धादिङ असार १९/ साङ्कोस सदरमुकाम सँग जोडिएको साङ्कोष गाविस मधुवन स्थित पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हरिबहादुर गुरुङलाई हिजो दिउँसो काँग्रेस कार्यकर्ताहरुले आक्रमण गरी सख्त घाईते बनाएका छन् । विद्यालयमा परीक्षा सञ्चालन भैरहेको समयमा सोहि विद्यालयका शिक्षक होमबहादुर गुरुङको नेतृत्वमा बाहिरबाट झिकाइएका काँग्रेस समर्थित युवाहरुको एक समूहले शिक्षक गुरुङलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएको एकिकृत नेकपा माओवादी धादिङले जनाएको छ । धारिलो हतियार र हेल्मेटले टाउको सहित शरिरका विभिन्न भागमा आक्रमण गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । गुरुङ एकीकृत नेकपा माओवादी धादिङका जिल्ला संगठन समिति सदस्य समेत हुनुहुन्छ ।
यसैबीच एनेकपा माओवादी धादिङले विज्ञप्तिमार्फत घटनाको घोर भत्र्सना गरेको छ । पार्टीका जिल्ला सचिव राजु नेपालले हिजो एक विज्ञप्ति जारी गरी घटनामा संलग्न दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग गर्नुभएको छ । विद्यालयमा अध्यापनरत शिक्षक गुरुङलाई काँग्रेसका जिल्ला नेता रमेश धमलाको प्रत्यक्ष निर्देशनमा आक्रमण गरिएको भन्दै विज्ञप्तिमा आगामी दिनमा यस्ता गतिविधि नदोहो¥याउन चेतावनी दिइएको छ । घटनाको विरोधमा एनेकपा माओवादी धादिङले आज बिहान १० बजेदेखि पृथ्वी राजमार्गमा एक घण्टा चक्काजाम र धादिङबेसीमा चक्काजाम सहित विरोधसभा गर्ने भएको छ । यता अखिल नेपाल शिक्षक संगठनले पनि विज्ञप्तिमार्फत आक्रमणको घोर भत्र्सना गरेको छ । संगठनका जिल्ला सचिव रमेश कठायतले हिजो एक विज्ञप्ति जारी गरी दोषीलाई छिटो भन्दा छटो कानुनको दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गर्नुभएको छ ।

0 comments:
Post a Comment