पुष्पविक्रम मल्ल |
विधिवत रूपबाट असार ५ गते एकीकृत माओवादी पार्टीबाट चोइटिएर ड्यास माओवादी पार्टीको अध्यक्ष किरण बनेपछि नेपालको राजनीतिमा र विशेषगरी एकीकृत माओवादी पार्टी र ड्यास माओवादी पार्टीबीच एकले अर्कोलाई अरोप–प्रत्यारोपको श्रृंखलाको विषयमा नेपाली सञ्चार माध्यममा र प्रत्येक सचेत नेपाली नागरिकमा बहस भइरहेको छ । तसर्थ, नेपालको संक्रमणकालीन राजनीतिक परिस्थितिको गम्भीर क्षणमा यतिखेर नै पार्टी फुटाउनुले कसलाई सेवा पुर्याउँछ रु क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई वा प्रतिक्रान्तिकारी प्रतिगामी सामन्ती कट्टर परम्परावादी सोच, विचार भएकाहरूलाई सहयोग पुग्दछ । यो विषयमा विनापूर्वाग्रह जडता, यान्त्रिकता वा मनोगतवादी एकाकी कोणबाट नभई विचार र राजनीतिक द्वन्द्वात्मक वस्तुगत घटनाक्रमलाई आधार बनाएर विश्लेषण एवं संश्लेषण गर्नुपर्दछ । यतिखेरको पार्टी फुटलाई किरणको माओवादीले कुनै पनि कोरा विचारबाट पुष्टि गर्न सक्दैन । यतिखेरको पार्टी फुटाउने किरणजीहरू सबैले यो वा त्यो नाममा अध्यक्ष कमरेड प्रचण्डलाई जति अरोप–प्रत्यारोप गरे पनि त्यो आरोप पानीको फोकासरह बाहेक केही हुनेछैन । किनकि यतिखेर एकीकृत माओवादी फुटाउने जुन काम गरियो, पार्टी फुटाउने कदम प्रतिगामी, प्रतिक्रान्तिकारी कदम नै हो भनेर पुष्टि हुन्छ । ड्यास पार्टीले आफूलाई आफैंले जति क्रान्तिकारी विचार सिद्धान्तको कार्यदिशा कार्यनीतिको वकालत गरे पनि पार्टीफुटले पनि व्यावहारिक रूपबाट साम्राज्यवाद भारतीय विस्तारवाद सामन्ती प्रतिगामी कमल थापालगायतका कांग्रेस–एमाले पार्टीलाई नै सहयोग पुर्याएको प्रस्ट हुन्छ । किनकि यतिखेर किरण समूहले पार्टी फुटाउनु भनेको प्रतिगामीहरूलाई सहयोग पुर्याउनुबाहेक अर्को कुनै अर्थ लाग्नै सक्दैन ।
एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा विचार सिद्धान्त राजनीतिक रणनीतिमा खास फरक रहँदैन । तर, रणनीति लक्ष्यमा पुग्न नेपालको सन्दर्भमा नयाँ जनवादी क्रान्ति र पुँजीवादी क्रान्ति पूरा गरेपछि समाजवाद हँुदै साम्यवादमा पुग्ने लक्ष्य एउटै रहेको एकीकृत माओवादी यतिखेर फुट्यो ।
पार्टीमा लाग्नु भनेको स्वयंसेवी काम हो । त्यसमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा लाग्नु आम जनता एवं श्रमजीवी जनताको मुक्तिका लागि लाग्नु हो । यतिखेर किरण कमरेडले एकीकृत माओवादी फुटाउनुमा तत्कालीन कार्यनीतिको विषयमा गम्भीर मतभेद देखाएर पार्टीफुट गराएको हो । नेपालको कम्युनिस्ट आन्दोलन र विश्वभरको कम्युनिस्ट अन्दोलनमा पार्टी विभाजन हुनु स्वाभाविक मानिन्छ । तर, नेपालको कम्युनिस्ट पार्टी स्थापनादेखि विशेषगरी ०१९ सालदेखि ०४६र०४७ सालको अवधि पार्टी टुटफुट विभाजनको अवधि रह्यो । ०४६र०४७ पछि एउटा संशोधनवादी धार एमालेले समात्यो भने मशाल पार्टीको नेतृत्वमा रहेका पछि कमरेड प्रचण्डले पार्टी एकता गरी जनयुद्धको नेतृत्व गरी शान्तिप्रक्रियाको यो अवधिसम्म ०५७ को दोस्रो राष्ट्रिय सम्मेलनको कार्यदिशाअनुसार शान्ति, संविधान र नयाँ जनवादी क्रान्ति पूरा गर्ने कार्यनीति अवलम्बन गर्दै आइरहेको छ । यो शान्ति र संविधानको कार्यनीति अझै पूरा भएको छैन । तर, बीच बाटोमा नै किरणले पार्टी फुटाउनुभयो ।
जेठ १४ गते एमाले–कांग्रेसको सामन्ती सोचको कारणले राष्ट्रिय जातीय पहिचानसहितको संघीय गणतन्त्रको संविधान जारी गर्न नमानेपछि जेठ १४ गते संविधानसभाको स्वतस् विघटन भएको तीन हप्ता नपुग्दै वैद्यहरूले हतार गरी पार्टी फुटाउने काम गरे । यतिखेर पार्टी फुटाएर नयाँ जनवादी क्रान्ति पूरा गर्छु भन्नु आकाशको फल आँखा तरी मर भन्नेबाहेक अर्को अर्थ लाग्न सक्दैन । किनकि ०५७ सालको कार्यदिशाअनुसार शान्ति, संविधान र नयाँ जनवादी क्रान्ति पूरा गर्ने कार्यभार र कार्यनीति अन्तर्सम्बन्धित रहेका छन् । जेठ १४ गते संविधानसभा विघटन भएपछि डा। बाबुराम भट्टराईको नेतृत्व सरकारले संविधानसभाको निर्वाचनको मिति घोषणा गरेको स्थितिमा पार्टी फुटाउनुको आफ्नो सारतत्त्वमा यो वा त्यो जे आरोप लगाए पनि वैद्यहरूले आफ्नो पार्टीलाई जति क्रान्तिकारी जलपको शब्दकोश प्रयोग गरे पनि अन्ततस् पार्टी फुटाउने वैद्यहरूको पार्टीले यतिखेर जनविद्रोह गरी नयाँ जनवादी क्रान्ति पूरा गर्न सक्दैन । यो दिवा सपना मात्र हो । क्रान्तिकारीहरूलाई भ्रममा पार्न मात्र हो ।
यतिखेर भारतीय साम्राज्यवाद र प्रतिक्रियावादीहरू सबैले एकीकृत माओवादीलाई फुटाउन चाहन्थे र एकीकृत माओवादी पार्टीका अध्यक्ष क। प्रचण्डलाई कमजोर पार्न चाहन्थ्यो । अन्ततस् असार ५ गते पार्टी फुटाएर दुस्मनहरू र विपक्षको इच्छालाई पूरा गर्ने काम गर्यो । यतिखेरको पार्टीफुटले दुस्मनहरूलाई सहयोग मात्र पुर्याएको छ । वैद्यको पार्टीफुट प्रतिक्रान्तिकारी कदम हो । नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने कार्यनीति बाँकी रहेको अवस्थामा पार्टी फुटाएर व्यावहारिक कर्यानीति रूपबाट फेरि तिनै प्रतिगामी प्रतिक्रियावादीहरूलाई सहयोग पुग्ने काम गरेको स्पष्ट हुन्छ । अध्यक्ष प्रचण्डले वैद्यहरूले उठाएका विषयहरूका बारेमा केन्द्रीय समितिको बैठक बसी समीक्षा गरौं, सम्मेलन, विस्तारित बैठक वा महाधिवेशन गरौं, अध्यक्ष कमरेड प्रचण्डले अध्यक्षबाट र प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट केन्द्रीय समितिमा छलफल गरी पार्टी एकताका लागि पदबाट राजीनामा दिने कुरा गर्दा पनि हतार हतारमा संविधानसभा भंग भएको दुई हप्ता नपुग्दै नयाँ पार्टर्ी खोल्नुले प्रकारान्तरमा पार्टी फुटाउने वैद्यहरू नै हो भन्ने प्रस्ट भएको छ । सहिद, बेपत्ता र न्यायप्रेमी जनसमुदायप्रति गम्भीर विश्वासघातको काम वैद्यहरूले गरेका छन् ।
वैद्यहरूको नयाँ पार्टीको कर्यदिशा कार्यनीति अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुरामको विरोध गर्नुबाहेक नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ कार्यनिति केही पनि छैन । यतिखेर न जनविद्रोहमा जाने न जनयुद्ध गर्ने कुनै पनि विचार नरहेको कुरा वैद्यहरूको पार्टीले गरेको छ । वैद्य पार्टीको नयाँ कार्यनीति भनेको सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार र नयाँ संविधानको विषय उठाएका छन् । सर्वपक्षीय सम्मेलनको कार्यनीति प्रतिगामी कार्यनीति हो, किनकि पूर्वराजा ज्ञानेन्द्रलाई सहभागी गराउने र उनलाई स्थान दिनुुपर्ने हुन्छ । तसर्थ, वैद्य पार्टीको कार्यनीति प्रतिगामी रहेको छ ।
यतिखेरको पार्टीफुट हुनमा वैद्यहरू विचारमा जडसूत्रवादी, यान्त्रिक संकीर्णतावादी रहेको कारणले पार्टी फुटाएको हो । किनकि वैद्यहरूको पार्टी विचारमा जडसूत्रवादी भएपछि लेनिन–माओले तत्कालीन परिस्थितिमा भनेका कुराहरू तत्कालीन परिस्थितिमा लिएका कार्यनीतिलाई आजको २१ औं शताब्दीको दोस्रो दशकको सबै परिस्थितिको समीक्षा गर्ने व्याख्या गर्न मूल्यांकन गरी नयाँ कार्यनीति लागू गर्नुको सट्टा हुबहु जस्ताको त्यस्तै धर्मसूत्रको नाममा लागू गर्न खोज्नुले नै वैद्यहरूले पार्टी फुटाएको हो । विचारमा जडसूत्रवादी, संकीर्णतावादी यान्त्रिकता भएपछि हरेक व्यक्ति पार्टीको व्यवहारमा शुद्धताको माग गर्दछ । द्वन्द्वात्मक भौतिकवादले हरेक वस्तुमा केही राम्रा र केही नराम्रा कमीकमजोरीहरू हुन्छन् भन्ने मान्यता राख्दछ । तर, जडसूत्रवादी विचार भएका पार्टी व्यक्तिले द्वन्द्ववादको व्याख्या त गर्दछन् तर व्यवहारमा उनले शुद्धताको माग गर्दछन्, यो गलत हो । किनकि काम गर्दा कमीकमजोरी हुन्छन् । ती कमीकमजोरीबाट पाठ सिक्ने हो ।
अध्यक्ष प्रचण्डको नेतृत्वको जनयुद्ध र शान्तिप्रक्रियाको ६ वर्षबाट प्राप्त उपलब्धिहरू निषेध मात्र गरेन कि प्रचण्डलाई कथित आत्मसमपर्णवादी भनेर आरोप लगाउन पुग्नु वैद्यजीहरूमा रहेको जडसूत्रवादी विचारले काम गरेको स्पष्ट हुन्छ । हाम्रो पार्टी एकीकृत माओवादीभित्र कमीकमजोरी भएका छन् । यसलाई सच्याएर जानुपर्छ ।
जब विचारमा जडसूत्रवादी हुन्छन् तब यतिखेरको कार्यनीति शान्ति र संविधान असफल भयो भनेर फेरि प्रतिगामी सर्वपक्षीय सम्मेलन कार्यनीति लिन वैद्यको पार्टी पुगेको छ । तसर्थ, वैद्यहरू विचारमा जडसूत्रवादी भएकाले वर्तमान नेपालको संक्रमणकालीन राजनीतिक परिस्थितिको मूल्यांकन गर्न र नयाँ कार्यनीति निर्माण गर्न मनोगतवादी संकीर्णता र यान्त्रिक बनेको शान्ति र संविधानको कार्यनीति असफल भयो भन्न पुगेको छ । यति मात्र होइन बेला न कुबेला पार्टी फुटाएर क्रान्तिकारी लफ्फाजीको राजनीतिक नारा दिएर विसर्जनवादी बाटो हँुदै पतन हुनेछ । किनकि सही विचार सही राजनीतिक कार्यदिशा कार्यनीति नै छैन । वैद्यहरूको पार्टीको अन्ततस् विसर्जनबाहेक अर्को बाटो देखिन्न । वैद्यको पार्टीभित्रको केही नेताहरूले आफूलाई क्रान्तिकारी भने पनि अन्ततस् विसर्जन नै हुनेछ । तसर्थ, त्यसभित्र रहेका पार्टी नेताहरू कार्यकर्ताहरूले गम्भीर रूपले विचार गरी आत्मसमीक्षा गरी पार्टी एकता गर्न एकीकृत माओवादी पार्टीमा आउन जरुरी छ ।
शान्ति, संविधानको कार्यनीति पूरा गर्न बाँकी हुँदै पार्टी फुटाउनुले पार्टी, जनता, सहिदहरूप्रति गम्भीर धोका दिने काम वैद्य पार्टीले गरेको छ । यो बेलामा पार्टी फुटाउनु प्रतिक्रान्तिकारी कदम हो । तसर्थ, पार्टी विभाजनको मुख्य दोषी कमरेड किरण हो । कमरेड किरणको पनि व्यक्तिगत सवाल होइन । जडसूत्रवादी, यान्त्रिकता, संकीर्णतावादी प्रवृत्ति विचारको प्रतिनिधित्व कमरेड वैद्यमा देखापर्यो । किनकि जडसूत्रवादी विचार प्रवृत्ति बाह्य सतह रूपमा हेर्दा क्रान्तिकारी तर व्यवहारमा पार्टीलाई विसर्जनतिर लैजने काम गर्दछ । तसर्थ, पार्टी विभाजन हुनुमा जडसूत्रवादी संकीर्ण मनोगतवादी यान्त्रिकतावादी चिन्तन, विचार नै मुख्य दोषी हो । यी जडसूत्रीय प्रवृत्ति विचारको नेतृत्व कमरेड वैद्यले गर्नुभएको मात्र हो । तर पनि कमरेड वैद्यले अझै सोचविचार गर्न जरुरी छ । पार्टी विभाजनको मुख्य दोषी भएर नेपाली क्रान्तिको इतिहासमा जडसूत्रीय संशोधनवादी प्रवृत्तिको नेतृत्व गर्ने व्यक्तिको रूपमा देखापरेको छ । अझै पनि सच्याउनका लागि वैद्यले पार्टी एकताका लागि फेरि पनि विचार गर्न जरुरी छ ।

0 comments:
Post a Comment