नाघेर कुनै पनि मागहरु तेस्र्याइन्छन् भने त्यो मागका लागि माग मात्र हुन्छ । ठीक माग, ठीक समयमा, ठीक विधि र प्रक्रियाले ठीक ठाउँमा राख्यो भने मात्र त्यो मागको संवोधन हुन्छ । अन्यथा वेढंगका मागले मागको नाममा जात्रा मात्र हुन्छ । त्यस्ता मागले केही मौसमी नेता जन्माउने काम त गर्छ तर जनतालाई कुनै राहत दिनेवाला छैन । अहिले देशका विभिन्न भागमा भएका बन्दले पनि जनतालाई आहत बनाएको छ । परिणति चाहिँ बन्द आह्वानकर्तामध्येबाट केही मौसमी नेता जन्माउने काम शिवाय केही भएको छैन ।
संविधान घोषणाको संघारमा आएर विभिन्न समूहले आफ्ना माग तेस्र्याउने र दबाब सिर्जना गर्ने नाममा देशका विभिन्न भाग वा सिंगो देशलाई नै जुन ढंगले बन्द गराउने काम गरेका छन् त्यो कुनै पनि दृष्टिले उचित होइन । पत्रकार सम्मेलन गरी जुवाको खालमा झैँ आफ्ना माग फालेर अनि दबाबका नाममा बन्दको घोषणा गर्ने सस्तो र अलोकप्रिय शैलीले आमजनता दिक्क भैसकेका छन् । किन सडकमा माग तेस्र्याएर सडक बन्द गर्नु र जनतालाई दुख दिनु रु के जनतासँग माग पूरा गरिदिने अधिकार छ र यतिबेला रु अवश्य नै छैन । यतिबेला माग पूरा गर्नसक्ने सबै अधिकार कि त दलहरुमा छ नभए ६०१ सभासद्हरुसँग मात्र छ । त्यसैले हरेक समूह, जसले आफ्ना माग प्रस्तुत गर्नु छ उसले राजनीतिक दल, दलका प्रमुख नेता, सभासद्, सभामुख वा संविधानसभा समक्ष राख्नुपर्छ । र दबाब नै दिनुपर्ने भए दल, दलका नेता, सभामुख र सभासद्हरुलाई दिनुपर्छ । निरिह जनतालाई दुख दिएर माग पूरा हुँदैन । न त यसले बन्दकर्ताको कुनै बहादुरी नै देखिन्छ । बन्द, हड्ताल, चक्का जाम गराएर कसैलाई आफ्नो अस्तित्व स्थापित हुन्छ भन्ने लागेको छ भने त्यो भन्दा ठूलो अर्को भ्रम केही हुन्न । यसबाट आत्मरतिमा रमाउने काम होला तर आसातित परिणति निस्कन्न । त्यसैले मनोवैज्ञानिक रुपमा बन्द संस्कृतिलाई हेर्ने हो भने बन्द आफ्नो हिनताबोधी भावना प्रदर्शन गरेर आत्मरतिमा रमाउने अपरिपक्व प्रयास बाहेक अर्को केही पनि होइन ।
संविधान घोषणाको संघारमै आइपुगेको बेला विभिन्न माग राखी विभिन्न समूहले गरेको बन्दप्रति राष्ट्रसंघीय महासचिव वान्की मूनले समेत चासो लिँदै गम्भीर चिन्ता व्यक्त गरेका छन् । मूनले मागहरु प्रति दलहरु गम्भीर हुनुपर्ने र मागकर्ताहरुले पनि विधिसम्मत प्रक्रियाबाट आफ्ना मागहरु राख्नुपर्ने कुरामा जोड दिएका छन् । कुटनीतिक रुपमा जे जस्तो भाषा प्रयोग गरे पनि वानको मनसाय भनेको बन्द गराएर आफ्ना माग पूरा गराउन खोज्नेहरुको गलत प्रक्रिया प्रति लक्षित छ भन्ने कुरा बन्द आह्वाकर्ताले पनि बुझ्नुपर्ने कुरा हो ।
राष्ट्रसंघका महासचिवले नेपालको अस्तव्यस्त बन्दका बारेमा चासो र चिन्ता व्यक्त गरिसक्दा पनि स्वयम् आन्दोलनकारीहरु भने मूढेबलकै भरमा सबै प्राप्ति गर्नुपर्छ भन्ने रेडिमेट मानसिकतामा हिँडिरहेका छन् । यस्तो मूढेबललाई प्रोत्साहन गरियो र मूढेबलले अगाडि सारेका माग पूरा गरियो भने यसले कानुनी साशनको अवधारणालाई पूर्ण रुपमा उपेक्षा गर्ने मात्र नभई भविष्यमा पनि माग पुरा गराउन बन्द नै गराउन पर्छ भन्ने गलत नजिरहरु स्थापना गर्दछ । त्यसैले बन्द हड्तालबाट आएका यस्ता मागलाई संवोधन गर्नुको सट्टा वैधानिक प्रक्रियाबाट माग राखेर आउनुपर्छ र त्यस्ता माग मात्र संवोधन गरिन्छन् भन्ने कुरामा दल, सरकार र संविधानसभा एकमत हुनुपर्दछ ।
चार वर्षको संविधानसभाको अवधिमा चाहिँ दलहरुले संविधान बनाउँदैनन् भन्दै हल्ला गरेर बस्ने अनि संविधान घोषणा हुन लाग्दा भने बन्द हड्ताल गराएर संविधान घोषणा प्रक्रियालाई नै अवरोध सिर्जना गर्ने गतिविधि कुनै पनि सचेत र जिम्मेवार नागरिकलाई सुहाउने कुरा होइन । हो आन्दोलनकारीका मागलाई सबैले सकारात्मक आँखाले हेर्नुपर्छ तर माग पुरा गराउन गरिएका अवाञ्छित क्रियाकलापलाई कसैले पनि सकारात्मक आँखाले हेरिनुहुन्न । त्यसैले बन्दलाई खुलाउने काममा सरकार वार्तामा लचिलो मात्र हुने होइन कि बल प्रयोग गर्ने कुरामा पनि सक्षम हुुनुपर्दछ ।
बन्द आह्वानकर्ताका मागहरु प्रति सकारात्मक हुँदा हुँदै पनि तीतो सत्य चाहिँ के हो भने संविधान घोषणाको अन्तिम घडीमा आएर तेस्र्याएका माग बेमौसमी बाजाहरु हुन् । माग चाहे जायज नै किन नहुन् तर ती मागका बाजाहरु मौसममा बज्नुपथ्र्यो । तरल राजनीतिक अवस्थाको फाइदा उठाँदै मौसमी माग तेस्र्याएर बेमौसमी बाजा बजाउने कामले संविधान घोषणालाई सहयोग पुर्याउँदैन बरु बाधा पुर्याउँछ । यो संविधानमा भाँजो हाल्ने काम हुन्छ ।
देश नयाँ संविधान जन्माउनको लागि प्रसव वेदनामा छ । यस्तो जटिल अवस्थमा सबैमा धैर्यको खाँचो छ । प्रसव वेदनामा छटपटिएको देशलाई प्रसव वेदनाबाट मुक्ति दिने कि अझ वेदनामा होम्ने भन्ने कुरा यतिबेला हामी सबैले मनन गर्नुपर्दछ । इतिहासले यसबेला हाम्रो काँधमा ठूलो जिम्मेवारी दिएको छ । त्यसैले हरेक व्यक्ति, समूह र समुदायले नयाँ संविधान घोषणमा बाधा पुर्याउने होइन कि सहयोग पुर्याउनुपर्छ । बन्द आह्वानकर्ताका माग जायजै छन् भने त्यस्ता माग संविधान घोषणा पछि पनि संवोधन हुन सक्तछन् । संविधानमै समावेश गर्नुपर्ने माग रहेछ र मागको औचित्य पुष्टि हुने रहेछ भने भोलिका दिनमा संविधान संशोधन नै गरेर पनि त्यस्ता मागहरु समेटिन सक्तछन् ।
तर आफ्ना मागको औचित्य पुष्टि दबाबमा होइन बहसका आधारमा गर्नुपर्दछ । त्यसैले यस्तो अन्तिम घडीमा आएर माग तेस्र्याएर देशलाई बर्बादीको खाडलमा धकेल्ने होइन कि देशलाई प्रसव वेदनाबाट मुक्ति दिनुपर्दछ । कोही कसैले पनि यो विचलित हुने र उत्छृंखलता प्रदर्शन गर्ने समय होइन र यो कसैको हार जितको समय पनि होइन । सबैले धैर्य राख्ने र संयमित हुने समय हो । देश जिते सबैको जित हुन्छ र देश हारे सबैको हार हुन्छ । यो कुरा मनन गर्दै यतिबेला सबैले धैर्य गरौँ, मौसमी माग तेस्र्याएर बेमौसमी बाजाहरु नबजाऊँ । संविधानमा भाँजो हाल्ने होइन, संविधान निर्माणमा सबैले आ–आफ्नो तर्फबाट सबैले सहयोग पु¥याऊँ । यसैमा सबै नेपालीको उज्ज्वल भविष्य छ र सबैको जितै जित हुन्छ ।
मोबाइल ९८५११०४४३३

Thursday, March 15, 2012
- 7:42 PM
- newsdhading
- विचार
- No comments
मुलुक अकर्मण्यतामा फस्यो, देश अन्योलग्रस्त छ भन्ने बुझाइ जबरजस्त बढ्दै गएको छ भन्ने छ, यहाँ ठूलो दलको शीर्षस्थ नेता हुनुहुन्छ, यहाँलाई के लाग्छ ?
प्रचण्ड, अध्यक्ष, एनेकपा (माओवादी) |
मलाई त्यस्तो लाग्या छैन । सार्वजानिक कार्यक्रम, विभिन्न पार्टीहरूकँ बैठक, हाम्रो आफ्नै पार्टीको बैठकमा पनि प्रस्ट रूपमा के भन्दै आएको छु भने चुनौती र अप्ठ्यारा हुँदाहुँदै पनि अकर्मण्यतामै देश फस्यो भन्ने कुरा सही बिलकुल होइन । संविधानसभा कायम छ, संविधान निर्माण प्रक्रियामा पार्टीहरू लागिपरिरहेकै छन् । मैले अहिलेको स्थितिलाई के भनिराखेको छु भने समुद्रमा छाल चलिराखेको छ त्यो बाहिर नदेखिएको मात्र हो । त्यो देखिने वेला एकैचोटि देखिन्छ । त्यो सकारात्मक ढंगले नै देखिन्छ भन्ने भन्ने मेरो ठहर हो ।
हाम्रो अहिलेको शान्ति प्रक्रिया गतिमा नै छ, त्यो बाहिर प्रस्ट देखिने गरी अघि बढिराखेको छ । संविधान निर्माणबारे हामी अन्तिम चरणमा छौं । शान्ति प्रक्रियालाई सही निष्कर्षमा पु¥याउने काम पनि अन्तिम चरणमा पुगेको छ, त्यो पनि जनताले देखेको कुरा हो । यसरी प्रगति भइरहेको बेलामा देश नै अकर्मण्यतामा फस्यो भनेर प्रचार गरिनु जनतालाई अनावश्यक ढंगले निराश पार्ने र आफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका नखेल्नेहरूको प्रचारबाजी हो । यस प्रचारभित्र कहीँ न कहीँ प्रतिगामी हरूको इच्छा पनि सम्मिलित छ कि भन्न्ने आशंका मेरो छ, बरु म आम जनतालाई सतर्क रहन अनुरोध गर्दछु ।
Subscribe to:
Posts (Atom)