Showing posts with label Main News. Show all posts
Showing posts with label Main News. Show all posts

Sunday, December 15, 2013

धादिङ । जिल्लालाई निरक्षर मुक्त जिल्ला बनाउने भनेर सरोकारवाला निकायहरु कम्मर कसेर बसेपनि शिक्षा क्षेत्रमा रहेको दयनिय अवस्थाको भनै कसैको आँखा पुगेको छैन । काम त काम जस्तो हुनुपर्छ कुरामा मात्र भन्नेर कापिको पानामा लेखेर काम गर्ने भनेर हस्ताक्षर भएपनि कार्यन्वयन नहुँदा त्यस्ता कागजी रुपि कामहरु रद्वीको टोकरीमा फाल्नुको विकल्प हुदैन ।

Tuesday, November 26, 2013

२०७० मंसिर ४ गते भएको संविधानसभा निर्वाचनमा समानुपाती तर्फ धादिङको निर्वाचन क्षेत्र नं.१,२ र ३ बाट कुन पार्टीले कती मत प्राप्त गरे

Tuesday, October 22, 2013


हामी फेरि एकपटक अर्को संविधानसभाको चुनावमा जाँदैछौँ । कुनै देशको इतिहासमा संविधानसभाको चुनाव
तपाईँले चुनेको पहिलो संविधानसभाको सबैभन्दा ठुलो दल हुनुको नाताले हामी तपाईँको त्यो अधिकारको सम्मान गर्दछौँ र आफ्नो भागको गल्ती कमजोरीका निम्ति तपाईँहरुसँग भित्री हृदयदेखि माफी माग्दै आगामी दिनमा सच्याउने वाचा गर्दै आफ्नो तर्फबाट सत्यतथ्य तपाईँहरु सामुन्ने राख्ने अनुमति चाहन्छौँ ।

Monday, February 25, 2013

युवासंघलाई महाधिवेशले नङ्ग्यायो
विचार र युवालाई एक ठाउ“मा ल्याएर सही विचारबाट निर्देशित, प्रशिक्षित, सञ्चालित संस्था नै युवासंघ नेपाल हो, भनेर एमाले नेता केपी ओलीले भाषण चुटरिहँदा युवा संघका नेता बुटवलमा के तमासा गरि रहेका थिए । कतै केपी ओली पनि डनहरुको नेता बन्ने कोसिस त गरि रहेका हैनन् ? आशंका तिब्र बन्दै गएको छ । जारी युवासंघ नेपालको अधिवेशनमा नेताहरुले पार्टीमा रहेका डनहरु हटाउने उद्घोष गरेका थिए । तर अन्ततः जस्तो पार्टी, त्यस्तै भतृसंगठन भने झैं भयो युवा संघको अधिबेशन बुटवलमा निवर्तमान अध्यक्ष महेश बस्नेत र अध्यक्ष पदका उम्मेद्वार निरज आचार्यको समुह बीच बिवाद मात्र चर्केन उम्मेदवारी दिए ज्यानै लिने धम्की समेत दिइयो ।

Monday, January 7, 2013

गोरखा । धादिङ र गोरखाको सिमानामा रहेको  २ सय बर्ष भन्दा पुरानो इतिहास बोकेको व्यापारिक केन्द्र आरुघाटको प्रथम आरुघाट महोत्सव यहि पौष २७ गतेदेखि सुरु हुने भएको छ । आर्थिक उन्नयनको आधार मनास्लु पर्यटन विकासको आधार भन्ने मुलनाराको साथ हुन लागेको महोत्सवको उद्घाटन गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शुसिल कोईराला र एमाले अध्यक्ष झलनाथ खनाल २७ गते आरुघाट आउने निश्चित भएको आयोजकले जानकारी दिएको छ ।  फरक–फरक मञ्चमा उभिएर एक अर्काको आलोचनामै समय विताउने नेताहरुलाई एउटै मञ्चमा उपस्थित गराएर राष्ट्रिय सहमतिको लागि सहज वातावरण बनाउने उद्देश्य राखिएको मेला मूल आयोजक समितिले जनाएको छ । पहिलो पटक आयोजना गरिएको आरुघाट महोत्सव गोरखा उद्योग बाणिज्य संघ आरुघाट बजार ईकाइ समिति ,आरुघाट युवा क्लबको आयोजना र आरुचनौटे गाउँ विकास समितिको सह–आयोजनामा हुनलागेको हो ।

Friday, July 13, 2012


शक्ति धेरै भएपछि त्यसले निकास खोज्न थाल्छ। नेपालका सबैभन्दा शक्तिशाली नेता प्रचण्डका एक्ला छोरा प्रकाशमा पनि यो लागू भएको छ।  कहिले फेसबुकमा कडा टिप्पणी लेखेर त कहिले दोस्रो विवाह गरेर चर्चामा आएका प्रकाशले यसपटक पुराना सबै किर्तिमान तोड्दै तेस्री  युवती भगाएको आरोप लागेको छ। घरमा वर्ष दिनको छोरो र श्रीमती छाडेर उनले तेस्री युवती भगाएको बताइन्छ। नेपालको कानुनअनुसार  घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने पुरुषलाई एकदेखि तीनवर्षसम्म जेल सजाय हुनसक्छ। त्यसबाहेक एकीकृत माओवादीभित्र आफ्ना पिताका कारण शक्तिशाली हुँदै गएको आफ्नो करियरलाई पनि उनले लात हानेका छन्। माओवादीले प्रकाश र बीना मगरलाई आफ्नो संगठनको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिसकेको छ। माओवादी स्रोतका अनुसार विवाह गरेको पुष्टि भयो भने उनीहरू सधैंका  लागि माओवादीबाट निष्कासित हुनेछन्।

भावुक एवं प्रेमिल स्वभावका प्रकाशले १९ वर्षकै उमेरमा नेता पोष्टबहादुर बोगटीकी छोरी प्रभालाई मनपराएका थिए। दुई दिनको छोटो भेटमा छोराले प्रभालाई मनपराएपछि प्रचण्डले पार्टीका सीमित सदस्यबीच उनीहरूको विवाह गराइदिएका थिए। एउटै महिलासँग चित्त नबुझाउने स्वभावका कारण प्रभाले माओवादी शान्ति प्रक्रियामा आएपछि प्रकाशसँग छुट्टिने निधो गरिन्। यसरी छुट्टिएको दुई वर्षभित्रै उनले दोस्रो विवाह गरे भने अर्को विवाहको दोस्रो वर्षमा उनले तेस्री युवती भगाए। उनीहरू दुवै अहिले दिल्ली पुगेको र उतैबाट विदेश जाने तयारी गरिरहेको बताइन्छ। भारतबाट प्रकासित हुने नेपाली पत्रिका नेपाल दर्पणका अनुसार दुवैजना बीनाका आफन्तकहाँ बसेका छन्। दुवैले बीनाका आफन्तमार्फत नेपालमा आफ्ना सहकर्मीहरूलाई विवाह गरी विदेश जाने तयारी गरेको बताएका छन्। यतिबेला दुवैको फेसबुक एकाउन्ट पनि खुल्ला भएको छ। दुवैले फेसबुकमा कुनै कमेन्ट नलेखे पनि त्यसमा आएका आम व्यक्तिको प्रतिक्रियाहरू चाहिँ पढिरहेको बुझिन्छ।

पटक-पटक युवतीको प्रेममा पर्ने र उसैसँग विवाह गर्ने प्रकाशले यसपटक माओवादी कार्यकर्ता एवं काठमाडौं सरस्वती क्याम्पसकी स्ववियु सभापति बीना मगरलाई भगाएका हुन्। छोटो समयमै महिलासँग हिमचिम गरेर तुरुन्तै विवाह गरिहाल्ने उनको बानीका कारण एउटै छोराबाट प्रचण्डलाई तीनवटी बुहारी प्राप्त भएको छ।

कसरी भयो प्रेम ?

प्रकाश र बीनाको प्रेम हुने वातावरण शान्तिका लागि सगरमाथा अभियानले जुराइदिएको हो। प्रकाश सगरमाथा आरोहणको तयारी गर्ने क्रममा बीनासँग रसुवाको एलापिक हिमाल पुगेका थिए। बीना राजनीतिमा जति खट्न सक्थिन्, हिमाल चढाइमा पनि उत्तिकै फुर्तिली देखेपछि प्रकाशले उनको प्रशंसा गर्न थालेका थिए। १५ दिनको उक्त अभ्यासमा उनले विवाहित बीनाको मन जितिसकेका थिए। रसुवाबाट काठमाडौं फर्किएपछि उनीहरूको प्रेमले गति लिन थाल्यो। त्यो बेला प्रकाशले फेसबुकमा लेखेका कुरालाई बीनाले तुरुन्तै लाइक गर्ने, प्रशंसाका शब्द लेख्ने मात्र होइन, दुवैबीच लामो टेलिफोन वार्ता समेत हुन थालेको थियो। बीना मगर विवाहित महिला हुन्।

रसुवाबाट फर्किएको १५ दिनमै सगरमाथा आरोहणका लागि काठमाडौंबाट हिँडेको यो जोडीले सोलुखुम्बुको नाम्चे बजारको एउटा लजको कोठामा लामो समय बिताएको आरोप सगरमाथा आरोहण टोली नेता कृष्ण केसीले लगाएका थिए। यद्यपि प्रकाश-बीना दुवैले त्यसलाई अस्वीकार गरे। त्यो बेला कृष्ण केसी र प्रकाशबीच चर्काचर्की परेको र उक्त घटना काठमाडौं हेडक्वाटरसम्म पुगेको कुरा जनआस्थालगायतका पत्रिकाले उल्लेख गरेका थिए। त्योभन्दा महत्वपूर्ण कुरा उनीहरू सगरमाथाको चौथो शिविरमा पुग्दा एउटै टेन्टमा रात बिताएपछि बीनासँग अरू सदस्यको बोलिचालीसमेत बन्द भएको थियो। त्यसैले प्रकाशले सगरमाथा आरोहण गरेको खबर बाहिर आए पनि त्यसमाथि शंका उब्जिएको थियो। कारण प्रकाश सगरमाथा चुचुरोमा पुगेको महत्वपूर्ण घटनाको तस्बिर अहिलेसम्म सार्वजनिक हुनसकेको  छैन। टोलीका सदस्यहरूबीच भएको मनमुटाव र झगडाका कारण त्यहाँ खिचिएका तस्बिर चेपुवामा परेको दाबी निकटस्थहरूले गरेका छन्। आरोहण टोलीमा प्रकाशबाहेक बीना मगर, कृष्ण केसी, शिव डाँगी, महेश्वर फुयाँल, मदन चुँडाल, युवराज दुलाल, शरद पौडेलसहित केही शेर्पा थिए। लाहुरे परिवारकी छोरी बीना मगरले शान्तिवार्ता ताका वाईसीएल नेता शंकर अधिकारीसँग प्रेम विवाह गरेकी थिइन्। पछिल्लो समयमा श्रीमान् शंकर मोहन वैद्यको खुलेर प्रशंसा गर्थे भने बीना प्रचण्डको। जव श्रीमान्ले माउ पार्टीसँग सम्बन्धबिच्छेद गरेर वैद्यको पार्टीमा सामेल हुने निर्णय गरे, बीनाले प्रचण्डकै छोरा प्रकाशसँग विवाह गर्ने निर्णय गरेको हुन सक्ने निकटहरूको बुझाइ छ। यद्यपि जोसँग प्रभावित भएर उनले प्रकाशसँग विवाह गर्ने निर्णय गरिन्, तिनै अध्यक्षले दुवैलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका छन्।

अध्यक्षलाई चिन्तैचिन्ता

अहिले प्रचण्ड ठूलो टेन्सनमा छन्। प्रकाशले तेस्री महिला भगाएर सम्पर्क बाहिर भएपछि एक्लिएका प्रचण्ड अन्य पारिवारिक तनाव पनि झेलिरहेका छन्। प्रचण्डले कृषि विज्ञानमा स्नातक गरे पनि उनका तीन छोरी र एक छोराले एसएलसीसम्म मात्र अध्ययन गरेका छन्। जेठी छोरी ज्ञानु केसीलाई प्रचण्डले भारतमा अध्ययनरत अर्जुन केसीसँग विवाह गराइदिएका थिए। पार्टी शान्तिवार्तामा आएपछि नेपाल फर्किएका अर्जुन तमुवान राज्यसमितिमा कार्यरत छन्। छोरी ज्ञानु गणतान्त्रिक मञ्चकी साधारण सदस्य हुन्। उनले १० कक्षासम्म मात्र अध्ययन गरेकी छिन् भने उनलाई स्तन क्यान्सर भएको बताइन्छ। प्रारम्भिक चरणमै क्यान्सर भएको पत्ता लागेका कारण उनको उपचार भए पनि उपचार खर्च एवं शारीरिक कमजोरीका कारण प्रचण्डलाई छोरीको ठूलो चिन्ता भएको कुरा सहजै बुझ्न सकिन्छ।

प्रचण्डकी माइली छोरी रेणु दाहालले पनि एसएलसी मात्र पास गरेकी छन्। रेणु अहिले बुर्जुवा शिक्षा छाडेर क्रान्ति गर्नुपर्छ भन्ने पार्टी नीतिको मारमा आफू परेको दुखेसो आफ्ना निकट साथीहरूसँग गर्छिन्। माओवादी युद्ध सुरु भएपछि सुरक्षाका कारण प्रवासी नेपाली अर्जुन पाठकसँग विवाह गरेकी रेणु माओवादी तर्फबाट संविधानसभासाकी मनोनीत सभासद थिइन्। लामो समय भारत बसेकी रेणु वैद्य पक्षसँग टक्कर लिने महिलामध्ये पर्थिन्। वैद्य पक्षीय कार्यक्रम बिथोल्न अगुवा भूमिका निभाएकै कारण वैद्यपक्षीय नेताहरू त्यसको कारक प्रचण्डलाई मान्थे। पार्टी फुट्नुअघि होटल र्‍याडिसनमा हुन लागेको पत्रकार सम्मेलन रेणुकै नेतृत्वमा बिथोलिएपछि मोहन वैद्यले प्रचण्डलाई भेटेरैसँगै बस्न नसकिने निष्कर्ष सुनाएका थिए।

प्रचण्डकी कान्छी छोरी गंगाका कारण पनि प्रचण्डले लामो समय तनावमा बिताउनुपर्‍यो। जलपाइगुडीका स्थायी बासिन्दा नारायण प्रधानसँग सानै उमेरमा विवाह गरेकी गंगा बुवा खुला राजनीतिमा आउनसाथ श्रीमान् छाडेर काठमाडौंमा बस्न थालिन्। छोरीसहित आफ्नी श्रीमती काठमाडौं आएपछि शिक्षक नारायणलाई पनि नेपालमै आउने दबाब पर्न थाल्यो। आफ्नो सम्मानित जागिर छाडेर नेपाल नआउने बरु श्रीमतीले आफ्नो घर सम्हाल्न जलपाइगुडी आउनुपर्ने नारायणको तर्कले पारिवारिक झमेला बढ्दै गयो। सासू सीता दाहालले छोडपत्र गर्न दबाब दिएको नारायण आफैंले खुलासा गरेका थिए। यही तनावका कारण प्रचण्ड संविधानसभाको काम अलपत्र छाडेर सुटुक्क कान्छी छोरीको घर मिलाउन जलपाइगुडी पुगेका थिए। गंगा जलपाइगुडी नजाने र नारायण नेपाल नआउने तानातान बीच दुवैले छोडपत्र गर्ने निर्णय गरे। यसले पनि प्रचण्डलाई खुशी बनाउन सकेन। गंगाले आफूभन्दा पाँच वर्ष कान्छा विराटनगरका युवा जीवन आचार्यसँग विवाह गर्ने निर्णय गरिन्। प्रचण्ड कान्छी छोरीको विवाह आफ्नै निकट व्यक्तिका सन्तानसँग गरिदिन चाहन्थे, जसले गर्दा उनीहरूलाई आफ्नो प्रभावमा पार्न सकियोस्। गंगाले रोजेका युवा भने नेपाली कांग्रेस समर्थक परिवारसँग सम्बन्धित थिए। तीन छोरीको जीवन सोचेजस्तो नभएको देखेर चिन्तित बनेका प्रचण्ड अहिले छोराले तेस्रो युवती भगाएपछि स्तब्ध र क्रुद्ध भएको बताइन्छ। असार २९ साप्ताहिक / अश्विनी कोइराला

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts