Friday, July 13, 2012

३० असार, काठमाण्डौं । लण्डनमा हुने ३० औ ग्रीष्मकालीन ओलम्पिकमा सुरक्षाको जिम्मा नेपाली कम्पनीले पनि पाएको छ । नेपाली कम्पनी गोर्खा सेक्युरिटी सर्भिसेस्ले ओलम्पिक अवधिभर सुरक्षाको जिम्मा पाएको कम्पनीका निर्देशक विष्णु तामाङले जानकारी दिनुभयो । मुख्य कन्ट्रयाक्ट दिने क्रममा एकमात्र नेपाली कम्पनी गोर्खा सेक्युरिटी सर्भिसेस् पनि छनोट भएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
जुलाई २७ देखि अगस्ट १२ तारिखसम्म हुने खेलकुदको महाकुम्भमा कम्पनीबाट सुरक्षाका लागि एकसयभन्दा बढी नेपाली सुरक्षागार्ड खटिने छन् । यसमा पूर्वगोर्खा सैनिकको संख्या अधिक रहने छ ।
गत जुलाई ११ देखिनै खटिएका ती गार्डले अगस्ट अन्तिमसम्म ओलम्पिकको मुख्य साइट, प्रबेशद्धार, पेरिमिटर, संसद् भवन वरपरको सुरक्षा एवं खेलाडीका सरसामान रेखदेख गर्नेछ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts