Monday, January 7, 2013

गोरखा । धादिङ र गोरखाको सिमानामा रहेको  २ सय बर्ष भन्दा पुरानो इतिहास बोकेको व्यापारिक केन्द्र आरुघाटको प्रथम आरुघाट महोत्सव यहि पौष २७ गतेदेखि सुरु हुने भएको छ । आर्थिक उन्नयनको आधार मनास्लु पर्यटन विकासको आधार भन्ने मुलनाराको साथ हुन लागेको महोत्सवको उद्घाटन गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शुसिल कोईराला र एमाले अध्यक्ष झलनाथ खनाल २७ गते आरुघाट आउने निश्चित भएको आयोजकले जानकारी दिएको छ ।  फरक–फरक मञ्चमा उभिएर एक अर्काको आलोचनामै समय विताउने नेताहरुलाई एउटै मञ्चमा उपस्थित गराएर राष्ट्रिय सहमतिको लागि सहज वातावरण बनाउने उद्देश्य राखिएको मेला मूल आयोजक समितिले जनाएको छ । पहिलो पटक आयोजना गरिएको आरुघाट महोत्सव गोरखा उद्योग बाणिज्य संघ आरुघाट बजार ईकाइ समिति ,आरुघाट युवा क्लबको आयोजना र आरुचनौटे गाउँ विकास समितिको सह–आयोजनामा हुनलागेको हो ।

यहि पौष २७ गतेदेखि सुरु हुने महोत्सव माघ २ गते सम्म सञ्चालन हुने महोत्समा आरुघाट र त्यस वरपरका विभिन्न जातजातिहरुको कला संस्कृति र सामाजिक बनौटको पहिचान र संरक्षणमा सहयोग पु¥याउनुका साथै ऐतिहासिक प्रचार–प्रसार गरि त्यसको संरक्षण एवमं सम्वद्र्धन गर्न सघाउ पु¥याउने आयोजक समितिले जानकारी दिएको छ ।  सदरमुकाम र राजमार्गका आसपासमा मात्र केन्द्रित हुने गरेको मेला उत्सव र महोत्सवहरु अब दुरदुराजका बस्तिहरुमा पनि हुन थालेको छ आभास आरुघाट महोत्सव ले दिन्छ ।  मेलामा विभिन्न ७५ वटा स्टल राखिएको छ भने मेलाको ५० हजार दर्शकले अवलोकन गर्ने मेला आयोजक समितिले जनाएको छ । आरुघाट तथा उत्तरी क्षेत्रको परिचय आन्तरिक तथा बाह्य क्षेत्रमा चिनाउने, त्यस क्षेत्रका प्राकृतिक सम्पदाहरुको चिनारी मार्फत पर्यटकहरुलाई आकर्षित गर्ने जस्ता उद्देश्यले आयोजना गर्न लागिएको मेलामा गोरखा सहित धादिङबासीले मेलाको अवलोकन गर्ने आयोजकले बताएको छ ।
यसैगरी स्थानीय सीप र साधनको प्रयोगबाट उत्पादित वस्तु तथा सामग्रीको बिक्री गर्नुको साथै कृषिजन्य उत्पादन तथा जडिबुटिहरुको बजार व्यस्थापन गरी ग्रामिण अर्थतन्त्रको विकासका अवसर खोज्ने माध्यमका रुपमा महोत्सवलाई लिईएको बताईएको छ ।
स्थानीय सिप र साधनको प्रयागबाट उत्पादित वस्तु तथा सामाग्रीको विक्री गर्नुको साथै कृषिजन्य उत्पादन तथा जडिबुटिहरुको बजार व्यवस्थापन गरि ग्रामिण अर्थतन्त्रको विकासका अवसर खोज्ने माध्ययमका रुपमा महोत्सवलाई लिईएको छ ।
महोत्सवको आकर्षणहरुमा पर्यटकिय स्थल मनास्लु हिमालको हेलिकप्टरबाट दृश्यावलोकन, बुढिगण्डकी नदीमा ¥याफ्टिङ, नेवारी तथा अन्य जातजातिहरुको नृत्य तथा खानाको प्रदर्शनी, विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीहरु रहने छ । काठमाण्डौ–मलेखु– धादिङबेसी हुदैँ आरुघाटसम्म पुग्नका लागि पाँच घण्टाको मोटरयात्रा गर्नु पर्छ भने, पोखरा–आवुखैरेनी–गोरखा सदरमुकाम हुदै आरुघाट पुग्नको लागि चार घण्टा र पृथ्बीराजमार्गको बेनीघाटबाट आरुघाट सम्म ३ घण्टा मात्र लाग्छ ।  महोत्सवमा उल्लेख्य मानिसहको सहभागिता रहेने आयोजकले दावि गरेको छ । महोत्सव अवधिभर रेडियो विहानी ९७.६ मेगाहर्ज मिडिया पार्टनरको रुपमा रहने छ  भने महोत्सवको विभिन्न गतिविधिहरुको रेडियो विहानीले  प्रत्यक्ष प्रसारण गर्ने छ ।

Related Posts:

  • धादिङ बाट समानुपाती तर्फ कुन पार्टीले कती मत प्राप्त गरे २०७० मंसिर ४ गते भएको संविधानसभा निर्वाचनमा समानुपाती तर्फ धादिङको निर्वाचन क्षेत्र नं.१,२ र ३ बाट कुन पार्टीले कती मत प्राप्त गरे क्षेत्र नं.१ क्र.सं.    राजनैतिक दलको नाम    निर्वाचन चिन्ह … Read More
  • बुटवलमा डन र धनको भीडन्त युवासंघलाई महाधिवेशले नङ्ग्यायोविचार र युवालाई एक ठाउ“मा ल्याएर सही विचारबाट निर्देशित, प्रशिक्षित, सञ्चालित संस्था नै युवासंघ नेपाल हो, भनेर एमाले नेता केपी ओलीले भाषण चुटरिहँदा युवा संघका नेता बुटवलमा के तमासा गरि रहेका… Read More
  • सरकारी विद्यालय नीजी घर भाडामा लिएर संचालन धादिङ । जिल्लालाई निरक्षर मुक्त जिल्ला बनाउने भनेर सरोकारवाला निकायहरु कम्मर कसेर बसेपनि शिक्षा क्षेत्रमा रहेको दयनिय अवस्थाको भनै कसैको आँखा पुगेको छैन । काम त काम जस्तो हुनुपर्छ कुरामा मात्र भन्नेर कापिको पानामा लेखेर काम… Read More
  • आरुघाट महोत्सव प्रचण्ड, शुसिल र झलनाथले संयूक्त उद्घाटन गर्ने गोरखा । धादिङ र गोरखाको सिमानामा रहेको  २ सय बर्ष भन्दा पुरानो इतिहास बोकेको व्यापारिक केन्द्र आरुघाटको प्रथम आरुघाट महोत्सव यहि पौष २७ गतेदेखि सुरु हुने भएको छ । आर्थिक उन्नयनको आधार मनास्लु पर्यटन विकासको आधार भन्न… Read More
  • विगतको शिक्षा र आगामी कार्यभार हामी फेरि एकपटक अर्को संविधानसभाको चुनावमा जाँदैछौँ । कुनै देशको इतिहासमा संविधानसभाको चुनावतपाईँले चुनेको पहिलो संविधानसभाको सबैभन्दा ठुलो दल हुनुको नाताले हामी तपाईँको त्यो अधिकारको सम्मान गर्दछौँ र आफ्नो भागको गल्ती … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts