Thursday, July 12, 2012

पोखरा, असार २८–
बुधवार राती पोखरा आसपासमा भिषण वर्षापछि सेती नदीमा बाढी ले ठुलो क्षेति पुर्याएको छ । सेती नदीमा आएको बाढीका कारण पोखराको रामघाटस्थित खोला किनारमा रहेका २२ घर डुवानमा परेका छन् । बाढीका कारण २० घर उच्च जोखिममा रहेको कास्की प्रहरीले जनाएको छ । गएराती अबिरल बर्षासंगै नदीमा पानीको बहाव बढ्दा पोखराको रामघाटमा खोला  थुनिएर ताल बन्दा नदी किनारको घर डुवाएको हो । २२ घर मध्ये ७ घरमा मात्र सर्वसाधारण बसोबास गर्दै आएको थिए । सात घरमा रहेका २९ जनालाई अन्यत्र सारिएको छ । बाढीले बस्ती डुबाएपछि, त्यहाँका वासिन्दाले घरका छतहरुमा बसेर ज्यान जोगाएका थिए।
रामघाट क्षेत्रमा राती ठूलो ताल बनेको र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र सशस्त्र प्रहरी बल कालिका गणका जवानहरुले लेकसाईडबाट डुंगा मगाई घरका छतमा बसेकाहरुलाई उद्दार गरिएको थियो ।
बाढीका कारण केही घरपालुवा पशुपंक्षी मरेको भएपनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।  पोखरामा बुधवार साँझ ७ बजे पछिको १२ घण्टाको अवधिमा मात्रै ९१।८० मिलिमिटर पानी परेको थियो ।

Related Posts:

  • धादिङको विकासे बजेट सार्वजनिक धादिङबेसी । जिल्ला विकास समिति धादिङले आर्थिक बर्ष २०७१–०७२ सालको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । स्थानीय विकास अधिकारी रमेश न्यौपानेको अध्यक्षता तथा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् पुर्व सभाषद पु… Read More
  • भूकम्पबाट जोगिन अभ्यासमुलक कार्यक्रम धादिङ ३ माघ । धादिङ जिल्लामा विहिबार १६ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरि मनाईएको छ । ‘नसोधी–नबोली आउँछ भूकम्पीय विपद्, जागौं–जुटौं बचाउन स्रष्टिको सम्पदा’ भन्ने नाराका साथ सचेतनामूलक विभिन्न कार्यक्रम गर… Read More
  • गोरखा प्रहरीले खोल्यो फेसबुक पेज धादिङमा खै ? धादिङ माघ ३ । जिल्ला प्रहरी कार्यालय गोरखाले नागरिकका गुनासा सुन्न र अन्तरक्रिया गर्न फेसबुक पेज फेसबुक पेजमा नागरिकका गुनासो संकलन गर्न छुट्टै फारम बनाएर राखिने र सेवाग्राहिले त्यसलाई डाउनलोड गरी फर्म भरेर म्यासेज बक्समा… Read More
  • नेपालीदेखि विदेशी सम्म रमाए होलीमा धादिङबेसी चैत्र ३। फागुन शुक्ल पूर्णिमा अर्थात रङ्गहरुको पर्व होली, पहाडी र हिमाली क्षेत्रका नागरिकले एक आपसमा रङ्ग र अबीर लगाएर मनाएका छन् । होलीको रमझममा धादिङबेसी सदरमुकाममा मात्र नभएर काठमाडांैको ठमेल सम्म रङ्गिएक… Read More
  • महोत्सव हाम्रो हो हाम्रो सहभागिता अनिवार्य छ “जिल्लाको शान, मान र उत्सव, प्रथम धादिङ महोत्सव” भन्ने मूल नाराका साथ धादिङ महोत्सव २०६४ माघ २१–२७ गते सम्म भयो । एैतिहासिक महत्व बोकेको उक्त महोत्सव धादिङ उद्योग वाणिज्य संघको आयोजनमा सम्पन्न भएको थियो । हजारौँले अवलोकल … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts