Friday, March 15, 2013

four-party-agreement-1212
सर्बोच्च अदालतका प्रधान न्यायधिश खिलाराज रेग्मी मन्त्री परिषदका अध्यक्ष अर्थात् प्रधानमन्त्री बनेको दिन नेपालको इतिहासमा कालो दिन बनेको छ । न्यायिक सिद्दान्त, प्रजातान्त्रिक परिपाटी, शक्ति सन्तुलनको सिद्दान्त र  जन भावना, न्यायिक सिद्दान्त, कुनैसितपनि मेल नखाने यो कदम ईतिहासमा कलो दिन हो ।
यो नेपाली जनताले लडेर ल्याएको गणतन्त्रको गला रेटेर एक तन्त्रिय शासन लाद्ने कसरत भएकालेपनि कालो दिनकै रुपमा रहने छ । किनभने नेपाली जनताले रगत बगाएर ल्याएको गणतन्त्रलाई बिधिवत रुपमा बिघटन गर्ने काम यहि दिनबाट शुरु भएको छ ।
त्यसो त नेपालका प्रमुख दल भनिनेहरुले संविधान सभा भंग भएपछि राष्ट्रिय सहमतीको रटान दिँदै आएका थिए । कुनैपनि दलको बहुमत नभएको र संविधान सभा भंग भएको अवस्थामा राष्ट्रिय सहमती भनिएपछि राष्ट्रिय पार्टीहरुको अस्तित्व स्विकारिनुपर्थ्यो । तर रेग्मीलाई प्रधानमन्त्री बनाउने निर्णय प्रमुख भनिएका चार दलले एकलौटी रुपमा मात्रै गरे । त्यसैपनि यो एकतन्त्रिय हुकुमी शैलीको निर्णय हो । चार दल मिलेकैले यो हुकुमी निर्णय भएको हो । यो पुरै प्रजातान्त्रिक पद्दती बिरुद्द छ ।
पूर्वका ९ जिल्लामा प्रभाव जमाएको संघीय लिम्बुवान राज्य परिषदले त झन खिलराजलाई प्रधानमन्त्री बनाउने ४ दल र रास्ट्रपतिको यो कदम घोर असंबैधानिक, अलोकतान्त्रिक र पचिचान सहितको संघीय गणतन्त्र बिरोधी भन्दै यसलाई ‘कु’ को संज्ञा दिएको छ । ‘निर्दलीय व्यवस्थातिर देशलाई फर्काउने प्रतिगमन’ भनेको छ ।
नेकपा-माओवादी सहितका २२ दल संघर्षमा उत्रिएका छन् । रेग्मी प्रधानमन्त्री बने लगत्तै देशमा बन्द, हडताल र अस्तब्यस्तता छाएको छ । उता प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्षमा नियुक्त गरिएकोमा नेपाल बार एशोशियसनले खेद व्यक्त गर्दै यस दिनलाई कालो दिनको रुपमा घोषणा गरेको छ ।
सीमित दलका सीमित नेताहरुले मुलुकलाई प्रतिगमनतर्फ लगेका छन् । जनताका सबै प्रजातान्त्रिक हक र अधिकार खोसेका छन् । बचेखुचेको सर्वोच्च अदालतलाई बिबादमा मुछेका छन् । जनताका आकांक्षालाई लत्याएका छन् । दलिय राजनितिलाई कुल्चिएर एकदलिय पद्दतीको शुरुवात गरेका छन् । राष्ट्रिय सहमतीका नाममा केहि सिमित दलको मनोमानी र हैकम स्थापित गरेका छन् जसलाई उनीहरुले राष्ट्रिय सहमती भन्ने शब्दकै दुरुपयोग गरेका छन् । मुलुकलाई झन मुठभेड, प्रतिगमन, बेतिथि, अस्तब्यस्तता तर्फ लगेकालेपनि यो कालो दिनको रुपमा रहने छ । साभारः http://www.nepalplus.com/archives/18144

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts