मलाई अहिले किरणजीहरूले जनताको भावना बिल्कुल बझ्न सक्नुभएन भन्ने लाग्छ । यदि नेपाली जनता, सहिद परिवार, घाइते, बेपत्ता योद्धाहरूका परिवार र आम तीन करोड नेपाली जनताको भावना बुझेको भए लेनिनको भनाइबाट सिक्नुहुन्थ्यो । किरणजीहरूले लेनिनवाद के हो भन्ने बुझ्नभएको रहेनछ ।
अहिलेको परिस्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ ? कस्तो छ मुलुकको अवस्था ?
संविधानसभा विघटन हुन पुग्नुका कारण उत्पन्न अवस्था नै अहिलेको मुख्य अवस्था हो । अर्को हाम्रो पार्टीबाट केही साथी छुट्टनिुभयो । अहिले यी दुई विषय सबैभन्दा संवेदनशील विषय हुन् । संविधानसभाको अवशानले यो सम्रग प्रक्रियालाई संस्थागत गर्ने चुनौति बढाएको छ भने पार्टीबाट एकथरी साथीहरू अलग भएर जानुभयो, त्यसले पार्टीलाई नयाँ ढंगले एकताबद्ध गर्ने जिम्मेवारी थपिएको छ । यी दुवै घटनाले देशको मुख्य राजनीतिमा असर पार्छ र राख्छ । देशको परिवेश पनि यसको वरिपरि छ । अन्ततोगत्वा संविधानसभाबाट संविधान घोषणा गर्नुको विकल्प छैन । राजनीतिक सहमति गरेर संविधानसभाको निर्वाचनद्वारा वा अन्य विकल्पद्वारा संविधान छिटोभन्दा छिटो घोषणा गर्नुको विकल्प हामीसँग छैन तर यो सहमति जसरी बन्छ, त्यसले मुलुकलाई अगाडि बढाउँछ ।

पार्टी विभाजनको असर जनतामा खासै नपरे पनि राजनीतिक वृत्तमा परेको छ । पार्टीभित्रका केही साथीहरूलाई पनि केही भ्रम परेको छ, ती भ्रमहरूलाई स्पष्ट पारेर पार्टीलाई नयाँ विचार नयाँ योजनाका साथ एकताबद्ध गर्ने चुनौति छ । आसन्न विस्तारित बैठककबाट त्यो गर्नेछौं । अहिलेको परिस्थितिबाट निकास निस्कन्छ । कतै दुर्घटना हुन्छ कि भन्ने जो त्रास छ त्यस्तो केही हुँदैन । यो समस्याको समाधान चाँडै हुन्छ । जनतालाई विश्वस्त हुन म अपिल गर्छु ।
संविधानसभाको निर्वाचन वा संविधानसभा पुनस्र्थापना यी दुईमध्ये कुन सम्भावना बढी छ ?
पहिलो कुरा यो विषयलाई पुनस्र्थापना वा आम निर्वाचन भनेर भन्नुभन्दा पनि राजनीतिक सहमति के हुन्छ भनेर बुझ्न जरुरी छ । प्रमुख राजनीतिक दलहरूका बीचमा राजनीतिक सहमति भयो भने निर्वाचनमा जाने कुरा पनि खुला हुन्छ र पुनस्र्थापनाको बाटो पनि खुला हुन्छ । सहमति नभए निर्वाचन पनि सहज छैन । पुनस्र्थापना पनि सहज छैन । त्यसकारण राजनीतिक दलको सहमति प्राथमिक कुरा हो । राजनीतिक सहमति भैसकेपछि देश र जनतालाई सबैभन्दा कम दुःख हुने, कम बोझ पर्ने जुन उपयुक्त बाटो हुन्छ त्यो नै रोज्नुपर्छ । त्यो विकल्पका बारेमा हाम्रो पार्टी र राजनीतिक दलहरूबीचमा छलफल चलिरहेको छ । संविधानसभाको पुनस्र्थापना गरेर त्यसले संविधान घोषणा गर्ने विधि नै उचित हुन्छ भनेर धेरैको सुझाव र सल्लाह छ ।

सहमति बनाउनभन्दा पनि एकाथरी शक्ति त राष्ट्रपतिलाई गुहारेर यस समस्याको हल खोजिरहेका छन् नि ?
कांग्रेस-एमालेले राष्ट्रपतिलाई उपयोग गरेर या राष्ट्रपतिलाई उचालेर माओवादीलाई कमजोर पार्ने जुन सोचेका छन् यसले माओवादीलाई कमजोर पार्ने होइन कि देशलाई नै कमजोर पार्दछ । त्यसले दुर्घटनाबाहेक केही पनि निम्तिंदैन । त्यसकारण कांग्रेस-एमाले जुन बाटोमा लागेका छन्, त्यो बाटो दुर्घटनाको बाटो हो । त्यसले एमाले-काग्रेसलाई नै सिध्याउछ र देशलाई बढी दुःख दिन्छ । हामीले भनेको बाटो या सहमतिको बाटो भनेको देशलाई दुर्घटनाबाट बचाउने बाटो हो । राष्ट्रपतिमा पनि राष्ट्रपति हुनुका नाताले गणतन्त्रलाई संस्थागत गर्नका निम्ति राजनीतिक दलहरूका बीचमा सहमति होस् भन्नेतिर नै चिन्ता गरेको मैले देखेको छु । कांग्रेस-एमाले, माओवादी, मधेसवादी कुनै दलको उक्साहटमा उहाँले देशलाई दुर्घटनामा लैजाने काम गर्नुहुन्न ।

हामी यसअघिका त्यस्ता गम्भीर नजिरहरूलाई पनि भुल्न सक्दैनौं । २००७ सालदेखि ०१७ सालसम्म प्रधानमन्त्री बनाउने, छ महिनापछि प्रधानमन्त्री फाल्ने, फेरि बनाउने, फेरि फाल्ने खेलका कारणले नै ००१७ सालमा गएर पञ्चायती निरंकुशताको वातावरण बनेको नजिर छ । राष्ट्रपतिलाई यो नजिर राम्रोसँग थाहा छ । त्यसकारण राष्ट्रपतिले यो प्रधानमन्त्री फाल्ने अर्को प्रधानमन्त्री बनाउने गर्न थालेपछि ६ महिनापछि अर्का फाल्नुपर्ने हुन्छ र त्यसले परिस्थिति राष्ट्रपतिको हातमा पनि रहँदैन । त्यो पुग्ने भनेको सामन्ती निरंकुशताको हातमा हो, ठूलो प्रतिगमनतिर पुग्छ । त्यो कुराको बोध राष्ट्रपतिलाई गहिरो गरी छ । त्यसकारण कांग्रेस र एमालेले जतिसुकै उक्साए पनि वहाँले देशलाई दुर्घटनाको खाडलमा हाल्ने काम चाहिं गर्नुहुन्न भन्ने मलाई विश्वास छ ।
भनेपछि अहिलेको राजनीतिक अन्योलबाट सृजित जनताको निराशा छिट्टै हट्छ ?
यो धेरै समय रहँदैन । अन्ततः सहमतिद्वारा एउटा निकास निकालिन्छ । मलाई त्यो विश्वास छ ।

प्रसंग बदलौं । एमाओवादी फुट्यो, फुटपछिको एमाओवादी कस्तो छ ? फुटको असर कस्तो हुन्छ ?
नेपाली जनताको समग्रताबाट र क्रान्तिकारी जनताको हिसाबबाट पनि माओवादी पार्टी फुट्नु हुँदैन, माओवादी पार्टी बिल्कुल विभाजित हुनुहुँदैन भन्ने थियो । इतिहासको अहिलेका जटिल मोडलाई विचार गरेर, एकताको भावनालाई पनि विचार गरेर मैले अध्यक्षको नाताले अन्तिम समयसम्म पनि पार्टी विभाजित नगर्नुहोस्, पाँच-सात महिना सँगै बसौं र त्यसपछि जे गर्नुपर्छ गरौंला भनेर आफ्नो तर्फबाट पूरै प्रयत्न गरें । तर पनि वहाँहरूले पार्टी फुटाई छाड्नुभयो । किनकि वहाँहरूमा पहिले नै संविधानसभा नरहनेबित्तिकै विभाजित हुने भन्ने थियो । किनभने वहाँहरूलाई संविधानसभाबाट संविधान बन्छ भन्ने लागेको थियो । संघीयतामा अध्यक्षले सबै कुरा छोडेर पनि संविधान बनाउँछ भन्ने लागेको रहेछ । यो पक्का वहाँहरूलाई विश्वास लागेको रहेछ । त्यो विश्वासको जगमा वहाँहरूले के गर्नुभयो भने जब संविधान बन्छ त्यहींबाट पार्टी अलग हुनुपर्छ भन्नेमा पुग्नुभयो । अध्यक्षले संघीयता पनि छोड्यो, सब जनताका मुद्दा छोडेको हुनाले अब यो पार्टीमा बस्न सकिंदैन भनेर फुट्ने भनेर निर्णय गर्नुभएको रहेछ । तर, भयो के भने अध्यक्षले पहिचानसहितको संघीयता पनि छोडेन र संविधान पनि बनेन । फुट्ने भनेर गरेको निर्णयबाट उहाँहरू पछि हट्न सक्नुभएन, त्यसकारण वहाँहरू जर्बजस्ती अलग्गिनुभयो । किनकि वहाँहरूले त्यो मानसिकता बनाइसक्नुभएको रहेछ ।

दोस्रो कुरा मैले के भन्थें र अहिले पनि के भन्छु भने लेनिनले १९०३ मा जो अधिवेशन भएको थियो, त्यो अधिवेशनबाट एउटा लाइन पारित भएको थियो । त्यो अधिवेशनपछि मेन्सेभिक र बोल्सेभिक दुइटा लाइन बने । एक-डेढ वर्षपछि फेरि वहाँहरूको पार्टी एकता भयो । पार्टी एकता गर्नुपर्छ भनेर पार्टी एकता गर्नुभयो । जनता-कार्यकर्ताहरूले पार्टी किन फुट्यो र अहिले किन जुट्यो भन्ने जबाफमा लेनिनले भन्नुभयो, 'जनताले एक होऊ भने त्यसकारण एक हुन पर्यो नि । जनताले एकता चाहेपछि हामीले फुटेर हुन्छ ?'
मलाई अहिले किरणजीहरूले जनताको भावना बिल्कुल बझ्न सक्नुभएन भन्ने लाग्छ । यदि नेपाली जनता, सहिद परिवार, घाइते, बेपत्ता योद्धाहरूका परिवार र आम तीन करोड नेपाली जनताको भावना बुझेको भए लेनिनको भनाइबाट सिक्नुहुन्थ्यो । किरणजीहरूले लेनिनवाद के हो भन्ने बुझ्नुभएको रहेनछ । जनताले एकता चाहँदा चाहँदै विभाजित भएर एकताको उल्टो जानुभयो । त्यसकारण धेरै ठूलो असर हुन्छ भन्ने मलाई लाग्दैन । समयक्रममा भ्रमवश त्यता गएका इमान्दार क्रान्तिकारीहरू पनि फकिर्ने क्रम सुरु हुन्छ । त्यो उहाँहरूको भेलाबाट नै सुरु भएको हो । भेलाबाट नै धेरै साथीहरू आइसक्नुभएको छ । वहाँहरूको भेलाबाट निर्वाचित गरिएका केन्द्रीय सदस्यहरू पनि र्फकेर केही आइसक्नुभएको छ । त्यो तलबाट, राज्यहरूबाट विभिन्न तह र तप्काबाट इमान्दार साथीहरू भ्रमबाट मुक्त हुँदै एकताका पक्षमा आउने क्रम चलिरहेको छ । वहाँहरूको पार्टी धेरै चल्छ भन्ने मलाई लाग्दैन ।
तपाईंका फुटपछिका सबै भनाइहरूमा पुनः पार्टी एकता हुने कुराको संकेत छ । के त्यो सम्भव छ ?
त्यता गएका इमान्दार कमरेडहरू भ्रममुक्त हुँदै जाँदा र त्यहींभित्र रहेका साथीहरूले एकताको पक्षमा जोडदार आवाज उठाउँदै जाँदा त्यहाँका साथीहरूले महसुस गर्दै जानुहुन्छ । त्यो महसुस गर्दै जाने क्रममा एकताको सम्भावना छ । त्यसलाई नकार्न सकिंदैन । कमरेडहरूले कुनै न कुनै रूपमा विभाजित हुनु गलत भएको छ भन्ने कुरा महसुस गर्नेहरूको संख्या बढ्दै गएपछि नेतृत्वमाथि एउटा दबाब बन्छ भन्ने मलाई लाग्छ ।
दोस्रो वहाँहरू आफैंले महाधिवेशनसम्म एकताका निम्ति संवादको ढोका खुला राख्ने पनि भन्नुभएको छ । त्यो भनेका हिसाबले पनि एकताको सम्भावना छ । मैले त हिजो पनि पार्टी विभाजित हुनुहुन्न भनेको नै हुँ । अहिले विभाजित हुने कुरा पनि गलत भएको छ भनेको हुनाले अनिवार्य रूपमा मेरा तर्फबाट पार्टी एकतामा ल्याउने कोसिस पनि निरन्तर जारी रहन्छ । सम्भव छ पनि ।

किरण समूहको नयाँ पार्टी जनयुद्धमा जाने भनेको छ, अहिले त्यो सम्भावना कत्तिको देख्नुहुन्छ ?
त्यो बिल्कुल सम्भव छैन । मानिसहरूलाई सपना देख्ने छुट छ । दिवासपना देख्ने छुट पनि छ । दुःस्वप्न नै देख्न पनि छुट छ । अहिले फेरि छापामार युद्धमा जाने, फेरि जनयुद्धमा जाने आत्मरति केही युवाहरूको आकांक्षा त हुन सक्छ तर त्यो आत्मरति आत्मघाती हुन्छ । मैले बुझेसम्म त्यहाँभित्र छापामार युद्धमा जाने कुरा गलत हुन्छ भन्ने साथीहरूको बाहुल्य म देख्छु । त्यसकारण त्यो सम्भव छैन । मैले धेरै पहिले भनेको थिए ।

साथीहरूको मन पनि हुन सक्छ । निम्नपुँजीवादी रोमान्सका रूपमा, एउटा लहडका रूपमा त्यस्तो भइदिए हुन्थ्यो भन्ने त हुनसक्छ । हिजो इतिहासको एउटा परिस्थितिमा हामीले जनयुद्ध गर्यौं । अहिले जनयुद्धको माध्यमबाट हामी जुन स्थानमा छौं त्यसलाई वहाँहरूले बडो मनोगत रूपमा, निम्नपँुजीवादी रोमान्सका रूपमा बुझ्नुभएको छ । मैले धेरै पहिले भनेको थिएँ, यदि वहाँहरूले साँच्चै त्यसो गर्नुभयो भने त्यो धराशयी भएर जान्छ । त्यो आत्माघाती नै हुन्छ । त्यो वहाँहरूले गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । त्यो वहाँहरूले गरेर हुने कुरा पनि होइन । त्यो वातावरण पनि छैन । नगर्दा फेरि मोहनविक्रमजस्तो लफ्फाजी हुनुहुन्छ । भन्ने तर केही पनि नगर्ने हुनुहुन्छ । त्यसकारण जताबाट हेर्दा पनि वहाँहरूको यात्रा विसर्जनवाद नै हो ।
पार्टी केन्द्रको बैठक बसिरहेको छ कस्तो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ?
प्रतिवेदनका सबै कुरा त अहिले सार्वजनिक गर्न मिल्दैन । तर, पनि मूलभूत रूपमा पार्टी कामहरूका अहिलेसम्मको समीक्षासँग सम्बन्धित छ । दोस्रो, नयाँ जनवादी क्रान्तिका रणनीति र कार्यनीतिलाई विकास गर्ने कुरा, परिमार्जन गर्ने कुरा, अर्को किरणजीहरूको पार्टी फुट र त्यसको प्रवृत्तिका रूपमा संश्लेषण गर्ने पक्ष रहेको छ र आगामी कार्ययोजनाका बारेमा लेखिएको पाटापक्ष समेटिएको छ । मैले प्रतिवेदन पोलिटब्युरो र केन्द्रीयसमितिमा पनि प्रस्तुत गरिसकेको छु । पहिलेपहिलेको भन्दा अलिकति समग्रतामा, नयाँ ढंगले खराब प्रवृत्तिको चिरफार गर्ने ढंगले नै आएको छ । मलाई विश्वास छ, यसले नयाँ पार्टी बनाउनेतिरै लैजान्छ । नयाँ ढंगले संगठित गर्नेमा यो सफल हुन्छ र पार्टीमा वैचारिक दृष्टिले नयाँ स्पष्टता र नयाँ आत्मविश्वास पैदा गर्छ ।

देशभरिका कम्युनिस्टलाई एकताबद्ध गर्ने कुरा गर्नुहुन्थ्यो तर अहिले त्यसमा समस्या पैदा भयो नि ?
लाइनका हिसाबले, कार्यदिशाका हिसाबले हामी अहिले पनि कम्युनिस्ट क्रान्तिकारी र जो-जो सबै जहाँ-जहाँ छौं ती सबै एउटा कम्युनिस्ट केन्द्रभित्र आउनुपर्छ, त्यो भूमिका र पहलकदमी लिनुपर्छ भन्नेमा म अहिले पनि प्रस्ट पनि छु, दृढ पनि छु । यो प्रक्रिया चलेको छ । माओले एकचोटि भन्नुभएको थियो, 'पार्टीभित्र गुट हुन्छन् र पार्टीबाहिर पार्टी हुन्छन् । हामीले गुटहरूलाई छुट दिनुहुँदैन । बाहिर भएका पार्टीहरूलाई ल्याउन हामीले ढोका बन्द गर्न झन् हुँदैन । त्यसकारण गुट गए पार्टी आउँछन् । यो क्रम चलिरहन्छ । तसर्थ केही समयभित्रै त्यो देखिन्छ । धेरै समूहसित छलफल हुँदैछ पार्टीबाहिरका पार्टीसित । पार्टीभित्रका गुट बाहिरिएका छन् । यसले क्रान्तिकारीहरूको एकतालाई अन्ततः कमजोर होइन, बलियो बनाउँछ भन्ने मलाई लाग्छ ।

समाचार दैनिकले सय अंक पूरा गर्दैछ के भन्नुहुन्छ ?
हामीकोमा जनसंख्याका हिसाबले मिडिया बढी छन् । नेपालमा पत्रपत्रिका, एफएम, टिभी सबै छन् । यसले नेपाली जनताको चेतनालाई पनि व्यक्त गर्दछ । नेपालको राजनीतिको संक्रमण र संवेदनशीलता अनि नेपालप्रति विश्वको ध्यान केन्दि्रत छ भनेर पनि यसले व्यक्त गर्छ । पत्रिकाहरूको भिडभित्र आ-आफ्नो पहिचान बनाउन खोजेको म देख्छु । यो क्रमभित्र समाचार दैनिकले आफ्नो विशिष्ट पहिचान बनाउँदैछ भन्ने लागिरहेको छ । सय अंक पूरा गरेको उपलक्ष्यमा तपाईंहरूले विशिष्ट पहिचान बनाउने जुन प्रयत्न गर्नुभएको छ । सही विचार, सही नेतृत्व र जनताको परिवर्तनको आकांक्षालाई विशिष्ट ढंगले सम्बोधन गर्ने काममा सफलता मिलोस् । मेरो शुभकामना छ ।

0 comments:
Post a Comment