Monday, February 25, 2013

युवासंघलाई महाधिवेशले नङ्ग्यायो
विचार र युवालाई एक ठाउ“मा ल्याएर सही विचारबाट निर्देशित, प्रशिक्षित, सञ्चालित संस्था नै युवासंघ नेपाल हो, भनेर एमाले नेता केपी ओलीले भाषण चुटरिहँदा युवा संघका नेता बुटवलमा के तमासा गरि रहेका थिए । कतै केपी ओली पनि डनहरुको नेता बन्ने कोसिस त गरि रहेका हैनन् ? आशंका तिब्र बन्दै गएको छ । जारी युवासंघ नेपालको अधिवेशनमा नेताहरुले पार्टीमा रहेका डनहरु हटाउने उद्घोष गरेका थिए । तर अन्ततः जस्तो पार्टी, त्यस्तै भतृसंगठन भने झैं भयो युवा संघको अधिबेशन बुटवलमा निवर्तमान अध्यक्ष महेश बस्नेत र अध्यक्ष पदका उम्मेद्वार निरज आचार्यको समुह बीच बिवाद मात्र चर्केन उम्मेदवारी दिए ज्यानै लिने धम्की समेत दिइयो ।
यस्तै धम्की खानु प¥र्यो रोल्पाका युवा संघ अध्यक्ष दिलबहादुर केसीले उनले उम्मेद्वारका लागि मनोनयन दर्ता गर्न जाँदा बस्नेत पक्षले मनोनयन पत्र समेत च्यातिदिए । यतिमात्र हैन, उनकै भनाई अनुसार उम्मेद्वारी फिर्ता नलिए खुट्टा खाटिदिने समेत धम्की आयो । एमाले अध्यक्ष झलनाथ खनाल निकट प्यानलले ओलीले परिचालन गर्ने महेश बस्नेत प्यानललाई इंकित गर्दै डन, गुन्डा बाईबाई, निरज आचार्य हाइहाई’ भनेर भोट मागेको देखिन्थ्यो ।  युवासंघको अधिवेशनमा पार्टीका नेताहरु नै आ–आङ्खनो पक्षको जीत गराउन लागिपरेका छन् । यस अधिबेशनमा नेता केपी ओली र माधव कुमार नेपालको कार्यगत एकता भएको छ । जसले गर्दा आचार्यको नारा अनुसार डनहरुको प्यानल (महेश बस्नेत) अगाडी देखिन्छ । यता माधव नेपाल ओली पक्षसँग घाँटी जोड्दै डन संरक्षणमा लागेको भन्दै उनी निकटका युवाहरु विभाजित समेत बनेका छन् ।
यसबीच भेलामा आचार्य पक्षलाई समर्थन गर्दै एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले एमालेभित्रका डन र गुण्डालाई बढारिने बताउनुभएको छ । ‘अब यो अधिवेशनले हप्ता उठाउनेहरु डनहरु र समाज खत्तम पार्नेहरुलाई  समाप्त पानुपर्छ ।  महेश बस्नेत पनि डन हुन् । हप्ता उठाउने र गुण्डागर्दी गर्ने डनहरु चाहि“दैन, यिनीहरुलाई अब बुटवलबाट बढार्नुपर्छ समेत भन्नु भएको थियो ।’ एमाले युवा संघको अधिवेशनमा पर्शुराम बस्नेत, बाहुन डन लगायतका चर्चित डनहरुको सहभागिता रहेको र  उनीहरुलाई बस्नेत पक्षको संरक्षण रहेको छ । कतिपयले यसलाई धन र डनहरुको सम्मेलन समेत भनेका छन् । पहिला रहरलाग्दो, त्यसपछि भरलाग्दो र अहिले एमालेका लागि डरलाग्दो बनेका अध्यक्ष बस्नेत जसरी हुन्छ आफ्नो प्याननले जित्ने दावी गर्दछन् ।  अधिवेशनले एक अध्यक्ष, पा“च उपाध्यक्ष, एक महासचिव, सात सचिव र एक कोषध्यक्ष गरी १ सय ३५ सदस्यीय केन्द्रीय कमिटी छनोट गर्नेछ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts