Sunday, November 11, 2012

पुरुषोत्तम ढकाल, भर्जिनिया - विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिकाले प्रजातान्त्रिक पद्दति र आम जनताको सहभागितामा जनमतबाट नेतृत्व चयन गरेको भोलिपल्ट देशका चौतर्फी सिमा र नाका बन्द गर्दै कडा सुरक्षा घेरा बीच दुनियाँको दोश्रो ठुलो आर्थिक शक्ति भनिएको चिनिया सत्तारुढ कम्युनिष्ट पार्टीको महाधिबेशन बिहिबार सुरु भएको छ । चिनिया सत्तारुढ कम्युनिष्ट पार्टीको यो महाधिबेशनले आर्थिक सुधारका जननी देंग स्याओ पेंग कालिन नेतृत्व पूर्ण रुपले परिवर्तन हुने हल्ला र तयारीले यति बेला बाँकी विश्वको ध्यान चिन तर्फ केन्द्रित रहेको छ ।
यद्यपी चिनिया सत्तारुढ कम्युनिष्ट पार्टीको यो महाधिबेशनमा ७० वर्ष देखि देश छोडेर प्रवाशमा बसेका तिब्बती, चिन भित्रै स्वतन्त्रता र प्रजातन्त्र खोजिरहेका करोडौँ चिनियाहरुको विषय छलफल र बहसको मुद्दा बन्ने छैन । र पनि यो महाधिबेशनले ठुलो संख्यामा नेतृत्व युवा पुस्तामा हस्तान्तरण र परिवर्तन गर्ने छ जसले चीनको आगामी दिनको राजनीतिक र आर्थिक नीतिमा परिवर्तन र सुधारको अपेक्षा सर्बत्र गरिएको छ ।
चिन आफ्नो दावीमा मात्र होइन द्रुत गतिमा प्रगति गरि रहेको दुनियाको दोश्रो ठुलो अर्थ व्यवस्था हो जुन देशको नेतृत्व परिवर्तनले यति बेला बाँकी दुनियाको ध्यान आकृष्ट गरेको छ । ८ नोबेम्भर देखि सुरु भएको चिनिया सत्तारुढ कम्युनिष्ट पार्टीको यो महाधिबेशनमा नेत्रत्व सम्हाली रहेका प्रधानमन्त्री वेन जियाबाओ माथि अरबौ डलर सम्पति थुपारेको आरोप छ भने मह्त्वपूर्ण पदमा आसिन सबै नेता माथि पदको दुरुपयोग गरि सम्पति हासिल गरेको र विभिन्न खाले अपराधमा संलग्न भएको आरोप छ । न्युयोर्क टाइम्सले प्रधानमन्त्री वेन जियाबाओले पदको दुरुपयोग गरि करिब ३ अरब अमेरिकी डलर परिवारको नाममा राखेको सन सनी खोज रिपोर्ट भर्खरै सार्वजनिक गरेको छ तर यो महाधिबेशनमा यस्ता बिषयमा छलफल हुने छैनन् । विभिन्न प्रान्तमा हजारौँ स्वतन्त्रता सेनानी मारिएका छन् तर यो महाधिबेशनमा मात्र नीति र नेतृत्वको चयन हुनेछ ।
संचार माध्यमलाई दिएको जानकारी अनुसार जारी ८ नोभेम्बर देखि सुरु भएको महाधिवेशनमा देशभरका २२०० कम्युनिष्ट कार्यकर्ता प्रतिनिधिका रुपमा सहभागी हुनेछन् जसले नेतृत्वले तयार पारेको नेता र नीतिलाई तालि बजाएर अनुमोदन गर्ने छन् । चिनिया कम्युनिष्ट पार्टीको परम्परा अनुसार प्रत्येक १० वर्षमा हुने नेतृत्व परिवर्तनको तयारी स्वरूप यो महाधिबेशनले नयाँ र युवा नेतृत्व चयन गर्ने हुँदा दुनियाँको ध्यान चिन तर्फ केन्द्रित रहेको हो । अनुमान गरिए अनुसार यो महाधिबेशनले पोलिट ब्युरोको ९ सदस्य मध्य ७ नयाँ अनुहार भित्र्याउने छ जसमा राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वेन जियाबाओ समेत बाहिरिने छन् । आंकलन गरिए अनुसार चिनिया कम्युनिष्ट पार्टीको प्रमुखमा उप राष्ट्रपति शी जिनपिंग ल्याइने छ भने उप प्रधानमन्त्री ली केकियांगलाई प्रधानमन्त्री बनाइने छ । पोलिट ब्युरो सदस्यको संख्या ९ बाट घटाएर ७ मात्र राखिने छ जसले आगामी दिनमा निर्णय गर्न सहज र सरल बनाओस् ।
तर सिद्दान्तले अभिप्रेरित र जनबादी नेतृत्वले निर्देशित पोलिट ब्युरोले निर्धारण गर्ने नयाँ र युवा भनिने नेतृत्वलाई भेला भएका फलामे अनुशाशनमा बाँधिएका २२०० कम्युनिष्ट कार्यकर्ता जो प्रतिनिधिले पनि हुनले रबर स्ट्याम्पको भूमिकामा महाधिबेशनको सबै काम कारबाहीको अनुमोदन गर्दछन् । स्मरणीय के छ भने माओत्सेतुंग र देंग स्याओ पेंगआफैले महाधिबेशन समक्ष आफ्नो उत्तराधिकारी छानेका थिए जसलाई फलामे अनुशाशनमा बाँधिएका कम्युनिष्ट कार्यकर्ता जो प्रतिनिधिले पनि हुनले अनुमोदन गरेका थिए । चीनलाई नजिकबाट नियाली रहेका एक विश्लेषकका अनुसार विक्रम संवत २०१५ शालमा नेपालको रसुवा जिल्ला जोड्ने केरुंग नाका तत्कालै खोल्ने आश्वासन दिने अध्यक्ष माओ बिते २०७० को आस पासमा समेत केरुंग नाका खोल्न हिच किचाउने चिन छिमेकी प्रतित यति कठोर छ भने यो अधिबेशन कति कठोर होला अनुमान गर्छन् उनी र भन्छन्, ' जति बेला उनी चिन भ्रमणमा थिए अदालतमा शैन्य पोशाक धारीले फैशला सुनाए तब साँचो लाग्यो उनलाई एउटा भनाइ " कम्युनिष्ट मान्छे हुन सक्छ तर मान्छे कम्युनिष्ट हुन सक्दैन ।
सहजै विश्लेषण गरे हुन्छ चीनमा कम्युनिष्ट साशन रहे सम्म ७० वर्ष देखि देश छोडेर प्रवाशमा बसेका तिब्बती, चिन भित्रै स्वतन्त्रता र प्रजातन्त्र खोजिरहेका करोडौँ चिनियाहरु मरी रहने छन् । नेतृत्वमा पुग्न सफल वेन जियाबाओहरुले अकुत सम्पति आर्जन गरि रहने छन् र छिमेकीहरु नेपालका माओबादी जस्ता शक्तिहरुलाई पैसो र बन्दुक दिएर सिमा सुरक्षा गर्ने काम भै रहने छ र फलामे अनुशाशनमा बाँधिएका कम्युनिष्ट कार्यकर्ता जो प्रतिनिधिले पनि हुनले रबर स्ट्याम्पको भूमिकामा महाधिबेशनमा यस्ता सबै काम कारबाहीको अनुमोदन गरि रहने छन् । www.majdooronline.com

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts