Sunday, June 24, 2012

 धादिङबेसी असार ११ / मनसुन शुरु भएसँगै दैनिकजसो बर्षा हुन थालेपछि  जिल्लाका ग्रामीण सडकहरुमा यातायातका साधन सञ्चालनमा रोक लगाईएको छ । जिल्ला विकास समिति धादिङले सूचना प्रकाशित गरी यातायातका साधनहरु सञ्चालन नगर्न-नगराउन सम्पूर्ण यातायात व्यवसायीहरुलाई आग्रह गरेको छ । वर्षायाममा कच्ची सडकहरुमा यातायात सञ्चालन गर्दा सडकहरुको संरचना नै विग्रिने भएकाले यातायत सञ्चालनमा रोक लगाइएको जिल्ला विकास समिति धादिङले जनाएको छ । नेपाल सरकार, विदेशी दातृ संस्था तथा जिल्ला विकास समिति धादिङको लगानीमा सडकहरुको निर्माण कार्य भैरहेकाले त्यसमा प्रभावन नपरोस भनेर यातायात बन्द गरिएको हो । जिल्लाका अधिकांश ग्रामिण सडकहरु कच्चि नै छन् । केहिमा ग्रावेल र ओटासिल गरिएपनि त्यसको अवस्था समेत कच्ची सडकभन्दा नाजुक बनिसकेको छ ।   

जिल्ला विकास समितिले सूचना मार्फत सडकहरुमा ग्राभेल एवम् कालोपत्रे गर्ने काम भैनसकेको अवस्थामा वर्षायामको समयमा यातायातको साधनहरु सञ्चालन भएमा अत्यन्त धेरै क्षति हुने भएकाले यतायात सञ्चालन नगर्न आग्रह गरेको हो । यसअघि १८ औं जिल्ला परिषदबाट असार १० गतेदेखि असोज १० गतेसम्म यातायातका साधनहरु बन्द गर्ने निर्णय समेत भएको थियो । जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरु र जिविस धादिङको सहमतिमा यातायात सञ्चालनमा रोक लगाइएपछि विभिन्न ग्रामिण क्षेत्रमा जाने यात्रुहरु प्रभावित भएका छन् । जिविसले यसअघि नै उपभोग्य समानहरुको जोहो गर्न व्यवसायीहरुलाई आग्रह गरेको थियो । तर पनि एकैपटमा लगिएको उपभोग्य सामानहरुले तीन महिनासम्म नधान्ने हुँदा ग्रामिण क्षेत्रमा उपभोग्य तथा अत्यावश्यक सामानहरुको अभाव हुने व्यवसायीहरुले बताएका छन् ।

यसैबीच यातायात व्यवसायीहरुले भने ग्रामिण सडकहरुमा अत्यावश्यकीय बस्तु ढुवानीको लागि साना सवारी साधनहरुलाई चल्न दिनुपर्ने बताएका छन् । संयुक्त यातायात व्यवसायी समिति धादिङका संयोजक गोविन्दकुमार श्रेष्ठले साना सवारी साधनलाई सञ्चालन गर्न दिनुपर्ने आफूहरुको माग रहेको बताउनुभएको छ । यसविषयमा भोली जिल्ला विकास समिति धादिङ सहित सरोकारवालाहरु बीच छलफलको तयारी गरिएको भन्दै श्रेष्ठले साना सवारी साधनहरु सञ्चालन हुन दिईने विश्वास व्यक्त गर्नुभएको छ ।

Related Posts:

  • चुनावको तयारीमा एमाओवादी धादिङले १८ जनाको नाम  छनौटको लागि केन्द्रमा पठायो धादिङ । एकीकृत नेकपा माओवादीले धादिङले आगामी संविधानसभा निर्वाचनको लागि प्रत्येक्ष र शनिबार जिल्ला समिति सदस्यहरुको बैठकले प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष ३… Read More
  • धादिङ क्षेत्र नं.२ मा कल्पना धमलाको स्थिति कस्तो छ ? (यतिबेला चौतर्फी चुनावी सरगर्मी बढेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा आफुले जित्ने दाबी सबै दलको छ । पहिलोे संविधानसभाको निर्वाचनमा धादिङका तीन वटै क्षेत्रमा एमाओवादीले बिजय भएको ताजै छ । आगामी मंसिर ४ गते हुने संविधानसभ… Read More
  • प्रत्यक्षतर्फ को–को उठे धादिङमा हुने नै भयो मंसिर ४ मा निर्वाचन धादिङबेसी । पहिलो संविधानसभाले संविधान बनाउन नसके पछि दोस्रो संविधानसभाको निर्वाचन गराउन बनेको खिलराज रेग्मी नेतृत्वका सरकारले अन्ततः मंसिर ४ गते निर्वाचन गराउने पक्का भएको छ । सबै दललाई सहभ… Read More
  • उम्मेद्वारी दर्ताको मिति नजिकियो धादिङका तीन ठुलादलले केन्द्रमा पठाए उम्मेदवारको नाम धादिङ । मंसिर ४ गते चुनाव हुन्छ, हुँदैन भईहाले पनि भए रहित वातावरणमा मतदान गर्न पाईन्छ पाईदैन, ढुक्क हुन नसकि रहेको अवस्थामा ठुला ४ दलले भने मंसिर ४ गते जसरी नी चुनावहु… Read More
  • एमााले धादिङका जिल्ला नेता काठ तस्करीमा टापबहादुरको गोठमा मकैको घाँसले छोपि राखेको अवस्थामा फेला परेको काठ असोज १३ । एकिकृत नेकपा माओवादीको सहायक संगठन योङ कम्युनिष्ट लिग धादिङले अवैधरुपमा बेच्नको लागि लुकाई राखेको काठ आफ्नो नियन्त्रणमा लिएको छ । जोगिमारा गाउँ… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts