Friday, July 13, 2012

धादिङबेसी असार ३० / अन्तरजातीय विवाहका विषयलाई लिएर गैर दलितहरुको आक्रमणबाट विस्थापित भएका पिंडाका दलित समूदाय दोषी माथि कारबाहीको माग गर्दै गरेको धादिङ बन्दले बिहानै यातायातका कुनै पनि सवारी चलेका छैनन् भने धादिङबेसी सदरमुकाम ठप्प छ  अन्तरजातीय विवाहका विषयलाई लिएर गैर दलितहरुको आक्रमणबाट विस्थापित भएका पिंडाका दलित समूदाय दोषी माथि कारबाहीको माग गर्दै आन्दोलित भएका थिए । मूलाखर्क घटना संयुक्त संघर्ष समितिको गठन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै उनीहरुले असार २७ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए भने, असार २८ गते विरोध ¥याली सहित जिल्ला प्रशासन कार्यालयमा धर्ना र २९ गते पृथ्वी राजमार्ग र धादिङबेसीमा बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा चक्का जाम गरेका थिए ।  यी सघर्षका कार्यक्रमले पनि जिल्ला प्रसासनले दोसी माथि कार्वाही नगरेकाले असार ३० गते पृथ्वीराजमार्ग सहित धादिङ बन्द गर्ने लगायतका आन्दोलन गर्नु परेको बन्द कर्ताको भनाई छ ।आन्दोलनमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपाल दलित संघ, नेपाल उत्पीडित जातिय मुक्ति समाज, दलित सेवा संघ, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ धादिङ र उत्पीडित दलित तथा बालबालिकाको लागि सहायता केन्द्रले समेत ऐकेवद्धता जनाएका छन् । यसअघि नै पीडित पक्षले प्रहरी प्रशासनमा किटानी जाहेरी दिईसकेका छन् । स्थानीय सम्झना सुवेदी र नवराज सुनुवारबीच भएको अन्तरजातीय विवाहका विषयलाई लिएर यहि असार १९ गते स्थानीय गैर दलितहरुले आक्रमण गरेपछि पिंडाका १० घर दलित समूदाय आतङ्कीत बनेको थिए ।

Related Posts:

  • शुक्रबार खुल्लामञ्चमा २२ दलको विरोध सभा धादिङ । काँग्रेस एमाले संविधान निार्माण प्रक्रियालाई आफुअनुकुल बजाउन खोजेको भन्दै आन्दोलकमा उत्रिएका दलहरुले शुक्रवार काठमाडौमा विरोध सभा गर्दैछन् ।  धादिङ नुवाकोट रसुवा लगाएतका जिल्लामा कार्यकर्ताहरुलाई विरोध कार्य… Read More
  • विजेता विमला तामाङलाई सम्मान धादिङबेसी मंसिर १३ ।  दक्षिण कोरियामा सम्पन्न १७ औं एसियाडमा नेपालको तर्फबाट कराँतेखेलमा एकमात्र कास्य पदक विजेता विमला तामाङलाई नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धादिङले सम्मान गरेको छ । जिविस धादिङको सभाहलमा शनि… Read More
  • एकीकृत माओवादी धादिङले पत्रकार सम्मेलन ग¥यो । असोज २८ धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङले आज पत्रकार सम्मेलन आयोजना ग¥यो । एमाओवादी साँङ्कोस गाविसका अध्यक्ष हरि गुरुङलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै पत्रकारलाई जानकारी गराउन पत्रकार ससम्मेलन आयोजना गरेको ह… Read More
  • चीनका वैज्ञानिकको फेरि नयाँ चमत्कार अब छाताको छानो कत्रो छ ?  एउटा कतिजना सम्मलाई ओत देला ? कतै च्यातिएको पो छ की ? चुहिन्छ की ? भनेर चिन्ता लिनु नपर्ने भएको छ । वैज्ञानिकहरुले यस्तो छाताको आविष्कार गरेका छन् जो छोटो लठ्ठी जस्तै छ र सोही लठ्ठीले जस्तोस… Read More
  • पदक विजेता बिमला तामाङलाई सम्मान २३ असोज धादिङ  । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजनामा  भर्खरै सम्पन्न १७ औं एसियाली खेलकुद, इन्चोन २०१४ मा नेपालका लागि एक मात्र कास्य पदक बिजेता बिमला तामाङलाई सम्मान गरिएको छ । ११ हजार १ सय १ रुपै… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts