Friday, January 25, 2013

धादिङ १२ माघ । एकीकृत नेकपा माओवादी धादिङको भोलि हुने एकताको दोस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मलेन आयोजक मूल समितिका संयोजक पुष्पविक्रम मल्लले बताउनुभएको छ । सम्मेलन २२ वर्ष पछि भोली हुने भएको हो । मल्लले लामो समयपछि सम्पन्न हुन लागेको पार्टीको जिल्ला सम्मेलन भव्य र ऐतिहासिक हुने बताउनुभयो । सम्मेलन उद्घाटनका लागि माओवादी स्थायी समिति सदस्य तथा अर्थमन्त्री बर्षमान पुनले उद्घाटन गर्ने माओवादीले बताएको छ ।
सम्मलेनको पूर्व सन्ध्यामा वाइसिएल धादिङले कमेरे डाँडाबाट शुरु गरेको मोटर साइकल ¥याली बजारको विभिन्न भागहरु परिक्रमा गरी बीचबजार चोकमा कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादी एकताको सातौं महाधिवेशन आयोजक समितिका सदस्य तथा पूर्व विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले परिवर्तनका सम्पूर्ण एजेण्डाहरु माओवादी आन्दोलनबाट स्थापित भएकोले अन्य भ्रममा नपर्न अनुरोध गर्नुभयो । हिजो गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक र संविधानसभाको एजेण्डामा तयार नभएर माओवादीको टाउकोको मूल्य तोक्नेहरुले अहिले जनतालाई भ्रम बाँडिरहेकोप्रति आक्रोश व्यक्त गर्दै जनसमुदायहरुलाई सचेत हुन आग्रह गर्नुभयो । कोणसभालाई सम्बोधन गर्दै एमाओवादी नेता रामबहादुर भण्डारीले एमाओवादी सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुन आम धादिङबासीलाई अनुरोध गर्नुभयो ।
सम्मेलनको लागि धादिङबेसीको पुछारबजारबाट शुरु हुने पञ्चेबाजा, विभिन्न सांस्कृतिक झाँकीहरुसहितको विशाल ¥याली खुलामञ्चमा पुगेर जनसभामा परिणत हुने माओवादीले बताएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको विभिन्न उपसमितिहरुले जानकारी दिएका छन् । सम्मेलनको उद्घाटन सत्रमा काठमाडौंबाट आउने विभिन्न सांस्कृतिक टोलीहरुले सांगितीक प्रस्तुतीहरु प्रस्तुत गर्ने माओवादीले जनाएको छ ।

Related Posts:

  • एमाओवादी कार्यकर्ताकोे जिम्मेवारी बाँडफाड कार्यशैली सुधारौं जनता हाम्रै पक्षमा–भण्डारी धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारीले कार्यकर्तालाई कार्यशैलि सुधार्न अनुरोध गर्नुभएको छ ।  हामी आफ्नै कार्यशैलिका कारण वर्गिय … Read More
  • काँग्रेस कार्यकर्ताको हत्या धादिङ । नीलकण्ठ नगरपालीका –१३ साँङ्कोष मधुवन निवासी २५ बर्षीय काँग्रेस कार्यकर्ता भरत सारु मगरलाई अज्ञात समुहले धारिलो हतियारको प्रयोग गरी घर नजिकैको कोदो बारीमा मारेर फालिदिएको अवस्थामा भेटिएको  छ । पंन्चकन्या निम्न म… Read More
  • कोरियाबाट चेपाङलाई आर्थिक सहयोग जारी दक्षिण कोरियाको किम्हेबाट संकलन  भएको रकम चितवनको लोथर ६ कान्दामा रहेका चेपाङको घर बनाउन कान्दा रुपान्तरण अभियानमा सकृय रहेको  संस्था लक्ष्मी प्रस्तिस्ठान लाई हस्तान्तरण  गरिएको छ । अगस्ट 15 मा लक्ष्म… Read More
  • शिक्षक बलिदानी दिवस मनाईयो रामकुमार थापा बैशाख २९ धादिङबेसी । १० बर्षे जनयुद्धको समयमा धादिङबाट सहादत गर्नुहुने शिक्षकहरुको सम्झनामा आईतबार अखिल नेपाल शिक्षक संगठनले शिक्षक  वलिदानी दिवस मनाएको छ । तात्कालिन शाहि सेनाले नेकपा माओवादीको दश बर्ष… Read More
  • एड्भान्स एकेडेमीमा चिनिया भाषाको कक्षा सुरु धादिङबेसी जेष्ठ ५ । एड्भान्स एकेडेमी धादिङबेशिमा शैक्षिक सत्र २०७१ बाट चिनिया भाषामा कक्षा संचालन शुरु गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि चिनिया भाषामा कक्षा संचालनको विषयमा शिक्षक र अविभावकहरु विच अन्तरक्रिय… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts