२८ असार, काठमाडौं । आगामी साउन २० गतेदेखि अष्ट्रेलियामा सुरु हुने यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले पृथु बाँस्कोटाको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रदिप ऐरी उप कप्तान रहेको टोलीमा राजेश पुलामी, सागर पुन, नरेश बुढाऐर, कृष्ण कार्की, अविनास कर्ण, फजलुर रहमान, भुवन कार्की, हासिम अन्सारी र सुभाष खकुरेल रहेका छन् ।
हुल विश्वकर्मा, गोपालकुमार सिंह, सौरभ खनाल र रामनरेश गिरी पनि टोलीमा परेका छन् । यस्तै सुरेन्द्र चन्द, पवन श्रेष्ठ, रुपेश श्रीवास्तव र प्रजेशबहादुर सिंहलार्इ बैकल्पिक खेलाडीमा राखिएको छ ।
टिम म्यानेजरका रुपमा संघका सदस्य किरण राणा, सहायक म्यानेजरमा संघका सदस्य सुनिलमान अमात्य, प्रशिक्षकमा पुवुदु दशानायके, सहायक प्रशिक्षकमा जगतबहादुर टमाट्टा र प्राविधिक समिक्षकमा रमन सिवाकोटी सहभागी हुने क्यानले जनाएको छ ।
नेपाल रहेको समूह ए मा आयोजक राष्ट्र अष्ट्रेलियासहित इङ्ग्ल्याण्ड र आयरल्याण्ड छ । प्रतियोगिता सुरु हुने अघि नेपालले पपुवा न्यू गिनी र न्ूयजिल्याण्डसाग अभ्यास खेल खेल्नेछ ।
प्रतियोगितामा पहिलो खेल भने अगष्ट १३ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ । अगष्ट १५ मा आयरल्याण्डसाग खेल्ने नेपालले १६ मा इङग्ल्याण्डसाग खेल्नेछ । प्रतेक समूहबाट २-२ टोली क्वाटरफाइनलमा पुग्नेछ ।
0 comments:
Post a Comment