विजय बुर्लाकोटी |
एकीकृत नेकपा माओवादी यतिखेर फुटेको छ । फुट आफैंमा पीडादायक हुन्छ । यो फुटको राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा चर्चा हुनु स्वभाविक हो । हामीले क्रान्तिको अभिभारा पूरा गर्न धेरै बाँकी छ । किनकी क्रान्ति सम्पन्न भएको छैन । मुक्ति र मृत्यूको कात्रो बाँधी वर्ग संघर्षको भट्टीबाट खारिएर जनता र राष्ट्रको नाममा खाएको कसम हजारौं नेता कार्यकर्ता, सहिद, बेपत्ता, घाइते, शुभचिन्तकहरुले क्रान्तिको लागि चुक्ता गरेको कोटा र जिम्मेवारी के विचलन, फुट र विसर्जनको मार्ग बन्न सक्छ ? अहिले बहस जुनसुकै कोण र रुपबाट व्यक्त भए पनि यो विचार र कार्यदिशा विकासको ऐतिहासिक आवश्यकतासँग जोडिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनले हाम्रै मौलिकतामा विचारको रक्षा, प्रयोग र विकास गर्न नसक्दा यी समस्या बेहोर्नुपरेको छ । नेपाली इतिहासमा जनयुद्धको तयारी र विकासको प्रक्रियामा भएका संघर्ष अनुभववाद र उदारवादसँग सम्बन्धित थिए भने शान्ति सम्झौता गणतन्त्रको घोषणापछि वर्तमानसम्म चलेको संघर्ष जडसुत्रवाद र संकिर्णवादसँग सम्बन्धित छन् । जडसुत्रवादीहरुले गतिशील र लचिलोपनाको विरोध गर्दछ । माक्र्सवाद भनेको लेख्ने, पढ्ने र दराजमा थन्कने चिज होइन । क्रान्ति सिद्धान्तलाई कण्ठ गरेर हुँदैन । आफूलाई बुज्रुक देखाएर अरुको सत्तोसराप गरेर पनि हुँदैन । क्रान्ति त माक्र्सवादको आधारभूत कुरालाई पक्रेर देशको परिस्थिति र अन्तरविरोधहरुलाई देशको राजनीतिक स्थिति र देखा परेका अन्तरविरोधहरुमा आधारित रहेर क्रान्तिको प्रक्रियालाई आफ्नो विशिष्टतामा लैजाने हो । संघर्षको बेला अनुभववादसँग संघर्ष हुनु र सम्झौताको बेला जडसुत्रवादसँग संघर्ष हुनु स्वभाविक प्रक्रिया हो । जहिले पनि विचार, कार्यदिशा र नेतृत्व विकास अनुभववाद र जडसुत्रवादसँग संघर्ष गर्दा नै सम्भव हुने गरेको छ । जनयुद्धको तयारी, घोषणादेखि यहाँसम्म आइपुग्दा गरिएको निर्णय, संघर्ष र कार्यान्वयन प्रक्रियाले पुष्टि गरिसकेको छ ।
लामो समयदेखि एनेकपा माओवादीभित्र अन्तसंघर्ष तिव्र बन्दै आएको थियो । आरोप–प्रत्यारोपले सिमा नाघिसकेको थियो । त्यो राजनीतिमा भन्दा पनि बार्गेनिङ, ईष्या र धम्कीपूर्ण आधारमा थियो । त्यसको परिणाम फुट घोषणा भएको छ ।
आज देश संविधानसभाको विघटनपश्चात ध्रुवीकृत बन्दै गइरहेको छ । पहिचानसहितको संघीयता र पहिचानबिनाको संघीयता, यसमा राजनीतिक हिसाबले मुद्दा हाम्रो सूचिमा छ । किरण समूहको बुझाई पनि समान नै छन् । तर पनि पार्टी किन फुटाउनु प¥यो ? अहिले पार्टीभित्र फुट्नुपर्ने कुनै वस्तुगत आधार छैन । विचार राजनीति र संगठनको हिसाबले पनि माक्र्सवादको सामान्य मर्यादालाई उल्लंघन गरेर जुन फुटको घोषणा भयो, यसबाट किरण समूह सिद्धान्त र व्यवहारबीचमा गम्भीर विचलन भएको पुष्टि गर्दछ ।
अध्यक्ष क.प्रचण्डबाट पार्टी एकताको प्रस्ताव आउँदा आउँदै बहस र छलफलबाट भागेर जनवादको अधिकतम् प्रयोग फुटको पक्षमा उभिन पुग्नुभयो । त्यो गम्भीर गल्ती थियो । अहिले फुटको कारण कार्यदिशा बनाइएको छ । पालुङटार बिस्तारित बैठकले तय गरेको कार्यदिशा कार्यान्वयनकै प्रक्रियामा पार्टी छ । त्यस मानेमा उनीहरुले लगाउँदै आएको आरोप गलत छ । कार्यान्वयनको प्रक्रियामा सामान्य कमीकमजोरी हुनसक्छन् । छलफल बहसद्वारा हल गर्न सकिन्छ । कार्यनीति र कार्यशैलीको श्रृंखलालाई रणनीतिक उद्देश्यसँग जोड्नु र नेतृत्वलाई आरोप लगाएर उम्कन खोज्नु क्रान्तिको पुनरावृत्तितिर लाग्नु हो । क्रान्तिको पुनरावृत्ति हुँदैन । क्रान्तिको विकास हुन्छ तर वैद्यजीहरु पुनरावृत्तितिर जाँदै हुनुहुन्छ । त्यसबाट उहाँहरु पेरु, बर्मा र मलाया बन्नेतिर जानुभएको छ । त्यसले अन्ततः विसर्जन हुने निश्चित छ ।
क्रान्ति आफैंमा मुक्ति र मृत्यूको द्वन्दात्मक सम्बन्ध हो । जब हामी मृत्यूलाई जित्दै जान्छौं, तब क्रान्तिकारी बन्दै जान्छौं । जब मुक्तिलाई जित्ने प्रयत्न गर्छौ, तब मृत्यूको छट्पटाहटमा रहन्छौं र अन्ततः विचारमा विचलित बन्छौं । जसरी मातृका, मणि र रविन्द्रको लाइनमा बैद्य समूह पुगेको छ ।
क.लेनीन भन्नुहुन्छ– ‘क्रान्तिको जमानामा सबभन्दा बढी लचिलोपनाको आवश्यकता हुन्छ । सिद्धान्तमा दृढता र व्यवहारमा लचकता क्रान्तिको विशेषता हो ।’ हामीलाई थाहा छ, संघर्षतिर जाँदा सिद्धान्तमा जोड दिनेहरुको कुरालाई प्राथमिकता दिनु र सम्झौतातिर जाँदा व्यवहारमा जोड दिनेहरुको कुरालाई प्राथमिकता दिनु वैज्ञानिक र वस्तुवादी अभ्यास हो । वैद्य विचार–समूहमा लामो समयदेखि बजारमा क्रान्ति खोज्ने मनोविज्ञान हावी बन्दै गएको थियो । पार्टी र नेतृत्वलाई खुइल्याउने र आफ्नो छटपटी ओकल्ने प्रवृत्ति थियो । त्यसले फुटमा विसर्जन ग¥यो । यो क्रान्तिको इतिहासमा थप गद्दारी हो । वहाँहरु जनयुद्ध र जनविद्रोहको कुरा गर्दै हुनुहुन्छ । ठोस योजना केही छैन । त्यसैले न त जनयुद्ध गर्न सक्नुहुन्छ । न त जनताको चाहना अनुसार शान्ति र संविधान निर्माणमा भूमिका निर्वाह गर्न सक्नुहुनेछ । मात्र यो झुण्डले प्रतिक्रान्तिकारी षड्यन्त्र र वितण्डा मच्चाएर नै सिद्धान्तको रक्षा र जनविद्रोहको पुष्टि गर्न सक्नुहुनेछ ।
क्रान्ति गर्न परम्परावादी चिन्तनबाट मुक्त हुन जरुरी छ । २१औं शताब्दीमा क्रान्ति सम्पन्न गर्न क्रान्तिका दस्तावेजहरु कण्ठ गरेर, संकिर्ण, जडसुत्रवादी बनेर के सम्भव छ ? रुसमा लेनिनले गर्नुभएको ब्रेस्तो सन्धी र चीनमा माओले गर्नुभएको छुङकिङ वार्ताबाट पाठ सिक्न जरुरी छ । जसले संविधानसभा विघटनमा षड्यन्त्र देख्छ, जसले शान्ति प्रक्रियालाई सहज बनाउन गरिएको सेना समायोजनलाई आत्मसमर्पण र विघटन देख्छ, जसले यो उपलब्धिसम्म ल्याइपु¥याउने १२ बुँदे सम्झौतालाई राष्ट्रिय आत्मसमर्पणको रुपमा देख्ने गरेको छ । वैद्य समूहले भुल्नु हुँदैन । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी र समानता प्राप्तिका आधार जनयुद्ध र कार्यान्वयनका आधार १२ बुँदे समझदारी नै हो । आज पार्टी र हामी शहर बजारमा स्रोत साधनको प्रयोग र परिचालन गर्न कसरी सम्भव भयो ? ठोस वस्तुको ठोस विश्लेषण गर्न नसक्दा आज वैद्य समूहले एनेकपा माओवादी र क.प्रचण्डलाई नवसंशोधनवादी, दक्षिणपन्थी र आत्मसमर्पणवादीको आरोप लगाउँदैछन् । त्यो नितान्त पूर्वाग्रही छ, तथ्यमा आधारित छैन । दिगो शान्ति र नयाँ संविधान निर्माण प्रक्रियालाई केही पनि होइन भन्ने र बेमौसमी जनविद्रोहको कुरा गर्ने रुसी लफ्फाजी बुखारिन, ट्राटस्की र रादेक भन्दा के फरक छ वैद्य समूह ?
त्यसैले उपलब्धिको विरोधी प्रवृत्ति एउटै हुनेछ । परिवर्तित वस्तुस्थिति नबुझीकन कण्ठ सिद्धान्तको कुरा गर्नेहरु क्रान्तिकारी जफ्फाजहरु हुन् । तिनीहरु वास्तवमा व्यवहारिक जीवनबाट भाग्न चाहने भगौडाहरुको झुण्ड हो । रुपमा क्रान्तिकारी देखाउने सारमा क्रान्तिबाट थाकिसकेको अभिव्यक्ति पनि हो । वैद्य पक्ष जीवनशील पक्षको विरोधी र मरणशील पक्षको समर्थक भएको कुरा इतिहासले पुष्टि गर्दछ । मोहनविक्रमको पिछलग्गु बन्नु नै उहाँहरुको नियति हो । किनभने वैद्य रुपमा द्वन्दात्मक भौतिकवादीको रुपमा स्थापित भए पनि सारमा अधिभूतवादी जडसुत्रवादको शिकार बन्दै आउनुभएको छ । २०४७ सालमा नेपालमा क्रान्तिकारी कम्युनिष्टहरुको एकताको प्रस्ताव आउँदा अस्वीकार गरेर होस् या २०४८ सालको चुनावमा भाग लिने कुरालाई अस्वीकार गरेर होस्, या २०५२ मा जनयुद्ध शुरु गर्ने बेला पनि अकर्मण्यता जाहेर गरेर होस्, यी परिघटनाले वहाँलाई जडसुत्रीय दार्शनिक सावित गरिदिएको छ । त्यसको पुष्टि अहिले बिनाकारण पार्टी फुटाएर गर्नुभएको छ ।
पार्टी निर्माण र फुट वस्तुगत आवश्यकता अनुरुप अगाडि बढ्ने हो । अहिले राजनीतिक आवश्यकता हामीले के गर्दा वस्तुगत रुपले क्रान्ति पूरा हुनसक्छ, हामी रुपान्तरण भएर कसरी अगाडि बढ्न सक्छौं ? यो महत्वपूर्ण कुरा हो । राजनीतिक दृष्टिकोणबाट हेर्दा पार्टी विभाजनको दोष आम जनसमुदाय र सहिद बेपत्ता परिवार, घाइते, आम कार्यकर्ताले वहाँहरुलाई दिनेछन् । क.लेनिन भन्नुहुन्छ– ‘पेट धेरै पचाउन योग्य छ, हामीले जे खाए पनि पच्छ । हामीले हाम्रो दिमागलाई पनि पेटकै रुपमा बुझ्न आवश्यक छ ।’ कम्युनिष्ट आन्दोलनभित्र यस्ता थुप्रै टुट फुटको अवस्था आउन सक्छन् । यसबाट धेरै किसिमका तर्क–वितर्क, आरोप–प्रत्यारोप लाग्न सक्छन्, त्यसलाई पचाउनुपर्छ । आगामी दिन सम्भावना र चुनौतीपूर्ण छ । पार्टीभित्र देखिएका समस्याहरुलाई राजनीतिक, वैचारिक, सांगठनिक, आर्थिक सबै हिसाबले पारदर्शिता र केन्द्रीकृत गर्न आवश्यक छ । पार्टीभित्र देखिने तमाम् प्रकारका गलत प्रवृत्तिलाई दण्ड र पुरस्कारको विधि अपनाउन पनि जरुरी छ । साथै, हामी भित्रको टुक्रे प्रवृत्तिलाई ध्वस्त पार्न र एकीकृत नेकपा माओवादीको गरिमालाई अझै माथि उठाउन भ्रममा पर्नुभएका सबै इमान्दार र क्रान्तिकारीहरु एकताबद्ध हुन आवश्यक छ । क्रान्तिको बाँकी अभिभारा पूरा गर्न आगामी विस्तारित बैठकले विचलन, फुट र विसर्जनवादीहरुलाई नांगेझार गर्दै सबै राष्ट्रवादी, देशभक्त, प्रगतिशील आदरणीय जनसमुदायलाई गोलबन्द गर्ने योजनासहित आफ्नो अभिभारा पूरा गर्न सफल हुनेछ ।

0 comments:
Post a Comment