Sunday, July 15, 2012

लोकेन्द्र बिष्ट मगर/ पार्टी केन्द्रिय समितिको बिस्तारित बैठकमा पाचहजार अगुवा कार्यकर्ताहरुको जम्मा हुदैछन । बिस्तारित बैठकमा घनिभूत रुपमा गर्नुपर्ने छलफल तिनचारवटा छन । पहिलो कुरा कार्यदिशालाई सोझयाएर त्यसलाई ठोस गर्नुपरयो । कार्यदिशाका पनि दुइवटा पाटोहरु खासगरी राजनीतिक कार्यनितिक कार्यदिशा र राजनितिक रणनीतिक कार्यदिशा । राजनीतिक कार्यनीतिक कार्यदिशा त स्पष्ट नै छ । तर राजनीतिक रणनीतकि कार्यदिशालाई सोझ्याएनौ भने निशाना नै अलमलमा पर्न सक्छ । त्यसले समस्या पैदा गर्न सक्छ । तसर्थ यि बिषयमा हामीले राम्रोसग बहसको उठान गर्नुपर्ने हुन्छ । यो बिषयमा निर्ममतापुर्वक छलफल गर्नुपर्छ । अलि गहिरिएर कस्सिएर छलफल गर्नुपर्छ । 
दोश्रो कुरा पार्टीको प्रधान अन्तरबिरोधको बारेमा छलफल घनिभूत बनाउनुपर्छ । अन्तरबिरोधको किटानी हुन नहुदा त्यसले संघर्ष कता केन्द्रीत गर्ने बिषयमा नै अन्यौलता थपिदिन्छ । प्रधान अन्तरबिरोधको बिषयमा अध्यक्षको दस्तावेज सन्तुलित हिसावले आएको छ । त्यो सन्तुलित किन छ भने अहिलेको स्थिति त्यस्तै छ । तर राजनीतिक हिसावले बोल्नुपर्ने कुरा समयमा नै बोलिएन भने त्यसले भविश्यमा समस्या उत्पन्न हुनसक्छ । कार्यकर्ता गुमराहमा पर्न सक्छन । त्यसकारण प्रधान अन्तरबिरोध र कार्यदिशाको बिषयमा स्पष्ट हुनुपर्छ ।
तेश्रो कुरा संगठनात्मक संरचनाको कुरा हो । अहिलेको संगठनात्मक संरचना असाध्यै भद्धा भएकोले पनि त्यो कामयावी हुन सकेका छैन । केन्द्रीय समिति, राज्यसमिति , जिल्ला समिति र इलाका समितिहरु धेरै भद्धा र ठुला आकारका रहेका छन । अहिले संगठन उल्टो पिरामिडको आकारको भएको छ । त्यसकारण यी सबै कुरा ब्यबस्थापन गर्नको लागि पुर्णकालिन कार्यकर्ताको उचित मुल्यांकन गरेर तहबद्ध गर्नूपर्दछ । पुर्णकालिन कार्यकर्ता को हुन ? र को होइनन तिनको एउटा दायरा बनाइसकेपछि तिनीहरुलाई गुणस्तरीय बनाउन जोड दिनुपर्छ। पुर्णकालिन कार्यकर्ता सख्यात्मक भन्दा गुणात्मक हुनुपर्छ । पुर्णकालिन कार्यकर्ताले राजनीतिक र संगठनात्मक कार्य गर्नुपर्दछ । उसले जनता जगाउनुपछृ । अहिले पुर्णकालिन कार्यकर्ताले सगठनात्मक र राजनीतिक काम गरिरहेको छैन । पुर्णकालिन कार्यकता समय ब्यतित गर्नेखालको जस्तो भएको छ । संगठनका हिसावले एउटा यो हो । अर्काे हाम्रा समितिहरु साना र चुस्त दुरुस्त हुनुपरयो । महाधिवेशन फागुनमा गर्ने भन्ने भैसकेपछि त्यसबाट सगठन चुस्त दुरुस्त बनाउने प्रक्रिया आरम्भ हुन्छ । त्यो जिल्ला सम्मेलनबाट जिल्ला समिति र जिल्ला समन्वय समिति बनाउनुपर्छ । जिल्लासमितिका साथीहरु एकदम सक्षम र सक्रिय हुनुपरयो । त्यसमा सक्रिय मान्छेहरु मात्र आउन परयो । कसैले पनि जिल्ला परिषदमा बस्दा कमजोर भएको महशुस गर्नुभएन । यो भद्रगोलताले त सबै खाडलमा परिने संभावना बढेर गएको छ । राज्यहरुले पनिसम्मेलन गर्नुपर्दछ । राज्यसम्मेलन हुन्छ । राज्यसम्मेलनबाट सेलेक्ट गरीकन राज्यसमिति र राज्य परिषद बनाउनुपरयो । राज्यसमितिको आकार पनि भद्धा बनाउनु भएन । अन्य साथीहरुले नया खालका जिम्मेवारी बहन गर्नुपरयो । त्यसपछि महाधिवेशन हुन्छ र महाधिवेशनले केन्द्रीय समिति र राष्टिय परिषद बनाउनु परयो । त्यसो गर्दा सयको हाराहारीमा केन्द्रीय समिति हुन्छ । अन्य सबैलाई राष्टि परिषदमा राख्ने गर्दा हुन्छ । पोलिटब्युरो नराख्दापनि हुन्छ । स्थायी समिति बनाउने र त्यसपछि केन्द्रीय समिति मात्र बनाउने गर्दा बैज्ञानिक हुन्छ । पोलिट ब्युरो सदस्यहरुलाई मर्यादाक्रम अुनसार केन्द्रीय समितिमा स्थान दिने गरिनुपर्छ । पोलिटब्युरोका केही साथीहरुलाइृ स्थायी समितिमा लैजाने र अन्य साथीहरुलाई केन्द्रीय समितिमा राख्ने गर्नुपर्छ । संगठनात्मक हिसावले यो पनि बहसको केन्द्र बन्नुपर्छ ।
किरणजीहरुले पार्टी छोडेर गइसकेपछि पनि हाम्रो पार्टीभित्र गुटहरु बिद्यमान छन । किनभने पार्टीभित्र गुट, गुटभित्र उपगुट , उपगुटभित्र ब्यक्तिहरुका झुन्ड ति झुन्डभित्र पनि फेरी ब्यक्तिका महत्वकांक्षा रहेका हुन्छन । निहित स्वार्थ रहेका हुन्छन । पार्टीभित्रका धेरै मान्छेहरु स्वार्थी भैरहेका छन । पार्टीलाई स्वार्थीप्रबृतिले धेरै गाजेको छ । प्रत्येक कार्यकर्ताले आफुलाई केन्द्रमा राख्ने गर्दछ । हामी कम्युनिष्ट पार्टीका क्याडरहरु हिजो केहि दिन र केही लिन कम्युनिष्ट पार्टीमा होइनौ । निशर्तरुपमा सर्बहाराबर्गका लागि लडने मर्ने भनेर मुक्ति या मृत्यु भनेर आएको हो । तर अहिले त्यो भन्दा बिल्कुल फरक भएको छ । प्रत्येक सदस्यमा ब्यक्तिबाद नराम्रोसग हुर्केको छ । अहिले पार्टीभित्रका नेताहरुले भन्नुभएको छ कि गुटहरुको अन्त्य गरौ, गुटहरुको अन्त्य गरौं। सैद्धान्तिक हिसावले यो कुरा सही हो । गुट बनाउने कुरा कहि छैन त्यो सबैले स्विकार गर्नुहुन्छ तर ब्यबहारमा त्यो लागु हुन सकिरहेको छैन । सिद्धान्त र ब्यबहारको तालमेल मिलिरहेको छैन । अध्यक्षले कहिले पनि गुट बनाउनुहोस भनेर हामीलाइ भन्नुभएको छैन । हामी आफै कमसेकम हेडक्वाटर त बचाउन परयो भनेर काम गर्दा हामी पनि एउटा गुटको भएजस्तो भयो । हामीले गुट नबनाउदा नबनाउदै हामी पनि एउटा गुटका हुने भयौ । हामीले अध्यक्षको समर्थन गर्दा अन्धभक्तको रुपमा पनि देख्ने गरेका छन । तर हामी पार्टीका बफादार कार्यकर्ता हौ । त्यसकारण हामीले हाम्रो नेतृत्वप्रति बिश्वास गनृूपर्छ । हाम्रो नेता प्रचन्ड नै हो । प्रचन्ड हाम्रो अग्रणी नेता हो । हामीले हेडक्वाटरको रक्षा गर्दा कसैले गुटको आरोप लगाउछ भने हामीले त्यो कुरालाइ प्रतिवाद गर्नूपर्छ । हामी गुटको होयन पार्टीको बन्नुपर्छ । अहिले पार्टीभित्र गुटहरु छरपष्टरुपमा देखिएका छन । अहिलेको बिस्तारित बैठकमा यो बिषयमा पनि गंभिररुपमा छलफल हुनुपर्छ । पार्टीलाइ न अघि बढन दिने न पछि हटन दिन , पार्टीलाई हलचलन गर्न नदिएर बिसर्जन हुने अवस्था जो बन्छ । किरणजीहरुले हामीलाइ त्यहि बनाउनुभयो । हामीले गुटहरुको अन्त्य गर्न सकिदैन भने सल्लाह गरेर नै आ आफनो बाटो रोज्नु उपयुक्त हुन्छ ।
एकचोटी बिघटन गर्ने र बिघटन गरेपछि फेरि संगठीत गर्नपनि हिम्मत गर्नुपर्छ । अन्तर्राष्टिय अनुभवहरुबाट त्यो अवलम्बन गर्न पनि सकिन्छ । कार्लमाक्र्सले दोश्रो अन्तराष्टिय बिघटन गर्नुभएकै हो । कार्लमाक्र्स र फ्ेरडरिक एंगेल्सले दोश्रो अन्तराष्टिय किन बिघटन गर्नुभएको हो भने संसारभरिीका कुनैपनि देशले त्यहा कस्तो खालको क्रान्ति गर्ने भन्नेकुरा सम्बन्धित राज्यका पार्टीको स्वायत्त निर्णयबाट हुनुपर्छ , स्वबिबेकबाट हुनुपर्छ । हामलाइ लादन पाइदैन भनेर गरेको कुरा अहिले पुष्टि भएको छ । सके राम्रो निर्माण गर्ने नसके त्यसलार्य बिघटन गरी नया शुरुवात गर्ने, उपयुक्त बिधि यो हो । सकिन्छ अहिले यहिी पार्टीभित्रबाट गुट हटाएर यो पार्टीलाइ राम्रो बनाउ, गुट भत्काउ न भडकाउ । भडकाउने कुरा भनेको त्यो रामे चिज होइन । त्यसकारण गुट भत्काउ पार्टी बनउ पहिलो पथमिकता यहि हो । त्यसतफै सबैको ध्यान जान जरुरी छ । पुरै बिघटन गरेर नया शिराबाट संगठन निर्माण गरिनुपर्छ । जसरी कार्लमाक्र्सहरु अगाड बढे त्यसरी पनि अगाड बढन सकिन्छ भन्ने ऐतिहासिक परिघटनाबाट पुष्टिभएको कुरा हो । पार्टी संगठनात्मक शुद्धिकरण र सुदृढिकरणमा लाग्नुपर्दछ । त्यसकारण कसरी कम्युनिष्ट पार्टर्ी सर्बहारा बर्गको अग्रदस्ता बनाउने भन्ने बिषय पनि बसहको अर्काे केन्द्र बन्नुपर्छ ।
तेश्रो कार्यकर्ताको ब्यबस्थापन र राजनैतिक बैचारिक कामलाई सगसगै लैजानुपर्छ । कार्यकर्ता ब्यबस्थापनको कामलाई ब्यबस्थीत गर्न उत्पादन अन्तर्गत सहकारी अभियानलाइ तिव्रतामा अगाडी बढाउनु पर्छ । त्यसको एउटा स्पष्ट खाका बनाएर, सगठनात्मक पद्धति अनूरुप सगठनात्मक सयन्त्र बनाएर भुगोल पार्टीको मातहत रहने गरी अगाडी बढाउनु पर्दछ । त्यसो गर्दा कार्यकर्ताको माथिदेखि तलसम्मका कार्यकर्तापक्तिलाइ लैजान सकिन्छ । त्यसको साथसाथै संबिधानसभाको निर्वाचन भएपनि नभएपनि बिगत चार बर्षमा संबिधानसभाले जे काम गरयो , पार्टी र सभासदहरुले जे काम गरे,ति कामहरुका सकारात्मक नकारात्मक कुराहरु सबै जनतामा लैजाने र जनतासित बिनम्रतापुर्वक माफी माग्ने र जनताबाट थुप्रै सुझाव सल्लाह लिने , जसले आगामी दिनमा अगाडि बढने दिशानिर्देश पनि ति जनतबाट लिन सकियोस । यसले जनतामा धेरै बिश्वासको वातावरण पैदा हुन्छ र दलहरुपनि जनताप्रति उत्तरदायी हुन बाध्य बन्नेछन । हाम्रो पार्टी त्यसरी नै अगाडि बढनुपर्छ । एनेकपा माओवादी पाटी जनताको पार्टी हो भन्ने कुरा जनतालाई ब्यबहारमा प्रमाणित गर्न सकिन्छ । त्यसैगरी कार्यकर्ताको अर्काे बहस र सरोकारको बिषय भनेको राष्टिय स्वाधिनताको मुद्धा हो । राष्टिय स्वाधिनताका बिषयमा हामी स्पष्ट हुनुपर्छ । अहिले जस्तो त्रिभुवन बिमानस्थलको कुरा, बिप्पा संझौता, सुपुदुर्गी बिधेयकका कुराहरुमा हामीले स्पष्ट धारणा निर्माण गर्नुपर्छ । राष्टिय स्वाधिनतका प्रश्नलाइ नजरअन्दाज गर्न मिल्दैन । यि सबै कुराको चिरफार गरी अगाडि बढनुपर्छ । 
शान्ति र संबिधानको कार्यनिति कहिले सम्म र त्यसपछि के भन्ने बिषय सबैभन्दा महत्व र सबैका निम्ति चासो र सरोकारको बिषय हो । तर शान्ति र संबिधानको कार्यदिशा सम्पन्न भएको छैन । किरण कमरेडहरुले शान्ति र संबिधानको कार्यदिशा असफल भएको भन्नुभएको छ तर त्यसको बिकल्पमा कुनै कार्यदिशा पेश गर्न पनि सक्नुभएको छैन । हामी शान्ति र संबिधानको कार्यदिशाको चरणमा नै अगाडि बढिरहेका छौ । शान्ति प्रक्रिया पुरा भएको छैन । शान्तिप्रक्रियालाई पनि पुरा गर्ने र संबिधान निर्माणको कार्यलाइ पनि पुरा गरेपछि समग्र कार्यदिशा पार्टीभित्र तयार हुन्छ । आम कार्यदिशा र बिशिष्ट कार्यदिशा, कार्यदिशाभित्रका कार्यदिशा नै बिशिष्ट कार्यदिशा हो । आम कार्यदिशाले नेपालमा राजनीतिक आर्थिक, सामाजिक सास्कृतिक, उत्पादन बिकास निर्माण यी सबैलाई समेटेर अगाडि बढनुपर्छ । आम कार्यदिशा भनेको यो हो । बिशिष्ट कार्यदिशा भनेको त्यसपभित्र पनि अझ खदिलो तरिकाले जाने भन्ने कुरा हुन्छ । यसो गरिसकेपछि हाम्रो चरण पुरा भएको छैन । हामीले हाम्रो मिशन पुरा गरिसकेका छैनौ । संबिधानसभाबाट बिवादित बिषयमा सहमति खोज्नुपर्छ । मुलत पहिचानसहितको संघियता, संघियता सहितको संबिधान र संबिधानसभाबाट संबिधान । संबिधानसभाबाट संबिधान भनेको या त संबिधानसभा पुनस्थापित गरेर या त संबिधानसभाको निर्वाचन गरेर राजनीतिक पहलकदमी लिएर यता जानुपर्छ । शान्ति र संबिधानको मिशन पुरा गरिसकेपछि अगाडिको क्षितिज खुल्छ तर त्यसको आधार तयार गर्नुपरयो । वातावरण र आधार तयार पार्नुपरयो । त्यो आधार र वातावरण तयार गर्ने कुरा शान्ति र संबिधानको चरण पुरा गरेरमात्र हुन्छ । यो पनि अहिलेको अर्काे बहस केन्द्रीत गर्नुपर्ने बिषय हो ।
नेपालमा क्रान्ति पुरा गर्ने कुरा र त्यसलाई टिकाउने कुरा जडसुत्रिय ढंगले हुदैन । जुन जुन देशमा जुन परिप्रेक्ष्य र सनदर्भमा क्रान्ति भए ती क्रान्तिका शिक्षाहरु र नजिरहरु अर्काे देशको परिप्रेक्ष्य र सन्दर्भमा त्यहि र हुवहु लागु हुदैन । त्यहा त बिकास हुन्छ । हाम्रो देशको सन्दर्भमा के हो भने रुस र चिनमा भएका क्रान्तिका सबै मोडेलहरु उही ढगका हुदैनन । यो फरक ढगले हुन्छ । त्यसैले फरक ढगले हामीले भिन्न मौलिक र बिशेष र बिशिष्ट प्रकारले नेपालमा क्रान्ति पुरा हुन्छ भन्नुको पछाडिको तात्पर्य यो हो । यो तात्पर्यसग जोडेर हेर्दा नेपालमा जनवादीक्रान्ति सम्पन्न हुने, र समाजवादी क्रान्ति शुरु हुने एकैचोटि हुन्छ भन्ने कुराको संकेत पनि देखिदैछ । नेपालमा धेरै तिव्र हिसावले बस्तुगत र आत्मगत अवस्थामा परिवर्तन आएको छ । त्यो बिकासको एकदम गतिमा छ । नेपाल कृषि प्रधान देश भन्छौ तर अहिले नेपालको अर्थतन्त्रको एक तिहाइ अर्थतन्त्र रेमिटेन्समा आधारित रहेको छ । जनसंख्याको एकतिहाइ जनता पनि बिदेशको रोजगारीमा आधारित छन । जसले पठाएको अर्थतन्त्रले देशको अर्थतन्त्र धानेको छ । यस्तो अवस्थामा नेपाल उही ठाउमा हुन्छ कि हुदैन । हामीले पहिले दिएका नाराहरु अहिले पनि हुवहु अहिले लागु हुन्छन कि हुदैनन ? त्यसैले सम्पुर्णको एकपटक अध्ययन समिक्षा गर्ने समय आएको छ । त्यसकारण क्रान्तिको जो कार्यनीति छ । यसबाट सिफटेड हुने कहिले हो ? यो कोर्स पुरा गरेपछि हो । यसको कोर्स पुरा नहुदै अर्काेतर्फ फडको मार्न सकिदैन । जो किरणजीहरुले गर्नूभयो । किरणजीहरुले यो भन्दा भिन्न केही कुरा गर्नुभएको छैन । त्यसकारण आम कार्यदिशाभित्रको बिशिष्ट कार्यदिशा सहित यो शान्ति र संबिधानको कोर्सपुरा गरिकन नया जनवादी क्रान्तिको वातावरण र आधार तयार पारेर आत्मगत र बस्तुगत रुपमा आधार तयार गरी जनता, नेता र कार्यकर्तामा राष्टिय र अन्तराष्टिय रुपमा तयार पारेर मात्र सिफट हुन सक्छौ । सिफट रहरले हुने हाुेइन । सिफट हुने बस्तुगत परिस्थितिले हो । बस्तुगत परिस्थितिअनुसार आत्मगत परिस्थिति तयार हुन्छ । तसर्थ बस्तुगत परिस्थति जस्तो छ, सोही अनुसारको आत्मगत परिस्थिति निर्माण हुन्छ । यसरी मात्र हामी कार्यदिशाको परिवर्तन गर्न सक्छौ । यीनै बिषयको उचित जवाफले मात्र बिस्तारित बैठकको सफलत र औचित्यता पुष्टि हुनेछ । कार्यकर्ताहरुे यि बिषयमा जमेर बहस गर्नु जरुरी छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts