– लेखनाथ ढकाल |
माओत्सेतुङ र उनले गरेको योगदानको विषयमा समकालीम अवस्थामा विश्वले त्यति ध्यान नदिएको जस्तो देखिए पनि पछिल्लो समयमा यो विषयमा धेरै अध्इयन हुने गरेका छन् । माअेत्सेतुहङको समयमा विज्ञान–प्रविधि र खास गरी सञ्चार क्षेत्र पश्चिमा पुजीवादीहरूको कब्जामा थियो । पुजीवादी खेमा उनलाई बदनाम गर्ने प्रयत्न गर्दथे । सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक क्षेत्रको अध्ययनमा माओत्सेतुङको योगदान ठूलो रहेको तथ्यलाई आज विश्वले स्वकार गरेको छ । समाज विज्ञानमा र दर्शनशास्त्रमा माओत्सेतुङको योगदानको विषयमा अझै जोज अनुसन्धान हुन आवश्यक छ । नेपालका कम्इुनिस्टहरूले माओ विचारधारा र माओवाद भन्ने गरेकोले यो पङ्तिकारले पनि माओत्सेतुङको बारेमा विभिन्न विद्वानको विश्लेषणहरूलाई ध्इानपूर्वक अध्ययन गरी रहेको स्मरण गराउनु शान्दर्भिक लागेको छ । वास्तवमा समाज विज्ञानलाई माओत्सेतुङले आधुनिक ज्ञानको प्रकाशमा हेर्न सक्नु भएको छ, धनी बनाउनु भएको छ । राज्य, राज्यसत्ता र समाज परिबर्तनको सिद्धान्तको आधुनिक संस्करण माओत्सेतुङको योगदान हो भन्न सकिन्छ, यसको प्रत्यक्ष प्रमाण हालको चीन हो ।
प्रोफेसर एडवार्ड फ्रेडमेनले आप्mनो पुस्तक “आइन्स्टाइन एण्ड माओ ः मेटाफर्स अफ रिभोलुसन” मा सन् १९५५ देखि माओत्सेतुङले आइन्स्टानीयन चेतनाको आधारमा उनका क्रान्तिका घटना र चिनीया राजनीतिलाई विश्लेषण गर्न थालेको कुरा उल्लेख गरेका छन् । मानव चेतनाको विकासमा क्रान्तिकारी परिवर्तन आएको र यसका लागि अल्बर्ट आइन्स्टाइनको योगदानलाई कदर गर्दै आइन्स्टानीयन युग भनिएको हो । प्रकृतिमा निरपेक्ष मानिएको समय पनि सापेक्ष रहेको रहश्य खुलेपछि सम्पूर्ण प्रकृति बोधगम्य हुन सकेको युगलाई आइन्स्टानीयन काल भनिएको हो, पहिलो युगलाई न्युटनीयन काल भनिन्छ । दार्शनिक ज्ञानको सिद्धान्तको आधारमा न्युटनीयन युगलाई क्लासिकल युग र पछिल्लोलाई आधुनिक युग पनि भन्ने गरिएको छ । कार्ल माक्र्स, एङ्गेल्स, लेनिन आदि न्युटनीयन कालका दार्शनिक हुन । अल्बर्ट आइन्स्टाइन, मैक्स प्लेङ्क, माओत्सेतुङ आदि आइन्स्टानीयन कालका आधुनिक दार्शनिक हुन । सम्पूर्ण प्रकृति, विश्व ब्रम्हाण्ड, मानव समाजको गति, परिबर्तन आदि कुरालाई नयाँ चेतनाबाट अध्ययन र विश्लेषण गर्न सम्भव हुन थालेकोले आइन्स्टानीयन चेतनाले मानवलाई प्रकृति विजयको दिशामा पु¥यायो । अन्तरिक्ष प्रविधि, आधुनिक सञ्चार प्रविधि, आणविक शक्तिको पहिचान र उपयोग, उच्च गतिको मेकानिक्स आदि आइन्स्टानीयन चेतनाका उपज हुन । ज्ञानको विकासमा आएको क्रान्तिले मानव चेतनालाई चरम उत्कर्षमा पु¥यायो । अधिल्ला उपलब्धीलाई आधार मानेर अगाडिको नयाँ क्षितिजमा पुग्ने बाटो तय गर्नु आइन्स्टानीयन बाटो हो । सामाजिक क्रान्तिमा माओत्सेतुङ र ज्ञानको क्रान्तिमा आइन्स्टाइनले यही बाटोको उपयोग गरेको प्रोफेसर फ्रेडमेनको पुस्तकको निश्कर्ष हो, यद्यपि उहाँले घटनाका विविध आयामका विश्लेषण गरेका छन् ।
विश्व ब्रम्हाण्ड र प्रकृतिलाई न्युटनीयन स्तरको चेतनाले पूर्णरूपमा बोधगम्यतामा लिन सकेको थिएन । प्रकृतिका धेरै घटनाहरूलाई व्याख्या गर्न सकिएको थिएन । बैज्ञानिकहरूले नयाँ तथ्यहरूको आविश्कार गरी रहेका थिए । निल बोरले आणविक संरचनाको नयाँ सिद्धान्त प्रकासमा ल्याए । हिजेनवर्गको अनिश्चितताको सिद्धान्त, लरेन्ज र मिन्कोभ्स्कीको चार आयामिक गणितीय सिद्धान्त र अन्य बैज्ञानिकका योगदानबाट प्रकृतिका नयाँ रहश्यको बोधगम्यता नजिकिदै थिए । विद्युत शक्तिको रहश्यलाई व्याख्या गर्न नसकिएको अवस्थामा नै लेनिनको मृत्यु भयो । विद्युत–चुम्बकीय शक्तिलाई गणितीय भाषामा अभिव्यक्त गरिएका मैक्सवेलका सिद्धान्तको तथ्यपरक अभिव्यक्तिको भेद खुल्ने अवस्था रहेको थियो । विद्युत शक्तिको बारेमा बैज्ञानिकका तर्कलाई लेनिनले “विज्ञान साहित्य” भनेर आलोचना गर्नु भएको थियो(क्रिटिसिज्म अफ डाइलेक्टिक मटेरियलिज्म, मास्को) । दुर्भाग्यः अल्पआयुमा लेनिनको मृत्यु भएको दुई वर्षमा नै विद्युत शक्तिको बारेमा बैज्ञानिकहरूले अघि सारेका तथ्यहरूको यथार्थता प्रमाणित भयो । दार्शनिक क्रान्तिको नयाँ चरण यहीबाट सुरू भएको थियो । यदि लेनिन दशवर्ष बढी बाच्नु भएको भए, दर्शनलाई समृद्ध बनाउन लेनिनले ठूलो योगदान गर्नु हुने थियो भन्ने विश्वास लिन सकिन्छ । लेनिनले जुन योगदान पु¥याउनु हुन्थ्यो, कतिपय कुरा आजसम्म पनि पुरा हुन सकेका छैनन् भन्न सकिन्छ । एउटा दार्शनिकका रूपमा लेनिनले समकालीन बैज्ञानिकका आविश्कारहरूमाथि गहन चिन्तन–मनन गरी आप्mनो प्रतिक्रिया व्यक्त गर्ने विलक्षण प्रतिभाको फलस्वरूप नै दर्शन शास्त्रको विकासमा योगदान पु¥याउन सकेको सहजै बुभ्mन सकिन्छ । सन् साठीको दशकपछि युरोपका विश्व विद्यालयबाट चीनको अध्ययन मिसनमा स्कलरहरू लगातार चीनमा आउन थाले । इजराइलका नोवेल बैज्ञानिकको नेतृत्वमा आएको समुहले आधुनिक क्वाण्टम सिद्धान्तको आधारमा प्रकृति, विश्व ब्रमाण्ड र मानव समाजको गतिशीलतालाई विश्लेषण गर्ने क्षमता माओत्सेतुङमा रहेको अनुभूति गरेको थियो । बैज्ञानिक तथा प्राज्ञहरूको सो समुहले बीसौ सताब्दीका महान दार्शनिक भनेर माओत्सेतुङलाई सम्मान गरेको थियो । माओत्सेतुङ एक कुशल र शक्तिशाली नेता मात्र नभएर आधुनिक दर्शनका ज्ञाता रहेको कुरा “आइन्स्टाइन एण्ड माओ ः मेटाफर्स अफ रिभोलुसन” मा प्रोफेसर एडवार्ड फ्रेडमेनले धेरै तथ्यहरू उजागर गरेका छन् । स्मरणीय छ कि प्रोफेसर फ्रेडमेन चीनीया अध्ययन मिसनमा लामो समय अनुसन्धान कर्ता रहेका थिए ।
मानव चेतनाको समग्र अवस्थालाई संस्कार र संस्कृतिको रूपमा लिने आधुनिक मानवशास्त्रले आइन्स्टानीयन युगमा उच्च विकास गरेको छ । सभ्यता, संस्कृति, आर्थिक गतिविधि, प्रविधिको उपयोग यी प्रक्रियाहरूलाई एकअर्कासंग छुट्याएर हेर्न नसकिने तथ्यलाई गहिरोसंग मनन नगरी यथार्थबाट स्वयं मानव समाजलाई पनि बुभ्mन सकिदैन । लामो अध्ययन, गहिरो चिन्तन–मनन, यथार्थ ज्ञानको बोध गर्ने विषयमा मिहेनत नगरीकन सामान्य र सतही ज्ञानको भरमा नयाँ सिद्धान्त पस्कने कुरा वास्तवमा अग्रगामी हुन सक्दैन । चार आयामिक फ्रेमले कुनै घटनाको ठिक अवस्थाको जानकारी दिने आधुनिक गणितको वास्तविकताले नै प्रकृतिलाई बोधगम्य बनाएको हो । सिद्धान्त र व्याख्या एउटा हुने तर घटना अन्यन्त्र नै रहने कुरालाई बैज्ञानिक मान्न सकिदैन । अतः प्राप्त मानव चेतना र प्रविधिको उचित उपयोग गरेर समस्याको पहिचान तथा उचित दिशा निर्देश पहिल्याउनु माओवाद हो भन्न सकिन्छ ।
माओवाद माक्र्सवादको आधुनिक अभिव्यक्ति हो । समाजको संरचना, सामाजिक गति र परिबर्तनका बारेमा आधुनिक चेतनाको सापेक्षमा व्याख्या गर्नु माओवाद हो । काल्र्स माक्र्स र लेनिनले आप्mनो कालमा प्रस्तुत गरेका प्रस्तावनाहरूलाई माओत्सेतुङले आधुनिक कालमा परिस्कृत पार्न सक्नुलाई प्रोफेसर फ्रेडमेनले आइन्स्टाइनसंग तुलना गरेका हुन । हुन त माओ र आइन्स्टाइनको बीचमा भेटघाट र कुराकानी भएका कुरालाई पनि उनले आप्mनो पुस्तकमा उल्लेख गरेका छन । “बन्दुकको नालबाट राज्यसत्ताको जन्म हुन्छ” भन्ने भनाई राज्यसत्ता समाजको शक्ति केन्द्र रहेको र यसको हस्तान्तरणको रहश्यको सिद्धान्त हो । यो दार्शनिक सिद्धान्तको अभिव्यक्तिलाई केवल बन्दुक र आतङ्कको प्रसङगले मात्र हेर्ने गरिएको जस्तो देखिन्छ । वास्तवमा माओले बजारमा लिइने यस्तै हल्का र सतही अर्थको कुरा मात्र गरेका हुन त । गहन चिन्तन मनन गरेर मात्र माओवाद र यसले दिशानिर्देश गरेको यथार्थ बुभ्mन सकिन्छ ।

0 comments:
Post a Comment