Tuesday, October 22, 2013


हामी फेरि एकपटक अर्को संविधानसभाको चुनावमा जाँदैछौँ । कुनै देशको इतिहासमा संविधानसभाको चुनाव
तपाईँले चुनेको पहिलो संविधानसभाको सबैभन्दा ठुलो दल हुनुको नाताले हामी तपाईँको त्यो अधिकारको सम्मान गर्दछौँ र आफ्नो भागको गल्ती कमजोरीका निम्ति तपाईँहरुसँग भित्री हृदयदेखि माफी माग्दै आगामी दिनमा सच्याउने वाचा गर्दै आफ्नो तर्फबाट सत्यतथ्य तपाईँहरु सामुन्ने राख्ने अनुमति चाहन्छौँ ।
यस क्रममा हामी फेरि एक पटक नेपाली जनताले आफ्नो संविधान आफै वा आफूले चुनेका प्रतिनिधिहरुमार्फत बनाउन पाउनुपर्छ भन्ने लगायतका राजनीतिक र आर्थिक(सामाजिक परिवर्तनका लागि भएका विगत ७०–७५ वर्षदेखिका आन्दोलनहरु र मुख्यतः ती आन्दोलनहरुको सर्वोच्च रुप २०५२–०६२ को महान् जनयुद्ध र त्यसको जगमा भएको २०६२–०६३ को संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका सबै क्रान्तिकारी आन्दोलनका वीर सहिदहरु, बेपत्ता योद्धाहरु र घाइते महानुभावहरु सबैमा उच्च सम्मान प्रकट गर्दछौँ । साथै उहाँहरुले देखाएको बाटोमा निरन्तर लागिरहने र उहाँहरुका सपना पूरा गरेरै छाड्ने वाचा गर्दछौँ ।
देशको अग्रगामी परिवर्तनका लागि आजसम्मका भएका सबै आन्दोलनहरुको सर्वोच्च रुप महान् दश बर्से जनयुद्धको नेतृत्वकारी शक्ति, बृहत् शान्ति सम्झौताको प्रमुख हिस्सा र संविधानसभाको अग्रणी वाहक शक्ति हुनुको नाताले हाम्रो पार्टी एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) यो दोस्रो संविधानसभा निर्वाचनको सन्दर्भमा आफ्ना राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रतिबद्धताहरु तपाईँ प्रबुद्ध मतदाताहरु समक्ष सार्वजनिक गर्न चाहन्छौँ । यो संविधानसभाले नयाँ संविधान बनेर अर्को निर्वाचन नभएसम्मका लागि व्यवस्थापिका संसदको समेत काम गर्ने भएकाले हामीले बनाउने संविधानका अतिरिक्त हाम्रो पार्टीको सरकारले लागु गर्ने नीति तथा कार्यक्रमबारे पनि हामी तपाईँ मतदाताहरु समक्ष प्रस्तुत गर्न चाहन्छौँ । हामी हाम्रा नीति, योजना र कार्यक्रमहरु ‘घोषणा’ मात्र गर्दैनौं, तिनलाई कार्यान्वयन गरेरै छाड्ने ‘प्रतिबद्धता’ वा ‘वाचा’ गर्दछौँ । विगतबाट पाठ नसिकी भविष्यको यात्रा तय गर्न सकिदैन ।
त्यसैले पहिलो संविधानसभाका काम र राजनीतिक शक्तिहरुका भूमिकाको समीक्षा गर्दै अर्को संविधानसभालाई सफल पार्ने बाटो सुनिश्चित गर्नु आजको हाम्रो सबैभन्दा महŒवपूर्ण कार्यभार हो । पहिलो संविधानसभाले के ग¥यो ? के गर्न सकेन ? २०६४ चैत्र २८ गते सम्पन्न नेपाली इतिहासको पहिलो संविधानसभा निर्वाचनले नेपाल मात्र होइन विश्व इतिहासकै नमुनायोग्य समावेशी प्रतिनिधित्वपूर्ण सभाको जन्म दियो । विपन्न वर्ग, महिला, दलित, जनजाति, मधेसी, उत्पीडित क्षेत्र, अल्पसङ्ख्यक धार्मिक समुदाय आदिको अनुपम विविधतापूर्ण प्रतिनिधित्व त्यसमा रह्यो । त्यो सुन्दर समावेशी(समानुपातिकताको सबैभन्दा ठुलो भार हाम्रो पार्टीले बहन ग¥यो । तर निर्वाचन विधिको रुपमा अपनाइएको मिश्रित प्रणालीको कारणले आम्रो पार्टीले प्रत्यक्षतर्फ पूर्ण बहुमत हासिल गरे पनि समानुपातिकतर्फ सबैभन्दा ठुलो पार्टीको रुपमा २९.८५ प्रतिशत मत मात्र प्राप्त गरेकाले संविधानसभाको कुल ६०१ सदस्य सङ्ख्यामध्ये हाम्रो पार्टीका तर्फबाट जम्मा २३७ अर्थात ३९.४ प्रतिशत सदस्य मात्र सदनमा रहे । यो सङ्ख्या राष्टूपति, उपराष्टूपति, सभामुख लगायतका राज्यका महŒवपूर्ण पदाधिकारीहरुको निर्वाचन र सरकार निर्माणका लागि चाहिने समान्य बहुमतभन्दा कम थियो भने संविधान निर्माणका लागि चाहिने दुर्ईतिहाइ बहुमतभन्दा झनै कम थियो ।
फलस्वरुप संविधानसभा, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिकता जस्ता महŒवपूर्ण परिवर्तनका एजेन्डाको मुख्य वाहक हाम्रो पार्टीको हातमा राष्टूपति, उपराष्टूपति, सभामुख लगायतका कुनै पनि निर्णायक पदाधिकारी रहेनन् । साथै अदालत लगायत राज्यका अन्य अङ्गहरु पुरानै ढाँचामा छँदै थिए । यसरी राजनीतिक एजेन्डा परिवर्तनकारीको, राज्यको नेतृत्व यथास्थितिवादीको ! अन्ततः यही आधारभूत अन्तरविरोध नै पहिलो संविधानसभाको असफलताको गुदी कारण रह्यो । (भर्खरै सार्वजनिक एमाओवादीको चुनावी प्रतिबद्धतापत्रको सम्पादित अंश)
पटकपटक हुने कुरा होइन । तर हामीकहाँ नेपाली इतिहासको पहिलो संविधानसभाले ४ वर्षमा पनि संविधान बनाउन नसकेर हामी दोस्रो चुनावमा जाँदैछौँ । आखिर पहिलो संविधानसभाबाट किन संविधान बन्न सकेन ? यसको निम्ति कुन पार्टी, व्यक्ति र शक्ति जिम्मेवार छ ? फेरि अर्को संविधानसभाबाट संविधान बन्ने के ग्यारेन्टी छ ? अब पनि संविधान बनेन भने के हुन्छ ? संविधान बनाउने अर्को कुनै बाटो छ कि ? तपाईँ सार्वभौम जनतालाई राजनीतिक दल र नेताहरुसँग यी प्रश्न गर्ने पूरै हक छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts