Sunday, June 24, 2012


दाङ, असार १० । प्रगतिवादी साहित्यकार तथा पत्रकार महान शहीद कृष्ण सेन ‘इच्छुक’को अर्घाखाँचीको जलुके–७ सातमारामा रहेको पुख्र्यौली घरको कन्तविजोग भएको छ । दाङको भालुवाङनजिकै राप्ती नदीको किनारमा रहेको उक्त घरमा गत वर्ष आगलागी भएको र त्यसपछि कसैले पनि संरक्षणतर्फ चासो नदिदा घरको भग्नावशेषमात्र बाँकी रहेको छ ।
शुरुमा यस्तो थियो इच्छुकको पुख्र्यौली घर ।
इच्छुक रहँदासम्म उहाँ आफै आएर नबसेपछि सामान्य रेखदेख, संरक्षण र सम्वद्र्धनका लागि स्थानीय बासिन्दालाई आग्रह गरेको र आफूहरुले नै सेनको पुख्र्यौली सम्पत्तिको संरक्षण गरिदिएको स्थानीय बताउँछन् । तर, उहाँको शहादतपछि भने घर पूरै वेवारिसेजस्तै बन्यो । संविधानसभाको निर्वाचनपछि माओवादीको पहलमा भत्किएको पुख्र्यौली घर केही वर्षअघि मर्मत गरिएको थियो । तर, गत वर्ष उक्त घरमा एक्कासी आगलागी भएपछि भने अहिलेसम्म कसैले मर्मत गर्ने कष्ट गरेको छैन ।
नेपालकै एकमात्र पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुवाङको छेऊ राप्ती नदीको पुलसँगै जोडिएको उक्त घर नदेख्ने सायदै होलान्, त्यही बाटोमा इच्छुकको बाटोमा हिडिरहेको सगर्व घोषणा गर्ने ‘महान नेतागण’हरु पनि कतिपटक हिडे होलान् । तर, इच्छुकको नाम भजाउने, ठूल्ठूला प्रगतिवादी विद्वान कहलाउनेदेखि इच्छुकको सच्चा उत्तराधिकारी आफै घोषणा गर्ने र सेनलाई महान् शहीद भनेर कहिल्यै नथाक्नेहरु नै उहाँको पुख्र्यौली थलोको कन्तविजोगप्रति अहिले पूरै बेखबरझैं बनिरहेको छन् ।
सरकारले चालु आर्थिक वर्षको बजेटबाट इच्छुकको व्यक्तित्व, कृतित्व र राष्ट्रिय प्रतिभाको संरक्षणका लागि भनेर इच्छुक प्रतिष्ठानका नाममा ५० लाख छुट्याएको थियो । उक्त रकमबाट प्रतिष्ठानले काठमाण्डौंमा इच्छुक स्मृति भवन बनाउन लागेको बताएपनि पुख्र्यौली र कर्मथलोमा उहाँको सम्झनालायक कुनै शालिक, स्तम्भसमेत बनाउनेतर्फ ख्याल गरिएको छैन । इच्छुक प्रतिष्ठानको नाममा राज्यकोषबाट वर्षेनी केही बजेट आउने त बेग्लै छ, चालु आर्थिक वर्ष तत्कालीन झलनाथ खनालको सरकारले साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका कृष्ण सेन ‘इच्छुक’, नेत्रलाल अभागी र अग्निशिखाको नाममा ५०÷५० लाख रकम छुट्याएको थियो ।

माओवादीको पहलमा पुनःनिर्माण गरिसकेपछि यस्तो बनेको थियो उक्त घर ।

गत वर्षको आगलागीपछि अहिलेसम्म कसैले मर्मत गर्ने कष्ट गरेको छैन ।
http://yadharu.wordpress.com बाट साभार

Related Posts:

  • चीनका वैज्ञानिकको फेरि नयाँ चमत्कार अब छाताको छानो कत्रो छ ?  एउटा कतिजना सम्मलाई ओत देला ? कतै च्यातिएको पो छ की ? चुहिन्छ की ? भनेर चिन्ता लिनु नपर्ने भएको छ । वैज्ञानिकहरुले यस्तो छाताको आविष्कार गरेका छन् जो छोटो लठ्ठी जस्तै छ र सोही लठ्ठीले जस्तोस… Read More
  • धादिङ उद्योग वाणिज्य संघ नै आधिकारीक धादिङबेसी मंसिर १३ । धादिङ उद्योग वाणिज्य संघको २१ औं साधारणसभा धादिङवेसीमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा कृषि उद्यम केन्द्रका संयोजक भवानी राणाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो… Read More
  • पौष २ देखि धादिङ महोत्सव हुँदै धादिङबेसी मंसिर १६ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नाराका साथ चौथो धादिङ महोत्सव २०७१ पौष २ गतेदेखी १३ गतेसम्म धादिङवेसीमा हुने भएको छ । धादिङ उद्योग वाणि… Read More
  • विजेता विमला तामाङलाई सम्मान धादिङबेसी मंसिर १३ ।  दक्षिण कोरियामा सम्पन्न १७ औं एसियाडमा नेपालको तर्फबाट कराँतेखेलमा एकमात्र कास्य पदक विजेता विमला तामाङलाई नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धादिङले सम्मान गरेको छ । जिविस धादिङको सभाहलमा शनि… Read More
  • शुक्रबार खुल्लामञ्चमा २२ दलको विरोध सभा धादिङ । काँग्रेस एमाले संविधान निार्माण प्रक्रियालाई आफुअनुकुल बजाउन खोजेको भन्दै आन्दोलकमा उत्रिएका दलहरुले शुक्रवार काठमाडौमा विरोध सभा गर्दैछन् ।  धादिङ नुवाकोट रसुवा लगाएतका जिल्लामा कार्यकर्ताहरुलाई विरोध कार्य… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts