Friday, June 29, 2012

धादिङबेसी असार १५ /
प्रवेशिका परीक्षाको नतिजामा सुधार ल्याउनको लागि संयुक्त पहल गर्नेगरी १९ बुँदे प्रतिवद्धता पत्र जारी गर्दै जिल्लभरका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको एक दिने गोष्ठी हिजो धादिङबेसीमा सम्पन्न भएको छ । देशभरका ७५ वटा जिल्ला मध्ये धादिङ उत्कृष्ठ नतिजाका हिसावले २३ औं स्थानमा रहेको र अन्य ५२ जिल्लाको नतिजा धादिङको भन्दा कमजोर रहेको सो अवसरमा जानकारी दिइएको थियो । प्रवेशिका परीक्षा २०६८ को नतिजाको समिक्षा र भावी रणनीति तय गर्ने उद्देश्यका साथ आयोजित गोष्ठीबाट नतिजमा सुधार ल्याउनको लागि विशेष पहल गर्ने गरी १९ बुँदे प्रतिवद्धता पत्र जारी गरिएको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले बताउनुभयो । आगामी शैक्षिक शत्रदेखि बालमैत्री वातावरणमा विद्यार्थीहरुको मनोभावना बुझेर शिक्षण गर्ने लगायतका बुदाँहरु प्रतिवद्धता पत्रका समेटिएको छ । गोष्ठीले गत शैक्षिक शत्रको परीक्षामा धादिङको समग्र नतिजा तुलनात्मक रुपमा शन्तोषजनक नै निष्कर्ष निकालेको छ । यसैबीच १५ प्रतिशत भन्दा कम नतिजा ल्याएका जिल्लाका ३ विद्यालयलाई नतिजा सुधारका लागि नसियत दिइएको जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ । ती विद्यालयहरुलाई नतिजा सुधारको लागि निर्देशन दिइएको र आगामी बर्षमा पनि सुधार नआएमा अनुदान कटौती हुने जिल्ला शिक्षा अधिकारी सुवेदीले बताउनुभएको छ । भानुभक्त माध्यामिक विद्यालय पिंडा, पिपलभञ्ज्याङ माध्यामिक विद्यालय महादेवस्थान र महेशधर्म उच्च माध्यामिक विद्यालय छत्रेदेउरालीले गत शैक्षिक शत्रको प्रवेशिका परीक्षामा १५ प्रतिशत भन्दा कम विद्यार्थी उत्तिर्ण गरेका थिए । जिल्ला परीक्षा समन्वय समिति धादिङका अध्यक्ष एवम् प्रमूख जिल्ला अधिकारी बेदप्रसाद खरेलको खध्यक्षता तथा शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेको प्रमूख आतिथ्यमा सम्पन्न गोष्ठीमा शिक्षा विभागका उप–निर्देशक गणेश पौडेल, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष शंकर अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

Related Posts:

  • मंगलादेवी माविको खेलकुद सप्ताह सम्पन्नबच्चुराम थापा / माघ २३ मार्पाक / मंगलादेवी माध्यामिक विद्यालय मार्पाक ७ वोराङमा गत माघ १८ गतेदेखि सञ्चालन भएको खेलकुद सप्ताह आज सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीको अध्यक्षतामा सञ्चालन भएको सप्ताहव्यापी … Read More
  • प्रेस चौतारीको अन्तरक्रिया कार्यक्रम सम्पन्नधादिङबेसी माघ २३ / प्रेस चौतारी नेपालको १४ औं स्थापना दिवसको अवसरमा आज धादिङबेसीमा ‘धादिङको विकासमा संचार र सरोकारवालाकोे सम्वन्ध’ विषयक अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न गरेको छ  । प्रेस चौतारी धादिङका अध्यक्ष रामेश्व… Read More
  • बेनिघाटमा सार्वजनिक सुनुवायी सम्पन्नधादिङ माघ २७ बेनीघाट / धादिङको वेनीघाट गाउँ विकास समितिमा हिजो, सार्वजनिक सुनुवायी सम्पन्न भएको छ । वेनिघाट गाउँ विकास समिति कार्यालयको प्राङ्गणमा हिजो सम्पन्न सार्वजनिक सुनुवायीमा, गाविस सचिव र राजनीतिक दलका प्रमुखहरुल,े गाव… Read More
  • शिक्षक कुटिए पछि किराञ्चोकका विद्यालयहरु बन्दकिशोर अधिकारी माघ २३ किराञ्चोक रिठ्ठाबोटे प्राथमिक विद्यालय किराञ्चोक २, मझुवाका शिक्षक सुनबहादुर स्याङ्तानलाई शनिवार एमाले कार्यकर्ताले हातपात गरेको विरोधमा अखिल नेपाल शिक्षक संगठनले हिजो  किराञ्चोकका सम्पूर्ण शैक्षिक स… Read More
  • विभिन्न ५२ शुत्रिय माग राख्दै शिक्षकहरु आन्दोलितधादिङबेसी माघ २३ गते / विभिन्न ५२ शुत्रिय माग राख्दै संयुक्त शिक्षक आन्दोलन जिल्ला समिति धादिङको आयोजनामा आइतबार शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय धादिङमा धर्ना दिएका छन् । विभिन्न शिक्षक संगठनहरु सम्मिलित संयुक्त शिक्षक आन… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts