Showing posts with label संवाद. Show all posts
Showing posts with label संवाद. Show all posts

Sunday, September 16, 2012

सृजना रिजाल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)
अहिले केमा बेस्त हुनुहुन्छ ?
आजभोलि म हाम्रो पार्टीको सदस्यता नविकरण जुन हाम्रो अभियान छ । त्यसमानै जुटिहेको छु । अनेमसंघ(क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन पनि आइरहेको छ त्यसमा नै व्यस्त छु ।
तीज पनि आईसक्यो विगतका वर्षहरुमा जस्तै छमछमी नाचिन्छ होलानी यसपाली पनि ?
तीज आउन त आईसक्यो विगतका दिनहरुमा पनि त्यस्तो केही थिएन । यसपालि पनि नाच्ने त्यस्तो विचार त छैन तर यसपालि आमा बुवा भएको ठाउँमा जाने विचार गरेकी छु ।
पश्चिमेली छाडा संस्कृति होस् या पू“जीवादी रीतिरिवाजको अन्त्य भन्नु हुन्थ्यो, फेरी तीज मनाउँदै हुनु हुन्छ ?
अब यसलाई पश्चिमेली छाडा संस्कृती भन्दापनि हामीले यस हरितालिका तीजको ऐतिहासिक पृष्ठभूमी लाई बुझ्ने हो भने यो पौराणिक कालको पितृसत्तात्मक समाजवादी, समाज माथिको चाहि एउटा विद्रोह नै हो भन्दा फरक नपर्ला । कतिपय यसमा विकृति विसङ्गतिहरु आएका  छन् । यसको विरुद्धमा त हामीले सकारात्मक रुपान्तरण गरेर लैजानुपर्छ ।
तीज पर्व मनाउने तरिकाहरु विगतदेखि अहिलेसम्म नियाल्दाखेरि यसको धैैरै तरिकहरु परिवर्तन भएको हामीले पाएका छौ । अब यो घरपरिवार सासु, ससुरा, देवर, जेठाजुहरुको उत्पीडनको विरुद्ध अर्थात त्यहाँबाट भएको दमनबाट आफ्नो आवाजहरु राख्नको लागि अथवा राजनैतिक जागरणका कारण केहि समय यता राजनैतिक पक्षमा पनि केहि मुद्दा उठेको छ । यसलाई हामीले सकारात्मक पक्षमा लिन सक्छौ । हामीले यसलाई सामाजमा हेर्दा अलिकति गहना कपडा चुरापोते जस्ता  गरगहना  महंगा महँगा लगाउने ठूला–ठूला तारेहोटलमा एकमहिना अघिदेखि  भतेर लगाउने, हिन्दी, नेपाली रिमिक्स गीतहरु बजाउने र त्यतैतिर रमेको होकी भन्ने अलिकति यथार्थपरक जस्तो भैरहेका छ ।
तीज जे जसरी मनाए पनि अन्ततः पुरुषमा गएर जोडिन्छ पुरुषको भक्तिभाव गर्न पनि चाड मनाउनु पर्छ ? खास गरी तीज मनाउनु नै पर्ने चाड हो र ?
तीजलाई मेरो बुुझाइमा चाहीँँ तिज पर्व किन मानाइयो या मनाइने गरिन्छ भने नेपाली महिलाहरुको भावना बेदना र विभिन्न खाले समस्याहरु समाजमा जोडिएको एउटा पौराणिक इतिहाससंग जोडिएको पाउँछौँ । त्यसमा पौराणीक कालकै कुरा गर्दाखेरिपनि पार्वतीले पनि शिवलाई पाउनको लागि व्रत गर्नुभयो । शिव मनपराउदा शिवलाई नै पाउनको लागि आफू ब्रत वसेर घरपरिवारको अस्वीकार्य हुँदाहुँदैपनि विवाह गर्नुभयो । हामीले चाहीँ उहाँले ब्रत बसेको दिनलाई भाद्र शूल्क तृतीय तिथी वा हरितालिका तीज भन्ने गर्छौ । त्यसकारणले गर्दाखेरि पनि घरपरिवारको असहमति विनापनि शिवसँग बिवाह गरेर आफ्नो अधिकार पाएको दिनका हिसावले यो दिन महत्वपूर्ण छ । अहिले चाहीँ केछ भने महिलाहरुले तीजलाई फेसनको रुपले लिएर तडकभडक गर्ने एउटा माध्याम बाएको हो जस्तो मलाई लाग्छ ।
माक्र्सवादी दर्शनले धर्म, चाडपर्व, रीति परम्परा आध्यत्मिक अन्धसंकार र संस्कृतिलाई जनताले छाड्न सकेका छैनन् यसलाई प्रगतिशिल ढंगबाट मनाउनु पर्छ भन्नु अवसरवादी प्रवृति हो भन्छ । तपाईहरु त फेरी आफै माक्र्सवादी यसबारे के भन्नु हुन्छ ?  
अब हिन्दु परम्परा अथवा महिलाहरुलाई घरको चुलो चौकाबाट बाहिर ननिकाल्ने बोल्न नदिने अवस्था थियो । त्यसलाई छुट हुने अथवा त्यो एउटा अवसर त दियो । माक्र्सवादी दर्शन अनुसार यस्ता रीतिरिवाज परम्परालाई मान्नु हुन्न भन्ने होइन ,तर समाज परिवर्तन र आम जनताको जीवनस्तर सँगसँगै साँस्कृतिक पक्ष पनि गाँसिनु पर्दछ । त्यसो हुँदामा मात्र हाम्रो समाजको साँस्कृतिक रुपान्तरण हुन सक्छ । उत्पीडित महिला दिदी बहिनीहरुको चाहिँँ स्थिति परिवर्तन हुन सक्छ । मान्नै हुदैन भन्दापनि यस साँस्कृतिक परम्परालाई समय र परिस्थिति अनुसार परिवर्तन गर्ने र त्यसलाई निरनरता दिने र त्यसलाई अझ व्यवस्थित पारेर या एउटा चाडवर्पको जुन एउटा पक्रिया छ त्यसलाई रक्षा गर्दै यसलाई अव कसरी अगाडि वढाउन सकिन्छ भन्ने कुरा महत्वपुर्ण हो जस्तो मलाई लाग्छ ।
महिला मुक्ति आन्दोलनको अग्र मोर्चामा हुनुहुन्छ भन्न मिल्छ तपाईलाई ?
मिल्छ, हामी विगतदेखिनै दश वर्षे सशस्त्र युद्धमा पनि हामीले शसस्त्र रुपमा म आफैँपनि शारीरिक रुपमा युद्धमा होमिएको मान्छे हँु । त्यसले गर्दा पनि मैले महिलाको मात्र नभएर एउटा सिङ्गो उत्पीडित वर्गको, सिङ्गो जनसमुदायको र यो समाजमा उत्पीडिनमा परेका जाति लिङ्ग धर्महरुको क्षेत्रमा हामीले बन्दुक उठायौँ आवाज उठायौँ । बन्दुक उठाएसँगसँगै छुट्टै परिवर्तन भएको छ । यो म दाबीका साथ भन्न  सक्छु हिजोका दिनहरुमा र आजको दिनहरुमा धेरै परिवर्तनहरु भएका छन् । यसलाई कसैलेपनि नकार्न सक्दैन । यो यथार्थ हो र पुष्टि भइसकेको कुरा पनि हो ।
अब हेर्नुस् महिला हिजोदेखि सामन्ति हाम्रो परम्परा पितृसत्ता सोंच चिन्तन  रीतिरिवाज वरिपरि छन् । हाम्रो धार्मिक ग्रन्थका हरेक पाठ–पाठमा एक एक अंशमा एक एक शव्दहरु चाही महिलाहरुकोे विरुद्धमा छ ।             सवै–सवै महिलाहरुले चाहीँ पुरषहरुको लागि गर्नुपर्ने, घरमा आउने पाउने देखि लिएर घरको रेखदेख हरु सबै कामहरु महिलाले नै गर्नुपर्ने । हाम्रो जुन पितृसत्तात्मक रुपमा चलिआयो र हामीले यो परिवर्तन गर्नको लागि महिलामा भएका यस्ता उत्पीडनहरुलाई अन्त्य गर्न राजनीतिक रुपमा हाम्रो आन्दोलन संगसंगै महिलो सहभागीहरु राणाशासन हुँदै ०५२ देखिको आन्दोलन देखि ०६३ सालको युद्ध हरुमा हे¥यौं भने त्यहाँ महिलाहरुको अत्यन्त महत्वपुर्ण सहभागिता हरेको थियो । त्यसको उपल्ब्धीको नतिजा संविधान सभामा महिलाको सहगभागिताको संख्या हेर्दा नै प्रष्ट हुन्छ अफसोच संविधानबाट अधिकारहरु सुनिश्चित भने हुन सकेन ।
अनेमसं क्रान्तिकारीको केन्द्रिय सदस्य पनि हुनुहुन्छ । आन्दोलनको अग्रमोर्चामा छौं पनि भन्नु हुन्छ ? आन्दोलनका उपलब्धीहरु त झन् सिथिल हुँदै गएका छन् नि होइन ?
होइन, अब हामीले यसरी बुझ्नु हुदैन यसरी भन्दाखेरि अन्याय हुन्छ जस्तो मलाई लाग्छ । समय र परिस्थितिले हामीलाई कुन स्थितिमा पु¥याउँछ भन्ने कुरा हुन्छ । हिजोका आन्दोलनका उपलब्धिहरु अर्कै ढंगले  संस्थागत हुँदैछ । तर हामीले आन्दोलनको उपलव्धि नै गुम्यो भन्यौ भने त्यो चाहिँ हजारौ सहिदहरुले बगाएको रगत पसिनाहरुको अपमान हुन्छ । अहिले देश जुन  अत्यन्त संक्रमणकालीन अवस्थाबाट अगाडी बढिरहेको छ । तर पनि समयअनुसार आन्दोलनका उपलब्धिहरु संस्थागत भएका छन् ।  अब राज्यको सबै तहहरुमा समान  ढंगबाट महिलाहरलाई समानुपातिक र विशेष अधिकार दिनुपर्छ यस्तो भएमा मात्र हामी र समाजले सोचेजतिकै महिलाहरुले अधिकार पाउँछन् ।
नेपाली समाज रुपान्तरणमा एक कदम अगाडी बढेको अनेमसंघ (क्रान्तिकारी)ले जुनबेला जा“ड रक्सीको घ्याम्पा टोलटोलमा फुटाए , मिस नेपालको व्यानर च्यतिए, कुरीति अन्त्यको आन्दोलन उत्कर्षका पु¥याए र तपाईहरु स्थापित हुनुहुभयो । खै त आज तपाईहरुको आन्दोलन ?
हाम्रो आन्दोलन त चलिरहेको नै छ । आन्दोलन पनि विभिन्न मोर्चाहरु फरक–फरक  हुन्छन् । कहिले आन्दोलन असाध्यै सनसनीपूर्ण ढंगबाट सञ्चालन हुन्छन्, भने कहिले आन्दोलन मोर्चा अलि हामीले हेर्दाखेरि सुस्ताएको जस्तो देखिन्छ । तर त्यो आन्दोलन सुस्ताएको  हुँदैन उ आफ्नो प्रक्रियामा अगाडी बढिरहेको हुन्छ । उसको नीति हुन्छ र त्यहि अनुसार चलिरहेको हुन्छ । हामीले हिजो चर्का–चर्का कुरा ग¥यौँ हामीले त्यो गर्न पनि जरुरी नै थियो । आहिले तपाई हामीले हे¥यौँ भने राज्यको हरेक अंगमा राज्यको व्यवस्थमो भनेजति नभए पनि सम्मानजनक महिलाहरुको सहभागिता नभएपनि राज्यको कुनै अंशहरुमा महिलाहरुको सहभागिता रहेको छ । राजनैतिक दलहरु, क्लव देखि हरेक संघसंस्थामा महिलाको सहभागिता भएन भने कुनैपनि कार्य गर्न सकिँदैन भन्ने चेतनाको विकास हाम्रो आन्दोेलनने पैदा गराएको छ । के यो सानो उपलब्धी होर महिला आन्दोलनको लागि । यतिखेर अखिल नेपाल क्रान्तिकारीको छैटौँ राष्ट्रिय सम्मेलन हुन गइरहेको छ । हामी महिला अधिकार र राष्ट्रिय जनतन्त्र सबै जनताका पक्षमा यो स्थापना कालदेखि नै निरन्तर रुपमा लड्दै आएको कुरा फेरी पनि स्मरण गराउन चाहन्छु । हामीले चाहे राणाकालीन आन्दोलन होस्, पञ्चायतकालीन आन्दोलन होस् या बहुदल आइसके पछिका कुरा हुन् चाहे दश वर्षे लामो आन्दोलन हुन् चाहे उन्नाइस दिने आन्दोलन हुन् । अघिले मुलुमा संघीयता पहिचान चाहने र नचाहने विचको जुन टकराव देखि राखेका छौँ । जसले कुनै पनि हालतमा संविधान बन्न नदिने षडेयन्त्र भरहेका छन्  । यसका विरुद्ध बाहिर हेर्दा सुस्तायको जस्तो लाग्ने अनेमसंघ क्रान्तिकारी फेरी निर्णयक आन्दोलन गर्ने गरि उठ्दै छ । यसको लागि हामी राष्ट्रिय सम्मेलन को तयारी मा छौँ । हामीे मंसिर २७ गते देखि नयाँ योजनाका साथ अगाडी बढेका हुनेछौ ।
धादिङका कति महिलाहरुलाई संगठित गर्नु भएको छ ?
धादिङको सन्दर्भमा धादिङ जिल्ला राजधानीसंग जोडिएको विशिष्ट जिल्ला हो । त्यस हिसावले गर्दा खेरिपनि एकपाटो दुर्गम र अर्काे पाटो सुगम जस्तो हेर्दा देखिएता पनि यहाँ सायद दुर्गम क्षेत्र नै बढी छन् होला । धादिङमा बसोवास गर्ने अधिकांश महिला दिदी बहिनीहरु अखिल नेपाल महिलासंघ क्रान्तिकारीमै बढी संगठित छन्  किन मैले यसो भनि रहेको छु भने । हिजो विगतको चुनावमा पनि उल्लेख्य रुपमा महिलाहरुको सहभागिता रहेको थियो ।
हाम्रो मंसीरमा चितवनमा हुन गइरहेको हाम्रो महिलाहरुको केन्द्रिय राष्ट्रिय सम्मेलन हुन गइरहेकोछ । त्यसमा सम्पुर्ण धादिङका दिदी बहिनीहरु त्यसमा सहभागिता हुनु हुने छ ।  त्यसको लागि सवै दिदीबहिनीहरुलाई सहभागिताको लागि फेरिपनि अनुरोध गर्दछु ।
अन्त्यमा  धादिङका तमाम् महिलाहरुलाई के भन्नु हुन्छ ?
हरितालिका तीजको उपलक्ष्यमा सम्पुर्ण दिदीवहिनीहरुलाई  हार्दिक शुुभकामना दिन चाहन्छु  ।  यो तीज हाम्रोे एउटा सांस्कृतिक पर्वको रुपमा मनाउनुस् आडम्बरिलो खोक्रो ढंगले यो पर्वलाई हुनेखाने सवैखाले पक्षलाई समेट्न सक्ने तीज बनाउन यो सन्देश धादिङका सम्पुर्ण महिलाहरुलाई भन्न चाहन्छु ।
-भुमेस्थान गाउँविकास समिति वर्डा नं. ६ कोइराले धादिङमा जन्मिनुभएकी सृजना रिजाल(प्रभा) मुलुक परिवर्तनका लागि भन्दै ०५७ साल भुमिगत जिवन रोज्दै तात्कालीन नेकपा माओवादी पार्टीमा लाग्नु भएको थियो । उहाँले ०६१ साल देखि निरन्तर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा रहेर काम गर्दै आउनुभएको छ ।  समाचारदाता इन्द्रकुमारी श्रेष्ठले सृजना रिजाल सँग गर्नुभएको कुराकानी -

Saturday, August 4, 2012

भारतीय नेताहरूसँगको भेटमा के कुरा भयो ?
पहिलो कुरा त म यहाँ दुइटा उद्देश्यले आएँ भन्दा हुन्छ । पहिलो, म नियमित उपचारका लागि आएको हुँ । दोस्रो, प्रणव मुखर्जी भर्खरै राष्ट्रपति निर्वाचित हुनुभएको संयोग पनि पर्‍यो । त्यसैलाई उहाँलाई बधाई तथा शुभकामना दिने प्रयोजन पनि रह्यो । साथसाथै, थुप्रै भारतीय नेताहरूसँग राम्रो सम्बन्ध र चिनजान भएका हिसाबले भेटवार्ताहरू पनि भयो । मैले भेटेका यहाँका मित्रहरूमा कंग्रेस आईका महामन्त्रीहरू जनार्दन द्विवेदी र दिग्विजय सिंह, लोकसभामा विपक्षी दलकी नेतृ सुष्मा स्वाराज, बिजेपीका अन्य नेताहरू यसवन्त सिन्हा, मुरली मनोहर जोशी तथा भगत सिंह कोसियारी र अरू केही विद्वान्, पत्रकार हुनुहुन्छ । तीन/चार दिन औषधिका लागि ग्याप राख्नुपर्ने भएकाले त्यही मौकाको उपयोग गरेर दक्षिण भारतको केरलातिर पनि गएँ ।
स्वाभाविक हो, भारतका नेताहरूमा नेपालको लोकतन्त्र, स्थिरता र स्थायित्व तथा शान्तिको सवालमा चासो छ । भारतले लोकतान्त्रिक आन्दोलनलाई उहिलेदेखि नै समर्थन गर्दै आएको छ । राणाकाल, पञ्चायत वा सक्रिय राजतन्त्रविरोधी आन्दोलन होस् या माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कुरा, भारतको सकारात्मक दृष्टिकोण रहिआएको छ ।
नेपाल अहिले जटिलतामा फसेका बेला कसरी समस्या सल्टिएला भन्ने सम्बन्धमा भारतीय नेतामा जिज्ञासा हुनु स्वाभाविक हो । दुई मुलुकको पारस्परिक सम्बन्ध र मित्रतालाई कसरी अझ राम्ररी अगाडि बढाउन सकिन्छ भन्ने कुरा हुनु स्वाभाविक हो ।
भारतीय नेताहरूको जिज्ञासामा तपाईंले के जवाफ दिनुभो त ?
नेपालको वर्तमान अवस्था जस्तो छ, त्यस्तै कुरा राखेँ । संविधान जारी नगरी संविधानसभा भंग भयो । संवैधानिक रिक्तता छ । राजनीतिक संकटको स्थिति छ । साथै अहिले कामचलाउ सरकार छ र यो सरकार अर्काे सरकार बनाउन सहयोगी बन्न सकिरहेको पनि छैन । तर हामी राष्ट्रिय सहमतिका साथ अघि बढ्ने प्रयासमा छौं, कामचलाउ सरकारका पक्षलाई पनि हामी साथै लिएर जान चाहन्छौं, त्यस पक्षलाई रूपान्तरण गर्न चाहन्छौं । कमसेकम हामी के भन्न सक्छौं भने, कुनै प्रकारको अतिवाद वा तानाशाही, नेपालमा कायम हुन सक्दैन, शान्तिबाहेक अब हिंसाको सम्भावना छैन, लोकतन्त्रबाहेक तानाशाहीको सम्भावना छैन, यदि असमानता र भेदभावयुक्त समाज कायम राख्छु कसैले भन्छ भने त्यो सम्भव छैन । राष्ट्रिय एकतालाई भड्काउने प्रयासहरू पनि सफल हुँदैनन् भन्ने कुरा मैले राखेँ ।
भारतीय नेताहरूले सार्वजनिक रूपमै नेपालको संकट समाधानका लागि सुझाव दिइरहेको सुनिन्छ, देखिन्छ । त्यस्तो केही सुझाव दिए उनीहरूले तपाईंलाई पनि ?
मैले विभिन्न देशका सरकारसँग कुरा गरेको छु, अहिलेसम्म कसैले पनि मलाई यसो गर्नुस्, उसो गर्नुस् भनेको छैन । न भारतले, न चीनले न पूर्वले न पश्चिमले नै । कसो गरौं, के गरौं भनेर सोध्ने कसैको शैलीका कारण सायद उनीहरूले भने होलान्, त्यो मलाई थाहा छैन । तर नेपालको प्रश्न हाम्रो प्रश्न हो, हामीले समाधान गर्ने हो । कसरी अगाडि बढ्दै हुनुहुन्छ भनेर चासो राख्दा हामीले बताउने हो । उहाँहरूले यसो-यसो गर्नुस् भन्दा होइन यसो गर्छौं भन्ने कुरा हामीले बताउने हो ।
साथै, अहिले एउटा कुरा के हो भने राष्ट्रिय एकतालाई खलबल्याउने, सत्ताप्राप्ति र सत्तामा कायम रहनका लागि राष्ट्रिय एकतालाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार र आपराधिक खालका चिन्तन र गतिविधि भएका छन्, तर ती सफल हुँदैनन् ।
के अहिलेको सत्तारूढ गठबन्धन त्यस्ता गतिविधिमा लाग्यो भन्ने यहाँको भनाइ हो ?
अब त के गठबन्धन भन्नु, सत्तारूढ गिरोहभन्दा हुन्छ । गठबन्धन जस्तो पनि रहेन अब । विघटित संविधानसभाकै कुरा गर्दा पनि उहाँहरूसँग पौने २ सय भोट छन् अथवा संविधानसभा रहँदा भएका पार्टीहरूको संख्या हेर्दा ३३ मध्ये ८ वटा मात्र छन् ।
तर चुनावमा त उहाँहरूले जित्नुभएको, तपाईंहरूले हार्नुभएको सत्य त छ नि ?
इतिहासमा त्यस्तो कहिलेकाहीं हुन्छ । मैले अक्सर भन्ने गर्छु, तीन वर्षको पीपलभन्दा तीन महिनाको तीतेपाती अग्लो हुन्छ । तीतेपाती ठूलो रूख बन्छ भन्ने कसैले ठान्छ भने त्यो एक अवधिको कुरा हो, हलक्क बढ्छ, अनि त्यसपछि समाप्त हुन्छ । पहिले उनीहरूको जुन क्रेज, आतंक थियो, त्यो खतम भयो । भ्रमवशको आकर्षण पनि खतम भइसक्यो । अब त इतिहासमा संविधानसभा थियो, हामी ठूलो पार्टी हुने गथ्र्याैं भन्ने सम्भिmने कुरा मात्र भयो ।
नेपाली राजनीतिमा भारतीय प्रभावको कुरा कसैले अस्वीकार गरेको छैन । तपाईंले चाहिँ नेपालमा भारतीय भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ ? 
भारतीय भूमिकामा म विश्वास गर्छु । भारत सदैव लोकतन्त्रको पक्षमा रहिआएको छ । यद्यपि कहिलेकाहीं मिसअन्डरस्ट्यान्डिङ हुनसक्छ, परिस्थिति मूल्यांकनको सन्दर्भमा । त्यस भूमिकालाई कतिपय कोणबाट अलिकति फरक ढंगले बुझ्ने भिन्नता पनि हुन सक्छ । तर म विश्वास गर्छु कि भारतको भूमिका नेपालको शान्ति, अग्रगतिको विरुद्धमा हुँदैन । मैले जति भारतीय नेताहरूसँग भेटघाट गरेँ, उहाँहरूको अभिव्यक्तिमा मैले ती कुरा प्रस्ट रूपमा पाएँ ।
वर्तमान सरकारबारे के रहेछ भारतीय पक्षको बुझाई ?
कसैमा भ्रम हुनु बेग्लै थियो । जस्तो नेपालभित्र भ्रम थियो, डाक्टर आएपछि इलाज हुन्छ भन्ने तर डाक्टर अर्को चीजका परे, बिमारी अर्कै थियो । देशभरभित्र परेको भ्रम कुना कन्धरामा यता पनि परेको हुन सक्तछ तर थियो भने पनि अब त्यसमा स्पष्टता छ ।
राष्ट्रिय सहमति हुनुपर्छ, संविधान बन्नुपर्छ भन्नेजस्ता कुरा प्रायः सबै नेताले गर्छन् । तर ठोस समाधानको उपाय दिन कसैले सकेको छैन । समाधानको मार्ग के हो ?
हामीले पहिलेदेखि स्पष्ट भन्दै आएका छौं । पहिलो कुरा, संविधान बन्न नदिने, संविधानसभा विघटन गर्ने, संसद् पनि रहन नदिने अहिलेको सत्ताधारी गुट हो । एकताबद्ध ढंगबाट जाने प्रयासमा बाधक पनि यही गुट हो । यो गुटले सहमति र सहकार्यको बाटोमा हिँडेको राष्ट्रिय राजनीतिलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्यो । नकारात्मक दिशातर्फ मुलुकलाई धकेल्ने अहिलेको सत्ताधारी गुटबाट नेतृत्व हुन नसक्ने स्पष्ट भइसक्यो । उनीहरूले नै भनेका थिए कि संविधान जारी नभए एक मिनेट पनि कुर्सीमा बस्दिनँ भनेर । आखिर त्यो कुरो जनतालाई धोका दिने झूट नै त रहेछ । त्यही भएर अब यिनीहरूबाहेक अरूको नेतृत्वमा राजनीतिक सहमतिको सरकार बन्नुपर्छ । माओवादीबाहेकको पार्टीले नेतृत्व गर्नु वाञ्छनीय हुन्छ ।
मौका आए एमाले नेतृत्व लिन तयार हो ?
हामीले नेतृत्व लिन कांगे्रसलाई बारम्बर भनिरहेका छौं । कांग्रेस सम्भवतः आन्तरिक समस्याका कारण नेतृत्व दिन सकिरहेको छैन । यदि नेपाली कांग्रेसले दिन सकेन भने के गर्ने ? नेपाली कांग्रेसजस्तै पुरानो इतिहास भएको, उत्तिकै योगदान भएको, दृष्टिकोणमा स्पष्ट भएको, एमाले छ । राष्ट्रिय एकताको पक्षमा रहने र सैद्धान्तिक तथा कार्यक्रमका हिसाबले पनि समृद्धितर्फ मुलुकलाई लैजान सक्ने त्यस्तो पार्टी छ भने त्यसले नेतृत्व गर्न सक्छ भन्नु अनुचित हुने छैन । तर प्रधानमन्त्रीको क्यान्डिडेटका रूपमा मैले भारतमा आफूलाई प्रस्तुत गरेँ भन्ने खबर गलत हुन् । मैले त्यसरी पोज गरेको छैन र जिम्मेवार नेताको हिसाबले त्यस्तो गर्ने मेरो स्वभाव पनि छैन ।
संविधानसभा निर्वाचन फेरि गराउने विकल्प खासगरी माओवादीबाट आइरहेछ । यसमा तपाईंको राय के ?
फेरि संविधानसभाको निर्वाचन गर्छु भन्नु मुलुकलाई गुमराहमा राख्नु हो । अब संसद्को निर्वाचन गर्नुपर्छ । त्यसले ३ वा ६ महिनाका लागि बाँकी काम वा सिफारिस गर्ने काम गर्छ । त्यसैलाई संविधानसभाको स्वरूप पनि दिने व्यवस्था गर्न सकिन्छ र संविधान जारी गर्न अधिकतम ६ महिना समय दिन सकिन्छ । पहिले संविधानसभा मुख्य थियो, संसद् पनि थियो । तर अब संसद् र त्यसैले संविधानसभाको पनि काम गर्ने गरी मिलाउनुपर्छ । यदि तोकिएको मितिभित्र संविधान जारी गर्न नसके संविधानसभाको स्वरूप समाप्त हुन्छ, संसद्मात्रै रहन्छ ।
चुनावमा जाने बाटोमा देखिएका संवैधानिक जटिलता कसरी मिलाउने ?
सहमतिका साथ दलहरूले सिफारिस गरेर राष्ट्रपतिबाट समस्या हटाउन लगाउने ।
संघीयतालाई लिएर एमालेका जनजाति तथा मधेसी नेताहरू छुट्टै विचार समूह बनाएर सक्रिय छन् । 
अब त्यो मामिलामा कसरी अगाडि बढ्छ एमाले ?
त्यो कुनै विचार समूह होइन । एक्काइसौ शताब्दीमा आएर पनि फाल्तु कुरा गर्न सुहाउँछ । केही कुरा नबुझी ट्याइँट्याइँ गरेर हुन्छ र । आइडोलोजिकल, पोलिटिकल कुरा गर्नुपर्छ । साम्प्रदायिक कुरा गरेर हुन्छ ? सम्प्रदायको, समुदायको उत्थान गरौं, त्यो ठीक छ । तर साम्प्रदायिक कुरा गर्नु सही होइन ।
भनेपछि, पार्टी थप कडा कारबाही गर्ने पक्षमा हो ?
हाम्रो उद्देश्य कारबाही गर्ने होइन । नबुझेकालाई बुझाउने र सच्याउने हो ।
ekantipur

Thursday, August 2, 2012

तपाईंहरूको पार्टी गठनसग उच्च नेतृत्वको विदेश भ्रमणले पनि तिव्रता पाएको छ, यसको उद्देश्य के होला ?

हाम्रो छिमेकी मुलुक चीनले औपचारिक निमन्त्रणा पठाएको हुनाले अध्यक्ष किरण चीन भ्रमणमा जानु भएको हो । नौ दिने भ्रमण सकाएर उहा अस्तिमात्र स्वदेश र्फकनु भएको छ । त्यहा रहदा उहाले चिनिया कम्युनिष्ट पार्टीका उच्च नेताहरूसाग छलफल गर्नुभयो । त्यसैगरी भारतमा हाम्रो नेपालीहरूको माझमा बलियो संगठन छ । विभिन्न समयमा भएका आन्दोलनमा भारतमा रहेका नेपालीहरूबाट सहयोग रहादै आएको छ । हाम्रो पार्टीको पनि भारतमा रहेका नेपाली माझ बलियो संगठन छ । त्यही संगठनलाई अझ सशक्त बनाउन हाम्रा नेता त्यहा जानुभएको हो । हाम्रोले नवसंशोधनवादीहरूसाग सम्बन्ध विच्छेद गरिसकेपछि हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध पनि विस्तार गर्ने हाम्रो योजना हो । त्यही योजनाअनुसार हामी यतिबेला अगाडि बढिरहेका छौं ।


० पार्टी गठनसागै तपाईंलगायत नेताहरू देश दौडाहामा जानुभयो, आम कार्यकर्ताको भावना कस्तो पाउनु भएको छ ?

पार्टी विभाजनपछि कार्यकर्तामा ठूलो उत्साह छाएको छ । तल्लातहका कार्यकर्ताले धेरै पहिले देखिनै नेतृत्वको विचलनवादी सोच एवं व्यवहारका कारण छिटो सम्बन्ध विच्छेद गरेर अगाडि बढ्न आग्रह गरेका थिए । तर अलि परिपक्क नभइकन गरिएको सम्बन्ध विच्छेदले हामीलाई अप्ठ्यारो पार्न सक्थ्यो । हामी त्यसतर्फ सजग थियौ । राष्ट्रिय, अन्तर्राष्ट्रिय अवस्थाको मूल्याङ्कन गर्दै हामीले सम्बन्ध विच्छेद गरेका हौं । हामीले सामुहिक निर्णयमार्फत् सम्बन्धविच्छेद गरेका हौं न कि कुनै केन्द्रीय समितिको बैठक मार्फत् हजारौं कार्यकर्ता माझ व्यापक छलफल गरेर हामीले सम्बन्ध विच्छेद गरेको सबैलाई अवगत नै छ । यसले कार्यकर्तामा हौसला छाएको छ । हाम्रो कार्यकर्ता भेलालाई काउन्टर दिन नवसंशोधनवादी गुटले जसरी विस्तारित बैठकको आयोजना गर्यो । विस्तारित बैठकमा देखिएको गाइजात्राले नवसंशोधनवादीहरूको नेतृत्वपंक्ति, निरास छ । त्यस्तो नेतृत्वबाट निराश भएका कयौं क्रान्तिकारी साथीहरू अब सागै मिलेर अगाडि बढ्नुपर्छ भन्दै हामीकहा आउनु भएको छ । समग्रमा भन्दा अझबढी उनीहरूको चरित्र नाङ्गएिको छ र हामीप्रति आम समर्थन बढ्दै गएको छ ।


० एमाओवादीले पार्टी शुद्धिकरण गर्ने भन्दै आयोगहरू गठन गरेको छ, यस विषयमा के भन्नु हुन्छ ?

एमाओवादी पार्टीभित्र भएको भ्रष्टाचार । अनियमितताको विषयलाई लिए कार्यकर्तामाझ नेतृत्वप्रति जुन आक्रोश पैदा भयो । यसले विस्तारित बैठक नै अगाडि नबढ्ने अवस्था देखापरेपछि कार्यक्रम अगाडि बढाउनकै लागि छलछाम गर्न त्यो आयोग गठन गरिएको हो । आयोग गठन एउटा ठूलो नाटक हो । त्यसबाट केही आउनेवाला छैन । बरु त्यस आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई नवङ्गयाउने प्रयास गर्छ । त्यसभन्दा बढि त्यसले कुनै भूमिका निभाउछ जस्तो मलाई लाग्दैन ।


० सरकारले भर्खरै मात्र पूर्व विशिष्ट व्यक्तिहरूलाई सरकारी सुविधा दिने निर्णय गरेको छ, यस विषयमा के भन्नुहुन्छ ?

हामीले यस विषयमा यसअघि नै सार्वजनिक गरिसकेका छौं । हामीले सरकारको यस निर्णयको त्यतिबेला नै विरोध जनाइसकेका छौं । बाबुराम भट्टराई कति जनजाति, राष्ट्रघाति छन् भन्ने कुरा यस घटनाले पनि पुष्टि गरेको छ । सरकारको यो जनघाति, जनविरोधी निर्णय जनतामा आक्रोशता सिर्जना गरेको छ । यो सरकार हदैसम्मको गैरजिम्मेवार बन्दै गएको प्रमाणित भएको छ । बाबुराम भट्टराई सरकारले सुविधा दिएको गाडी चढेर यो काठमाडौ सडकमा घुम्न कसैलाई दिनुहुदैन । यो आव्हान आन्दोलनमा रहेका नागरिक समाजका अग्रताहरूलाई समेत गरिसकेका छौं । निर्णय फिर्ता नलिए बाबुरामको गाडी समेत चल्न नदिने अभियान हामीले चलाउनुपर्छ ।


० सरकार निर्वाचन गराउने भन्दै लागेको छ, के यो सम्भव छ ?

निर्वाचन कुनै पनि हालतमा सम्भव छैन । बाबुरामले आˆनो मालिकको दावेदारी गरेको मात्र हो । वास्तविक रूपमा निर्वाचन हुनै सक्दैन । बाबुराम भट्टराईले गर्ने चुनावमा सरकारमा सहभागी भएका बाहेक अन्य दल सहभागी नै हुदैनन् । यदि यो निर्वाचन भइहाल्यो भने पनि त्यो ज्ञानेन्द्रले घोषणा गरेको नगरनिर्वाचनको हविगत हुनेछ । यस्तो खालको निर्वाचनमा हामी भाग लिदैनौ । कानुनी संशोधन बिना निर्वाचन सम्भव छैन । कानुन संशोधन गर्ने कुनै निकाय बाबुरामले राखेका छैनन् । अध्यादेशमार्फत् संविधान संशोधनको प्रयासमा बाबुराम लागेका छन् । त्यो प्रक्रियामा राष्ट्रपतिले साथ दिन्छन् जस्तो हामीलाई लाग्दैन । यदि राष्ट्रपतिबाट अध्यादेशमा साथ दिए भने आम जनता आन्दोलनमा उत्रिने छन् ।


० अब देशलाई कसरी निकास दिने त ?
मुलुकलाई वर्तमानबाट निकास दिन सर्वपक्षीय गोलमेचसभा छलफल हुन जरुरी छ । अहिले इतिहासले निकम्मा सावित गरेका तीन दलका कथित शीर्षनेता निकास निकाल्ने भनेर जसरी लागिपरेका छन् । यो असम्भव छ । उनीहरूमाथि जनताको कुनै विश्वास छैन । राष्ट्र र जनताप्रति इमानदार नभएको भनेर प्रमाणित भइसकेका हुनाले हामीले गोलमेचसभा गरेर निकास निकाल्नु पर्छ भनिरहेका छौं । हामी अहिले त्यही प्रयासमा लागेका छौं ।


० अब तपाईंहरू आन्तरिक बाध्य दुबै शक्तिसाग लड्नुपर्ने अवस्था छ यस्तो अवस्थामा कसरी अगाडि बढ्नु हुन्छ ?

देश भित्रका दलहरूको पनि बाहृय शक्तिसग सम्बन्ध हुन्छ । त्यसकारण यिनीहरू अलग अलग हुदैन । एउटासग लड्दा अर्कोसग स्वत लडाइ हुन्छ । अहिले बाबुराम भट्टराईसग लड्नु अर्थात भारतसग लड्नुजस्तो हुन जान्छ । यो हामीले चाहे पनि नचाहे पनि त्यही हुन्छ ।


० तपाईं संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको संयोजक पनि हुनुहुन्छ, समितिले आन्दोलनको बारे केही सोचेको छ ?

जेठ १४ सम्म त हामीले आन्दोलनको कार्यक्रमलाई अगाडि बढायौं । १४ गते संविधानसभा र व्यवस्थापिकाको एकै साथ अवसान भइसकेपछि संयुक्त राष्ट्रिय आन्दोलन समितिमा भएका घटकहरूले आ-आˆनै खाले निर्णय गरेर निणर्यमा विविधता भएका कारण हामीलाई थोरै समस्या पर्यो । समितिलाई एउटा मोर्चामा परिणत गर्नुपर्छ भन्नेमा हामी सहमत भएका छौं । अहिले हामी मोर्चा निर्माणको अभियान हौं । हामी एउटा संयुक्त अवधारणा पत्र पारित गर्ने क्रममा छौं । अवधारणा पत्र तयार भइसकेको छ । त्यस अवधारणापत्रमाथि छलफल पछि हामी संघर्षको कार्यक्रम घोषणा गर्छौं ।


० अन्त्यमा आम जनसमुदायलाई के भन्न चाहनु हुन्छ ?

अहिले नेपाली राजनीतिमा ठूलो धू्रवीकरण भइरहेको छ । सही र गलतबीचको यो ध्रूवीकरण चुलिादै गएको छ । देशभक्त, राष्ट्रिय स्वाधिनता पक्षका बीच भएको छ भने अर्को तर्फ राष्ट्रघाति, जनघातिहरूको एकत्व भएको छ । मुलुक गम्भीर संकटमा परेको बेला कसैले पनि गल्ति गर्नु हुादैन । हामी कुनै पक्षमा उभिन्छौं भन्नेको निणर्यक महत्वमा छौं । हामी यतिबेला असाधारण अवस्थामा छौं । देशभक्त, न्यायप्रेमीहरू एक ठाउमा गोलबन्द बन्दै राष्ट्रघाति, देशद्रोहीहरूलाई पराजित गर्नुपर्छ । म सबैसग यही अपिल गर्न चाहन्छु ।

-उपाध्यक्ष नेकपा-माओवदी
साभार: क्षेप्यास्त्र साप्ताहिक

Sunday, July 15, 2012


मलाई अहिले किरणजीहरूले जनताको भावना बिल्कुल बझ्न सक्नुभएन भन्ने लाग्छ । यदि नेपाली जनता, सहिद परिवार, घाइते, बेपत्ता योद्धाहरूका परिवार र आम तीन करोड नेपाली जनताको भावना बुझेको भए लेनिनको भनाइबाट सिक्नुहुन्थ्यो । किरणजीहरूले लेनिनवाद के हो भन्ने बुझ्नभएको रहेनछ ।

 
अहिलेको परिस्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ ? कस्तो छ मुलुकको अवस्था ?
संविधानसभा विघटन हुन पुग्नुका कारण उत्पन्न अवस्था नै अहिलेको मुख्य अवस्था हो । अर्को हाम्रो पार्टीबाट केही साथी छुट्टनिुभयो । अहिले यी दुई विषय सबैभन्दा संवेदनशील विषय हुन् । संविधानसभाको अवशानले यो सम्रग प्रक्रियालाई संस्थागत गर्ने चुनौति बढाएको छ भने पार्टीबाट एकथरी साथीहरू अलग भएर जानुभयो, त्यसले पार्टीलाई नयाँ ढंगले एकताबद्ध गर्ने जिम्मेवारी थपिएको छ । यी दुवै घटनाले देशको मुख्य राजनीतिमा असर पार्छ र राख्छ । देशको परिवेश पनि यसको वरिपरि छ । अन्ततोगत्वा संविधानसभाबाट संविधान घोषणा गर्नुको विकल्प छैन । राजनीतिक सहमति गरेर संविधानसभाको निर्वाचनद्वारा वा अन्य विकल्पद्वारा संविधान छिटोभन्दा छिटो घोषणा गर्नुको विकल्प हामीसँग छैन तर यो सहमति जसरी बन्छ, त्यसले मुलुकलाई अगाडि बढाउँछ ।
पार्टी विभाजनको असर जनतामा खासै नपरे पनि राजनीतिक वृत्तमा परेको छ । पार्टीभित्रका केही साथीहरूलाई पनि केही भ्रम परेको छ, ती भ्रमहरूलाई स्पष्ट पारेर पार्टीलाई नयाँ विचार नयाँ योजनाका साथ एकताबद्ध गर्ने चुनौति छ । आसन्न विस्तारित बैठककबाट त्यो गर्नेछौं । अहिलेको परिस्थितिबाट निकास निस्कन्छ । कतै दुर्घटना हुन्छ कि भन्ने जो त्रास छ त्यस्तो केही हुँदैन । यो समस्याको समाधान चाँडै हुन्छ । जनतालाई विश्वस्त हुन म अपिल गर्छु ।
संविधानसभाको निर्वाचन वा संविधानसभा पुनस्र्थापना यी दुईमध्ये कुन सम्भावना बढी छ ?
पहिलो कुरा यो विषयलाई पुनस्र्थापना वा आम निर्वाचन भनेर भन्नुभन्दा पनि राजनीतिक सहमति के हुन्छ भनेर बुझ्न जरुरी छ । प्रमुख राजनीतिक दलहरूका बीचमा राजनीतिक सहमति भयो भने निर्वाचनमा जाने कुरा पनि खुला हुन्छ र पुनस्र्थापनाको बाटो पनि खुला हुन्छ । सहमति नभए निर्वाचन पनि सहज छैन । पुनस्र्थापना पनि सहज छैन । त्यसकारण राजनीतिक दलको सहमति प्राथमिक कुरा हो । राजनीतिक सहमति भैसकेपछि देश र जनतालाई सबैभन्दा कम दुःख हुने, कम बोझ पर्ने जुन उपयुक्त बाटो हुन्छ त्यो नै रोज्नुपर्छ । त्यो विकल्पका बारेमा हाम्रो पार्टी र राजनीतिक दलहरूबीचमा छलफल चलिरहेको छ । संविधानसभाको पुनस्र्थापना गरेर त्यसले संविधान घोषणा गर्ने विधि नै उचित हुन्छ भनेर धेरैको सुझाव र सल्लाह छ ।
सहमति बनाउनभन्दा पनि एकाथरी शक्ति त राष्ट्रपतिलाई गुहारेर यस समस्याको हल खोजिरहेका छन् नि ?
कांग्रेस-एमालेले राष्ट्रपतिलाई उपयोग गरेर या राष्ट्रपतिलाई उचालेर माओवादीलाई कमजोर पार्ने जुन सोचेका छन् यसले माओवादीलाई कमजोर पार्ने होइन कि देशलाई नै कमजोर पार्दछ । त्यसले दुर्घटनाबाहेक केही पनि निम्तिंदैन । त्यसकारण कांग्रेस-एमाले जुन बाटोमा लागेका छन्, त्यो बाटो दुर्घटनाको बाटो हो । त्यसले एमाले-काग्रेसलाई नै सिध्याउछ र देशलाई बढी दुःख दिन्छ । हामीले भनेको बाटो या सहमतिको बाटो भनेको देशलाई दुर्घटनाबाट बचाउने बाटो हो । राष्ट्रपतिमा पनि राष्ट्रपति हुनुका नाताले गणतन्त्रलाई संस्थागत गर्नका निम्ति राजनीतिक दलहरूका बीचमा सहमति होस् भन्नेतिर नै चिन्ता गरेको मैले देखेको छु । कांग्रेस-एमाले, माओवादी, मधेसवादी कुनै दलको उक्साहटमा उहाँले देशलाई दुर्घटनामा लैजाने काम गर्नुहुन्न ।
हामी यसअघिका त्यस्ता गम्भीर नजिरहरूलाई पनि भुल्न सक्दैनौं । २००७ सालदेखि ०१७ सालसम्म प्रधानमन्त्री बनाउने, छ महिनापछि प्रधानमन्त्री फाल्ने, फेरि बनाउने, फेरि फाल्ने खेलका कारणले नै ००१७ सालमा गएर पञ्चायती निरंकुशताको वातावरण बनेको नजिर छ । राष्ट्रपतिलाई यो नजिर राम्रोसँग थाहा छ । त्यसकारण राष्ट्रपतिले यो प्रधानमन्त्री फाल्ने अर्को प्रधानमन्त्री बनाउने गर्न थालेपछि ६ महिनापछि अर्का फाल्नुपर्ने हुन्छ र त्यसले परिस्थिति राष्ट्रपतिको हातमा पनि रहँदैन । त्यो पुग्ने भनेको सामन्ती निरंकुशताको हातमा हो, ठूलो प्रतिगमनतिर पुग्छ । त्यो कुराको बोध राष्ट्रपतिलाई गहिरो गरी छ । त्यसकारण कांग्रेस र एमालेले जतिसुकै उक्साए पनि वहाँले देशलाई दुर्घटनाको खाडलमा हाल्ने काम चाहिं गर्नुहुन्न भन्ने मलाई विश्वास छ ।
भनेपछि अहिलेको राजनीतिक अन्योलबाट सृजित जनताको निराशा छिट्टै हट्छ ?
यो धेरै समय रहँदैन । अन्ततः सहमतिद्वारा एउटा निकास निकालिन्छ । मलाई त्यो विश्वास छ ।
प्रसंग बदलौं । एमाओवादी फुट्यो, फुटपछिको एमाओवादी कस्तो छ ? फुटको असर कस्तो हुन्छ ?
नेपाली जनताको समग्रताबाट र क्रान्तिकारी जनताको हिसाबबाट पनि माओवादी पार्टी फुट्नु हुँदैन, माओवादी पार्टी बिल्कुल विभाजित हुनुहुँदैन भन्ने थियो । इतिहासको अहिलेका जटिल मोडलाई विचार गरेर, एकताको भावनालाई पनि विचार गरेर मैले अध्यक्षको नाताले अन्तिम समयसम्म पनि पार्टी विभाजित नगर्नुहोस्, पाँच-सात महिना सँगै बसौं र त्यसपछि जे गर्नुपर्छ गरौंला भनेर आफ्नो तर्फबाट पूरै प्रयत्न गरें । तर पनि वहाँहरूले पार्टी फुटाई छाड्नुभयो । किनकि वहाँहरूमा पहिले नै संविधानसभा नरहनेबित्तिकै विभाजित हुने भन्ने थियो । किनभने वहाँहरूलाई संविधानसभाबाट संविधान बन्छ भन्ने लागेको थियो । संघीयतामा अध्यक्षले सबै कुरा छोडेर पनि संविधान बनाउँछ भन्ने लागेको रहेछ । यो पक्का वहाँहरूलाई विश्वास लागेको रहेछ । त्यो विश्वासको जगमा वहाँहरूले के गर्नुभयो भने जब संविधान बन्छ त्यहींबाट पार्टी अलग हुनुपर्छ भन्नेमा पुग्नुभयो । अध्यक्षले संघीयता पनि छोड्यो, सब जनताका मुद्दा छोडेको हुनाले अब यो पार्टीमा बस्न सकिंदैन भनेर फुट्ने भनेर निर्णय गर्नुभएको रहेछ । तर, भयो के भने अध्यक्षले पहिचानसहितको संघीयता पनि छोडेन र संविधान पनि बनेन । फुट्ने भनेर गरेको निर्णयबाट उहाँहरू पछि हट्न सक्नुभएन, त्यसकारण वहाँहरू जर्बजस्ती अलग्गिनुभयो । किनकि वहाँहरूले त्यो मानसिकता बनाइसक्नुभएको रहेछ ।
दोस्रो कुरा मैले के भन्थें र अहिले पनि के भन्छु भने लेनिनले १९०३ मा जो अधिवेशन भएको थियो, त्यो अधिवेशनबाट एउटा लाइन पारित भएको थियो । त्यो अधिवेशनपछि मेन्सेभिक र बोल्सेभिक दुइटा लाइन बने । एक-डेढ वर्षपछि फेरि वहाँहरूको पार्टी एकता भयो । पार्टी एकता गर्नुपर्छ भनेर पार्टी एकता गर्नुभयो । जनता-कार्यकर्ताहरूले पार्टी किन फुट्यो र अहिले किन जुट्यो भन्ने जबाफमा लेनिनले भन्नुभयो, 'जनताले एक होऊ भने त्यसकारण एक हुन पर्‍यो नि । जनताले एकता चाहेपछि हामीले फुटेर हुन्छ ?'
मलाई अहिले किरणजीहरूले जनताको भावना बिल्कुल बझ्न सक्नुभएन भन्ने लाग्छ । यदि नेपाली जनता, सहिद परिवार, घाइते, बेपत्ता योद्धाहरूका परिवार र आम तीन करोड नेपाली जनताको भावना बुझेको भए लेनिनको भनाइबाट सिक्नुहुन्थ्यो । किरणजीहरूले लेनिनवाद के हो भन्ने बुझ्नुभएको रहेनछ । जनताले एकता चाहँदा चाहँदै विभाजित भएर एकताको उल्टो जानुभयो । त्यसकारण धेरै ठूलो असर हुन्छ भन्ने मलाई लाग्दैन । समयक्रममा भ्रमवश त्यता गएका इमान्दार क्रान्तिकारीहरू पनि फकिर्ने क्रम सुरु हुन्छ । त्यो उहाँहरूको भेलाबाट नै सुरु भएको हो । भेलाबाट नै धेरै साथीहरू आइसक्नुभएको छ । वहाँहरूको भेलाबाट निर्वाचित गरिएका केन्द्रीय सदस्यहरू पनि र्फकेर केही आइसक्नुभएको छ । त्यो तलबाट, राज्यहरूबाट विभिन्न तह र तप्काबाट इमान्दार साथीहरू भ्रमबाट मुक्त हुँदै एकताका पक्षमा आउने क्रम चलिरहेको छ । वहाँहरूको पार्टी धेरै चल्छ भन्ने मलाई लाग्दैन ।
तपाईंका फुटपछिका सबै भनाइहरूमा पुनः पार्टी एकता हुने कुराको संकेत छ । के त्यो सम्भव छ ?
त्यता गएका इमान्दार कमरेडहरू भ्रममुक्त हुँदै जाँदा र त्यहींभित्र रहेका साथीहरूले एकताको पक्षमा जोडदार आवाज उठाउँदै जाँदा त्यहाँका साथीहरूले महसुस गर्दै जानुहुन्छ । त्यो महसुस गर्दै जाने क्रममा एकताको सम्भावना छ । त्यसलाई नकार्न सकिंदैन । कमरेडहरूले कुनै न कुनै रूपमा विभाजित हुनु गलत भएको छ भन्ने कुरा महसुस गर्नेहरूको संख्या बढ्दै गएपछि नेतृत्वमाथि एउटा दबाब बन्छ भन्ने मलाई लाग्छ ।
दोस्रो वहाँहरू आफैंले महाधिवेशनसम्म एकताका निम्ति संवादको ढोका खुला राख्ने पनि भन्नुभएको छ । त्यो भनेका हिसाबले पनि एकताको सम्भावना छ । मैले त हिजो पनि पार्टी विभाजित हुनुहुन्न भनेको नै हुँ । अहिले विभाजित हुने कुरा पनि गलत भएको छ भनेको हुनाले अनिवार्य रूपमा मेरा तर्फबाट पार्टी एकतामा ल्याउने कोसिस पनि निरन्तर जारी रहन्छ । सम्भव छ पनि ।
 
किरण समूहको नयाँ पार्टी जनयुद्धमा जाने भनेको छ, अहिले त्यो सम्भावना कत्तिको देख्नुहुन्छ ?
त्यो बिल्कुल सम्भव छैन । मानिसहरूलाई सपना देख्ने छुट छ । दिवासपना देख्ने छुट पनि छ । दुःस्वप्न नै देख्न पनि छुट छ । अहिले फेरि छापामार युद्धमा जाने, फेरि जनयुद्धमा जाने आत्मरति केही युवाहरूको आकांक्षा त हुन सक्छ तर त्यो आत्मरति आत्मघाती हुन्छ । मैले बुझेसम्म त्यहाँभित्र छापामार युद्धमा जाने कुरा गलत हुन्छ भन्ने साथीहरूको बाहुल्य म देख्छु । त्यसकारण त्यो सम्भव छैन । मैले धेरै पहिले भनेको थिए ।
साथीहरूको मन पनि हुन सक्छ । निम्नपुँजीवादी रोमान्सका रूपमा, एउटा लहडका रूपमा त्यस्तो भइदिए हुन्थ्यो भन्ने त हुनसक्छ । हिजो इतिहासको एउटा परिस्थितिमा हामीले जनयुद्ध गर्‍यौं । अहिले जनयुद्धको माध्यमबाट हामी जुन स्थानमा छौं त्यसलाई वहाँहरूले बडो मनोगत रूपमा, निम्नपँुजीवादी रोमान्सका रूपमा बुझ्नुभएको छ । मैले धेरै पहिले भनेको थिएँ, यदि वहाँहरूले साँच्चै त्यसो गर्नुभयो भने त्यो धराशयी भएर जान्छ । त्यो आत्माघाती नै हुन्छ । त्यो वहाँहरूले गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । त्यो वहाँहरूले गरेर हुने कुरा पनि होइन । त्यो वातावरण पनि छैन । नगर्दा फेरि मोहनविक्रमजस्तो लफ्फाजी हुनुहुन्छ । भन्ने तर केही पनि नगर्ने हुनुहुन्छ । त्यसकारण जताबाट हेर्दा पनि वहाँहरूको यात्रा विसर्जनवाद नै हो ।
पार्टी केन्द्रको बैठक बसिरहेको छ कस्तो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ?
प्रतिवेदनका सबै कुरा त अहिले सार्वजनिक गर्न मिल्दैन । तर, पनि मूलभूत रूपमा पार्टी कामहरूका अहिलेसम्मको समीक्षासँग सम्बन्धित छ । दोस्रो, नयाँ जनवादी क्रान्तिका रणनीति र कार्यनीतिलाई विकास गर्ने कुरा, परिमार्जन गर्ने कुरा, अर्को किरणजीहरूको पार्टी फुट र त्यसको प्रवृत्तिका रूपमा संश्लेषण गर्ने पक्ष रहेको छ र आगामी कार्ययोजनाका बारेमा लेखिएको पाटापक्ष समेटिएको छ । मैले प्रतिवेदन पोलिटब्युरो र केन्द्रीयसमितिमा पनि प्रस्तुत गरिसकेको छु । पहिलेपहिलेको भन्दा अलिकति समग्रतामा, नयाँ ढंगले खराब प्रवृत्तिको चिरफार गर्ने ढंगले नै आएको छ । मलाई विश्वास छ, यसले नयाँ पार्टी बनाउनेतिरै लैजान्छ । नयाँ ढंगले संगठित गर्नेमा यो सफल हुन्छ र पार्टीमा वैचारिक दृष्टिले नयाँ स्पष्टता र नयाँ आत्मविश्वास पैदा गर्छ ।
देशभरिका कम्युनिस्टलाई एकताबद्ध गर्ने कुरा गर्नुहुन्थ्यो तर अहिले त्यसमा समस्या पैदा भयो नि ?
लाइनका हिसाबले, कार्यदिशाका हिसाबले हामी अहिले पनि कम्युनिस्ट क्रान्तिकारी र जो-जो सबै जहाँ-जहाँ छौं ती सबै एउटा कम्युनिस्ट केन्द्रभित्र आउनुपर्छ, त्यो भूमिका र पहलकदमी लिनुपर्छ भन्नेमा म अहिले पनि प्रस्ट पनि छु, दृढ पनि छु । यो प्रक्रिया चलेको छ । माओले एकचोटि भन्नुभएको थियो, 'पार्टीभित्र गुट हुन्छन् र पार्टीबाहिर पार्टी हुन्छन् । हामीले गुटहरूलाई छुट दिनुहुँदैन । बाहिर भएका पार्टीहरूलाई ल्याउन हामीले ढोका बन्द गर्न झन् हुँदैन । त्यसकारण गुट गए पार्टी आउँछन् । यो क्रम चलिरहन्छ । तसर्थ केही समयभित्रै त्यो देखिन्छ । धेरै समूहसित छलफल हुँदैछ पार्टीबाहिरका पार्टीसित । पार्टीभित्रका गुट बाहिरिएका छन् । यसले क्रान्तिकारीहरूको एकतालाई अन्ततः कमजोर होइन, बलियो बनाउँछ भन्ने मलाई लाग्छ ।
समाचार दैनिकले सय अंक पूरा गर्दैछ के भन्नुहुन्छ ?
हामीकोमा जनसंख्याका हिसाबले मिडिया बढी छन् । नेपालमा पत्रपत्रिका, एफएम, टिभी सबै छन् । यसले नेपाली जनताको चेतनालाई पनि व्यक्त गर्दछ । नेपालको राजनीतिको संक्रमण र संवेदनशीलता अनि नेपालप्रति विश्वको ध्यान केन्दि्रत छ भनेर पनि यसले व्यक्त गर्छ । पत्रिकाहरूको भिडभित्र आ-आफ्नो पहिचान बनाउन खोजेको  म देख्छु । यो क्रमभित्र समाचार दैनिकले आफ्नो विशिष्ट पहिचान बनाउँदैछ भन्ने लागिरहेको छ । सय अंक पूरा गरेको उपलक्ष्यमा तपाईंहरूले विशिष्ट पहिचान बनाउने जुन प्रयत्न गर्नुभएको छ । सही विचार, सही नेतृत्व र जनताको परिवर्तनको आकांक्षालाई विशिष्ट ढंगले सम्बोधन गर्ने काममा सफलता मिलोस् । मेरो शुभकामना छ ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts