असार २६ धादिङ । अन्तरजातीय विवाहका विषयलाई लिएर गैर दलितहरुको आक्रमणबाट विस्थापित भएका पिंडाका दलित समूदाय दोषी माथि कारबाहीको माग गर्दै आन्दोलित भएका छन् । मूलाखर्क घटना संयुक्त संघर्ष समितिको गठन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो । जस अन्तर्गत यहि असार २७ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, असार २८ गते विरोध ¥याली सहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, २९ गते पृथ्वी राजमार्ग र धादिङबेसीमा बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा चक्का जाम गर्ने र ३० गते पृथ्वीराजमार्ग सहित धादिङ बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम रहेका छन् । आन्दोलनमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपाल दलित संघ, नेपाल उत्पीडित जातिय मुक्ति समाज, दलित सेवा संघ, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ धादिङ र उत्पीडित दलित तथा बालबालिकाको लागि सहायता केन्द्रले समेत ऐकेवद्धता जनाएका छन् । यसअघि नै पीडित पक्षले प्रहरी प्रशासनमा किटानी जाहेरी दिईसकेका छन् । स्थानीय सम्झना सुवेदी र नवराज सुनुवारबीच भएको अन्तरजातीय विवाहका विषयलाई लिएर यहि असार १९ गते स्थानीय गैर दलितहरुले आक्रमण गरेपछि पिंडाका १० घर दलित समूदाय आतङ्कीत बनेका थिए ।
Wednesday, July 11, 2012
6:42 PM
newsdhading
Local News
No comments
Related Posts:
एमाओवादी धादिङको सम्मेलन सकियो धादिङ । एकीकृत नेकपा माओवादी धादिङको दोस्रो जिल्ला सम्मेलन आईतबार सम्पन्न भएको छ । माघ २० गतेदेखि हेटौडामा हुन गईरहेको राष्ट्रिय महादिवेशनमा पठाउने प्रतिनिधि÷प्रर्यवेक्षकहरुको छनौट गर्दै सम्मेलन सम्पन्न भएको हो । करिब ५००… Read More
एमाओवादी धादिङको सम्मेलन माघ १३गते हुँदै धादिङ । एकीकृत नेकपा माओवादी धादिङले जिल्ला समितिको दोस्रो सम्मेलन यही माघ १३ गते गर्ने भएको छ । एनेकपा माओवादी धादिङको राज्य समिति सदस्यहरुको बिहीबार धादिङबेसीमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । एकताको दोस्रो जिल्ला स… Read More
दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकियो अर्जुन खतिवडा चैत्र २८, धादिङवेसी । ‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सोमबारदेखी शुरु गरिएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०६९ बुधबार सकिएक… Read More
एमाओवादी धादिङको सम्मेलन २२ वर्ष पछि भोली हुँदै धादिङ १२ माघ । एकीकृत नेकपा माओवादी धादिङको भोलि हुने एकताको दोस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मलेन आयोजक मूल समितिका संयोजक पुष्पविक्रम मल्लले बताउनुभएको छ । सम्मेलन २२ वर्ष पछि भोली हुने भएको हो । मल्ल… Read More
आजबाट राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता चैत्र २६ धादिङ । ं,धादिङ जिल्लाको उच्चमाविहरुमा अध्यायरत विद्यार्थीहरुको प्रतिभाहरुलाई खेलकूदको माध्यामबाट प्रस्फुटित गर्न आज देखि धादिङबेसीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । जिल्लाका उ… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment