Sunday, January 20, 2013

धादिङ । एकीकृत नेकपा माओवादी धादिङले जिल्ला समितिको दोस्रो सम्मेलन यही माघ १३ गते गर्ने भएको छ । एनेकपा माओवादी धादिङको राज्य समिति सदस्यहरुको बिहीबार धादिङबेसीमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
एकताको दोस्रो जिल्ला सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्न एकताको सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य पुष्पविक्रम मल्लको संयोजकत्वमा एकीकृत नेकपा माओवादी एकताको दोस्रो धादिङ जिल्ला सम्मेलन आयोजक मूल समिति गठन गरिएको एनेकपा माओवादी धादिङले जनाएको छ । जिल्ला सम्मेलन सफलतापूर्ण सम्पन्न गर्न विभिन्न १४ उपसमितिहरु समेत गठन गरेको माओवादीको प्रथम जिल्ला सम्मेलन जनयुद्धभन्दा अगाडि नै भएको थियो ।
काठमाडौ भृकुटीमण्डपमा सम्पन्न सातौं बिस्तारित बैठकले निर्णय गरे अनुरुप माघ २० गते हेटाँैडामा हुने महाधिवेशनको तयारीमा लागेको एकीकृत नेकपा माओवादी  जनवादको उच्च अभ्यास गर्दै जिल्ला सम्मेलन गर्ने बताएको छ ।  लामो समयको अन्तरालपछिको जिल्ला सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्ने संयोजक पुष्पविक्रम मल्ल बताउनुहुन्छ । भौतिक उपस्थितिको हिसाबले मात्र होइन, वैचारिक हिसाबले पनि यो सम्मेलन ऐतिहासिक हुने मल्ल दावी गर्नुहुन्छ । मल्लका अनुसार एमाओवादी धादिङले माघ १३ गते हुने सम्मेलन संघर्È, रूपान्तरण, एकता र विजयको सम्मेलन हुनेछ ।
जनयुद्धको बेला निरन्तर नेतृत्व केन्द्रीकरण र केन्द्रीयतामा आधारित रहेर संगठनात्मक अभ्यास गर्दै आइरहेको माओवादी जिल्ला सम्मेलन र केन्द्रीय महाधिवेशनले माओवादीमा नयाँ विश्वास र एकता पैदा गर्ने विश्वास गरिएको छ । जनस्तरसम्म जनवादको अभ्यास गर्ने योजना अन्तर्गत नै एमाओवादी नेताहरु वडा, गाउँ, सम्मेलनहरु सकेर  जिल्ला सम्मेलनको तयारीमा लागेका हुन् । एकीकृत नेकपा माओवादी धादिङले गाउँ सम्मेलनहरु माघ १० गते सम्म पुरा गर्ने जिल्ला संयोजक मल्लले जानकारी दिनुभयो ।
गाउँ सम्मेलनहरुलाई भव्य र मर्यादित बनाउन क्षेत्र नं १, २ र ३ को लागि क्रमशः ताम्सालिङ राज्य सम्मेलन आयोजक समिति सचिवालय सदस्य रामबहादुर भण्डारी, राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य  कल्पना धमला र ताम्सालिङ राज्य सम्मेलन आयोजक समिति सचिवालय सदस्य उत्तम कँडेल संयोजक  बनाएको थियो  । जिल्ला सम्मेलनको तयारीमा रहेको एकीकृत नेकपा माओवादी धादिङमा क्षेत्र नं. १ मा २ हजार, क्षेत्र नं. २ मा १ हजार ५ सय, क्षेत्र नं. ३ मा १ हजार ५ सय र अन्य मोर्चा र विभाग गरी ५ हजार २ सय पार्टी सदस्यहरु रहेको प्रचार–प्रसार उपसमिति संयोजक विजय बुर्लाकोटी बताउनुहुन्छ ।
माघको २० गतेदेखि मकवानपुरको हेटौंडामा आयोजित माओवादीको सातौं एकता महाधिवेशनको लागि देशभर जिल्ला सम्मेलनहरु सम्पन्न भइरहेका छन् ।

Related Posts:

  • एमाओवादी धादिङको सम्मेलन माघ १३गते हुँदै धादिङ । एकीकृत नेकपा माओवादी धादिङले जिल्ला समितिको दोस्रो सम्मेलन यही माघ १३ गते गर्ने भएको छ । एनेकपा माओवादी धादिङको राज्य समिति सदस्यहरुको बिहीबार धादिङबेसीमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । एकताको दोस्रो जिल्ला स… Read More
  • काँग्रेस कार्यकताद्वारा माओवादी कार्यालय तोडफोड धादिङ १५ आश्विन नलाङ ।  एकीकृत नेकपा माओवादी नलाङ गाउँ पार्टी कार्यलयमा भएको तोडफोडको घट्ना प्रति एकीकृत नेकपा माओावादी धादिङले  भन्र्सना गरेको छ । नलाङ गाविस वडा नं ४ का दिपक गुरुङ, हरी गुरुङ र सुजित विश्वकर्माको… Read More
  • एमाओवादी धादिङको सम्मेलन सकियो धादिङ । एकीकृत नेकपा माओवादी धादिङको दोस्रो जिल्ला सम्मेलन आईतबार सम्पन्न भएको छ । माघ २० गतेदेखि हेटौडामा हुन गईरहेको राष्ट्रिय महादिवेशनमा पठाउने प्रतिनिधि÷प्रर्यवेक्षकहरुको छनौट गर्दै सम्मेलन सम्पन्न भएको हो । करिब ५००… Read More
  • आज हलोक्रान्ति दिवस काठमाडौं, साउन ११– देशमा प्रजातन्त्रको उदय हुनुअघि विक्रम संवत २००६ साल साउन ११ गते आजकै दिन राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राम्हणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि पहिलोपटक लमजुङको दुराडाँडा अर्चल्यान… Read More
  • एमाओवादी धादिङको सम्मेलन २२ वर्ष पछि भोली हुँदै धादिङ १२ माघ । एकीकृत नेकपा माओवादी धादिङको भोलि हुने एकताको दोस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मलेन आयोजक मूल समितिका संयोजक पुष्पविक्रम मल्लले बताउनुभएको छ । सम्मेलन २२ वर्ष पछि भोली हुने भएको हो । मल्ल… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts