Monday, January 28, 2013

धादिङ । एकीकृत नेकपा माओवादी धादिङको दोस्रो जिल्ला सम्मेलन आईतबार सम्पन्न भएको छ । माघ २० गतेदेखि हेटौडामा हुन गईरहेको राष्ट्रिय महादिवेशनमा पठाउने प्रतिनिधि÷प्रर्यवेक्षकहरुको छनौट गर्दै सम्मेलन सम्पन्न भएको हो । करिब ५०० जिल्ला प्रतिनीनिधि प्रर्यवेक्षहरुको सहभागिता रहेको सम्मेलनले सर्वसहमतिले राष्ट्रिय महाधिवेशनको  लागि प्रतिनिधि पर्यवेक्षक छनौट गरेको एकीकृत नेकपा माओवादी धादिङले जनाएको छ ।
एमाओवादी नेता एवम् अर्थ मन्त्री वर्षामान पुनले धादिङबेसीको पुच्छरबजारबाट बाजागाजा सहित सुरु भएकोे ¥याली खुल्ला मञ्चमा पुगेर विशालकोवीच उद्घाटन गर्नभएको थियो । उद्घाटन सभामा राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य एवम् ताम्सालिङ राज्य सम्मेलन आयोजक समिति संयोजक विश्वभक्त दुलाल आहुति, अखिल नेपाल ट्रडे यूनियन महासंघका अध्यक्ष एवं धादिङ क्षेत्र नं. ३का सभाषद शालिकराम जम्कट्टेल, पुर्व मन्त्री कल्पना धमला, अखिल नेपाल यातायत मजदुर संघका केन्द्रीय अध्यक्ष जगत सिंखडा राजनीतिक दलका प्रतिनिधिहरु जिल्ला स्थित कार्यालय प्रमुखहरु, सहिद तथा व्यपत्ता परिवार लगायतको आतिथ्यता रहेको थियो ।
सम्मेलन उद्घाटन गर्दै मन्त्री पुनले एमाले काँग्रेस प्रधानमन्त्रको कुर्सीका लागि आन्दोलनमा उत्रिएको बताउँदै यही कारण सहमतिको वातावरण विग्रन थालेको बताउनु भएको थियो । त्यसैगरी राज्य संयोजक आहुतीले महाधिवेशनबाट पार्टी नयाँ ढंगले अगाडी बढ्ने बताउँदै एकीकृत माओवादी एमाले काँग्रेस बन्न नसक्ने बताउँनु भएको थियो । उद्घाटन कार्यक्रममा पुग्नु अघि अर्थमन्त्री पुन क्रान्तिकारी पत्रकार संघ धादिङले पत्रकार महासंघ धादिङको सुचना केन्द्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरिक हुनु भएको थियो । वर्तमान सरकारले बजेटको दुरुपयोग गरेको भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री पुनले बजेट ल्याउन नपाएको अहिलेको संक्रमणकालिन अवस्थामा बजेटको दुरुपयोग भयो भन्नु आरोप मात्र रहेको बताउनुभयो । सरकारले अहिले भ्रमणमा निकै कम खर्च गरेको बताउँदै अर्थमन्त्री, प्रधानमन्त्री तथा अन्य मन्त्रीहरुले सरकारी खर्च नगरेको स्पष्ट पार्दै कतै जाँदा सम्बन्धीत स्थानका आयोजकको खर्चमा जाने गरिएको बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सितारामप्रसाद बर्माले महासंघको भवन निर्माणको विषयमा बजेट मागपत्र प्रस्तुत गर्नुभएको थियो । भवन निर्माणको विषयमा अर्थमन्त्रीले बजेट अभाव रहेपनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Related Posts:

  • गोरखा प्रहरीले खोल्यो फेसबुक पेज धादिङमा खै ? धादिङ माघ ३ । जिल्ला प्रहरी कार्यालय गोरखाले नागरिकका गुनासा सुन्न र अन्तरक्रिया गर्न फेसबुक पेज फेसबुक पेजमा नागरिकका गुनासो संकलन गर्न छुट्टै फारम बनाएर राखिने र सेवाग्राहिले त्यसलाई डाउनलोड गरी फर्म भरेर म्यासेज बक्समा… Read More
  • धादिङको विकासे बजेट सार्वजनिक धादिङबेसी । जिल्ला विकास समिति धादिङले आर्थिक बर्ष २०७१–०७२ सालको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । स्थानीय विकास अधिकारी रमेश न्यौपानेको अध्यक्षता तथा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् पुर्व सभाषद पु… Read More
  • नेपालीदेखि विदेशी सम्म रमाए होलीमा धादिङबेसी चैत्र ३। फागुन शुक्ल पूर्णिमा अर्थात रङ्गहरुको पर्व होली, पहाडी र हिमाली क्षेत्रका नागरिकले एक आपसमा रङ्ग र अबीर लगाएर मनाएका छन् । होलीको रमझममा धादिङबेसी सदरमुकाममा मात्र नभएर काठमाडांैको ठमेल सम्म रङ्गिएक… Read More
  • तीन हेलिकप्टर प्रयोग गरिएको अधिवेसन स्थगित बिवादपछि एमालेको क्षेत्रीय भेला स्थगित धादिङबेसी चैत्र ४ । पार्टीको आन्तरिक तयारी नपुगेको भन्दै नेकपा एमाले धादिङ १ नम्बरको  क्षेत्रीय अधिवेशन चैत्र २२ गते सम्मको लागि स्थगित गरिएको छ । तीन वटा हेलीकप्तर प्रयोग गर… Read More
  • महोत्सव हाम्रो हो हाम्रो सहभागिता अनिवार्य छ “जिल्लाको शान, मान र उत्सव, प्रथम धादिङ महोत्सव” भन्ने मूल नाराका साथ धादिङ महोत्सव २०६४ माघ २१–२७ गते सम्म भयो । एैतिहासिक महत्व बोकेको उक्त महोत्सव धादिङ उद्योग वाणिज्य संघको आयोजनमा सम्पन्न भएको थियो । हजारौँले अवलोकल … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts