२२ साउन, मोरङ । एउटा ढुकुर दिनहुँ एउटै समयमा आउँछ, दिनभरि बिरामी रुङ्छ र फर्किन्छ । मान्छे र पशुपक्षीबीचको मित्रता त सुनिँदै/देखिँदै आएको हो तर ढुकुर नै यसरी बिरामी कुरुवा बनेको खबर भने पत्याउन मुस्किलै पर्छ । तर, मोरङ जिल्लाको सुन्दरपुर गाविस–४ मा पत्याउनैपर्ने घटना भएको छ । बिरामी कुरुवा ढुकुर हेर्न हिजोआज बिरामीको घरमा घुइँचो नै लाग्ने गरेको छ ।५० वर्षीया धनमाया गुरुङ बिरामी परेपछि उनलाई एउटा ढुकुरले साथ दिइरहेको छ धनमायालाई कुर्न हरेक दिन बिहानै ढुकुर आउने गर्छ । यो क्रम करिब २२ दिनदेखि जारी छ । स्थानीय बासिन्दाका अनुसार पेटसम्बन्धी रोगबाट पीडित धनमायालाई कुर्न ढुकुर बिहान ६ बजे आउँछ । दिनभर बिरामीको साथमै बसेर ढुकुर साँझ ६:४५ बजेतिर फर्कन्छ । ‘यतिसम्म कि ढुकुर समाउन खोज्दा अरूसँग मान्दैन भने बिरामीसँग सहजै मान्छ,’ सौर्यदैनिकले गरेको कुराकानीमा स्थानीय किशोरी अस्मिता राईले भनिन्, ‘अरूले दिएको खानेकुरा पनि खाँदैन, बिरामीले दिएको मात्र खान्छ ।’ कमजोर आर्थिक अवस्थाका धनमायाका पति, तीन छोरा र एक छोरी छन् । उनका सबै छोराछोरीको बिहेबारी भइसकेको छ । दुई छोरा वैदेशिक रोजगारमा र माइला छोरा सुनसरीको इटहरीस्थित एक सुनचाँदी पसलमा काम गर्छन् । माइला छोराबुहारी र पति धु्रवसँग बस्दै आएकी धनमायालाई दुई महिनादेखि पेटसम्बन्धी रोगले सताएको खबर सौर्य दैनिकले छापेको छ ।
Sunday, August 5, 2012
7:22 PM
newsdhading
National News
No comments
Related Posts:
सिपि गजुरेलको परिवारमा महिला हिंसा बिहेमा कम दाइँजो ल्याएको भन्दै एकजना माओवादी नेताले बुहारीमाथि गरेको अत्याचार निकै कहालीलाग्दो छ । दाइँजोमा सोफा नल्याएको निहुँमा माओवादी नेता सीपी गजुरेलकी बुहारी सुनिता गजुरेलले कस्तो ताडना सहिन् ? सुनिता गजुरेलले दिए… Read More
खुट्टा धोएपछि मात्र भत्ता पाए राउटेले समाचार संवाददाता/ दाङ, २७ असार । हातखुट्टा धोए, नुहाए देउता रिसाउँछन् भन्दै सधैं मैला कपडा लगाएर बस्ने राउटेहरू मंगलबार बिहान भने बस्ती नजिकैको खोलामा झरे र हात–खुट्टा मिचीमिची धोए । सदरमुकाम घोराहीबाट राउटेको भत्… Read More
वैद्य आईतबार चीन भ्रमणमा जानेकाठमाण्डौ, असार ३० -चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नव–गठित नेकपा –माओवादीका अध्यक्ष मोहन वैद्य आईतबार चीन भ्रमणमा जाने भएका छन् । वैद्यको चीन भ्रमणलाई अर्थपूण रुपमा हेरिएको छ ।पार्टी विभाजन पछि वैद्यको यो पहिलो चीन … Read More
बजेटको निहुँमा विनाशको राजनीति समचार दैनिक / एकीकृत नेकपा माओवादीको नेतृत्वमा सरकार छ । नयाँ आर्थिक वर्षका लागि सरकारले बजेट ल्याउने अन्तिम तयारी पनि गर्दैछ । वर्षभरीका लागि राज्य सञ्चालन गर्न र देशको विकासका लागि जनतामुखी बजेटको आवश्यकता पर्दछ । … Read More
राजनीतिक सहमति र गोलमेच सम्मेलन - गौतम ।।धादिङबेसी जेष्ठ २० गते । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जातजातिको मुद्धाकै आधारमा एकिकृत नेकपा माओवादीले २ तिहाईको आशा राख्दै गैर कानुनी ढंगबाट संविधान सभा निर्वाचनको को मिति तय गरेकोले नेकपा एमालेलाई मान्य नभएको बताउन… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment