Wednesday, July 11, 2012

raute-khutta-1समाचार संवाददाता/ दाङ, २७ असार । हातखुट्टा धोए, नुहाए देउता रिसाउँछन् भन्दै सधैं मैला कपडा लगाएर बस्ने राउटेहरू मंगलबार बिहान भने बस्ती नजिकैको खोलामा झरे र हात–खुट्टा मिचीमिची धोए । सदरमुकाम घोराहीबाट राउटेको भत्ता बुझाउन गएका सरकारी कर्मचारीहरूले हातखुट्टा धोएपछि मात्र भत्ता दिने बताएपछि कहिल्यै हातखुट्टा नधुने उनीहरूले खोलामा जान तँछाड–मछाड नै गरेका थिए ।
दाङ र सल्यानको सिमानामा पर्ने तुलसीपुर नगरपालिकाको बाख्रीखोलामा बसिरहेका ७२ जना राउटेहरूले हातखुट्टा धोइसकेपछि लाइन लागेर पालैपालो भत्ता थापे । जिल्ला विकास समिति दाङका सामाजिक विकास अधिकृत बालकृष्ण खनालको नेतृत्वमा गएको टोलीले त्यहाँ रहेका ७२ जना राउटेहरूलाई गत माघदेखि असारसम्मको प्रतिव्यक्ति मासिक एक हजारका दरले रकम वितरण गरेका थिए । प्रतिव्यक्ति ६ हजारका दरले जम्मा ४ लाख ३२ हजार रकम वितरण गरिएको जिविस दाङका सामाजिक विकास अधिकृत बालकृष्ण खनालले बताए ।
भत्ता वितरणपछि राउटेहरूलाई एकै ठाउँमा जम्मा गरेर अधिकृत खनालले अर्को पटक ननुहाउनेलाई भत्ता नदिने बताए । उनले दिसापिसाब एकै ठाउँमा गर्न र जथाभाबी फोहर गरेर वातावरण नबिगार्न पनि सल्लाह दिए । सो क्रममा राउटे मुखिया मैनबहादुर शाहीले आफूहरू बुद्धि नभएर जंगलमा बसेको होइन भन्दै अरूलाई दु:ख दिनुहुन्न भन्ने थाहा भएकोसमेत भन्न भ्याए ।
भत्ता बुझ्न ६ महिनाका बालकदेखि ८२ वर्षे वृद्धा विरेनी शाहीसम्मको उपस्थिति थियो । एकै घरमा १० जनासम्मको परिवार रहेकाले कुनै घरले ६० हजार रुपैयाँसम्म बुझेका छन् । सो रकमबाट संक्रान्ति मान्ने, खसी किन्ने, खानलाई चामल किन्नेलगायतका काममा प्रयोग गर्ने राउटे मुखिया शाहीले बताए । सरसफाइ नगर्ने र पढाइ–लेखाइ नगरे भत्ता नदिने बताएपछि राउटेहरूले बालबालिकाहरूलाई पढाउने सहमति जनाएका थिए । तर, उनीहरूले पैसा पाउँछौं भन्ने आशाले मात्र त्यस्तो सहमति जनाएको अधिकृत खनालको भनाइ छ ।
यसैबीच मंगलबार नै जिल्ला विकास समिति दाङका योजना तथा प्रशासकीय अधिकृत जीवन ज्ञवालीको नेतृत्वमा गएको टोलीले तुलसीपुर–७ बल्लेमा रहेका ७१ जना राउटेहरूलाई रकम वितरण गरेको छ । ७१ जना राउटेहरूलाई ६ महिनाकै एकमुष्ठ ४ लाख २६ हजार रुपैयाँ वितरण गरिएको अधिकृत जीवन ज्ञवालीले जानकारी दिए । राहत वितरण गर्न गएको टोलीले ६१ जना महिलालाई गुन्युचोली र ७० पुरुषका लागि गादो वितरण गरिएको थियो । जिल्ला विकास समितिले दुवै स्थानमा गरी १ सय ४३ जना राउटेलाई गत माघदेखि असारसम्मको ८ लाख ५८ हजार रुपैयाँ वितरण गरेको छ । समचार दैनिक बाट

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts