पुष्पविक्रम मल्ल केन्द्रीय सदस्य एमाओवादी |
हरेक वर्षको फागुन १४ गते देखि २१ गतेसम्म एकीकृत नेकपा माओवादीले देशव्यापी सहीद सप्ताह विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाउँदै छ । तसर्थ फागुन १४–२१ गते सहिद सप्ताह मनाउनुको सारतत्व बारे यहाँ संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
यो समाज विभाजित छ । विभाजित समाज र राज्यमा राजनैतिकदल सरकारले सहीदहरुलाई पनि विभाजित गरेको पाईन्छ । सहिद एक महान् हो । सहिद बन्नु सौभाग्य पनि हो । कोही व्यक्तिले सहिद बन्छु भन्दैमा सहिद बन्ने होइन ।
एउटा राज्यसत्तालाई ध्वस्त गर्न सरकार विरोधी आन्दोलनमा भाग लिने क्रममा राज्यपक्षबाट दमन गर्दा मृत्यू भएमा सहिदको रुपमा मान्ने प्रचलन छ । भने सरकार राज्यपक्षबाट जनताले गर्ने आन्दोलन दमन गर्ने क्रममा जनताको प्रतिरोध संघर्ष आन्दोलनमा मृत्यू हुने सरकार पक्षलाई सरकार राज्यले पनि सहिदको मान्यता दिने प्रचलन रहेको छ । जे भएपनि नेपालको निरंकुश राज्यसत्ताको विरुद्ध संघर्ष गर्ने क्रममा जनताहरु सरकारबाट मरिएको खण्डमा सहिद मानिन्छ । सहिद निःस्वार्थ हुन्छ । सहिद बन्नु महान् हो । महान् सहिदको परिवार जन्माउने परिवार पनि महान् हुन्छ । सामाजिक र साँस्कृतिक राजनैतिक रुपले अर्थात हरेक दृष्टीबाट सहिदलाई महान् मानिन्छ र सहिद परिवारलाई पनि महान भनिन्छ । नेपालको सन्दर्भमा राजा विरोधी आन्दोलन गर्ने पहिलो सहिद लखन थापा मगरलाई मानिएको छ । त्यसैगरी राणा विरोधी आन्दोलनमा धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथचन्द ठकुरी र शुक्रराज शास्त्री सहिद बन्नुभयो । त्यसैगरी २००७–२०१७ सालको अवधीका चिनीयाँ काजी श्रेष्ठ लगायत सहिद बन्नुभएको थियो । २०१७–२०४९ सम्मको अवधिमा निरंकुश पञ्चायत राज्यसत्ताको विरुद्ध चाहे जुनसुकै पार्टीले गरेको संघर्ष होस् । दर्जनौंले बलिदानी गरे । यसैक्रममा २०२९ साल फागुन २१ गते सुनखानीको जंगलमा निरंकुश पञ्चायती शासकले क्रान्तिकारी कम्यूनिष्टहरु रामनाथ दाहाल, वीरेन राजवंशी लगायत ५ जनालाई हत्या ग¥यो ।यो समाज विभाजित छ । विभाजित समाज र राज्यमा राजनैतिकदल सरकारले सहीदहरुलाई पनि विभाजित गरेको पाईन्छ । सहिद एक महान् हो । सहिद बन्नु सौभाग्य पनि हो । कोही व्यक्तिले सहिद बन्छु भन्दैमा सहिद बन्ने होइन ।
जनयुद्धका क्रममा फागुन १४ गते दिलबहादुर रम्तेल प्रथम सहिद बन्नुभयो । महान् जनयुद्धका क्रममा क. सुरेश वाग्ले, सहित दशौं हजारको बलिदानी भयो । यसरी महान् जनयुद्धको समयमा प्रथम पटक सहिद भएका फागुन १४ र २०२९ साल फागुन २१ गते झापाको सुखानी जंगलमा सहिद भएका सहिदहरुको ऐतिहासिक बलिदानीको दिनलाई समेटेर फागुन १४–२१ गतेलाई हाम्रो पार्टीले जनताको नयाँ जनवादी राज्यसत्ता स्थापनाको लागि आफ्नो अमूल्य बलिदान गर्ने सम्पूर्ण सहिदहरुको स्मृतिमा सहिद सप्ताह मनाउँदै आएका छौं । तसर्थ यो फागुन १४–२१ गतेको सहिद सप्ताह नेपालको क्रान्तिकारी कम्यूनिष्ट आन्दोलनमा ऐतिहासिक अवसरको रुपमा वुझ्नु पर्दछ । साम्राज्यवाद एवं भारतीय विस्तारवाद शासकद्वारा संरक्षित नेपालको सामन्तवादी राजतन्त्रात्मक राज्यसत्तालाई ध्वस्त गरी जनवादी राज्यसत्ता र समाजवादी सत्ता स्थापनाको लागि पार्टीहरुले गरेको झापा विद्रोह जनआन्दोलन होस् जुगेडी, वारा, पर्सा, भिमदत्त पन्तको संघर्ष विशेष गरी एकीकृत माओवादीले गरेको महान् जनयुद्धको दश वर्ष र १९ दिनको जनआन्दोलन होस् वा, २०६२÷२०६३ को आन्दोलनदेखि अहिले सम्मको जुनसुकै आन्दोलनको क्रममा बलिदानी गर्ने सबै सहिदहरुको सम्मान एवं स्मरण गर्ने र ति सबै सहिदहरुले देखाएको बाटोमा लाग्न फेरि एकपटक प्रतिवद्धता गर्ने अवसरको रुपमा सहिद सप्ताहलाई बुझ्नु पर्दछ । यतिखेर हाम्रो विशिष्ट स्थितिमा सहिद सप्ताह मनाउन लागिरहेको छौं । महान् जनताका महान् छोरा–छोरीहरुले सहादतप्राप्त गर्नुभयो । मरणशील भौतिक जीवनलाई यो संसारमा कहिल्यै नमर्ने गरी नयाँ जीवन प्राप्त गर्नुभयो । ति महान् सबैै सहिद परिवार, घाइते अपाङ्ग र महान् जनयुद्धमा त्याग तथा दुःख गरेका हजारौं करोडौं जनताको दैनिक जीवनमा कुनै पनि परिवर्तन दिन सकेको छैन । बृहत शान्ति सम्झौताको ०६३ देखि अहिलेसम्मको सात वर्षको यो अवधिमा पनि महान जनयुद्धको जगबाट प्राप्त संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक यि महान् चारवटा उपलब्धीलाई संविधानसभाबाट संस्थागत गर्न नेपाली काँग्रेस, नेकपा एमाले लगायतका पार्टीले नमानेको कारण देशको राजनीति स्थिति यतिखेर गंभीर स्थितिमा रहेको कुरा सवैलाई जनकारी नै छ । प्रधानन्यायधिसलाई चुनावी सरकारको नेतृत्व दिएर संविधानसभाको चुनाव गर्न पनि नेपाली काँग्रेस, नेकपा एमाले भित्रको संघीयता विरोधीहरुले नमानेको कारण संविधानसभाको चुनाव संकटमा पारीएको छ । तसर्थ यो विशिष्ट राजनीति परिस्थितीमा सहिद सप्ताह (फागुन १४–२१ गते ) मनाउनुको आफ्नो सारतत्वमा पहिलो कुरा हाम्रो महान तथा गौरवशालि पार्टी एकिकृत नेकपा माओवादीको एकताको सातौँ महादिवेशनबाट हाम्रो पार्टीले आजको एकाइसौं औँ शताब्दीमा माक्सवाद, लेलिनवाद, माओवादको रक्षा, प्रयोग, र विकास गर्ने सन्दर्भमा नेपाली क्रान्तिको लागि नयाँ विचारको संश्लेषण गरिएको छ ।
नेपाली क्रान्तीको नयाँ विचार संश्लेषण अनुसार जनवादी क्रान्तिको संघियता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक चार कार्यभारलाई संविधानसभाबाट संस्थागत गर्ने र पूँजीवादी, जनवादी क्रान्तिका कार्यभार पुरा गर्न र समाजवादी क्रान्तिको रणनीति पुरा गर्ने नयाँ विचार र नयाँ राजनैतिक कार्यदिशाको विकास गरेको छ ।
यहि नयाँ विचार संश्लेषण अनुसार संविधानसभाबाट संविधान जारी गर्न हाम्रो पार्टीको तत्कालीन कार्यभार रहेको छ । यदि संविधानसभाबाट जनताको संघीय गणतन्त्रको संविधान जारी गर्न नदिएमा एक सशक्त आन्दोलनको सृजना गरि नेपाली क्रान्ति सफल गर्नु नै सहिद सप्ताह मनाउनको मुख्य राजनैतिक कार्यभार रहेको छ । तसर्थ सहिद सप्ताहको यस अवसरमा दशौँहजार सहिदहरुले देखाएको बाटोमा निरन्तर लाग्ने प्रतिवद्धता जाहेर गर्दछ । क्रान्तिको पुरा भएको छैन । क्रान्ति पुरा गर्न हाम्रो पार्टी प्रतिबद्धता व्यक्त गर्दछ । सम्पूर्ण सहिदहरुप्रति लाल सलाम ।
0 comments:
Post a Comment